Suptulung

पित्रीपुजाको फारमस्विकृतीको फारम |

पित्रीपुजा

किरात राईहरुले घरको बिचभागमा तिनमा चुला राखेका हुन्छन । चुलाको ठिक माथि भार हुन्छ । भार भन्दा माथि पित्रीकक्ष राखेका हुन्छन । कसैले पित्रीकक्षलाई सुँवा, कसैले मछेम, कसैले मछामा वा मछाकुमा भन्दछ । भाषिक राई अनुसार फरक नामले पुकारन्छि । पित्रीकक्षमा परापुर्वकाल देखी मरेर गएका पिता पुर्खाहरुको मृतआत्मा बसेको हुन्छ भनि विस्वास गरिन्छ । त्यसैले बर्षमा एक पटक जाडो मौसम लागे पछि धान, कोदो पाक्ने वेला, सयपत्री फुल, घैया र नया अदुवा फुलेको फलेको समयमा पित्री पुजा (उधौली) गरिन्छ । पितृपुजा गर्ने दिन घर र पित्रीकक्ष सफा गर्नु पर्दछ । बुढापाका ब्यक्तिले पित्रीकक्ष सफा गरि त्यस माथि नया केराको पात, सेउली, अदुवा र सयपत्री फुल चढाईदिनु पर्दछ । घरमा कोहि पनि बुढापाका ब्यक्ति नभएमा कुबी वा जानिफकार ब्यक्तिलेनै पित्रीकक्ष सफा गर्नु पर्दछ । युवाहरुले पित्रीकक्ष सफा गर्न हुदैन भन्ने चलन छ । पितृपुजा गरेको दिन खन्ने, जोत्ने र टिप्ने कामहरु केहि पनि गरिदैन । घरका मुख्य बुढापाखाहरुले पित्री पुजा नगरिन्जेल नया धान, कोदो र अदुवा खानु हुदैन । पित्री पुजा गर्ने दिन भन्दा अगाडीनै पित्री पुजाको लागी चोखो नया कोदोको जाड पकाई राख्नु पर्दछ । नया कोदो नपाकेको भए पुरानो कोदोमा विधिको लागी अलिकति नया कोदोको वाला सुर्काएर मिसाई जाड पकाउनु पर्दछ । कसैले चहि पित्री पुजा गर्ने दिनै नया कोदो ल्याएर त्यसमा पानी मर्चा मिसाई प्रयोग गर्दछ । किरात राईहरु विविध भाषि तथा विविध ठाउ अनुसार पितृपुजा गर्ने तरिका फरक फरक हुन सक्तछ तर सवै राईहरुले पितृपुजा गर्दछन ।

सामुहिक पित्री पुजा

हङकङमा राईहरुको आफ्नै घरमा चुला नभएकोले गर्दा सामुहिक चुलाघरमा सामुहिक पित्री पुजा गर्ने चलन किराया हङकङले गर्दै आईरहेको छ । सामुहिक चुलाघरमा पित्री पुज्दा आफ्नो बंशको पित्री नपुजी किरात राईहरुको सामुहिक पित्री सुम्निमा, पारुहाङ, पातेसुङ, दिलिदुङ, तयमा, खियामा र खक्चिलिप्पा (हेच्चकुप्पा, रैछाकुले) जस्ता समुहिकपित्रीहरुलाई पुकार्ने चलन छ । हङकङमा सामुहिक पित्री पुजेको दिन शिकारी देवतालाई एकवटा भाले चढाउने चलन छ ।

औपचारिक कार्यक्रम :

कार्यक्रम संचालन – सचिव
आशन ग्रहण – अध्यक्ष तथा आमन्त्रित ब्यक्तिहरु
पित्रीपुजाबारे जानकारी – उपाध्यक्ष
मुन्धुम – धामी वा जानिफकार
साकेला नृत्य – शिलिमोपा, शिलिमोमा, ढोले, भ्याम्टे, कलाकारहरु
सगुन बितरण – अतिथि स्वगत तथा सत्कार बिभाग
कजेरी र धामीको शिर उठाउनी – अध्यक्ष

