पितृपूजा (न्वगी)

संकलकः शशि मदन राई
कुलपति,
किरात राई प्रज्ञा प्रतिष्ठान हङकङ ।

लौ है दाजुभाई, नरनाता हो।
लौ है पिता पुर्खाहरु हो।

ऋतु परिवर्तन भएछ । उधौली शुरु भयो। चिसो हावा चल्न शुरु भयो। हिमाल, पहाड, तराई ठण्डी हुन थाल्यो। पशुपंक्षी, माछाहरू उधो झर्न थाल्यो। गाईबस्तुको गोठहरु उधो झर्न थाल्यो।

उधौली शुरू भएछ। किरातीहरुको खुशियाली शुरू भएछ। धानका बालाहरू झुल्न थालेछ, झुलेको बाला बज्न थालेछ । पशु पंक्षीहरू नाच्दै, गाउँदै, रमाउदै, खान थालेछ। दाज्युभाई, नरनाता, छोरिचेली, कुलकुटुम्बहरूसंग भेटघाट गर्ने बेला भएछ।

घरको मुल चुल्होमा आगो बालेका छौं। पुर्खाहरूसंग आर्शिवाद लिन बसेका छौं। रैछाकुले, तयमा, खियमा पुर्खाहरुलाई सम्झेका छौं। जीवन निरन्तरताको निम्ति पित्री र प्रकृतीलाई पुकारा गरेकाछौं।

पाकेको अन्नबाली खेर नजावस। सडेर, गलेर, कुहेर नजावस। मानव, पशु पंक्षी, जनवार, माछा, बोट बिरूवाहरू मासिएर नजावस। रोग ब्याथा नलागोस। कष्टकर जीवन कसैले भोग्न नपरोस। अन्नबालीले खान पुगोस। आवश्याकता परेकाहरूलाई दिन पुगोस।

हाम्रो शाखा सन्तानहरूलाई सुब्बे फाब्बे होस। अन्नको धनी, पैसाको धनी होस। अन्नको सह सदा बनी रहोस। शाखा सन्तान फैलिएर जावोस। मान सम्मान बढेर जावोस। आयु बढेर जावस। शिर सदा उच्च रहोस।

जय सुम्निमा पारुहाङ।

अनुसुचि २

१. पितृपुजा बारेमा:

किरात राईहरुले जाडो मौसम लाग्ने बेला, नया धान, कोदो, घैया पाक्ने वेला, सयपत्री फुल फुल्ने बेला, नया अदुवा फुल्ने बेला पितृहरुलाई नया चामलको भातर बिभिन्न मासुहरुको मिसावट, नया कोदोको जाँड र नया अदुवा पितृहरुलाई दिई आफुले ग्रहण गर्ने गर्दछ । यसलाई पितृपुजा भनिन्छ। नेपालीमा न्वगी गर्नु भन्दछ । साम्पाङहरुले सुवाँ हान्नु भन्छ । चाम्लिङहरुले छौवा हान्नु भन्दछ । किरात राईहरु विविध भाषी भएकाले बिभिन्न नामले पुकार्ने गरिन्छ। 

पितृपुजा नगरिन्जेल नया अन्न खानु हुदैन भन्ने मान्यता सबै किरातीहरुले राख्दछन। साधारणतय पितृपुजा भदौ/असोज महिनाको प्रतिपदाको सुरु दिन देखि प्रतिपदाको अन्तिम दिन भित्र कुनै दिन गर्ने गरिन्छ। तर विविध राईहरुले विविध दिनाङकमा गर्ने समेत चलन छ । जे होस पितृपूजा सबै राईहरुले गर्दछन । पितृपुजा गर्नु भनेको पितृहरुले खान सिकाएका खानपानहरु, पितृहरुले खान सिकाएका मासुमंसहरु पितृहरुलाई बर्षमा एक चोटि चढाई आफुले ग्रहण गर्नु हो । नया अन्नबाली चलाउनु हो ।  

२. पितृपूजा संस्कार:

किंवदन्ती अनुसार हाम्रो पुर्खा रैछाकुले जंगलबाट विभिन्न पशुपंछि मारेर ल्याई खाने गर्दथे । मासु चैं पोलेर खान्थे । पशुको आन्द्र भुँडी र पंछिको गाँड चै बारीमा फ्याँकि दिन्थे। धेरै दिन पछि त्यो फ्याँकेका आन्द्रा भुँडी र गाँडबाट बोटबिरुवा पलाई फलहरु फल्न थाल्दछ । उस्ले सोच्दछ मैले खाएको पशुपंछि र पशुपंछिले खाएको बिरुवाबाट फलेको फल मैले खाँदा केही हुँदैन भनि त्यो फलहरु खाँदछ । पाकेको नया फलहरु खाँदा उ बिमार हुन पुग्दछ । उ साह्रै बिमार हुँदछ । औषधीमुलो गर्दा पनि केही हुँदैन । उ बिमार भए पछि उस्को श्रीमती नागेलुङलाई साह्रै पिर पर्दछ । नागेलुङले उपायाको लागि ध्यान मग्न भएर सोच्दछ । उस्ले निचोड निकाल्छ कि नया अन्नबाली पहिला पितापुर्खाहरुलाई चढाएर मात्र खान पर्दछ । नया अन्नबाली पितापुर्खालाई नचढाई खाएका कारण बिरामी परेको हो भनि निचोड निकाल्दछ र रैछाकुलेलाई नया अन्नबाली पितृहरुलाई चढाउन लगाई पितृपूजा गरेर खान लगाउँदछ। यसो गर्दा उ बिमारबाट निको हुन्छ र अझ हस्टपुष्ट भएर आँउछ । उ बेलादेखी नया अन्नबाली पाकेपछि पितृहरुलाई चढाई पितृपूजा गरेपछि मात्र आफुले ग्रहण गर्ने चलन अथवा पितृपूजाको संस्कार संस्कृती चलि अएको हो ।

३. सामूहिक पितृपुजाको अवधारणा :

हङकङमा धेरै किरात राईहरु भाडामा कोठा लिई बसेका छन। भाडामा कोठामा चुला राख्न सकिन्दैन। चुला किरात राईहरुको पितृस्थलहो जहाँ किरात राईहरुको पितापुर्खाहरु (वंशज) रहेको हुन्छ। किरात राईहरुले पितापुर्खाहरु र प्रकृतिको पुजा गर्दछन। चुलामा पितृपुजा पार्थना गर्दछन। चुला पुज्न छाडियो भने किरात राईहरुको  संस्कार, संस्कृती मरेर जानेछ। किरात राईहरुको अर्को पुस्ताले किरात राईहरुको संस्कार संस्कृती भुलेर जानेछन। संस्कार संस्कृती मरेर गयो भने किरात राईहरु पहिचान मरेर जानेछ। यसको विकल्प किरात राईहरुले शहरीकरण भएको ठाँउमा जहाँ आफ्नो घरमा चुला छैन त्यस ठाँउमा सामूहिक चुलाको स्थापना गरेर किरात राईहरुको धर्म, संस्कार, संस्कृतिको जर्गेना गर्न र पहिचानलाई पुस्ता हस्तान्तरण गर्दै लान आवश्यक्ता भएकोले सामूहिक चूला र सामूहिक पितृपुजाको अवधारणा ल्याईएकोछ।

४. हङकङमा सामूहिक पितृपूजाको थालनी:

किरात साम्पाङ राई जुम्लेखा हङकङले सन २०१६ देखि सामूहिक चूलामा साम्पाङगत सामूहिक पितृपूजाको थालनी गरेको थियो। यस दिन साम्पाङहरुले साम्पाङहरुको सामूहिक पितृहरुलाई मात्र नया अन्नबाली (सुवाँ चा) र मासुमंस (छँरी सा) चढाउँथे । सन २०२२ देखि किरात राई यायोक्खा हङकङको मुल आयोजनामा सबै भाषिक संस्थाहरुसंग मिलि संयुक्तरुपमा सामूहिक पितृपूजा गर्ने निर्णय गरियो ।

