प्रितीभोज

प्रितीभोज शहरतिर मगनी कार्य सकिसके पछि बेहुला बेहुली दुवै तर्फ सल्लाह गरि कुनै एक दिन आफन्तजनहरुलाई कुनै रेष्टुरेन्टमा बोलाई खुलाउने चलन छ । यसलाई विवाह प्रितीभोज भनिने गरिन्छ । गाँउघर तिर विवाह छिन्ने दिन मात्र जन्ति जाँदा बेहुली पट्टि छुट्टै र जन्ति फर्कन्दा बेहुला पट्टि छुट्टै विवाह प्रितीभोज खुलाउने चलन छ ।

प्रितीभोजको दिन बेहुलाबेहुलीलाई वरणी (पात गाँसेर तयार पारिएको बिशेष किसिमको ठुलो टपरा) मा खाना राखेर दिने रीति छ । बेहुलाबेहुलीको आमाबाबु, कलियाहरु र लोकन्ता लोकन्तिहरुलाई पनि वरणीमै खाना दिईन्छ । खानपान सकेपछि बेहुलाबेहुलीलाई माइतीहरुले बोकेर बिबाह मण्डपमा लानु पर्दछ । बिबाह मण्डपमा लानु अगावै मण्डप अगाडी केराको पात राखि राख्नु पर्दछ । केराको पातमा बेहुलीले दाहिने खुट्टाले टेकेर मण्डपमा गई बस्नु पर्दछ । बेहुला पनि बेहुलीलाई पच्छयाँउदै गई बस्नु पस्नु पर्दछ । लोकान्ता लोकन्ती पनि संगै बस्न पर्दछ ।

आशन ग्रहण

बेहुलाको आफन्तजनहरु बेहुलाकै तर्फ तिर र बेहुलीको आफन्तजनहरु बेहुलीकै तर्फतिर बस्न पर्दछ ।

विवाह रीत

किरात राईहरुको बिवाहको रीति बिभिन्न खोला, पाछा, थर अनुसार फरक फरक पाईन्छ । रित थाहापाउन बेहुलापक्षको कलियाहरुले बेहुलीपक्षको कलियाहरुलाई “जोडि कठुवामा रक्सी” राखेर बिवाहको दिन लानपर्ने रीतभाँतहरुको बारेमा सोधनी गर्न पर्दछ । दुवै पक्षको कलियाहरु बसेर गरिने सल्लाहलाई “बुलुचुरी” भन्दछ । बेहुलीपक्षका कलियाहरुले त्यसदिन ल्याउनुपर्ने सम्पुर्ण रितहरुबारे सबै जानकारी गराउदछ । साधारणतय निम्न रितहरु चलन चल्तिमा छन ।

रीत बुझाउने

कार्यक्रम संचालक –
उपस्थित महानुभावहरुहो, नरनाताहरु हो । आज हामी यहाँ (बेहुलाको बाजेबोजुको नाम) को नाति (बेहुलाको बाबुआमाको नाम) को (कुनभाई) छोरा (बेहुलाको नाम र पाछा) र (बेहुलीको बाजेबोजुको नाम) को नातिनि (बेहुलीको बाबुआमाको नाम) को (कुनबहिनि) छोरी (बेहुलीकोनाम र पाछा) संग बिबाह भोजमा उपस्थित भएका छौं ।

आज हामी यहाँ, हिजो पारुहाङ, सुम्निमा, तयमा, खियामा, खोक्चिलिप्पा/रैछाकुले हाम्रो पुर्खाहरुले चलाईल्याउनु भएको चलनलाई अगाडि बढाउदै, वहाँहरुले चलाएको सवै रितहरु साँक्षि प्रमाण राख्दै छौं । बेहुलाको तर्फबाट आजको यस बिवाह कार्यक्रममा कसैको रिस राग नहोस भनि सबै मान्यजनहरुको सम्मानार्थ सगुन ल्याएका छन ।  कार्यक्रम भरि यहाँहरुले मिठो बोली गुलियो बचन बोलिदिनु हुनेछ भनेर हामीले आशा गरेका छन ।

कृपया बेहुलापट्टिको कलियाज्युहरुले रितको नामाकरण सहित बेहुली पट्टिको कलियाहरु माझ रीत राखिदिनहुन अनुरोध गर्दछु ।

  1. “पुर्खाहरुलाई चढाउने, शिर उठाउनी” (१ कठुवा रक्सि र १ टपरा सुङगुरको भुटेको मासु ) ।
  2. “धिवत्तको सम्मानमा”  (२ कठुवा रक्सि)
  3. “कलियाको सम्मानमा” (२ कठुवा रक्सि )
  4. “सारथिको सम्मानमा” (१ कठुवा रक्सि, १४ रुपैया)
  5. “आमाबाबुको शिर उठाउनी” –  (२ कठुवा रक्सि)
  6. “दाजुभाई संग चिनजानी गर्न” (१ कठुवा रक्सि, सुङगुरको भुटेको मासु )