निमन्त्रणा :

गाछी (बिभाग प्रमुख) –
कङकङदे (बिभाग संयोजक) –
तुम्साबु (अध्यक्ष) –
प्रमुख कुवी (धामी) –
सहायक कुबी (धामी) –
ढोले (ढोल बजाउने) –
मसुमे (झ्याम्टा बजाउने) –
शिलिमोपा (पुरुष शिलिकार) –
शिलिमोमा (महिला शिलिकार) –
दाजुभाईहरु (कार्य समितिका पदाधिकारीहरु र बिभागीय संयोजकहरु) –
सल्लाहकारहरु –

अवश्यक सामाग्रीहरु

  1. नया चामल, धान, कोदो, अदुवा र मर्चा
  2. चिण्डोमा नया जाँड, कठुवामा रक्सि
  3. बासको ढुङग्रो, धनुबाण, तिर, लठ्ठी तथा हातहतियार
  4. नाङलो. दियो, कासे थाल, कलश
  5. सेउली, तितेपाती, केराको पात, दुवो र सयपत्री फुल,
  6. जिउदो कखुरा (शिकारी देवताको लागी)
  7. सवै खाले मासुको मिसावट (छँरिसा) : फिस्टा चराको मासु, कुखुराको मासु, बदेलको मासु, माछा, मनपाहाको मासु, डाफेको  मासु, मुनालको मासु, कालीजको मासु, अरनाको मासु, गाईको मासु, मृगको मासु, घोरलको मासु, थारको मासु, सर्पको मासु, बच्छिउ, अरिङगल आदिको मासु

थान सजाउने तरिका

  1. पित्रीकक्ष सफा गरि केराको पात, सेउली, अदुवा र सयपत्रि फुल चढाउने
  2. नया चामलको भात पकाउने । नया चामल नभए धानको बाला ल्याइ मिसाउने ।
  3. सवै खाले मासुको मिसावटहरुलाई उसिनेर पकाउने ।
  4. पित्रीकक्षको सिधै तल लठ्ठी, खुकुरी, हसिया, लिसो सहितको ढुङग्रो, कोदाली, गैती, कुटो, झम्पल, बन्दुक, कासेथाल, तरवार, बन्चरो, चोया बासको धनुकाड र तिर, बोट सहितको अदुवा, भित्तामा ठड्याएर राख्ने ।
  5. एउटा नाङलोमा केराको पात ओछ्याएर चामल राख्ने । चामल राखेको दाया बाया तिर टपरामा भात र दुनाको छँरिसा (सवै खाले मासुको मिसावट) राख्ने ।
  6. नाङलोको दाया बाया तिर एउटा कठुवामा जाडको छोक्रा लगाएर राख्ने र अगेनामा आगो बाल्ने ।
  7. बुढापाका ब्यक्तिको लागी अगेना खन्याउन एउटा पावा कठुवामा रक्सि र अदुवा राख्ने ।

पित्री पुजा बिधि :

किरात राईहरुको एक जना पुर्वज जो बिछट्ट धनुबीर र शिकार मार्न खप्पिस शिकारी थिए । जसलाई शिकारी देवताको रुपमा बिभन्नि थरिका राईहरुले बिभन्नि नामले पुकार्दछ । शिकारी देवता रिसायो भने गाई बस्तुहरु, पशु पंछीहरु ठाँउका ठाँउ मर्दछ भन्ने बिस्वास गरिन्छ । शिकारी देवता पनि किरात राईहरुको पुर्वज भएकोले पित्री पुजाकै दिन उसलाई पनि सुँवाचा दिनु पर्दछ । तर सवैलाई सुँवाचा दिई सकेपछि अन्तिममा मात्र उसलाई दिईन्छ । कुनै कुनै राईहरुले उक्त दिन शिकारी देवताको पुजा गर्दैनन् । शिकारी देवताको पुजा गर्नु पर्दछ भने उस्लाई जिउदो भाले पोथी चाहिन्छ । कसै कसैले भाले मात्र पनि चढाउछ ।