तत्पश्चात किराया हङकङले सामुहिक पितृपुजालाई निरन्तर आयोजना गर्दै आईरहेको छ। यस दिन किराया हङकङका कुबिमिहरुले सर्वप्रथम सामूहिक पितृहरुलाई, तत्पश्चात भाषिक पितृहरुलाई नया अन्नबाली र मासुमंस प्रदान गर्दछ। अन्तमा ब्यक्तिगत पितृहरुलाई प्रदान गर्दछ। त्यसै दिन देखि हङकङका किरात राईहरुले नया अन्नबाली चलाउने छ। यस दिन जोकोही किरात राईहरु सुप्तुलुङखिममा आई आफ्नो पितृहरुलाई नया अन्नबाली चढाउने गर्दछ। पितृहरुको सम्झना गर्ने गर्दछ र आफुहरुले समेत ग्रहण गर्दछ ।

५. पितृकक्ष बारेमा:

किरात राईहरुको घरमा चुला राखेको हुन्छ । चुलाको ठिक माथि भार हुन्छ। भार भन्दा माथि भित्तापट्टि पितृकक्ष राखेको हुन्छ। पितृकक्षलाई कसैले सुँवाछेम, कसैले मछेम, कसैले मछामा भन्दछ । भाषिक राई अनुसार फरक नामले पुकारिन्छ। पितृकक्षमा एक धनुकाँड, केराको पात, सेउली, सयपत्री फुल, चामल, अदुवा, पैसा र कूबीमी बस्ने एउटा पिर्का राखेको हुन्छ। सूवाँछ्यामलाई बर्षको एकदिन पितृपुजाको दिन सफा गरि सूवाँ हान्ने (पितृपुजा) गर्ने कार्य गरिन्छ। सूवाँछ्याममा स्वभाविक मृत्यु भएर गएका पिता पुर्खाहरुको आत्मा रहेकोहुन्छ भनि बिश्वास गरिन्छ।

६. सामूहिक पितृकक्षको अवधारणा:

पितृपुजक किरात राईहरुको मुन्धुम अनुसार एउटा पितृकक्षमा एक वंशको मात्र पितृहरु राखिन्छ। सामूहिक चूला स्थापना गरेपछि सामूहिक पितृहरु राख्नुपर्ने भएकोले सामुहिक पितृकक्षको अवधारणा ल्याईएको छ। सामूहिक पितृकक्षमा १ वटा सामूहिक पितृकक्ष, २८ वटा भाषिगत पितृकक्षर २ वटा प्रतिस्थापन पितृकक्ष निर्माण गरिएकोछ। 

तिलुङ  नाछिरिङ  चाम्लिङ 
साम्पाङ  नेवाहाङ/मेवाहाङ  बाम्बुले 
पुमा  बायुङ  दुमी 
बान्तावा  कोयी/कोयु  थुलुङ 
बुङलवा  आठपहरिया  छिन्ताङ 
छिलिङ  फाङदुवाली  सोताङ 
बेलहारे  मुगाली  खालिङ 
दुङमाली  लिङखिम  याम्फु 
कुलुङ  लोहरुङ  पोहिङ 
  जेरुङ   

प्रतिस्थापन 
वा
वंशगत पितृकक्ष


सामुहिक पितृकक्ष
प्रतिस्थापन 
वा
वंशगत पितृकक्ष
 

क. सामुहिक पितृकक्ष:

सबै भन्दा तल पितृकक्षको बिच भागमा सामूहिक पितृकक्ष निर्माण गरिएको छ। जस्मा भाषा छुट्टिनु भन्दा अगाडीका सामूहिक पितृ राखिएका छन। सामूहिक पितृहरुको नाम विभिन्न मिथक तथा मुन्धुमहरुबाट निकालि यस प्रकार राखिएका छन।

१) सुम्निमा/पारुहाङ, २) हँछा, ३) किरातुईवा,) साल्पा, ४) हर्कबुङ, ५) राई, ६) पतिसुङ, ७) लारिहा, ८) लारिहाप्पा, ९) नागेलुङमे, १०) नारिता, ११) यारिता, १२) नागरिता, १३) पातेसुङ–दिलिदुङ, १४) खक्चीलुप्पा, तयमा खियमा।  श्रोतः मिथक तथा मुन्धुम।

ख. भाषिगत पितृकक्ष

सबै भन्दा माथि भाषिक राईहरुको छुट्टाछुट्टै २८ भाषिगत पितृकक्ष निर्माण गरिएको छ। भाषिगत पितृहरुको नामावली प्राचीन किरात बंशावलीको आधारमा निम्न २८ भाषिगत पितृहरु राखिएका छन।

१) चाम्लिङ राई २) दुमी राई ३) साम्पाङ राई ४) बान्तावा राई ५) पुमा राई ६) थुलुङ राई ७) कोयी/कोयु राई ८) बायुङ राई ९) बाम्बुले राई १०) तिलुङ राई ११) नाछिरिङ राई १२) खालिङ राई १३) कुलुङ राई १४) लोहरुङ राई १५) बुङलावा राई १६) जेरुङ राई १७) छिन्ताङ राई १८) छिलिङ राई १९) फाङदुवाली राई २०) नेवाहाङ/मेवाहाङ राई २१) पोहिङ राई २२) बेलहारे राई २३) याम्फु राई २४) मुगाली राई २५) आठपहरिया राई २६) दुङमाली राई २७) सोताङ राई २८) लिङखिम राई।

साम्पाङ पितृकक्ष

भाषिगत पितृकक्षमध्ये एक साम्पाङगत पितृकक्ष राखिएकोछ। किरात राईहरुको तत्कालिन प्रमुख कुबिमि श्री श्रेष्ठ बहादुर राईज्युले साम्पाङहरुको पितृकक्ष २०१६ सालमा मुन्धुम बाचन गरि पुजाआर्चना गरि स्थापन गर्नु भएको थियो। जस्मा साम्पाङहरुको वंशावली अनुसार निम्न साम्पाङ पितृहरु राखिएका छन। जुन पितृहरुलाई साम्पाङ जुम्लेखाले बर्षेनी पुज्दै आई रहेका छन ।

१) सेती साम्पाङ, २) खिलुङमी साम्पाङ, ३) स्नाननाम्दे साम्पाङ,  ४) लाम्खोका साम्पाङ, ५) रेप्सुना साम्पाङ, ६) नाम्नु हाङ साम्पाङ, ७) नाम्चि हाङ साम्पाङ, ८) खिक्चा साम्पाङ, ९) खोरेली साम्पाङ, १०) थुम्विमी साम्पाङ, ११) नाम्वुशा साम्पाङ, १२) खाप्तुयु साम्पाङ, १३) नयछा साम्पाङ, १४) चुबुम साम्पाङ, १५) हल्कुमा साम्पाङ, १६) चेडा साम्पाङ, १७) चेतयामा साम्पाङ, १८) छेतापी साम्पाङ, १९) मलुछा साम्पाङ, २०) नामफमा साम्पाङ, २१) थरेपा साम्पाङ, २२) जसहाङ साम्पाङ, २३) बखानेम साम्पाङ । श्रोतः साम्पाङ वंशावली।

ग. प्रतिस्थापन पितृकक्षः

सामूहिक पितृकक्षको दाँया र बाँया पट्टि १/१ वटा प्रतिस्थापन पितृकक्ष निर्माण गरिएको छ। सामूहिक चूलामा कुनै एक वंशावलीको पितृपूजा गर्ने भए कुबिमिहरुले मुन्धुम बाचन गरि प्रतिस्थापन पितृकक्षलाई क्षणिक समयको लागि वंशगत पितृकक्षमा परिवर्तन गर्नेछन । तत्पश्चात जस्को वंशगत पितृ पुज्न पर्ने हो उस्को पितृहरुको नामावली प्रतिस्थापन गरि पुजा गरिनेछ। तत्कालिन किराया अध्यक्ष श्री शशि मदन तोरिहँ साम्पाङ राईज्युको तोरिहँ वंशावली हरेक बर्ष प्रतिस्थापन पितृकक्षमा राखि पुज्दै आएकोछ । 

