अन्य सम्प्रदायहरु

शशि मदन राई (कुलपति–किरात राई प्रज्ञा प्रतिष्ठान, हङकङ)
२६ अप्रिल २०१८–२०२१ ।

१.स्वमी डा. प्रपन्नचार्य पन्थ

वि.सं. १९८० मा नेपालको पाँचथर जिल्लामा जन्मिएका काले राई विसं १९९४ देखि सत्यहाङमा धर्मका महागुरु फाल्गुनन्दको साथमा लागेर हिँडेका थिए। उनले ३० बर्षकाे उमेरमा पढ्न शुरू गरेका थिए। काले राईबाट प्रपन्नचार्य बनेका उनले  बनारसबाट वेदान्त विषयमा विद्यावारिधि गरेका थिए। फाल्गुनन्दबाट उनमा आध्यात्मिक भावनाको विकास भएर उनी पूर्वीय दर्शनमा आकर्षित भएका थिए। जोस्मनी सम्प्रदायले शैवलाई मान्दछ। पछि प्रपन्चार्य भए पछि रामानुज सम्प्रदायबाट दीक्षित भई बैष्णवलाई मान्न थाले। किरातहरु हिन्दु धर्मवलम्बी नै हुन भनेर ब्याख्या गरे। वहाको पन्थमा धेरै किरातहरु अनुयायी रहेका छन।

२. स्वर्गिक मार्ग

भक्त कुमार राईले स्वर्गिक मार्ग पर्वद्धन गरि छुट्टै सम्प्रादय चलाई रहेको छ। तर उनिहरुले स्वर्गिक मार्ग धर्म हैन, यो स्वर्ग जाने बाटोमात्र हो भनि धेरै किरातीहरुलाई अनुयायी बनाएका छन।

३. ख्रिस्टियनहरु

धेरै किरातीहरु ख्रिस्टियनमा समेत गएका छन।

किरात भित्रका धार्मीक सम्प्रादयहरु:

  1. युमा पुजक किरात धर्म
  2. पितृ पुजक किरात धर्म
  3. जोसमनि सम्प्रादय
  4. सत्यहाङमा सम्प्रादय
  5. अन्य सम्प्रादयहरु

सन्दर्भ सामग्रीहरु :

  1. इमानसिङ् चेम्जोङ, किरात ईतिहास  १९४८(२००५),  किरातको बेद  १९६१(२०१८),  किरात जनको ईतिहास र सङ्स्क्रिती  १९६७(२०२४)
  2. महाजन बि.डि., Ancient India  1981.
  3. जनकलाल शर्मा, जोसमनी सन्त परम्परा र साहित्य  १९६३(२०२०)
  4. चैतन्य सुब्बा, The Culture and Religion of Limbus  1995.
  5. टंक बहादुर सुब्बा, Politics of Culture  1995.
  6. राष्ट्रिय जनगणना, Nepal BS 2058.
  7. साम्पाङ मुन्धुम, मुन्धुम होसुङ, मुक्दुमको सेरोफेरो, थुलुङ मुन्दुम
  8. Wikipedia, Encyclopedia.