राई जाती

राई जातीमा “राई” शब्द बारे बिबाद देखिएको छ । यसले राई एकतामा समस्या सिर्जना गरेको छ । यसैको प्रभाब स्वरुप केहि राई भाषिक थरीहरुले आफुलाई राई जाती भन्दा भिन्नै जातीको रुपमा सुचिकृत गरिदिन नेपाल सरकारसंग अनुरोध गरेका छन् । सन् २०११ को जन गणना अनुसार उनीहरुको जनसंख्या तलको तालिका १ मा देखाइएको अनुसार छ । उक्त जनगणना अनुसार राईहरुको कुल जनसंख्या ६,९४,०८९ (राई नभन्नेहरु सहित गरेर) हो । आफुलाई राई मान्नेहरुको जनसंख्या ६,२०,००४ हो ।

तालिका १: राई नभन्ने हरुको संख्या (जाती महलमा) फोटोमा हेर्नुस

जातीको महलमा लेखिएको संख्या जनगणना हुँदा राईको सट्टा जातीको रुपमा संख्या टिपाउनेहरु हुन् भने भाषाको महलमा भाषाको आधारमा नाम टिपाउनेहरु हुन् । यो हिसाबले अफुलाई राई नमान्नेहरुको जनसंख्या ७४,०८५ (१०.८%) हुन आउछ । तर भाषिक थरको ५०% भन्दा बढिले राई समुह बाट छुट्टिन सक्ने जनसंख्यालाई आधार मान्ने हो भने कुलुङ, नाछिरिङ, याम्फु, आठपहरिया र मेवाहाङ पाँच थरहरु मात्र राईबाट छुट्टिन सक्ने देखिन्छन् । पाँच थरी राईहरु छुट्टिएर जाँदा हुने संख्या ६६,०४६ (९.५%) हुन आउछ । १,५९,११४ राईहरुले भाषाको महलमा राई लेखेको हुनाले यसरी छुट्टिन चाहने थरहरुको अनुपात कम हुन सक्दछ तर जम्मा संख्या भने केहि बढ्न सक्ने देखिन्छ । उक्त जनगणना अनुसार नेपालको जम्मा जनसंख्या २,६४,९४,५०४ हो । यसरी छुट्टिएर बन्ने ५ राई थरहरु जाती बन्न सक्दैनन । कबिला अथबा गण मात्र बन्न सक्छन् । त्यसैले उनीहरुले आगामी दिनमा जातीको आधारमा राज्य प्राप्त गर्ने छैनन् । पहिलो संबिधानले प्रतिपादन गरेको सामान्य सिद्धान्त अनुसार जाती बन्न करिब १% जनसंख्या (सन् २०११ को जन गणना अनुसार २.६५ लाख) हुन पर्दछ जुन कुनै पनि उक्त ५ समुहको पुग्दैन । यसरी जातीको रुपमा जनसंख्या टिपाउनेहरु पनि बुझेर भन्दा पनि उक्त समुदायको तथाकथित अगुवाहरुको बहकाउमा लागेर टिपाएका हुन् । सत्य तथ्य लिएर अगाडि जाने हो भने यो संख्या उल्लेख्य रुपमा घट्ने छ ।

बिबादको उत्पती (उमेस दुमी)

२०५६ सालमा भोजपुरको स्व. कृपाराम राईले यायोक्खाको महसचिब पद दावि गर्दा उहाँको अयोग्यताको कारण जनाई राज बहादुर राई महासचिवमा सर्वसम्मतिबाट चुनिनु भएको थियो । यसै हारको प्रतिशोधको कारण उहाँ यायोक्खाबाट अलग भै छुट्टै किराँत राई संस्था खोल्न लागि पर्नु भयो । यसै सिलसिलामा उहाँले ईन्द्र बहादुर कुलुङ राई, चन्द्र बहादुर कुलुङ राई, शक्ति राई र पृथ्वि राईहरुलाई साथ लिन सफल हुनु भयो । त्यस बेला उहाँको सोंच राईको बिरोध गर्नु नभै राईको अर्कै संस्था खोलि सकभर अधिकांश राईहरुलाई समेटेर त्यो संस्थामा आफ्नो अधिपत्य जमाउनु मात्र थियो ।

उहाँ स्वार्गे भए पश्चात बाँकि रहेका सदस्यहरुले यसै मुद्दालाई केहि समय निष्कृय राखेर केहि समय यता देखि सकृय हुंदै बिभिन्न गैर सरकारी संस्थाहरुसंग सहकार्य गर्दै बिवादित ईतिहासको आडमा राई जाती हैन पदवि हो भन्ने नाराको साथ स्वार्गिय राईको योजना बिपरित गै रहेका छन् । राईका बिभिन्न थरहरुलाई अलग जातिमा दर्ता गराउन सफल भए फुटाऊ र राज गर रणनीति भएका तत्वहरुको अभिष्टि पुरा हुने देखेर यसलाई उनीहरुले लमजल गरेको देखिन्छ । यस बिषयमा भ्रम सिर्जना गर्न बिभिन्न मनगढन्ते ईतिहासहरुलाई हत्यार बनाई राई जातीमा बिद्वेस फैलाउने कुचेष्टा पनि अघि बढेको छ । यस प्रकारको संगिन जातीय बिघटनमा सिमित ब्याक्तिगत स्वार्थ भएका मानिसहरु संलग्न छन् । आम राई जनताहरु यस कार्यको दीर्घकालिन नकारात्मक नतिजाहरुको बारेमा भने आनभिज्ञ छन् । यस प्रकारको अनभिज्ञतालाई तोड्न र राई बिरोधी तत्वहरुको गलत गतिबिधिहरुलाई निस्तेज पार्न निम्न तथ्य तथा तर्कहरु पेश गरिएका छन् ।