१) तोरीहाङ राई (राई पगरी लिएको), २) छिलुङमी तोरीहाङ राई, ३) सुभाङगी तोरीहाङ राई, ४) तिमचामी तोरीहाङ राई, ५) जसपा तोरीहाङ राई, ६) दुछरिम तोरीहाङ राई, ७) अनेकहाङ तोरीहाङ राई, ८) चतुरघना तोरीहाङ राई, ९) भुगदल तोरीहाङ राई (१० वटा श्रीमती), ११) हस्तमान तोरीहाङ राई, १२) तुलाधन तोरीहाङ राई, १३) रबिध्वोज तोरीहाङ राई (पगरी छाडेको), १४) कमल बहादुर तोरीहाङ राई, जसमाया राई। श्रोतः तोरिहँ वंशावली।

 

अनुसुचि ३

१. आवश्यक सामाग्रीहरु :

पितृ पुज्दा थान थपनाको लागि निम्न सामाग्रीहरु तयार पार्नु पर्दछ।

  1. सेउली, केराको पात, बोट सहितको नया अदुवा, दुवो, सयपत्रि फुल, दुना, टपरा, ।
  2. धनुकाँड, भाला, खुकुरी, हसियाँ, खुर्पा आदि।
  3. थुम्से, डालो, नाङलो, माना, पाथि, ढुङग्रो।
  4. कासको थाल, धुप, दियो बत्ति, कलश।
  5. नया अन्नहरु धान, मकै, कोदो, घैया, कागुनी।
  6. नया कोदोको जाँड (नया कोदो र मर्चाको मिसावट)।
  7. चिण्डो, पावा कठुवा
  8. नया चामलको भात (सूवाँचा)
  9. बिभिन्न मासुहरुको मिसावट (छँरिसा)
  10. जिउदो भाले र पोथी

२. मासुको मिसावट (छँरिसा) :

पहिला पितापुर्खाहरुले खाँदै ल्याएका बिभिन्न मासुहरुको मिसावट उसिनेर पकाउनु पर्दछ। सबै मासुहरुको मिसावट ल्याउन नसकेपनि जति सकिन्छ तेति ल्याई मिसाई पकाउनु पर्दछ।

१) कुखुराको मासु, २) कालीजको मासु, ३) फिस्टाको मासु, ४) डाफेको मासु, ५) मुनालको मासु, ६) बदेलको मासु, ७) चौंरीको मासु, ८) अरनाको मासु, ९) गाईको मासु, १०) गोरुको मासु, ११) मृगको मासु, १२) घोरलको मासु, १३) थारको मासु, १४) पाहाको मासु, १५) सर्पको मासु, १६) माछाको मासु, १७) बच्छिउको मासु, १८) अरिङगलको मासु

३. थान सजाउने तरिका :

  1. अलिकति नया चामलको भात पकाउने।
  2. सवै खाले मासुको मिसावटहरु उसिनेर पकाउने।
  3. पित्रीकक्षको तल हात हतियार ठड्याएर राख्ने।
  4. बोट सहितको अदुवा पनि ठड्याएर राख्ने 
  5. एउटा नाङलोमा केराको पात ओछ्याएर चामल र नया अदुवा राख्ने।
  6. दाया बाया टपरामा नया चामलको भात र मासुको मिसावट राख्ने।
  7. नाङ्लोको दायाँतिर एउठा कठुवा र तँबासूङ्मा जाँडको छोक्रा राख्नु पर्दछ ।
  8. नाङ्लोको बायाँतिर जानिफकार ब्यक्तिकोलागि अगेना चढाउने एउटा पावा कुवामा रक्सी र अदुवा राखिदिन पर्दछ ।
  9. कूबीको चिण्डोमा जाँडको छोक्रा लगाईदिनु पर्दछ ।

४. सामूहिक पितृ पुज्ने विधी :

पितृपुजा गर्ने दिन सामूहिक कुबिमिले सामूहिक पितृकक्ष सफा गरि नया केराको पात, सेउली, अदुवा र सयपत्री फुल चढाईदिनु पर्दछ । अन्य भाषिक संस्थाले आ–आफ्नो भाषिगत पितृकक्ष सफा गरि नया केराको पात, सेउली, अदुवा र सयपत्री फुल चढाईदिनु पर्दछ ।

  1. सवैभन्दा पहिले कुबीको घरमा कुबिमिले आफ्नो पितृपुजा गर्नु पर्दछ।
  2. सामूहिक पितृ पुज्दा कुबिमिले सबै भन्दा पहिले सामूहिक पितृहरुलाई पुकार्नेछ । 
  3. तत्पश्चात सबै भाषिक पितृहरुलाई पुकार्ने छ ।
  4. तत्पश्चात भाषिक अध्यक्षहरुले भाषिगत पितृहरुको नामावली ल्याएमा उनिहरुलाई पुकार्नेछन। 
  5. अन्तमा ककस्ले वंशगत पितृपूजा गर्ने हो उनिहरुको पितृहरुलाई प्रतिस्थापन पितृकक्षमा राख्दै पुकार्ने काम गर्दछ। 
  6. वंशगत पितृहरुलाई खानपान गराउँदा पहिला घरभित्रको चुलामा गएको कुलपितृहरुलाई, त्यसपछि पाछाभित्रको दाजुभाईको चुलामा गएको कुलपितृहरुलाई, अन्तिममा चुलामा आउन नसक्ने कुलपितृहरुलाई दिनु पर्दछ।
  7. चुलामा आउन नसक्ने कुलपितृहरुलाई खानपान दिदा सवै जनालाई एउटै थालमा राखि ढोका बाहिर बगैंचामा राखि दिन पर्दछ।
  8. अन्त्यमा जुन खोलानालाका कुबिमिले पितृ पुज्दैछन सोही खोलानालाका मृत्यु भएका कुबिमिहरुलाई समेत पुकार्ने चलन छ।

५. पितृपूजाको मुन्धुमः

पतिृहरुलाई सुवाँचा दनि अगाडी मुन्धुम बाचन गर्न पर्दछ । यो मुन्धुम साम्पाङभाषामा लेखएिको छ । अन्य भाषामा छुट्टै तरकिाकोे हुनेछ ।

हमो …….. रुमालूङ्, थूमालूङ्चेऊ, बूलूलूङ्, खब्मालूङ्, खब्चीलूङचेऊ, नागा ह्यालापा रीयाहँचेऊ, बूक्छामी रीयाहँचेऊ, साप्सामी, दीबूमी, छूरीमी, कँसूमी, आप्तूमी, रीयाहँचेऊ, मीचालुङ्, मीयालुङ्चेऊ, नागा ह्यालापा रीयाहँचेऊ । रीयालोतो, दँ दापा, ला छीरा, कूहूमा साजूमासँ लायासाए नारवा नारीतासँ लायासाए, हूपेर्वा लँपेर्वासँ लायासाए, नागा ह्यालापा रीयाहँचेऊ, साप्सामी दीबूमी बूक्छमी रीयाहँचेऊ । सूबीआम्ला माखूआम्ला, यँ बूङ्बाईमा बाईमामूलो, हटेलापटेलाचा, रँबीलीचा, यँ बूङ्बाईमा बाईमा मूलो, सूम्नीमा ददूमाचा, यँ बूङ्बाईमा बाईमामूलो, तीन्तीकेबूङ् तीन्तीरुीबूङ् यँ बूङ्बाईमा बाईमामूलो, खीसूङ्ला रँहँलापी आम्लाबूङ् बूङ्बाईमा बाईमामूलो, कूहूमासाजूमापी रीचीूङ् साम्सीबूङ् बूङ्बाईमा बाईमामूलो ।

