स्व. प्रकाश राईको अन्तेष्टि

३० डिसेम्बर २०१८ हङकङ ।

खोटांग जिल्ला, बाक्सिला गा. बि. स., वडा नं. ९, सिम्पानी (हाल केपिलासगढी गा. पा. वडा नं. ४) बस्ने श्री सक्कल बहादुर राईको नाति, श्री पर्शु राम राई र श्रीमती अगम लक्ष्मी राईको छोरा वर्ष ३९ को प्रकाश राई ई.सं. १९९७ मा हंग कंग आएर स्थायीरुपले यहीँ बसोबास गरिरहेकोमा हाल ड्रागेज कम्पनीमा कार्यरत रहेको अवस्थामा यही ६ डिसेम्बर, २०१८ को दिन फ्यान लिंगस्थित कार्यक्षेत्रमै दुर्घटनामा परी दिवंगत हुनुभएकोमा ३० डिसेम्बर २०१८ मा किराया हङकङले किरात राई परम्परा अनुसार अन्तेष्टि कार्यक्रम गरिदियो । परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस भनि सुम्निमा पारुहाङसंग प्रर्थना गर्दछौं ।

भाषिक व्याडमिन्टनको दोस्रो संस्करण

भाषिक व्याडमिन्टनको दोस्रो संस्करण

२६ डिसेम्बर २०१८, हङकङमा अन्तर–भाषिक व्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सफल रुपमा सम्पन्न भएको छ । किरात राई यायोक्खा हङकङको युवा खेलकुद, संगीत तथा संचार विभागको अयोजनामा दोस्रो अन्तर–भाषिक व्याडमिन्टन प्रतियोगितामा सम्पन्न भएको हो ।

युनकोङ डिस्ट्रीक स्पोर्ट्स सेन्टर हलमा बुधबार सबै प्रतियोगिता आयोजना भएका थिए । प्रतियोगितामा ‘मेन्स डबल्स’ डिभिजन ए–बी तथा ‘मिक्सड डबल्स’ बिधाहरु समेटिएका थिए। बेस्ट अफ थ्रीको नक आउट फम्र्याटमा प्रतियोगिता खेलाइएको थियो।

मेन्स डबल्स एमा बान्तावा खिम समूहलाई उपाधि

मेन्स डबल्स डिभिजन ए को फाईनल खेलमा बान्तावा खिमको प्रतिनिधित्व गर्दै मिलन राई र शुभराज राई उपाधि जित्न सफल भए । उनीहरुको जोडीले चाम्लिङ खाम्बातिमका समूहका जोडी हेमराज राई र किरण राईलाई २१–११ र २१–१५ को सोझो सेटमा पराजित गरे।

मेन्स डबल्स बीमा पुमा तुप्खाबांखालाका समूहलाई उपाधि

प्रतियोगिता अन्तर्गत डिभिजन बीतर्फ पुमा तुप्खा बांखालाका गणेश राई र बिनोदले वान्तवाखीमका शान्तवीर राई र दिपेन राईलाई १८–२१, २१–१२, २१–९ को सेटमा पराजित गरे । सुरुवाती सेट पराजित भएपनि उपाधिका लागि पुमा तुप्खाबांखालाका समूह कमब्याक गर्न सफल भएको हो ।

मिक्सड डबल्समा चाम्लिङ खाम्बातिम समूह विजयी

प्रतियोगितामा अर्को विधा मिक्सड डबल्स तर्फ चाम्लिङ खाम्बातिम उपाधि चुम्न सफल भयो । चाम्लिङ खाम्बातिमका हेमराज राई र मनिषा राईको जोडीले सोदेल कोयीकीमका संजिव राई र कृष्णा राईलाई २१–१४ र २१–१५ को सोझो सेटमा पराजितगर्दै उपाधि आफ्नो पोल्टामा पारेका थिए।

पुरस्कार

उपाधिसँगै सबै बिधाका विजेता र उपविजेताले हङकङ डलर क्रमशः दुई हजार र बाह्रसय, ट्रफी तथा प्रमाणपत्र हात पारे ।उक्त प्रतियोगितामा किरात राई यायोख्खा हङकङमा आबद्द ६ भाषिक संस्थाहरुको सहभागीता थियो ।

यायोक्खाका ८ भाषिक संस्थाहरु मध्ये बान्तावा, चाम्लिङ, कोयि, पुमा, थुलुङ्ग ,साम्पाङ्ग गरि जम्मा २१ जोडीले प्रतियोगितामा सहभागीता जनाएका थिए ।

खेल सफल रुपमा समापन गरेसँगै प्रतियोगिताका संयोजक बज्र कुमार थुलुङ राईले भने,‘हङकङमा रहेका सबै उमेरका किरात राईहरुलाई खेलकुद मार्फत एक जुट गराई स्वास्थ्यप्रति सचेत गराउन र व्याडमिन्टन खेलाडीहरु उत्पादन गर्नु खेल आयोजनाको अभिप्राय रहेको छ । प्रतियोगिताको प्रमुख प्रायोजक नेपाल फाइनान्स रहेको थियो। हङकङमा व्याडमिन्टन खेल नेपालीहरुबीच लोकप्रिय हुँदै गएको छ ।

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

साकेला उधौली सम्पन्न

२३ डिसेम्बर २०१८ हङकङ ।
आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राईको प्रमुख आतिथ्यतामा साकेला उधौली २०१८ ताइमोशान पार्कमा सम्पन्न भएको छ । नेपाल चेम्बर्श अफ कमर्श, गैर आवासीय नेपाली संघ, नेपाली महासंघ र व्रिटिश गोरखा भूतपूर्व सैनिक संघ बिशेष अतिथि रहेको कार्यक्रममा बिभिन्न संघ/संस्थाहरुको आतिथ्यता रहेको थियो । वेलायतबाट नेपाल हुँदै साकेलामा आउनु भएका अधिवक्ता, नेता तथा लेखक चण्डिका राई पनि अतिथि रहनु भएको थियो ।