  1. कुबिको दाया तिर घरमुलीले कुखुराको भाले समातेर बस्ने र कुबिको वाया तिर घर मुलीनीले पोथी कुखुरा समातेर बस्नु पर्दछ ।
  2. श्रीमान श्रीमती कोही छैन भने उहाको भाग बुढापाका ब्यक्ति लाइ समात्न लगाउन पर्दछ ।
  3. कुबिले पित्रीको नाम पुकार्दै सुँवा दिन्छ । सुँवा दिदा हाल सालै मरेको बाट सुँवादिन सुरु गरि पहिले नै मरेकाहरुलाई र अन्तमा शिकारी देवतालाई दिइन्छ ।
  4. भाले पोथी दुवैको शिरमा अक्षता र अदुवा चढाई चिण्डोको सुवा रक्सिले खन्याएर पर्छाउन लाउने ।
  5. कुखुराले पर्छिए पछि चुलामा चढाईन्छ । चुलामा चढाउदा सुँवातिर फर्केर मरेमा राम्रो भएको मानिन्छ ।
  6. तेस पछि कुखुराको मासु पोली, दुइ वटा दुनामा छरिसा, एउटा कठुवमा रक्सि, एउटा कठुवमा जाड, दुईवटा दुनामा मासु, राखी मन्साउनु पर्दछ ।
  7. अन्तमा रिसिया गाउदै सवैजना विभिन्न सिली गरेर नाच्दै अगेनालाई तिन फन्को घुम्नु पर्दछ ।

खान पान

  1. आवश्यकता अनुसार भात पकाउने ।
  2. भाले वा सुङगुरको मासुको तरकारी बनाउने ।
  3. आवश्यकता अनुसार पेय पदार्थहरु तयार पार्ने ।

शिर उठाउनी

खानपान सकेपश्चात धामीलाई शिर उठाउनी तुम्सावुले गर्नेछ ।

कार्य बाँडफाँड

(१) पित्री पुजा आवश्यक सामाग्रीहरु – किरात धर्म, संस्कार संरक्षण तथा चुलादर्शन सेवा विभाग
(२) साकेला नृत्य तयारी – सांस्कृतीक प्रदर्शनी तथा साकेला श्रब्यदृश्य निर्माण विभाग
(३) सरसजावट तथा प्रचार प्रसार – तयमाखियामा सरसजावट तथा सुचना प्रसार बिभाग
(४) फोटो तथा अभिलेखिकरण – दस्तावेजीकरण, छपाई तथा दृश्यंकन विभाग
(५) सहभागिता – बालबालिका प्रशिक्षण तथा प्रौढ सहभागिता बिभाग
(६) सामाग्री खरिद – सामाग्री खरिद, कोष अभिबृद्धी तथा सम्पती ब्यावस्थापन विभाग
(७) ढुवानी – पारुहाङ ढुवानी, ओसारपसार तथा भण्डार विभाग
(८) खानपान – सुम्निमा मौलिक खानपान तथा भान्छा सेवा बिभाग
(९) अतिथि स्गगत – सिक्रिमा अतिथि स्गगत तथा सत्कार सेवा बिभाग
(१०) सरसफाई – सुरक्षा, नियन्त्रण, सरसफाई तथा स्वयंसेवक परिचालन बिभाग

निमन्त्रणा

किरात राई यायोक्खा हङकङले सदा बर्षझै यस बर्ष पनि साकेला उधौलीको अवसरमा निम्न मिति, समय र स्थानमा सामुहिक पित्री पुजा सम्पन्न गर्न लागी रहेको हुनाले किरात मौलिक धर्म–संस्कार अनुसार पित्रीलाई स्मरण गर्न चाहाने ईच्छुक किरात राईहरुलाई उपस्थित भैदिनहुन हार्दिक अनुरोध गर्दछ ।

मिति :
समय :
स्थान :
आयोजक : किराया हङकङ, किरात धर्म तथा संस्कार संरक्षण विभाग (Kirat Religion and Culture Conservation Depart)