श्री शशि मदन राई द्वारा प्रस्तावित
नवौ अधिवेशनले पारितगरेको बिभाग नियमावली २०१६

४. कार्ययोजना नियमावली

कार्ययोजना (Action Plan)

किरात राई यायोक्खाको समग्र उदेश्य प्राप्तगर्न अथवा किरात राईहरुको ब्याक्तिव बिकाश, महिला तथा बालबालीकाको प्रशिक्षण, प्रौढ सहभागिता, धर्म संस्कार संस्कृतीप्रती युवा चेतनाको बिकाश, सृजनशील शक्ति निमार्ण, किरात राईहरुको आर्थिक उन्नती आदी समेटिएको कार्यक्रम ल्याउन कुशल कार्ययोजनाको तर्जुमा गर्नुपर्ने हुन्छ । सबैलाई कार्यक्रममा समेट्न बार्षिक कार्ययोजना (Yearly Calendar) तयार पार्नुपर्ने हुन्छ । तर्सथ बार्षिक कार्ययोजना बनाउन सजिलो होस भनि निम्न प्रकारले कार्यक्रमलाई मासिक रुपमा बिभाजन गरिएको छ । नवनिर्वाचित संचालक समितिलाई बार्षिक कार्य योजना (Yearly Calendar) निर्माण गर्न सजिलो होस भनि यो बार्षिक कार्ययोजना – नियमावली तयार गरिएको छ । नव निर्वाचित अध्यक्षले कार्यसमितिको पहिलो बैठकमा बार्षीक कार्ययोजना ल्याई अनुमोदन गराउनु पर्दछ । कार्यसमितिले बार्षिक कार्ययोजनामा समय सापेक्ष परिवर्तन गर्न सक्ने छ ।

१.  अप्रिल – महिना

(क) उत्प्रेरणा कार्यक्रम (Induction Program) :

नवनिर्वाचित कार्यसमितिले उत्प्रेरणा कार्यक्रमको आयोजना गर्नुपर्नेछ । यस दिन किरात राई यायोक्खाको प्राज्ञिक ब्यक्तित्वहरुले नवकार्य समितिलाई उत्प्रेरणा मुलक कक्षा संचालन गर्नेछ । यसमा नया समितिलाई किराया हङकङको निति, नियम, किरात राई यायोक्खा हङकङको आन्तरिक संस्कार बारेमा दक्ष बनाईने छ  ।

(ख) पदस्थापन तथा बिदाई कार्यक्रम

नवकार्य समितिले प्रथम बैठक बसि बिभाग प्रमुखहरु र सल्लाहकारहरुलाई चयन गरि यस दिन पदस्थापन गराउनेछ । साथै पुरानो कार्य समितिलाई कदर पत्र सहित बिदाई गर्नेछ । यसलाई पदस्थापन तथा बिदाई कार्यक्रम भनिने छ ।

२. मे – महिना

(क) चुलापुजा

मे महिनामा चुला पुजा गरिन्छ । यो महिना देखि बाली नाली लगाउने समय सुरुवात भएकोले सम्पुर्ण मानव जगतको बाली नाली सप्रियोस  भनि चुलापुजा गर्ने चलन छ । चुलामा पित्रीहरुसंग बल माग्ने चलन छ । यलसलाई चुलापुजा भन्निछ ।

जिम्मेवार बिभाग  – किरात धर्म, संस्कार संरक्षण तथा सुप्तुलुङसेवा विभाग

(ख) उभौली

मे महिना देखि उधौली ऋतुको शुरुवात हुन्छ । पृथ्बीमा बाली नाली लगाउने समयको सुरुवात । अथवा गर्मि महिनाको शुरुवात । यस महिना देखि बेसि तिर बस्ने चराचुरुङगीहरु गर्मि सहन नसकेर लेक (उभो) तिर लाग्दछ । खोलाको माछाहरु समेत खोलाको उधो देखि उभो तिर लागेको देखिन्छ । त्यसैले यस समयलाई उभौलि भन्ने गरिन्छ । किरातहरुले दुईवटा ऋतुहरु मात्र मान्दछ । उभौली (गर्मियाम) र उधौली (जाडोयाम) । उभौलि शुरुवात संगै चुलापुजा गरेर साकेला उधौली नाचिन्छ ।