राई शब्द

राई बिरोधीहरुले राई जाती होइन भनेर “राई” शब्द संग आपती जनाएका छन् । राई भन्ने शब्द पदबी हो जाती होइन भन्ने कुतर्क उनीहरुले गरी ब्याक्तिगत स्वर्थको निम्ति सर्बसाधरण राईहरुलाई दिग्भ्रामित बनाएका छन् । यस अर्थमा उनीहरुले जाती के हो र पदबी के हो भन्ने बारेमा जानेर वा नजानेर गोलमटोल गर्ने गरेका छन् । अर्को आरोप भनेको यो राई पदबी शाह राजाहरुले दिएको हो किरातीहरुको मौलिक होइन भन्ने छ । राईको भाषा के र राईलाई राई भाषामा के भनिन्छ भन्ने जस्ता उट्पट्याङ प्रश्नहरु उनीहरुले उठाएका छन् । यी प्रश्नहरुलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

१. राई भन्ने शब्द पदबी हो
२. राई जाती होइन
३. राई पद शाहहरुले दिएको हो
४. राई जाती भए राई भाषा, धर्म, संस्कृति खोई
५. राई बारेमा मुन्दुममा कहाँ उल्लेख छ
६. राई भाषामा राईलाई के भनिन्छ

यी प्रश्नहरु लज्जास्पद भए पनि सोझा सिधा राईहरुमा भ्रम सिर्जना गर्न येथेष्ट छन् । अतः एकिकृत किरात राई शक्ति निर्माण गर्न यस प्रश्नहरुको सटिक जवाफ दिन आबश्यक छ । यी प्रश्नहरुको जबाफ तल क्रमैसंग दिइएको छ । सामान्यतः राई बिरोधीहरुको किरात शब्दसंग आपती छैन । किरात भन्नमा उनीहरु अफुलाई गर्ब नै महसुस गर्दछन् । नयाँ प्रचलनमा आएको खम्बु शब्द बारेमा भने उनीहरु तटस्थ अथबा अलमलमा देखिन्छन् ।

१. राई भन्ने शब्द पदबी हो ?

सामान्यतः संसारमा नामको पछि उपनाम ९क्गचलबmभ० भन्ने तथा लेख्ने चलन थिएन । जस्तै नाम भन्दा सुमन, रैछाकुले, राम, कृष्ण, लुक आदि हुन्थे । यिनीहरुको पछि कुनै उपनामहरु रहने गरेका थिएनन् । किरात राई समुदायमा त त्यो धेरै पछि सम्म पनि लेखिन्नथ्यो । त्यो कुरा पुरानो कागज पत्रहरु हेरे थाहा लाग्छ । तर कालान्तरमा ठाउँ, पद, पुर्खा, बंश, काम वा घट्नाको आधारमा नामको पछि उपनाम जोड्ने चलन संसार भरी नै चल्यो । नेपालमा भने यसलाई थर भनिन्छ । यो कसरी भयो भने बाहुनहरु एउटै जातको हुने र उनीहरुको त्यस मुनी गोत्र हुँदै थरहरु लेख्ने हुनाले त्यसै आधारमा उपनामलाई थर भनियो । यसरी पछिल्लो चरणमा राईहरुले पनि राजा अर्थ जनाउने उपाधी (Tittle) आफ्नो उपनामको रुपमा जोड्न थाले । त्यो अचम्मको कुरा होइन । अमिताभ बच्चनको बाजे राय थिए । बाबु बच्चन उपनाम लिए । यसै बच्चन उपनामलाई उन्ले छोराले हुँदै उन्का सन्तान दर सन्तानले लिने छन् । ताम्राकार, सिंजातपति यी तमाम थरहरु यसरी नै बनेका हुन् । यस पदबी अथबा उपनामले निस्चित मानब समुहलाई जनाउछ । राईको सन्दर्भमा पनि यो कुरा सत्य हो ।

२. राई जाती होइन ?