रुमालूङ्, थूमालूङ्, बूलूलूङ्पी, रीयापोमा रेछापोमा लायूम्सूम्ने । खामवालूङ खाप्चीलूङ् लोमालूङ्पी, रीयापोमा रेछापोमा लायूम्सूम्ने । सीकूम्री माकूम्री, नचूङ्री नहरी, वकूरी वालूरी, ताया तल्तो, चेचेवा कलवा, रीवालाम्बा बीसूलाम्बा, रुबूसूङ ताया तल्तो, यँ रीयापोतो रेछापोमा लायूम्सूम्ने, नागा ह्यालापा रीयाहँचेऊ, तम्बरी रीयाबूङ्लो, सूम्नीमा ददुमाचा बूङचा वरीचालो, ठकलाचा रीयाचालो रीयागूङ्तो, सूबीआम्ला माखूआम्लालो, बीछूरीबाछूरीलो बँतँछूना खीरुछूपी, सेमबूङ्लो सेचीबूङ्लो, अँ बतँछू खीरुछूपी लायसँमा, सलावधी वलवाधीलो, नागा ह्यालापा रीयाहँचेऊ, रीयालोतो रेछालोमा लायूम्सूम्नेवो ।

हनेङामो, खकसानू सानूलोतो, रीयालोतो रेछालोतो, साममून्छूङ् सारीमून्छूङ्, रुमालूङ् थूमालूङ् बूलूलूङ्पी, अँ बीछूरीबाछूरीलो खामवालूङ् खाप्चीलूङ्पी, रीयापोमा रेछापोतो, साममून्छूङ् सारीमून्छूङ रीयालोतो, बूलूरीकू रीकूलोतो, चासूम्रीक रीकूलोतो, खामवारीकू रीकूलोतो, खाप्चीरीकू रीकूलोतो, तायारीकू रीकूलोतो, ताङ्खीरीकू रीकूलोतो, रुमीरीकू रीकूलोतो, पमीरीकू रीकूलोतो, अँ तँबूछू खीरुछूपी, रीयालोमा रेछालोमा लायूम्सूम्ने ।

सेलेखीयोपी वालूने कोतूनेमो, यँ पताम्न खाङाम्नले, नागा ह्यालापा बूक्छामी रीयाहँचेऊ, छूङ्छानी दब्छानी लाएसेने, खोकछाम्ला छाम्लारीयो रीयालोतो, यँ मून्छूङ् मून्छूङ्लोतो लाएसेने, खकसानू सानूलोतो, हसँलोतो लाएसेनेमो । सेमखूरु सेचीखूरुलो, तायाखूरु ताङ्खीखूरुलो, बूलूखूरु चासूम्खूरुलो, रुँरीखूरु सीखीखूरुलो, बूक्छामी रीयाहँचेऊ, हँसँललोतो लाएसेनेमो ।

रीयालोतो रेछालोतो, दूवारेखू फलूखू पँतेल्खू चारीखूचा रीयाचालो., नागा ह्यालापा बूक्छामी रीयाहँचेऊ, हँसँलोतो हँलँलोतो लाएसेनवो, छीरीलवा पपीलवा कूबीलवा तायालवा, लवामून्छूङ् मून्छूङ्लोतो, ताङ्खीलवा रुमीलवा पमीलवा, लवामून्छूङ् मून्छूङ्लोतो, नागा ह्यालापा रीयाहँचेऊ, रीयालोतो रेछालोमा लाएसेनेवो ।

हमो …….. रेप्सूयँ रेमयँ धेपूवा पूईमावा सूबीखूचारीखू रीयाचालाम्, हँसँलोतो हँलँलोतो रीया र्याब्तो लाएसेनेवो, रेन्जूलूङ रुतेल्कूचा ताम्बाला चारीखू वालीखूचालाम्, हँसँलोतो, हँलँलोता रीया र्याब्तो लाएसेनेवो, ताम्गाला वालीखू सूवीखू खूवाले, खूतँनी, धीरीतीचालाम्, हँसँलोतो हँलँलोता रीया र्याब्तो लाएसेनेवो ।

छीरीलवा पपीलवा ताया ताङ्खीलवा, रुमीपमीलवा, वातूप्लवा, वारीलवा, तूप्सूङ्लवा, धीलूङ्लवा, लवामान्धाई, मान्धाईरीयो लाएसेनेमो, थनम्री, रुबूसूङ् सीकूम्री माकूम्री ताया तल्मा, मीऊम्सूम्नेमा खाङाम्लेको, रीयालोतो रेछालोतो, नागा ह्यालापा रीयाहँचेऊ लाएसेनेमो ।

मूसाला वालीखू धीरीती सूवीखू चारीखूलाम्, हँसँलोतो हँलँलोतो लाएसेने, नागा ह्यालापा रीयाहँचेऊ, सेमखूरु सेचीखूरुलो, तायाखूरु ताङ्खीखूरुलो, रुँरीखूरु सीखीखूरुलो, रीयालोतो रेछालोमा, हँसँलोतो हँलँलोतो लायूम्सूम्ने, बूक्छामी रीयाहँचेऊ ।

खकलूङ् वालीखू धीरीती लाम्, बानवा रुतेल्खू खूबीखू बेन्जरी बेतूनीचा सूबीखू चारीखूछूतो, वालूङ्ना रेवना रेप्सूयँपी, रीयाछोमा रेछाछोमा लायूसूम्ने, सेमखूरु सेचीखूरुलो, तायाखूरु ताङ्खीखूरुलो, रुँरीखूरु सीखीखूरुलो, रीयालोतो रेछालोमा
हँसँलोतो हँलँलोतो लायूम्सूम्ने, बूक्छामी रीयाहँचेऊ ।

क्यालँसूङ् चाप्नीमा धीरीतीचालाम्, सेमखूरु सेचीखूरुलो, तायाखूरु ताङ्खीखूरुलो, रुँरीखूरु सीखीखूरुलो, बूलूखूरु चासूम्खूरुलो, रीयालोतो रेछालोतो लायूम्सूम्ने, चाखूवा वालीखू धीरीतीचा सूबीखूचा रीयाचालाम्, दूङ्कूलू दूदेप्मा चूयूखावतूप्खा धीरीती सूबीखू चारीखूपी, हँसँलोतो हँलँलोतो लाएसेने, नागा ह्यालापा रीयाहँचेऊ ।

तायाखूरु ताङ्खीखूरुलो, रुँरीखूरु सीखीखूरुलो, बूलूरीलूङ् रीलूङ्लोतो, चासूम्रीलूङ् रीरुङ्लोतो, खामवरीलूङ् रीरुङ्लोतो, खाप्चीरीलूङ् रीरुङ्लोतो, तायारीलूङ् रीरुङ्लोतो, ताङ्खीरीलूङ् रीरुङ्लोतो, कूबीरीलूङ् रीरुङ्लोतो, छीरीलवा पपीलवा वतूप्लवा ।

वारीलवा तूप्सूङ्लवा धीलूङ्लवा, लवा मान्धाई मान्धाईरीयो, नाम्छूयँलो नीनाम्लोतो लाएसेने, नागा ह्यालापा रीयाहँचेऊ, अँ बतँछू खीरुछूपी, सूबीआम्ला माखूआम्ला आम्लाबूङ्लो, आम्लालोमा लायूसूम्ने, बुक्छामी रीयाहँचेऊ, खकसानू सानूलोतो, जाराङ्खा मूक्तलूङ् धीरीचालाम्, थानँवा रुबूसूङ्, तायातल्मा मीङूम्सूम्ने, रीयालोतो रेछालोतो लायूसूम्ने, बूक्छामी रीयाहँचेऊ ।

बर्मेखू वालीखू धीरीतीपी, रीया र्याप्मा रेछा र्याप्मा मीङूम्सूम्ने, वाकूरी वालूरी सीमारी मामारी, थँनम् रुबूसूसँ तायातल्मा, मीङूम्सूम्ने बूक्छामी रीयाहँचेऊ, यार्खूवा चेर्खूवा गोदूखू हूकूकू वालीखू धीरीतीलाम्, हँसँलोतो हँलँलोतो लायूसूम्ने, बूक्छामी रीयाहँचेऊ, सूम्लीखा वालीखा दीबूखा सूबीखू चारीखूलाम्, हँसँलोतो हँलँलोतो लायूसूम्ने, बूक्छामी रीयाहँचेऊ, खकसानू सानूलोतो रीयालोमा लायूम्सूम्ने, बूक्छामी रीयाहँचेऊ नागा ह्यालापा रीयाहँचेऊ ।

