notice


नेपाली राष्ट्रिय चाड तिहारको शुभकामनासहित निमन्त्रणा!

आदरणीय महानुभावहरु!
नेपाली राष्ट्रिय चाड तिहार मनाउने क्रममा आउने देउसी-भैलो खेल्ने कार्यक्रमलाई यस बर्षबाट किरात राई यायोक्खा हङकङले आफू माताहतका ७ भाषिक संस्था(चाम्लिङ खाम्बातिम,पुमा तुप्खा बाङखाला,साम्पाङ जुम्लेखा, दुमी फन्सीखीम,वान्तवा यायोक्काखीम,थुलुङ राई सामा र सोदेल कोयीकीम) हरुसहित (एकै मितिमा १५ अक्टोबर २०१७ को दिन) कि लुन चुङ,शान्तिनस्थित आफ्नै सुप्तुलुङखीम(चुलाघर)मा संयुक्त देउसी-भैलो खेल्ने कार्यक्रम तय गरिएको छ।यस कार्यक्रम सफल बनाउन प्रथम उपाध्यक्ष हरिचन्द्र राईको संयोकत्वमा भाषिक संस्था र किरायाका बिभिन्न विभागहरु सम्मिलित एक समिति गठन गरिएको छ।
विगत बर्षहरुमा स्वयं किराया(मूल संस्था)र भाषिक संस्थाहरुले  छुट्टाछुट्टै देउसी-भैलो आयोजना गर्ने गरेका थिए।यसरी एकल देउसी-भैलोको आयोजनाले तिहार सकिएको धेरै दिनपछिसम्म हुने देउसी-भैलो र यसले गर्ने समयको बर्बादी,हाँस्यास्पद अवस्था,अधिक मदिरापानको प्रयोग,सबैतिर भ्याउनै पर्ने अनेक बाध्यता, आदि/इत्यादिलाई ख्याल राख्दै किरायाको संयोजन,भाषिक संस्थाहरुको आयोजना र विभिन्न विभागहरुको सहयोगमा संयुक्त देउसी-भैलो आयोजना गरिएको हो।तसर्थ सम्बन्धित तथा इच्छुक महानुभावहरुलाई सहभागीता निम्ति हार्दिक निमन्त्रणा गरिएको छ।
कार्यक्रममा जान-आउनकालागि बसको व्यवस्था पनि गरिएको छ।कार्यक्रमको मितिअघि तत्सम्बन्धि बेलाबखत सुसुचित गरिने नै छ।
अन्त्यमा,
सुस्वास्थ्य,दिर्घायु एवं उत्तोरोत्तर प्रगतिको कामनासहित तिहार २०१७ को हार्दिक मंगलमय शुभकामना!!!