अधिकांश राई बिरोधीहरुले जात र जातीको बिभेद के हो, थाहा पाएका छैनन् । जात ९ऋबकतभ० भनेको बैदिक हिन्दुहरुमा मात्र हुन्छ । यो बर्ण ब्याबस्था हो । यो रक्त सम्बन्ध होइन । यसमा जम्मा ४ जातहरु छन्ः ब्रह्माण, क्षत्रीय, बैश्य र शुद्र । यो बर्ण ब्याबस्थामा हामी किरातीहरु पर्दैनौं । त्यसैले जातको कुरै आउदैन यहाँ । अब रह्यो जाती । जाती भने शब्दमा खोजिने चीज होइन । त्यो मानिस, जमीन, संस्कृति र इतिहास जस्ता बिषय बस्तुमा जाँचिने चीज हो । राईको सट्टा खर्धुम्चो नै भनिए पनि त्यो मानब समुहमा जातीमा हुनु पर्ने गुणतत्वहरु छन् कि छैनन्, त्यस्ले निर्धारण गर्दछ खर्धुम्चो जाती हो कि होइन भन्ने । राई वा खर्धुम्चो भन्ने शब्दले होइन हाम्रा राई बिरोधीहरुले ठानेको जसरी । भलै त्यो मानब समुदायले राई, खर्धुम्चो वा अन्य शब्दले आफ्नो जातीलाई चिनाउन चाहन्छन् त्यो फरक कुरा हो । मुख्य कुरो त्यो मानब समुदाय जाती हो कि हाइन हो । राईहरुको सन्दर्भमा पनि राईलाई जातीको रुपमा मान्ने तर राई शब्द नमानी खम्बु हुनु पर्छ भन्ने मत पनि छ । तर राईबाट सम्बन्ध बिच्छेद गर्नु पर्छ भन्नेहरु चैं राई शब्द मौलिक नभएको कारणले राई जाती होइन । यस भित्रका भाषिक समुहहरु जाती हुन् भनेर दौडिरहेका छन् ।

राज्यको सबै भन्दा सानो रुप भनेको परिवार हो । परिवार भनेको सामान्यतः जीबित एकै घर मुली अन्तरगत रहेको मानब समुह हो । परिवार भन्दा एक तह माथी उठेको राज्यको स्वरुपलाई गण (Clan) भनिन्छ । गण एकै रक्त सम्बन्धको हुने गर्दछ । तर उनीहरु एउटै जीबित घर मुली अन्तरगत हुन्नन् । उनीहरु केहि सयको संख्यामा हुन्छन् । उनीहरुको गण नेता हुन्छ । गण भन्दा माथी उठे पछि संख्या, भुगोल, संस्कृति र सत्ता बिकसित भएको मानब समुह कबिला (Tribe) हो । यिनीहरुको संख्या हजारमा हुने गर्दछ । सामान्यतः यिनीहरुको राजा अथबा कबिला नेता हुने गर्दछ । आधुनिक राज्य भन्दा पनि परम्परागत राज्य सञ्चालन गरेका हुन्छन् उनीहरुले । उनीहरुको भुमी अरुले अतिक्रमण गरेको अबस्थामा पनि उनीहरुको आफ्नै सामाजिक संरचना अन्तरगत सामाजिक सत्ता संचालन गरेका हुन्छन् । उनीहरुको एक तहको बिकसित भाषा, संस्कृति, इतिहास र सामजिक संरचनाहरु हुन्छन् तर उनीहरु भिन्न देशको रुपमा स्थापित हुन सक्दैनन् । जाती (Nation) जस्लाई राष्ट्र भनिन्छ त्यो एक बिकसित मानब समुदाय हो । उनीहरु एक पुर्ण देश चलाउन भुगोल, संख्या, इतिहास, संस्कृति, अर्थ आदिको कारणले सक्षम हुन्छन् । अतिक्रमित भुगोलमा पनि उनीहरुको सशक्त सामाजिक संरचनाहरु हुन्छन् । इतिहासमा उनीहरुले राज्यहरु संचालन गरेका हुन सक्छन् । उनीहरुको संख्या लाखौंको हुन सक्दछ । नेपालको सन्दर्भमा जाती बन्न सामान्यतः १% जनसंख्यालाई आधार मानिएको छ । जाती बन्नलाई निश्चित ऐतिहासिक थात थलो, समृद्ध संस्कृति, गर्बिलो इतिहास, बिकसित भाषा, राज्य सत्ताका अबयबहरु सहितको सामाजिक संरचान हुनु पर्दछ । छोटकरीमा त्यो मानब समुदाय एक राष्ट्र राज्य अथबा देशकै रुपमा पनि खडा हुन सक्ने हुनु पर्दछ । यहाँ दिइएको संख्याहरु सामन्यतः नेपालको सन्दर्भमा हो । अन्य देशहरुमा फरक पर्न सक्दछ । समाजमा गणहरु मिलेर कबिला बन्ने कबिलाहरु मिलेर जाती बन्ने पनि हुन्छ । यस आलोकमा हेर्दा बिभिन्न कबिलाहरु मिलेर बनेको जाती हो राई, भलै राईलाई खर्धुम्चो वा अन्य नै केहि भनिएला ।