कार्यक्रम संचालक –
मान्यजनहरु । यो सवै रितहरु हामीले राखेका छौं । यो रित हिजो पारुहाङ, रुमाहाङ, रेछाकुपा, नायुमा, सुम्निमाहरुले नै गरिल्याउनु भएको हो । तपाँई हाम्रो बाजे पुर्खाहरुले नै गरिल्याउनु भएको हो । यो सवैकुरा हिजैबाट भई आएको हो । हजुर आज हामीले मनोखुशि गरिल्याएका होइनौं । यो रितलाई बेहुली पक्षले स्वीकारी दिन पऱ्यो हजुर ।

रित स्विकार्ने

बेहुलीपक्षको कलिया –
हे मान्यजनहरु हो । वहाँहरुले यत्रो सरसरदाम साँक्षि प्रमाण र रितहरु लिएर आउनु भएको रहेछ । हाम्रो छोरिचेली वहाँहरुकैमा छन । मानव मायाको कुरा छिनाउन वहाँहरुलाई बोलाएका छौं। पुर्खाहरु हो । यो हाम्रो परापुर्व काल देखिकै चलन नै हो । रितलाई स्विकारौं वा के गरौं ।

कार्यक्रम संचालक –
मान्यजनहरु, मानव माया अपरम्पार छ । हाम्रो पुर्खा सुम्निमा पारुहाङले यस संसारको सृष्टि गर्नु भयो । खोला, नाला,कोसी, समुन्द्रको सृष्टि गर्नु भयो । पाखा, पर्वत, हिमाल, बनजंगलको सृष्टि गर्नु भयो । यस संसारलाई सुन्दर बनाउन जिव, जन्तु, चराचुरुङगी, मानवको सृष्टि गर्नुभयो । आफ्नो वंशलाई अगाडि बढाउन माया प्रिति लगाउन सिकाउनु भयो । प्रकृतिलाई निरन्तर अगाडी बढाउन माया प्रेमको बन्धन बाँध्न सिकाउनु भयो । मान्यजनहरु, आज हामी यहाँ यहि मायाको बन्धन बाँधन, सृष्टिको नियमलाई निरन्तर अगाडी बढाउन हामी उपस्थित भएका छौं । रितलाई स्विकार्न नै पर्ला कि के भन्नुहुन्छ गाछि घरले ?

गाछि घर –
यहाँ मान्यजनहरुले सबै साँछि प्रमाण पुराएर आउनु भएको रहेछ । हामिले रित स्विकारेउँ ।
(तालि बजाउने)

शिन्दुरपोते

कार्यक्रम संचालक –
बेहुलीपक्षले रीत स्विकारी सक्नु भएको छ । अब बेहुलाले बेहुलीलाई सिन्दुरपोते प्रदान गर्ने कार्यक्रम रहेको छ । बेहुलाले बेहुलीलाई शिन्दुरपोते लाईदिनु पर्दछ । शिन्दुर लाईदिदा भुईमा नझरोस भनि सेतो कपडा थापि दिन लोकन्ता लोकन्तिलाई अनुरोध गर्दछु । तेस पछि बेहुलीले बेहुलीलाई वरमाला लाईदिनु पर्दछ ।

सिन्दुर पोते कार्य सकिएपछि बेहुलीले बेहुलालाई खुट्टामा ढोग गर्नपर्दछ । यतिबेला बेलुन, बन्दुकहरु पट्काउनु लाउनु पर्दछ । तालि बजाउनु लाउनु पर्दछ ।

साईनो चिनाउने

सर्वप्रथम बेहुली पट्टिको आफन्तजनसंग साईनो चिनाउदै ढोग्न लगाउन पर्दछ । साईनो चिनाउने काम बेहुली पट्टिको कलियाले गर्नुपर्दछ । साईनो चिनाउने कार्य गर्दा आठाना पैसा दिएर ढोग गराउनु पर्दछ । ढोग गराउदा बेहुली अधि र बेहुला पछि हुनु पर्दछ । ढोग गरि सके पछि आठाना पैसा फिर्ता मागि एवं रितले साईनो अनुसार क्रमश: ढोग गराउदै आठाना पैसा दिदै, लिदै ढोगभेट सकाउनु पर्दछ ।

अन्तमा बेहुला पट्टिको साईनो चिनाउने काम बेहुलाको कलियाले गर्नु पर्दछ । माथि जस्तै बेहुला पट्टिबाट साईनो अनुसार ढोगभेट सुरु गरि सकाउदै लानु पर्दछ ।

सम्धी सम्धिनी ढोगभेट

कार्यक्रम संचालक –
अब सम्धी सम्धिनी ढोगभेटको पालो आएको छ । ढोग भेट गर्दा कलियाहरुले त्यहाँ राखिएको कठुवाको रक्सी र आठाना पैसालाई यताको उता, उताको यता गरेर ढोगै पिच्छे सारिदिनु पर्दछ ।