खकचा रुसूङ्चा रँवलाचा मीकूला पकूलाचा रीयाचालो, रावाखू रेनूका धानूखापी, सूबीखूचा रीयाचालाम् हँसँलोतो हँलँलोतो, राखाकू पीपीचूङ्चालो वादुचूकूपी, रीयालोतो रेछालोतो हँसँलोतो हँलँलोता, नाम्छूलोतो नीनाम्लोमा लायूसूम्ने, बूक्छामी रीयाहँचेऊ, राधाम्मा नाम्सूङ्लूङ वालीखू धीरीतीपी, नाम्छूलो वातेल्खू सूबीखू चारीखूचा रीयाचालाम्, हँसँलोतो हँलँलोतो लाएसेनेमो, बूक्छामी रीयाहँचेऊ ।

सीखूम्री माखूम्रीमो, नचूरी नहरीमो, वाकूरी वालूरीमो, चेचेवा कलवामो, तायातल्मा मीऊम्सूम्ने, बूक्छामी रीयाहँचेऊ, खकसानू सानूलोतो, रीयालोतो रेछालोतो लायूम्सूम्नेवो । आतामा नाम्छूलोलाम्, वादेल्खू वालीखू धीरीतीचालाम्, हँसँलोतो हँलँलोतो, छीरीलवा, पपीलवा, तायालवा, ताङ्खीलवा, कूबीलवा, वतूप्लवा, वारीलवा, तूप्सूङ्लवा, धीलूङ्लवा लवामान्धाई, मान्धाई रीयो, लाएसेने बूक्छामी रीयाहँचेऊ ।

तँबूछूमा खीरुछूपी वारीधाईमा वाछाधाईमा तताम्न, तँबूछूना खीरुछपी रीयापोमा रेछापोमा लायूम्सूम्ने, सेमखूरु सेचीखूरु तायाखूरु ताङ्खीखूरुलो, रुँरीखूरु सीखीखूरुलो रीयालोतो रेछालोतो लाएसेले, छीरीलवा, पपीलवा, वतूप्लवा, वारीलवा लवामान्धाई, तायालवा, ताङ्खीलवा, रुमीपमीलवा, लवामान्धाई, रीयालोतो, हँसँलोतो हँलँलोतो रुसूङ्ला रहँलाचापी, मीकूल्लाचा पाकूल्लाचापी बछयूचा रीयाचापी, सीखीतँ खरुतँलो सेलेखीयो लाएसेलो खाङीनायी, बुक्छामी रीयाहँचेऊ नागा ह्यालापा रीयाहँचेऊ ।

साप्साखूरु, दीबूखूरुलो, तायाखूरु, ताङ्खीखूरुलो, रुँरीखूरु, सीखीखूरुलो, रीयालोतो, रेछालोतो लाएसेनेवो, नागा ह्यालापा रीयाहँचेऊ बूक्छामी रीयाहँचेऊ, भटयूँचा, सीखीतँ खरुतँ, मीखूतँलो रीयालोतो रेछालोतो, रुसूङ्ला रहँलालो मीकूला पाकूलापी सँरँचा मरँचा, हूङ्गूकू यूङ्खूकू वालीखू चारीखूपी, आप्चँलोतो आप्रीलोतो लाएसेने, हादीमूरुँरी पपीरुँरी चपीरुँरी, तायारुँरी ताङ्खीरुँरी, बूलूखूरु, चासूम्खूरु, सीखीरुँरी, खामवारुँरी, खाप्चीरुँरी, रुँरीमून्छूङ् मून्छूङ्लोतो, लाएसेनेमो बूक्छामी रीयाहँचेऊ, रीयालोतो सानूलोतो, यँ लवा खूरुलो, नीनाम् नाम्छूलाम् लाएसेने बूक्छामी रीयाहँचेऊ ।

सूलीचँ चारीखू सालापा धीरीतीलाम्, खीसूङ्ला रहँचाचालो लाएसेनेमो, लाहूरेखू चारीखू सालापा धीरीतीलाम्, हँसँलोतो हँलँलोतो लाएसेनेमो बूक्छामी रीयाहँचेऊ । चारीखूचा रीयाचालो घप्टेखू थालापा सूबीखूचा रीयाचालो, रीयालोतो रेछालोतो लाएसेनेवो, बूक्छामी रीयाहँचेऊ नागा ह्यालापा रीयाहँचेऊ, ढोलटाँसे छामवा छाब्ककू रीयाचालाम्, रीयालोतो रेछालोतो लाएसेने बूक्छामी रीयाहँचेऊ, छामँवामा छाब्ककू सूबीखू चारीखूवा रीयाचालाम्, हँसँलोतो हँलँलोता जाल्जाले जालाखूचा रीयाचालाम्, हँसँलोतो हँलँलोतो लाएसेनेवो बूक्छामी रीयाहँचेऊ ।

तायाखूरु ताङ्खीखूरुलो बूलूखूरु चासूम्खूरुलो, रुँरीखूरु साखाखूरुलो रीयालोतो रेछालोतो, तँबूछू खीरुछूपी हँसँलोतो हँलँलोनेमो, रीयालोतो रेछालोतो लाएसेने बूक्छामी रीयाहँचेऊ । बूखीचँचा राम्रीचँचा रीयाचालाम हँसँलोतो हँलँलोतो, साप्सूखू वालीखू धीरीतीचा सूबीखू चारीखूलाम् हँसँलोतो हँलँलोतो, रावाखू रेनूका धानूखाचालाम् हँसँलोतो हँलँलोतो, सूबीखू चारीखूलाम् रुँरीथा साखाथापी, सीखीखूरु ताङ्खीखूरु नीनाम्लोतो नाम्छूलोतो, रीया र्याब्मा लायूम्सूम्नेवो, भजेखू वालीखू चारीखूवा रीयाचालाम्, खकसानू सानूलोतो, हँसँलोतो हँलँलोतो लाएसेनेवो, बूक्छामी रीयाहँचेऊ, हँसँलोतो हँलँलोतो, लूकूकू वालीखू धीरीतीचा रीयाचालाम्, ऊत्तार्गूङ्गा ऊताखू रीयाचालाम्, धाराखू सूबीखू चारीखूलाम्, हँसँलोतो हँलँलोतो लाएसेने बूक्छामी रीयाहँचेऊ ।

रछेवा धीरीतीलाम् हँसँलोतो हँलँलोतो, सेचेखू वालीखू चारीखूपी रीयालोतो रेछालोतो, वालीखू थनँवारुबूसू ताया तल्तो, दङ्खनीदँलँनी ताया तल्तो, कूबीलवा, तायालवा , मीलवा पमीलवा, सीबीलवा मदीलवा वातूप्लवा वरीलवा, लवामान्धाई मान्धाईरीयो, लाएसेनेमो बूक्छामी रीयाहँचेऊ, नागा ह्यालापा रीयाहँचेऊ, हँसँलोतो हँलँलेनेमो खकछाम्ला छाम्लारीयो लायासाना, बबँसूङ् सूयापा यी कूबीमहँपा, सेलीमहँपा, मूक्तीमहँपा, चारीमहँपा, यँ म्यादँनाले खाङ्नालो यँ पारुबेरेबे तईमा म्यादँना खाङ्नाले, खकछाम्ला छाम्लारीयो रीयालोतो हँसँलोतो हँलँलेनेवो ।

दाम्रेवा दूँदेब्मा चारीखू वालीखूचालाम्, हँसँलोतो हँलँलोतो, मर्मालूङ् परमालूङ् धीरीतीचालाम्, हँसँलोतो हँलँलोतो, लूदूँवा चारीखूचापी, हँसँलोतो हँलँलोतो लाएसेनेवो, कूसकू सँबारे साङ्ग्रकूवा धीरीतीचालाम्, लूवाकू संग्रहकू धीरीतीपी, थँनाम् रुबूसू ताया तल्तो, वाकूरी वालूरी सीमारी मामारी, सीकूम्री माकूम्री तायातल्मा मीऊम्सूम्नेवो, बूक्छामी रीयाहँचेऊ नागा ह्यालापा रीयाहँचेऊ, खकछाम्ला छाम्लालोतो, यँ सीकूरीम् दीकूरीम्लाम्, यँ ताया तल्तो थनम्री रुबूसूङ् ताया तल्तो, वाकूरीवालूरीमा ताया तल्तो, हँसँलोतो हँलँलोतो लायूम्सूम्नेवो, बूक्छामी रीयाहँचेऊ, नागा ह्यालापा रीयाहँचेऊ ।