राईको भाषिक समुहहरुले कबिला भन्दा माथिल्लो हैसियत राख्दैनन् । कतिपय त गणको नै हैसियतमा छन् । बान्तावा, चाम्लिङ लगायतका राईहरुको संख्या उल्लेख्य छ तरै पनि उनीहरु राष्ट्र राज्यको रुपमा उभिन सक्ने हैसियतमा छैनन् । देश संघियतामा जान लागेको बेला किरात राईहरुको पहिचानमा आधारित राष्ट्र राज्यको माग बुलन्द गर्ने बेला फुटको राजनीति घातक छ । राष्ट्रहरुको आधारमा मात्र संघियतामा राज्यहरु बन्छन् । नेपालमा एकल रास्ट्र अथबा जातीको हैसियत प्राप्त गर्न सक्ने ८ वटा मानब समुहहरु मात्र छन् । ती हुन् लिम्बु, राई, तामाङ, नेवार, गुरुङ, मगर, खस र थारु । यस आधारमा किरात राज्य भित्र कबिला तहको पहिचानलाई समेट्न ३० भाषी राईहरुको स्वयत्त क्षेत्र तथा संरक्षित क्षेत्रहरु निर्माण गरिनु पर्दछ । उनीहरुको एकताबाट चुडिएका भाषिक थरहरु जातीमा नभै कबिला तथा गणमा बिघटित हुनेछन् जस्ले उनीहरुको राज्यसत्तामा पहुँच पु¥याउने इरादामा बाधा गर्ने छ । माथिको छलफलबाट राई जाती होइन भन्ने तर्क कति हास्यास्पद छ भन्ने छर्लङ्गिन्छ ।

३. राई पद शाहहरुले दिएको हो ?

लिच्छबीहरु संग हारेर काठमाण्डु उपत्यका छाडेका किरातहरुले त्रिशुली र नारायणी नदी पुर्ब ससना राज्यहरु संचालन गरे । काठमाण्डुबाट एक तहको सशक्त राज्य सञ्चालन गरेका किरातहरुको कम स्रोत र साधन भएको र कम जनसंख्या भएको कष्टकर पहाडी राज्यहरु निकै कमजोर बने । तै पनि पुर्बतिर उनीहरुको शक्ति उल्लेख्य रहेको कुरा मानदेबको चाँगु नारायणको शिलालेखबाट थाहा लाग्छ । यसरी छरिएर कमजोर बनेका थुप्रै राजाहरुलाई हाङ, होङ, हँ, हों भनिन्थे । किरात भुमीमा मोरङको कोच राजा पुङला इङले पहिलो पटक आफ्नो नाम अमर राय बनाएको भनिन्छ । बर्तमान राई राजा अथबा शासक अर्थ लाग्ने राय शब्द कै अपभ्रंश हो । यसरी हाङको सट्टा राय, राजाहरुले लिने पदबीको रुपमा पहिलो पटक किरात भुमीमा सुरु भायो । त्यस पछि उनका उत्तराधिकारीहरु क्रमशः कीर्तिनारायण राय, अप्पनारायण राय, जोरनारायण राय, इङना नारायण राय र बिजयनारायण राय गरी ७ पुस्ताले राज गरे । यस कोच राजाहरुको अन्तरगतमा रहेका किरात राजा, राजौटा र सरदारहरुलाई पनि राय, सुब्बा अथबा देवान भनिन्थ्यो । यसरी हेर्दा नेपालमा शाहहरु र किरातीहरु बीच भेट हुनु भन्दा सयौं बर्ष अघि देखि किरातीहरुले राजा जनाउने हाङको सट्टा राय, सुब्बा र देवान शब्दहरु प्रयोग गर्न थालेको प्रमाण मिल्दछ ।

सेनकालमा राजा लोहाङ सेनले आफ्नो प्रशासनको मद्दतको लागि मन्त्री, दिवान, चौतारिया र सुब्बा जस्ता पदमा किरातहरुलाई राखी आफ्नो शासन मजबुत बनाएका थिए । ती किरातहरुमा मोरङमा बिद्याचन्द्र राय, सप्तरीमा चोङवाङहाङ राय, महोत्तरीमा लिवाङहाङ राय, मकवानपुरमा शेरिङहाङ रायलाई अख्तियारी दिई राय, सुब्बा बनाइएको थियो । पुर्णिया, सिलीगढी र गिद्धे पहाडमा पनि किरात सुब्बालाई नै जिम्मेवारी दिइएको थियो । सेन राजाले पुरै राज्यलाई ५ खण्डमा छुट्याई दह्रो प्रशासनिक बन्दोबस्त गरेका यिए । ती पाँचै क्षेत्रबाट पालै पालो मन्त्री बन्ने कोच राज्यको परम्परालाई तोडी बिद्याचन्द्र रायलाई मात्र मन्त्री पद दिने चलन सेन राजाले चलाए ।

किराती कथन अनुसार लखनउको नवाव इस्फोरियाले शुभ सेन र बिधाताइन्द्र सेनलाई पुर्णिया जिल्लाको सिमाना बारे छलफल गर्न भनी बोलाए । तर उनीहरुलाई पक्राउ गरी मोरङ र मकवानपुर आक्रमण गर्न मुसलमान सेना पठाइयो । शौभाग्यबश मोरङका चौतारिया श्रीकान्त राय मुसलमानको कब्जाबाट भाग्न सफल भए । त्यस पछि दश प्रान्तका मोरङ्गी सेना र मुसलमान सेना बीच टक्सोगञ्ज (स्थानको पहिचान हुन बाँकि) मा लडाई हुँदा किराती सेनाको बिजय भयो । किराती सेनाले पुर्णिया पुगी शुभ सेनलाई मुक्त गरे भने पुर्णियाको आम्दानी दश रायहरुले बाँडेर खाए । पछि लखनउका मुगल बादशाह अहमद खान र दिल्लीका सम्राट मुहम्मद अजिमको ठुलो फौजलाई पनि किराती फौजले हराए ।