मौसम प्रतिकूलताका वावजुद पनि सयौंको संख्यामा उपस्थिति रहेको साकेला उधौलीमा बेलायतबाट आएका युवा डाक्टरद्वय युगेश राई र सुमन राईलाई सम्मान गरिएको थियो । डाक्टर राईद्वय किराया उपाध्यक्ष हित बहादुर कोयी राईका २ सुपुत्र हुनुहुन्छ । उहाँ दुई डाक्टरले किराया सुप्तुलुङखीम(चुलाघर) मर्मत-संभारकालागि १० हजार हङकङ डलर प्रदान गर्नु भयो । यसै गरी सोहि उद्धेश्यकालागि वेलायत निवासी सोलिसिटर उत्तरमान लिम्बुले पनि ३ हजार डलर सहयोग प्रदान गर्नु भएको थियो । कार्यक्रममा किराया अध्यक्ष हरिचन्द्र राईले प्रतिकुल मौसमलाई पनि वास्ता नगरी उपस्थित भई साकेला उधौली सफल बनाई दिनु हुने तमाम महानुभावहरुप्रति कृतज्ञतापूर्वक धन्यवाद दिनु भएको थियो ।

बज्र कुमार राई

हार्दिक श्रद्धान्जली

किरात साम्पाङ राई जुम्लेखा हङकङका कोषाध्यक्ष श्री चन्द्र कुमार राईको ममतामयी आमा भोजपुर नगरपालिका, भैंसिपंखा १०, भोजपुरमा बसोबास गर्नहुने श्री लछुमन राईको श्रीमती सुविद्रा राईको ८१ बर्षको उमेरमा असमायिक निधन भएकोमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस भनि सुम्निमा पारुहाङसंग प्रर्थना गर्दछौं ।

ब्याडमिन्टन च्याम्पियनशीपको घोषणा ।

२५ नोभेम्बर २०१८, हङकङ ।

किरात राई यायोक्खाको युवा खेलकुद, संगीत तथा संचार विभाग अन्तर्गतको  खेलकुद संयोजक समितिले आगामी २६ डिसेम्बरको दिन यायोक्खा अन्तरभाषिक ब्याडमिन्टन च्याम्पियनशीप-२ गर्ने जनाएको छ ।

सो विभागका प्रमुख बज्र कुमार राईको अध्यक्षता, किराया अध्यक्ष हरिचन्द्र राईको प्रमुख आतिथ्यता, किराया प्रज्ञा प्रतिष्ठानका कुलपति शशीमदन र भाषिक संस्थाका अध्यक्ष/प्रतिनिधिहरुको आतिथ्यतामा सचिव गजेन्द्र राईले सञ्चालन गरेको संयोजक नियुक्ति तथा तयारीसभामा मूलसंयोजक रजीन राईले उक्त कुराको जानकारी गराएका थिए।

प्राप्त जानकारी अनुसार मेन्स्  डबल डिभिजन ए र बी, मिक्स् डबल गरी ३ क्याटगोरीमा प्रतियोगीतात्मक खेल खेलाइने छ ।

कार्यक्रममा उक्त विभागले किरण राई (चाम्लिङ), शुभराज राई (बान्तावा), रबिचन्द्र राई (साम्पाङ), संजिब राई (कोयी) लोखराज राई (बाहिङ), गणेश राई (पुमा), रमेश राई (थुलुङ), कमल दुमी (दुमी), मगेन्द्र राई, हेमराज राई र दिपक केशर राई संयोजक नियुक्त गर्यो ।

नवनियुक्त संयोजकहरुलाई मूलसंयोजक रजीन राईले प्रमाण-पत्र प्रदान गरेका थिए । यसैगरी प्रमुख अतिथि हरिचन्द्र राई र अतिथिहरुले खादा लगाई दिएर बधाई ज्ञापन गरेका थिए ।

नवनियुक्त संयोजक मध्येका हेमराज राई विगत महिनामा हङकङ नेपाली ब्याडमिन्टन संघको अध्यक्षमा चयन भएकोप्रति खुशी व्यक्त गर्दै विभागले स-सम्मान बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।

उक्त कार्यक्रममा अतिथि धिराज कुमार राई, पीताम्बर राई, दुर्गाकान्त राई आदिले शुभकामना मन्तव्य राखेका थिए ।

प्रथम ससुराली भेटघाट

२१ अक्टुबर २०१८ हङकङ ।

किरात राईहरुको बिबाह भए पछि पहिलो बर्ष उधौली लागे पछि (असोज महिनामा) छोराबुहारीले प्रथम चोटि ससुराली/मावली चिन्न ससुराली घर जानु पर्दछ । पहिलो बर्ष नसके पनि कुनै बर्ष जानै पर्दछ । यसलाई प्रथम उधौली हान्नु वा ससुराली/मावली चिन्ने रिती भनिन्छ ।

किराया हङकङको कूबीमी श्री नारायण प्रसाद राई र श्रीमती शिब कुमारी राईको सुपुत्री रेनुका राईको जुवाँई मनिचन्द्र राईसंग शुभबिबाह १६ जुन २०१८ मा सुप्तुलुङखिममा सम्पन्न भई प्रथम उधौली हान्ने कार्य (ससुराली/मावली भेटघाट) कार्यक्रम हेल्लो किचनमा सम्पन्न भएको छ । यस कार्यक्रममा हङकङ बसोबास गर्ने साम्पाङ वातुङभाईहरु जम्मा भएका थिए ।