सूनाकोशी दूधकोशी तामाकोशी त्रीजुगा रेवातीपी रीयार्याब्तो, हँमालूङ् धीरीती लाएसेने, हीवालूङ् आप्चँलूङपी, हँसँलोतो हँलँलोतो लायूम्सूम्ने, रीयालोतो रेछालोतो, हनेङामो आप्चँल्ता्आप्रीलोतो लाएसेनेमो, खाङूम्लेको खकसानू सानूलोमा लायूम्सूम्ने, बूक्छामी रीयाहँचेऊ ।

बक्छामी बबसूङ् सूयापा, छीरीलवा पपीलवा, तायालवा ताङ्खीलवा, रुमीलवा पमीलवा, वतूप्लवा वारीलवा, तूप्सूङ्लवा धीलूङ्लवा, लवामान्धाई मान्धाईरीयो, तँबूछोना खीरुछोपी, लावा खूरुलो रीयालोतो रेछालोमामो, लायूम्सूम्ने नागा ह्यालापा रीयाहँचेऊ ।
आरुना बारुनालाम्, हँसँलोतो हँलँलोतो लाएसेनेवो, बाजीहँथा थारीहँथा न्याऊलाचा सूम्नीमाचापी, हँसँलोतो हँलँलोतो लाएसेनेवा, नागा ह्यालापा रीयाहँचेऊ, फूलूखू चारीखूवा रीयाचापी, सेमामून्छुङ् सेचीमून्छूङ्, सामँमून्छूङ् सारीमून्छूङ्, मून्छूङ्लोतो लाएसेने, बूक्छामी रीयाहँचेऊ, यारीखम् फूलूखू वलूखूम्पो, हँसँलोतो हँलँलोतो, राजायूँला नाम्दँपी, थनम रुबूसूङ् ताया तल्तो, हँसँलोतो हँलँलोतो रीयालोतो लाएसेनेवो ।

बूलूखूरु चासूम्खूरुलो, खामवाखूरु खाप्चीखूरुलो, रुँरीखूरु सीखीखूरुलो, रीयालोमा रेछालोमामो लायूम्सूम्नेवो, बूक्छामी रीयाहँचेऊ, खकसानू सानूलोतो, छाम्लारीयो लायासाना खाङासाःना, नाम्छीमाङो सेलेखीयो लाएसेनेवो, नागा ह्यालापा रीयाहँचेऊ, खकसानू सानूलोतो, बूलूखूरु चासूम्खूरुलो, खामवाखूरु खाप्चीखूरुलो, तायाखूरु ताङ्खीखूरुलो, लामारीयो लाएसेनेवो, बूक्छामी रीयाहँचेऊ, लावाखूरुलो नागालूङ् नारीतालूङ रीयालूङ्लामा, आप्चँलोतो आब्नीलोतो लायूसूम्ने, नागा ह्यालापा रीयाहँचेऊ ।

सूबीआम्ला माखूआम्ला, तायाआम्ला ताङ्खीआम्ला आम्लाबूङ्तो, सीखीआम्ला कूबीआम्ला, रुमीलवा, पमीलवा, लवा भ्याम्तो, रुदूलवा, पेमालवा, लवा भ्याम्तो, बँतँछू खीरुछोपी यँ भ्याम्तो, लाएसेनेवो नागा ह्यालापा रीयाहँचेऊ, बूक्छामी रीयाहँचेऊ, छाम्लारीयो रीयालोतो, बाराहा क्षेत्र सूबीखू चारीखूलाम्, हँसँलोतो लामारीयो लाएसेने, बूक्छामी रीयाहँचेऊ ।

कूबीलवा, तायालवा ताङ्खीलवा लावा भ्याम्तो, रुमीलवा पमीलवा वतूप्लवा वारीलवा लावा भ्याम्तो, तूप्सूङ्लवा धीलूङ्लवा लावा भ्याम्तो, तँबूछू खीरुछूपी लावा भ्याम्तो, यँ लावा खूरुलोमो, रुँरीखूरु सीखीखूरुलो बूलूखूरु चासूम्खूरुलो, यँ लवाखूरुलो लामारीयो लाएसेने, बूक्छामी रीयाहँचेऊ, साकूवा दीपावाचेऊ फूपावाचेऊ, रीयालोतो रेछालोतो, आरुना बारुना बाछायूँलाम्पी, लामारीयो लाएसेने, मलायूङ् मधेसापी डूकूरुचालो लाएसेने, अरुना बरुना बाछायूपी यँ पोमा मूम्नेमा, रातूप्खा यँतूप्खा दीक्तेलखू वालीखू चारीखूपी, रीया र्याप्तो यँ लाएसेने, नागा ह्यालापा रीयाहँचेऊ, बतँछू खीरुछोपी लवाखूरुलो, साखेल्खूना सूबीखूपी, चारीखूपी रीया र्याप्तो, खकलूङ खूवालूङ् रीमूयँ रेप्सूनापी, यँ रीया र्याप्तो लाएसेनेमो, नागा ह्यालापा रीयाहँचेऊ ।

मूसाला वलीखू धीरीती सूबीखूना चारीखूलाम्, लामारीयो लाएसेने, छीरीलवा, पपीलवा, वातूप्लवा वारीलवा लवाभ्याम्तो, तूप्सूङ्लवा धीलूङ्लवा लवाभ्याम्तो, रीयालोमा रेछालोमा लायूम्सूम्ने, नागा ह्यालापा रीयाहँचेऊ, बक्छामी रीयाहँचेऊ ।

बूक्छामीमी रुँरीम्खीम् चीखीम्खीम् रीया र्याप्तो, पँतेल्खू चारीखूपी रीया र्याप्तो, फलूखूचा रीयाचालाम्, दूवारीखू सूबीखू चारीखूलाम्, साखेल्खू सूबीखूलाम्, रुमालूङ् थूमालूङ्पी, बूलूलूङ् खामवालूङ् खाप्चीलूङ्, लमालूङ् मीचालूङ् मीयालूङ्पी रीया र्याप्मा, सूबीआम्ला आम्लाबूङ्तो, माखूआम्ला आम्लाबूङ्तो, यँ रीया र्याप्मा लायूम्सूम्नेवो, बक्छामी रीयाहँचेऊ, नूवामी सानूमी तायामी ताङ्खीमी रीयाहँचेऊ, सीखीमी साप्सामी दीबूमीहँचेऊ, छूङ्रीमी कँसूमी आप्तूमीहँचेऊ, मीचालूङ् मीयालूङ्पी, नपीन न रीया र्याप्मा लायूम्सूम्नेवो, नागा ह्यालापा रीयाहँचेऊ, बक्छामी रीयाहँचेऊ ।

दँ दापा ला छीरा, कूहूमासाजूमा लायासालो तायामीची, हँपाची, रेछाकुप्पाचेऊ हने ए फुपापचीलाई हुवाम्के तब । (उधौली लागेर हावापानी परिवर्तन भयो, बुद्धिजिवीहरु, मान्यजनहरु, बुढापाकाहरु हो, अब हाम्रो पितृपुर्खाहरुलाई सूँवाचा दिउ है त ।)

६. कुलपितृ भित्रको दाजुभाईहरुलाई सुँवाचा दिने मुन्धुमः

कुलपितृमा बसेकाहरुलाई सूँवाचा दिँदा  हालसालै मरेको सदस्यबाट दिन सुरुगरी पहिले मरेकाहरुलाई अन्तमा दिईन्छ ।

कूबी बीर्मा, ताया बीर्मा यँ वीलीधँसी
सीबीछा, मदीछा यँ वीलीधँसी
सीवीरी सा तूईनी हूप्पूरीयो हूप्नानीमो ।
आसामान्चा चानूम् दूङानूम्, सुँवारीपँ लोकानी ।