फ्रान्सेली यात्री टेवरनियरको अनुसार शुभसेन ले मुगल बादशाहलाई बार्षिक १२०० रुपैया कबोल गरी छुटेका थिए । यहाँ निर किराती कथन र फ्रान्सेली यात्रीको बर्णन बीच भेट खाँदैन । त्यसैले अरु अध्ययन अनुसन्धान आबश्यक छ । अपहरित राजाहरुको अभाबमा रानी पद्मीधाताइन्दु राजेश्वरी देबीले किरात प्रान्तका रायहरु चेम्जोङ राय, पसेनामा राय, इन्दमा राय, गामा राय, सेवा राय, सुक्मी राय, माजिम् राय, मोआजा राय, र साहांग रायलाई मुसलमान सेना बिरुद्ध जाइलाग्न आव्हान गर्दै बिजयको आशिर्बाद दिएकी थिइन् । यसै मेसोमा बिचित्रचन्द्र राय मोरङको राजा बन्ने दाउमा लागेको पनि भनिन्छ । २४, ६, ५ थुम फाकफोक, मिकलुक थुमका किराती योद्धाहरुले मुसलमानहरुलाई जलालगढबाट धपाएका थिए । यी माथीका सबै राय मान पदबी धारी राजा, रजौटा र सरदारहरु शाह काल अघिका थिए ।

यता किरात क्षेत्रका पश्चिमी भागमा सुनाहाङ राय, चतुर्घन राय, वालिहाङ राय, उलिङ हाङ राय, चम्ते राय, जितासिं राय, महेन्द्रसिं राय लगायतका राजाहरु र सरदारहरुले राज्य गर्दथे । गोर्खालीहरुको आक्रमणको बेला बिजयपुरको चौतारिया बुद्धिकर्ण राय थिए । उनले राजा कर्णदत्त सेनलाई मारी केहि समय आफै राजा भएका थिए भनिन्छ । उनी नै मोरङका आन्तिम राजा थिए भन्ने भनाई रहेको छ । भने चौदण्दीका चौतारिया अगमसिं राय थिए । किरात सरदार काङसु रायले गोरखाली फौज बिरुद्ध बाहदुरी पुर्बक लडेका थिए ।

सिरीजंगा लिम्बु लिपीका आबिस्कारक याक्थुङ राजा श्रीजङगा सिं थेबेको अर्को नाम रुपीहाङ राय थियो । यसले पनि के प्रमाणित गर्दछ भने पृथ्बी नारायण शाह भन्दा अगाडि देखि नै किरातीहरुले राई पदबी धारण गरेका थिए ।

पृथ्बी नारायणले किरात राज्यहरु कब्जा गर्दाका केहि राजाहरुको नाम यस प्रकार छन् ।

१) श्रीदेब राय फागो, २) रैना सिं राय सेरिङ, ३) सामो राय चेम्जोङ हाङ आदि । श्री सुन राई भनिने राजा सामो राय चेम्जोङको नेतृत्वमा अधिकांश याक्थुङ राजाहरुले लडाई नै नगरी पृथ्बी नारायण शाहले दिएको लाल मोहर स्विकार गरेका थिए । त्यसैले पृथ्बी नारायणले लिम्बुलाई दिएको लालमोहरमा पनि श्री सुन राय, श्री कुम राय, श्री जङ राय र अरु सबै गैर रायहरु भनी उल्लेख भएको छ । यसरी पृथ्बी नारायणले लालमोहर दिने बेलामा नै किरातीहरुको पदबी राय रहेको प्रष्ट हुन्छ ।

उता अगम सिं राय र अटल रायका सन्तानहरु भागेर बिहारको बिभिन्न स्थानहरुमा आज पर्यान्त रहेका छन् । पृथ्बी नारायण संग हारी भागेका राजाका सन्तानहरु अहिले पनि आफ्नो उपनामको रुपमा राई लेख्दछन् । पृथ्बी नारायणले जिती दिएको पदबी हुन्थ्यो भने शत्रुले दिएको पदबी देशै छोडी हिडेका उनीहरुका सन्तानहरुले किन लेखि रहन्थे । यसरी हेर्दा पनि राई भन्ने पदबी पृथ्बी नारायण शाहले दिएको होइन । के चै सत्य हो भने यहि रायको अपभ्रंश राईलाई पृथ्बी नारायणका सन्तानहरुले फेरी किरात क्षेत्रमा प्रयोग ग¥यो । त्यसै क्रममा लिम्बु मुखियाहरुलाई सुब्बा, याक्खा मुखियाहरुलाई देवान, राई मुखियाहरुलाई राई र सुनुवार मुखियाहरुलाई मुखिया भन्ने चलन चलाए । लिम्बु, सुनुवार र याक्खाहरुको सामान्यतः आफ्नो भाषा एउटै हुनाले जातीय पहिचानको रुपमा उनीहरुले यी पदहरु प्रयोग गरेनन् । तर राईहरुको चैं भाषा फरक भएको हुनाले उनीहरुको जातीको साझा पहिचानको लागी राई शब्द प्रयोगमा आयो ।

४. राई जाती भए राई भाषा, धर्म, संस्कृति खोई ?