जिम्मेवार बिभाग  – सांस्कृतीक प्रदर्शनी तथा साकेला ब्यावस्थापन विभाग

(ग) बिबिक्यु

साकेला उधौली नाच भएको बेला उपस्थित महानुभावहरुलाई खानपानको लागि मौलिक खानपान तथा बिबिक्यु सेवा उपलब्ध गराईने छ ।

जिम्मेवार बिभाग  – सुम्निमा मौलिक खानपान तथा भान्छा सेवा बिभाग

(घ) यलम्बर स्मारिका प्रकाशन

जिम्मेवार विभाग– सांस्कृतीक प्रदर्शनी तथा साकेला श्रब्यदृश्य निर्माण विभाग

३. जुन – महिना

(क) ब्यक्तित्व बिकाश तालिम/सेमिनार

जुन महिनामा किरात राईहरुले नया कुरा सिक्ने, ब्यक्तित्व बिकाश गर्ने, बौदिक बिकाश हुने, शैक्षिक विकाशहुने, बिभिन्न तालिम/सेमिनारहरु समेटिएका कार्यक्रमहरु गरिने छ ।

जिम्मेवार बिभाग – किरात राई युवा खेलकुद तथा संगीत बिभाग

४. जुलाई – महिना

(क) साउने सक्राति चाड

किरात राईहरुले हरेक वर्षको श्रावण महिनाको पहिलो दिन भैसीं वा राँगा काटेर खाने चाडलाई साउने संक्रातिको रुपमा मनाउदै आएको पाईन्छ । गाँउघरमा बर्षा बाढि पहिरो आउने, खोला नाला बढ्ने क्रम बिस्तारै रोकिन्दै गएपछि हिउँदको सुरुवात हुने भएकोले पुर्खाहरुले अव बाँचियो है भनेर साउने संक्राति मान्ने चलन रहेको हो भन्दछन । किराया हङकङले २०१५ देखी साउने सक्राति मनाउने चलन बसाएको हो ।

जिम्मेवार  बिभाग  – सुम्निमा मौलिक खानपान तथा भान्छा सेवा बिभाग

५. अगस्ट – महिना

(क) महिला तथा बालबालिका कार्यक्रम

किरात संस्कारमा महिलालाई उच्च प्रथामिकता दिएकाछन । बिधानले पनि २० प्रतिशत महिला सहभागीलाई आनिवार्य अंकित गरेकोछ । यस महिना किरात राई महिलाहरु तथा भोलीको कर्णधार बाल बालीकाहरु सहभागीहुने बिभिन्न कार्यक्रमहरु ल्याइनेछ ।

जिम्मेवार  बिभाग  – बालबालिका प्रशिक्षण तथा प्रौढ सहभागिता बिभाग

६. सेप्टेम्बर – महिना

(क) संगितिक कार्यक्रम

किरात राई यायोक्खा हङकङले हरेक २ बर्षमा एकचोटि किरातीहरुको प्रथम राजा यलम्वर हाङको सम्झनामा यलम्वर साँझ सांगितीक कार्यक्रम गर्ने प्रचलन रहेकोछ । यसको प्रमुख उदेश्य किरात राईहरु लगायत नेपालीहरुको सांगितीक धरातल निर्माण गर्दै, संस्थालाई दिगोरुपमा अर्थ संकलन गराउनु रहीआएको छ ।