हालसालै मरेको सदस्यबाट नाम भन्दै पहिलेनै मरेकाहरुलाई अन्तमा नाम भन्दै सुँवाचा दिईन्छ ।

७. साम्पाङ खोलाका मृत्यु भई सकेका कूबीमीहरुः

(१) राजकुमार तोमिहँ (२) धानबिरे तोरिहँ (३) मेखमणि तोरिहँ (४) हर्कगंज तोरिहँ (५) नहकुल तोरिहँ (६) धनप्रसाद तोरिहँ (७) जसबहादुर तोरिहँ (८) रहरमनी तोरिहँ (९) हजारमान तोमिहँ (१०) पुर्णे तोमिहँ (११) मन्जना सामरुङ्जे (१२) भिमलसिं दामरेवा (१३) लिलाबहादुर दामरेवा (१४) पंचबहादुर दामरेवा (१५) रामकृष्ण दामरेवा (१६) हस्तामान छभाया (१७) चन्द्रमान छभाया (१८) खरुधोज रदुखु (१९) पदमबहादुर रदुखु (२०) रत्नधन तोरिहँ आदि। (श्रोत : किरात साम्पाङ राई मुन्धुम)

८. मलिाहरुलाई सूँवाचा दिने मुन्धुमः

बुङ्खामा खामा खामाचेऊ
वाछामा तलूमा खामा खामाचेऊ
छेकामा छीङखामा खामा खामाचेऊ
वलुमा थूलूमा खामा खामाचेऊ
यूबीमा यूतीमा खामा खामाचेऊ
बादूली वाएमा खामा खामाचेऊ
खामँआम्ला आप्सूम्नेवो
खाप्चीआम्ला आप्सूम्नेवो
तायाआम्ला आप्सूम्नेवो
ताङ्खीआम्ला आप्सूम्नेवो
यँ रुमालूङ् थूमालूङ्
मीचालूङ् मीयालूङ्
कोईबछ्याम्रीया छ्याम्पी
खामा खामाचेऊ ।

९. कुलपितृभन्दा बाहिर बसेकाहरुलाई सूँवाचा दिने मुन्धुमः

कुलपितृभन्दा बाहिर बसेकाहरुलाई सूँवाचा दिँदा सबैजनालाई एउटै पातमा राखेर मूलढोकानिर लगि भित्रतिर फर्केर (पछाडीबाट ढोका बाहीर) सूँवाचा दिईन्छ । कूबी/जानिफकार ब्यक्तिले पनि चिण्डोको जाँडले पछाडीबाटै छर्कि दिन्छन ।

सीगाला बादालाचेऊ
दँसूलाम्चेऊ
लाम्चीप्पा नाम्दँबूङ्चेऊ
बूङ्पी वासेप्ला वादाम्लापी
वाछालोमा लोकानीवो ।

१०. सुङरिमि साप्सामी :

सबैलाई सुवाँचा दिई सके पश्चात त्याहाँ राखिएको चामल, भात र छँरिसाहरु उठाएर सुङरिमि साप्सामी पुर्काने कार्य गरिन्छ।

  1. घरको घरमुली र घरमुलीनीले भाले र पोथि पक्रि कुबिमिको दाँया र बाँया तिर बस्नुपर्ने छ । घर मुली तथा घर मुलीनी नभए कसै बुढापाका ब्यक्तिले समाए हुन्छ। (सामूहिक चूलामा अध्यक्ष र उपाध्यक्षले भाले र पोथी समात्नु पर्नेछ)
  2. त्यसपछि कुबिमिले भाले पोथीकोको शिरमा अक्षता र अदुवा चढाई रक्सिले खन्याएर पर्छाउन लाउनु पर्दछ।
  3. भाले र पोथीले १ चोटि पर्छेपछि भाले र पोथी बोक्नेले साटासाट गर्नु पर्दछ र पुन पर्छाउनु लाउनु पर्दछ।
  4. भाले र पोथीले ३ चोटि पर्छिए पछि चुलामा चढाउनु पर्दछ । चुलामा चढाउदा सुवाँतिर फर्केर मरेमा राम्रो हुने मानिन्छ।
  5. तेस पछि कुखुराको मासु पोली मन्साउनु पर्दछ।

११. सूङरीमी साप्सामी रीसीयाः

मायूङ्चेऊ मीछायूङ्चेऊ एनी दो
साप्सामीचेऊ, नूवामीचेऊ एनी दो
धीकूर्सा छीकूर्सालो या पोके एनी दो
याङासा दीङासालो या पोके एनी दो
सामयँलो सारीयँलो या पोके एनी दो
तँफूवा याम्फूवासँ रँरेकाके एनी दो
खीसूङ्ला रहँलासँ रँरेकाके एनी दो
ताया स्याची वासँ रँरेकाके एनी दो ।

(भाले पोथी दुवै कुखुराको शिरमा अक्षता, अदुवा र चिण्डोको सूँवारक्सी चढाई पर्छाउनु लगाउने ।)

याङासा दीङासासँ रँरेकाके एनी दो 
सूम्नीमा सारुलेचालो यँ पोकेमा
कोईबछ्याम्पी म्याम्लोतो एनी दो
खामआम्ला खाप्चीआम्ला
चासूम्आम्ला बूलूआम्ला
आम्ला लोतो हूयाम लेनेवो एनी दो ।

(भाले पोथी दुवै कुखुराको शिरमा अक्षता, अदुवा र चिण्डोको सूँवारक्सी चढाई पर्छाउनु लगाई यताको उता भाले र पोथी साटासाट गरि पक्रर्ने ।)

कूहूमा साप्साखूरु न्याउला चासूम्खूरु एनी दो
वोसूम्खपलो दाम्रीब दामफेतो लाएसेनेवो एनी दो
कईबछ्याम्पी सँ आतूम्नेवो एनी दो ।

(भाले पोथी दुवै कुखुराको शिरमा अक्षता, अदुवा र चिण्डोको सूँवारक्सी चढाई पर्छाउनु लगाई पर्छिएपछि भोग दिईन्छ । यस रीतिलाई मँ/सूङ्रीमी झारेको भनिन्छ ।)

यसपछि सबैजना निम्न रीसीया गाउँदै विभिन्न सिली गरेर नाच्दै अगेनालाई तीनफन्को घुम्नु पर्दछ । कुखुराको भाले र पोथी भोग दिएर छाडिदिँदा सूँवातिर फर्केर मरेमा राम्रो भएको मानिन्छ ।

मछायूङ्चेऊ, मीछायूङ्चेऊ दोलोकूम्मा दो,
साप्सायँचेऊ, दीबूयँचेऊ दोलोकूम्मा दो ।
नूवामीचेऊ, सानूमीचेऊ दोलोकूम्मा दो,
चासूम् खूरुलो, बूलूखूरुलो दोलोकूम्मा दो ।
तायाखूरुलो, ताङ्खी खूरुलो दोलोकूम्मा दो,
सीखीखूरुलो सेमखूरुलो दोलोकूम्मा दो ।
हँसँलोतो हँलँलोतो दोलोकूम्मा दो,
कईबछ्याम्पी आतूम्नेवो दोलोकूम्मा दो ।

भाले र पोथी दुवै कुखूरालाई बनाई दुवैबाट सिसीसार्ने/मन्साउने मासु निकालेर पोलिन्छ । दुईवटा दुनामा छँरीसा र एक कठुवा रक्सी पुरुष बस्नेतिर र दुईवटा दुनामा छँरीसा र एक कठुवा जाँड, महिला बस्नेतिर राखेर पितृपूजा गर्नेले पितृमा चढाउन पर्दछ । त्यसपछि दुनाको छँरीसालाई सूवाँछ्याम माथि राखिदिन पर्दछ । सूँवा हान्ने ब्यक्तिले छँरीसा मन्साएपछि त्यो कुखुराको मासु पकाएर त्याहाँ उपस्थित सबैजनासंग बाडेर खाईन्छ । विवाहित छोरीचेलीहरु र खसी बाख्राका मासु खानेहरुले चाहिँ यो मासु खान हुँदैन ।