यसको उत्तर सजिलो छ । किरात एक जाती भए किरात भाषा खोई, संस्कृति खोई ? आर्य एक जाती भए आर्य भाषा खोई, आर्य धर्म खोई, आर्य संस्कृति खोई ? इरानका आर्यहरु मुसलमान छन्, भारतका हिन्दु भने युरोपका ख्रिस्तान । नेवार बिभिन्न जाती भए बिभिन्न भाषा खोई ? यसरी एक जातीको बिभिन्न भाषा, धर्म, संस्कृति हुन सक्दछन् भने एक भाषा, धर्म, संस्कृति भित्र बिभिन्न जाती हुन सक्दछन् । बाहुनहरु नश्लीय रुपमा एकै जाती हुन् तर उनीहरु कर्नाटक, बंगाली, खस, मैथिली आदी बिभिन्न भाषा बोल्दछन् । नेवार फरक रक्त सम्बन्धको जातीहरुको समुदाय भए पनि एकै भाषा बोल्दछन् । भोपुरी, अबधि र मैथीली बिभिन्न जातीहरुको एकल भाषा हो । यसरी एकै जातीको बिभिन्न भाषा, धर्म संस्कृति र बिभिन्न जातीको एकै भाषा, धर्म संस्कृति हुन सक्दछ । अतः किरातको भाषा कुलुङ, थुलुङ, पुमा आदि भन्या जस्तै राईको भाषा पनि कुलुङ, थुलुङ, पुमा नै हो । यसले राई एक बहुभाषी जाती हो भन्ने पुष्टि गर्दछ ।

५. राई बारेमा मुन्दुममा कहाँ उल्लेख छ ?

मुन्दुम नै अन्तिम सत्य होइन । अर्को कुरा मुन्दुममा हाम्रा याबत कुराहरु पनि अटाएका छैनन् । फेरी मुन्दुममा त किरात पनि त उल्लेख छैन नी त । किरात बारेमा त हामीमा कम बिबाद छ । न्युटनको तेस्रो नियमको आधारमा जेट प्लेन उड्छ, आर्किमिडिजको सिद्धान्तमा पानी जहाज तैरिन्छ, आइन्सटाइनको सिद्धान्तमा आणबिक उर्जा उत्पादन हुन्छ । यी सबै चीज त मुन्दुममा छैनन् त । के तेसो भए यी कुराहरु असत्य हुन त । त्यासो त होइन, सत्य हाम्रो सामु नै छ । त्यसैले सबै प्रश्नहरुको उत्तर मुन्दुममा खोज्नु मुनासिब हुन्न । मुन्दुमले जीबन र जगतका सबै पक्षहरु समेटेको छैन । अर्को कुरा राई (राय) भन्ने पदावली करिब ५०० बर्ष दखि किराती भुमीमा प्रयोग हुन सुरु भएको हो भने मुन्दुम करिब १५,००० अघिबाट बिकसित हुन सुरु भै हजारौं बर्ष अगि नै बिकसित भै सकेको किरात दर्शन हो । अतः मुन्दुममा राई शब्द नभेटिनु स्वभाबिक हो । मुन्दुम किरातहरुको प्राचीन दर्शन हो । प्राचीन ज्ञानहरुको प्रचुरता हुँदा हुँदै पनि त्यसमा आधुनिक बिज्ञानहरुको सिमितता छ । अतः यसलाई आधुनि ज्ञान बिज्ञानसंग जोडनु पर्दछ । नत्र यो बिलाएर जाने छ ।

६. राई भाषामा राईलाई के भनिन्छ ?

राई बहुभाषी जाती भएको हुनाले राईलाई जनाइने शब्दहरु पनि फरक छन् । राईलाई बिभिन्न किरात राई भाषाहरुमा भनिने शब्दहरु निम्न अनुसार छन्ः

१. बाहिङ : रःदी, रःदु, प्रोचा, रोव्दु, व्रदु = रःदु
२. कोयी : रदु = रदु
३. चाम्लिङ : रदुङ, रोदुङ = रोदुङ
४. बान्तावा : किरावा, खम्बु, खाम्बोङ = किरावा
५. वाम्बुले : राँ:डु, रदु, राडु = रदु
६. दुमी : रदु = रदु
७. पुमा : रोदुङ = रोदुङ
८. कुलुङ : रोधु = रोधु
९. नाछिरिङ : रोदु, रदु = रदु
१०. थुलुङ : प्रच्यु, प्रछ्यो, प्रच्यो = प्रच्यो
११. साम्पाङ : रदु, रदुङ, रोदुङ = रदुङ
१२. खालिङ : रादु = रादु
१३. जेरुङ
१४. तिलुङ
१५. सोताङ
१६. दुङमाली
१७. याम्फु : याखबा = याखबा
१८. फाङदुवाली
१९. आठपहरिया
२०. बेलहारे
२१. छिन्ताङ
२२. लोहोरुङ : याख्खबा = याख्खबा
२३. मेवाहाङ
२४. लिङखिम
२५. वालिङ
२६. छिलिङ
२७. बुङलावा
२८. मुगाली
२९. देवस
३०. पोहिङ
३१. खस : राई = राई