जिम्मेवार बिभाग – किरात राई युवा खेलकुद तथा संगीत बिभाग

७. अक्टुबर – महिना

(क) खेलकुद कार्यक्रम

शारिरिक स्वास्थता बिना उन्नती हुन्न । किरात राईहरुलाई स्वास्थ र शसक्त बनाउन खेलकुद अपरिहार्य भएकोले यो महिनामा खेल्कुद कार्यक्रमहरु ल्याइनेछ । सन १९९८, २०००, २००२ सालमा लगातार यलम्बर भलिबल प्रतियोगिता आयोजना गरेका थिए त्यस पछि आर्थिक समस्याको कारण भलिबल प्रतियोगिता रोकिएको छ । भविश्यमा किराया हङकङले खेलकुद प्रतियोगितालाई सुचारु संचालन गर्ने लक्ष लिएको छ ।

जिम्मेवार बिभाग – किरात राई युवा खेलकुद तथा संगीत बिभाग

८. नोभेम्बर – महिना

(क) देउसे भैलो

यस महिना नेपालीहरुको महान चाड देउसेभैलो आयोजना गरि संस्थालाई आर्थिक संकलन गरिनेछ ।

जिम्मेवार  बिभाग – सामाग्री खरिद, कोष तथा सम्पती ब्यावस्थापन विभाग

९. डिसेम्बर – महिना

(क) पित्रीपुजा

किरात राईहरुले घरको बिचभागमा तिनमा चुला राखेका हुन्छन । चुलाको ठिक माथि भार हुन्छ । भार भन्दा माथि पित्रीकक्ष राखेका हुन्छन । कसैले पित्रीकक्षलाई सुँवा, कसैले मछेम, कसैले मछामा वा मछाकुमा भन्दछ । पित्रीकक्षमा परापुर्वकाल देखी मरेर गएका पिता पुर्खाहरुको मृतआत्मा बसेको हुन्छ भनि विस्वास गरिन्छ । त्यसैले बर्षमा एक पटक अन्न बाली पाकि सकेपछि, मरेर गएका पित्रिहरुलाई बोलाई खुलाईन्छ, पित्री पुजा गरिन्छ ।  यसलाई पित्रि पुजा भनिन्छ ।

जिम्मेवार बिभाग  – किरात धर्म, संस्कार संरक्षण तथा सुप्तुलुङसेवा विभाग

(ख) उधौली

पित्रि पुजागर्ने समयलाई उधौली भन्दछ । अथवा उधौली ऋतुको शुरुवात हुन्छ ।  पित्री पुजा गरिसके पछि उधौली शुरुवात भएको उपलक्ष्यमा साकेला शिलि नाचिन्छ ।

जिम्मेवार बिभाग  – सांस्कृतीक प्रदर्शनी तथा साकेला ब्यावस्थापन विभाग

(ग) बिबिक्यु

साकेला शिली नाच भएको बेला उपस्थित महानुभावहरुलाई खानपानको लागि मौलिक खानपान तथा बिबिक्यु सेवा उपलब्ध गराईने छ ।

जिम्मेवार बिभाग  – सुम्निमा मौलिक खानपान तथा भान्छा सेवा बिभाग

१०. जनवरी – महिना

(क) स्थापना दिवस

(ख) येलेदुङ

(ग) माघे सक्राती

यस महिना यलेदुङ, माघे सक्राती, किरात राई स्थापना दिवस, हरेक भाषिक संस्थासंग मिलेर संयुक्त बृहत कार्यक्रम गर्ने चलन छ ।

जिम्मेवार बिभाग  – सुम्निमा मौलिक खानपान तथा भान्छा सेवा बिभाग

११. फेब्रुअरी – महिना

(क) आजिवन सदस्यता बितरण, अक्षयकोष निर्माण

साधारण सदस्यता, आजिवन सदस्य बितरण गरिने छ । यसबेला सकेमा बिभिन्न कोषहरुको स्थापना गरिने छ ।

जिम्मेवार बिभाग – सामाग्री खरिद, कोष तथा सम्पती ब्यावस्थापन विभाग

१२. मार्च – महिना

(क) अधिवेशन/साधारण सभा

बार्षिक साधारणसभा वा अधिवेशन गरिने छ ।

जिम्मेवार बिभाग – आन्तरिक समन्वय, संगठन विस्तार तथा बिदेश विभाग

(समाप्त)