कुखुराको एउटा फिला, दायाँतिर राखिएको सूँवाभात र छँरीसा सूँवाहान्ने ब्याक्तिलाई दिईन्छ । बायाँतिरको चहिँ घरमुलीले खान पर्दछ ।

१२. शिर उठाउनीः

कूबी/जानिफकार ब्यक्तिहरु घर फर्कने बेलामा चिण्डोमा चोखो रक्सी राखी भेटी सहित शिर उठाउनी गर्नु पर्दछ । यस दिनदेखी नयाँ अदुवा, चामल, कोदो सबै खान मिल्दछ । यसरी राईहरुले बर्षमा एक पटक पितृपुर्खाहरुलाई पुज्दछन् ।

अनुसुचि ४

१. खानपान मेनु :

  1. सुरुवात: सलाद, कुखुरा/सुङगुरको भुटुवा, चना फ्राई/आलुदम (भेज)
  2. पेय पदार्थ: नया कोदोको जाँड, बियर/ह्विस्की/वाईनहरु, सफ्ट ड्रिङ्क्सहरु, आइस क्यूब
  3. मुख्य खाना: नया चामलको भात, कुखुराको/सुङगुरको तरकारी, दाल/सब्जिको तरकारी, अचारहरु
  4. विदाबारि: फलफुल, चक्लेटहरु
  5. आवश्यक मसलाहरुः नुन, तेल, वेसार, जिराधुलो, खोसार्नी, तेजपत्ता, ल्वगं, सुकुमेल, अदुवा, लसुन, प्याज, धनिया, टमाटर
  6. आवश्यक सामाग्रीहरुप्लेट, कप, काँटा, चम्चा, टिस्यु, गार्वेज ब्याग, नेट, चिम्टा, पंजा, कोईला, स्टार्टर

२. आमंत्रण :

संरक्षक परिषद, सल्लाहकार परिषद, भाषिक परिषद, संयोजक परिषद, प्रज्ञा प्रतिष्ठान, संस्थापक सदस्यहरु, भु.पु. पदाधिकारीहरु, चुलाघर निर्माण दाताहरु, आजिवन सदस्यहरु, पत्रकारहरु एवं साधारण सदस्यहरुलाई आमन्त्रण गर्ने  गर्ने परम्परा रहेको छ।

३. निमन्त्रणा:

सदा बर्षझैं यस बर्ष पनि निम्न मिति समय र स्थानमा पितृपुजा आयोजना गर्न लागि रहेको जानकारी गराउदै कार्यक्रममा आई नया अन्नबाली (न्वगी) ग्रहण गरि दिनहुन हार्दिक अनुरोध गर्दछौं । यदि हजुरले पनि आफ्नो पितृहरुलाई सुवाँचा दिने ईच्छा भए पितृहरुको नामावली (वंशावली) लिएर आई दिनहुन हार्दिक अनुरोध गर्दछौं।

४.   शुल्क:

सहभागि शुल्क प्रति ब्याक्ति हङकङ डलर २०० लाग्नेछ । १८ बर्ष मुनीका केटाकेटीहरु, महिलाहरु, ६५ बर्ष माथिका बाबाआमाहरु र पत्रकार तथा किरात संस्थाको प्रतिनिधिहरु लाई शुल्क लाग्ने छैन ।

५. कार्यक्रम मिति, समय र स्थान :

मिति : . . . . . . . . . . . . . . . 
समय : दिउँसो १ बजेबाट
स्थान : सुप्तुलुङ खिम
यातायात : सशुल्क बस ब्यावस्था
बस लाग्ने स्थान : 
बस सम्पर्क : 

६. कार्यक्रम तालिका :

१२:०० बजे – भेला 
१:०० बजे – पितृकक्ष सरसफाई
२:०० बजे – औपचारिक कार्यक्रम
३:०० बजे – पितृपूजा
६:०० बजे – पुजा समापन/सरसफाई
७:०० बजे –फिर्ता

७. औपचारिक कार्यक्रम :

  1. आशन ग्रहण – अध्यक्ष
  2. पितृपुजाबारे जानकारी – 
  3. कुबिमिहरुलाई फेटा गुथाउने – 
  4. मन्तब्य र भनाईहरु – 
  5. औपचारिक कार्यक्रम समापन – 
  6. पितृपुजा कार्यक्रम
अनुसुचि ५

संक्षिप्त कार्य बिभाजन

विभाग संक्षिप्त कार्य बिभाजन
संगठन बिस्तार तथा समन्वय विभाग कार्यक्रमको योजना, अनुगमन, कार्यन्वन गर्नु ।
सुप्तुलुङखिम निर्माण तथा मर्मत विभाग साउण्ड, लाईटिङ, वाटर, टेबल, कुर्सि, टेन्ट ब्यावस्थापन
खेलकुद, संगीत तथा साहित्य विभाग स्वंयमसेवक ब्यावस्थापन, फोटो ग्राफि, न्युज रिर्पोटिङ
कार्यलय संचालन तथा प्रचार विभाग सुचना, पत्रचार, निमन्त्रणा, प्रचार प्रसार, वेभ पब्लिकेशन, ब्याज, प्रमाणपत्र छपाई
मौलिक संकलन तथा सजावट विभाग सरसजावट, उद्घाटन गित, गितिक्यासेट, उपस्थिति खाता संचालन
सम्पति तथा कोष–अभिवृद्धि विभाग खरिद/बिक्री, आर्थिक संकलन, कोष ब्यावस्थापन
सुम्निमा भान्सा तथा खानपान विभाग खानपान तयारी, भान्से ब्यावस्थापन, किचन सरसफाई
सिक्रिमा बितरण तथा सेवा विभाग खानपान सजावट, बितरण, , खानपान स्थल सरसफाई
बाल, महिला, प्रौढ तथा अतिथि विभाग फेटा, गम्छा, खादा ब्यावस्थापन तथा अतिथि स्वगत
किरात धर्म संरक्षण तथा संस्कार विभाग थान थपना, पुजा पार्थना, उद्घाटन सामाग्री ब्यावस्थापन
शिली संकलन तथा संस्कृति विभाग भेसभुषा, गरहगहना, गाजाबाजा तथा कलाकार ब्यावस्थापन
सफाई तथा फोहर ब्यावस्थापन विभाग कार्यक्रम स्थल सरसफाई, फोहरमैला ब्यावस्थापन
पारुहाङ ढुवानी तथा ओसारपसार विभाग सर-सामाग्री ढुवानी, भण्डार, भिआईपी ओसार पसार
यातायात तथा ब्यावसाय, रोजगार  विभाग यातायात सेवा ब्यावस्थापन, ब्यावसाय तथा रोजगार
आपतकालिन सहयोग तथा सुरक्षा विभाग सहयोग, सुरक्षा, प्राथमिक उपचार, नियन्त्रण

बैठकका सूचीहरुः

  1. पितृपूजा बारे तथा हङकङमा सामूहिक पितृपूजाको थालनी बारेमा।
  2. पितृपूजामा चाहिने आवश्यक सामाग्रीहरु र तयार गर्ने जिम्मेवारी ।
  3. कूबीमीलाई खबर गर्ने तथा पूजाविधीबारे जानकारी गराउने जिम्मेवारी ।
  4. सहभागीहरुलाई खानपान तयार गर्ने जिम्मेवार ।
  5. सहभागीहरुलाई खानपान वितरण गर्ने जिम्मेवार ।
  6. प्रचार प्रसारको लागि ई–पोस्टर तथा ब्यानर बनाउने जिम्मेवार ।
  7. आमन्त्रण गर्नुपर्ने संघसंस्था, पत्रकार र बिशिष्ट ब्यक्तिहरु तथा पत्रचार गर्ने जिम्मेवार ।
  8. कार्यक्रमको मिति, समय र स्थान र यातायात ब्यावस्थापन बारेमा।
  9. सहभागी शुल्क र उठाउने जिम्मेवारी ।
  10. औपचारिक कार्यक्रमको रुपरेखा ।
  11. विभागीय जिम्मेवारी बारेमा ।

(समाप्त)

चूलापुजा