माथिका बिभिन्न राई भाषाहरुमा राईलाई सामुहिक रुपमा जनाइने शब्द पनि भएको हुनाले राई उक जाती नै हो भन्ने प्रमाणित हुन्छ । उनीहरुले आफुलाई त दुमी, कुलुङ, पुमा आदि नै भन्छन् तर राईलाई पनि आफ्नो भाषामा सामुहिक रुपमा पुकार्ने शब्दहरु छन् । यहि भाषिक बिबिधताको कारण खस भाषामा भनिने राईबाट उनीहरुले सामुहिक रुपमा चिनिएका हुन् । यस खस भाषाको राईलाई जातीय पहिचानको रुपमा नामन्नेहरुले माथिको मध्ये कुनै एक वा सबै प्रयोग गर्न सक्नेछन् । यसरी राई भाषामा पनि राईहरुलाई सामुहिक रुपमा जनाइने भाषा भएको हुनाले यो जाती समुदाय नै हो । माथीको शब्दहरुलाई बिश्लेशन गरी निष्कर्ष निकाल्दा राईहरुले अफुलाई राई भाषाहरुमा रदु, किरावा, प्रच्यो र याखबा भन्छन् भन्न सकिन्छ ।

बंशावली

राई बिराधीहरुले राईको बंशावली पनि सोध्ने गरेका छन् । हाम्रो उत्तर किरात बंशावली नै राईको बंशावली हो । समान्यतः खम्बुहाङका सन्तानहरु नै राई कहलाइएका छन् । तर खम्बुहाङ कै सन्तान मानिएको याक्खाले भने अफुलाई राई मान्दैनन् । प्राचीन किरात बंशावली अनुसार १० किरात बाट १६ किरात राईहरु भएको देखिन्छ । बाँकि किरात राईहरु यिनै १६ किरात राईबाट छुट्टिएर ३१ (याक्खा सहित) किरात राई भएका हुन् । यसरी राई भनिनेहरु सबै खम्बुहाङका सन्तानहरु हुन् । त्यसैले पनि कतिपय राईहरुले हिजो आज आफुलाई खम्बु भन्ने गरेका हुन् ।

किरात

किरात भन्ने शब्द चैं करिब ३६०० बर्ष अगाडी तिर बेदहरु लेख्दा नै प्रयोग भएको देखिन्छ । भारतीयहरुले हिमालयको दक्षिणमा बस्ने सबै मंगोलहरुलाई किरात भन्दथे । आज आएर भने सुनुवार, राई, याक्खा र लिम्बुले मात्र अफुलाई किरात भन्ने गर्दछन् । त्यसमा पनि कतिपय लिम्बुहरुले आफुलाई किरात मान्दैनन् । भारतीयको अलावा लिच्छबी, मल्ल, ठकुरी, शाह, राणा लगायतका सबै नेपाली शासकहरुले हामीलाई किरात भन्दै आएका छन् । तर हामी आफैले चैं आफैलाई किरात कैले देखि भन्यौं भन्ने अस्पष्ट छ । संभबतः गोरखालीहरुले वल्लो किरात, पल्लो किरात र माझ किरात भने पछि मात्र हामीले आफुलाई किराती भन्यौं । हुनत कोच र सेन दुबै राज्यहरुलाई किरात राज्य भनिन्थ्यो । त्यसैले कोच तथा सेनहरुको पालामा नै पनि किरात भनिएको हुनु पर्दछ । अहिले आएर सामान्यतः राईहरुले मात्रै आफ्नो नाममा किरात वा किराती पदबी राख्ने गरेको पाइन्छ । यसरी यो किराती भन्ने शब्द चैं भारतीयहरुले हामीलाई धेरै पैला जुराई दिएर हामीले २५० बर्ष जती देखि प्रयोगमा ल्याउदै छौं । हुनतः कोच र सेन राजाहरुले पनि हामीलाई किराती नै भन्थे तर हामी आफैले चैं पछि नै भन्यौं । जे होस यसको ऐतिहासिकता लामो छ र खुसीको कुरा राई बिरोधी राईहरुले पनि यो प्रचीन किराती पहिचानलाई भने स्विकारेका छन् ।