१. आजदेखी तपाँईहरु पछि–पछि सम्मको लागि सम्धी सम्धी हुनु भएको छ ।
तर्सथ तपाँईहरु “एक सम्धी, दुई सम्धी, तिन सम्धी”
२. आजदेखी तपाँईहरु आघौँ– पराघौँ सम्मको लागि सम्धीनी सम्धीनी हुनुभएको छ । तर्सथ तपाँईहरु “एक सम्धीनी, दुई सम्धिनी, तिन सम्धिनी” ।
३. आजदेखी तपाँईहरु युगौँ–युगौँ सम्मको लागि सम्धी सम्धीनी हुनुभएको छ ।
तर्सथ तपाँईहरु “एक सम्धी सम्धिनी, दुई सम्धी सम्धिनी, तिन सम्धी सम्धिनी” ।

टिका तथा आर्शिबाद

कार्यक्रम संचालक –
धन्यबाद मान्यजनहरु हो सम्धी सम्धीना ढोगभेट सकिएकोछ । रीतिरिवाज कार्यक्रम पनि सकिएको छ । अब टिका तथा आर्शिबादको कार्यक्रम रहेको छ । टिका तथा आर्शिबाद प्रदान गर्दा पहिला बेहुलीको आमाबाबा, बाजेबोजु, बडाबडि सबैजनाले क्रमश: बेहुला बेहुलीलाई टीका लगाईदिँदै आर्शिबाद दिनु दिनहुन अनुरोध गर्दछु । त्यसपछि बेहुलाको आमाबाबा, बाजेबोजु, बडाबडि सबैजनाले क्रमश: बेहुला बेहुलीलाई टीका लगाईदिँदै आर्शिबाद दिनहुन अनुरोध गर्दछु । अन्त्यमा अन्य आफन्तजनहरुले आर्शिबाद दिनहुन अनुरोध गर्दै गर्दछु । धन्यबाद ।

आवश्यक सामाग्रीहरु

  1. १२ कठुवा रक्सि, १४ रुपैया, भुटेको मासु
  2. सिन्दुरपोते, वरमाला
  3. आठाना पैसा
  4. दियो, दहीचामलको टिका
  5. फेटा आवश्यक्ता अनुसार
  6. सरसजावटका सामाग्रीहरु
  7. ड्रिङक्स तथा सफ्ट ड्रिङक्सहरु

नामावलीहरु :

कार्यक्रम संचालकले राख्नुपर्ने नामावली

बेहुला पटिटको नामावली :

बाजे/बोजु –
बाबा/आमा –
बेहुला –
पाछा –
सामे –
कुन भाई –
लोकन्ता –
कलिया –

बेहुली पट्टिको नामावली :

बाजे/बोजु –
बाबा/आमा –
भाईहरु –
बेहुली –
पाछा –
सामे –
कुन बहिनि –
मामाहरु –
कलियाहरु –
लोकन्तिहरु –

औपचारिक कार्यक्रमको रुपरेखा

  1. खानपान
  2. आशन ग्रहण
  3. रीत बुझाउने
  4. रित स्विकार्ने
  5. शिन्दुरपोते
  6. साईनो चिनाउने
  7. सम्धी सम्धिनी ढोगभेट
  8. टिका तथा आर्शिबाद
  9. समापन

संक्षिप्त कार्य बाँडफाँड

क्र.सं.कार्य बाँडफाँडविभाग
1कार्यक्रम संयोजन तथा अनुगमनसंगठन बिस्तार तथा समन्वय विभाग
2कुर्सि, टेबल, टेन्ट, टोईलेट ब्यावस्थापनसुप्तुलुङखिम मर्मत तथा निर्माण विभाग
3न्युज/रिपोर्टिङ, अडियो, भिडियो, फोटोयुवा खेलकुद, संगीत, सहित्य विभाग
4कार्य संचालन, छपाई, प्रचारप्रसारकार्यलय संचालन तथा प्रचारप्रसार विभाग
5फेटा, गम्छा, मायाको चिनो, फुल मालाहरुबाल, महिला, प्रौढ तथा अतिथि विभाग
6खरिद बिक्री, आर्थिक कोष ब्यावस्थापनसम्पति तथा कोष–अभिवृद्धि विभाग
7खानपान तयारी ब्यावस्थापन/ कुकिङसुम्निमा खानपान तथा भान्सा विभाग
8खानपान बितरण ब्यावस्थापन/ सर्भिङसिक्रिमा बितरण तथा सेवासत्कार विभाग
9ढुवानी, भण्डार तथा ओसारपसारपारुहाङ ढुवानी तथा ओसारपसार विभाग
10थान थपना, उद्घाटन सामाग्री ब्यावस्थापनकिरात धर्म संरक्षण तथा संस्कार विभाग
11भेसभुषा, गरहगहना, कलाकार ब्यावस्थापनशिली संकलन तथा संस्कृति विभाग
12साउण्ड, लाईटनिङ , म्युजिक, सरसजावटमौलिक संकलन तथा सरसजावट विभाग
13सरसफाई तथा फोहरमैला ब्यावस्थापनसरसफाई तथा फोहरमैला संकलन विभाग
14यातायात सेवा ब्यावस्थापनब्यावसाय, रोजगार तथा यातायात विभाग
15सुरक्षा, प्राथमिक उपचार, नियन्त्रणआपतकालिन सहयोग तथा सुरक्षा विभाग