माथीको तमाम ब्याख्या अनुसार चैं किरातीहरुले राई पदबी ५०० बर्ष अघि देखि नै स्विकारेको देखिन्छ । भने किरात पदबी २५० बर्ष अघि देखि । यी दुबै पदबीहरु किराती शब्दहरु होइनन् बाह्य भारतीय शब्दहरु हुन् । राई चैं हामी आफैंले अंगल्यौं र यसलाई राजा वा शासक जनाउन प्रयोग गरिन्थ्यो भने किरात चैं भारतीय हरुले एक जाती समुदायको रुपमा अंगाल्न लगाए । यस हिसाबले किरात र राई दुबै नै हाम्रो सन्दर्भमा महत्वपुर्ण पहिचान हो ।

खम्बु

गएको २५ बर्ष देखि गोपल खम्बुहरुले खम्बु र खम्बुवान भन्ने आवाज उठाएको हो । अहिले आएर खोपाल खम्बु गोपाल किराती भै सक्यो । हाल यो मुद्धालाई राम कुमार राई (आरके खम्बु) ले बोकेको छ । उनीहरुले खम्बुहाङको सन्तानहरु खम्बु र खम्बुहरु बस्ने क्षेत्र खम्बुवान भनेका छन् । तर इतिहासमा कतै पनि हामीले हामीलाई खम्बु भनेको र हामी बसेको क्षेत्र खम्बुवान भनेको पाइन्न । यसको चर्चा करिब २५ बर्ष अघिबाट सुरु भएको हो । खम्बुहाङको सन्तानलाई खम्बु र खम्बुहरु बस्ने ठाउँलाई खम्बुवान भन्दा कुनै आपती मान्नु आबश्यकता छैन । तर ऐतिहासिकताको हिसाबले यो हाम्रो बिल्कुल नयाँ पहिचान हो । फेरि कतिपय किरात राईहरुले आफुलाई खम्बु र खम्बुवानबासी मान्दैनन् । यसै सन्दर्भमा सबै किरात राईहरुलाई मान्य र प्राचीनताको आधारमा किरात राज्य र जातीको रुपमा राई नै उपयुक्त हुन्छ ।

लिम्बु

किरातीहरुले आफुलाई राय, सुब्बा, देवान भन्ने गर्दथे । यो कोच काल देखि नै सुरु भएको हो । पछि पृथ्बी नारायणले लिम्बुलाई लाल मोहर दिए पछि भने याक्थुङहरुलाई लिम्बु भनिन थालियो किन कि लालमोहरमा उनीहरुलाई लिम्बु भनिएको थियो । वास्तबमा सन् ६०० तिर आसाम हुँदै चीनबाट आएका सान मकवानहरुले किरात राज्यका ८ राजाहरुलाई हराई १० याक्थुङ लाजे खडा गरे । उनीहरु आफुलाई याक्थुङ भन्थे भने याक्थुङ भित्र अन्य शेर्पा, किराती, लेप्चा, तामाङ आदि बिभिन्न जातीहरुलाई पनि मिलाएर ठुलो संख्या बनाए । जसरी भारतीयहरुले हिमालय दक्षिण तिरको मंगोलहरुलाई किरात भन्थे त्यसरी नै भोटेहरुले राई लगायतका किरातहरुलाई लिङबो भन्थे । लिङबोको अर्थ भीर पखेरामा बस्ने मानिस हुन्छ । पृथ्बी नारायणले लिङबो शब्द याक्थुङहरुलाई मात्र जनाउने ठानी लालमोहरमा लिम्बु लेखिदिए पछि लिम्बु भन्ने शब्दले याक्थुङहरुलाई जनाउन थालेको हो । त्यसैले लिम्बुलाई भनिने सुब्बा शब्दको इतिहास राई शब्द जति नै ५०० बर्षको छ भने लिम्बु शब्दको इतिहास २५० बर्ष जतिको । त्यो भन्दा अगाडी याक्थुङ भनिन्थ्यो । लिम्बु भनेको प्रमाण कतै भेटिन्न । त्यहि तथ्यलाई बिचार गरेरै हो लिम्बुहरुको जातीय संस्थाको नाम किरात याक्थुङ चुम्लुङमा लिम्बु भन्ने शब्द राखिएको छैन । बरु लिम्बुहरुलाई याक्थुङ पछि हाङ, राय र सुब्बा भनिएको छ । अहिले आएर यहि लिम्बु बस्ने क्षेत्रलाई लिम्बुवान भनिएको हो ।

राई नमान्नुको उदेश्यहरु

केहि राईहरुले आफुलाई राई नमान्नुको बिभिन्न कारणहरु छन् । ती मध्ये प्रतिनिधि कारणहरुको चर्चा तल गरिएको छ । पहिलो त राई नमान्ने कुराको बिजारोपण यायोक्खाको पदिय बिबादबाट भएको देखिन्छ । यसको मतलब केहि ब्याक्तिहरुले पद नपाएको हुनाले त्यसको प्रतिशोध स्वरुप राईहरुमा बिभाजन हुँदै राई नै नमान्ने तहमा पुगेको देखिन्छ । यसमा एक पक्षलाई अर्को पक्षले पेलेको अर्थमा लिई देखाइदिने आत्मघाती प्रतिशोधी भाबनाले काम गरेको देखिन्छ । अर्को पक्षले पनि पहिलो पक्षलाई बिस्वासमा नलिंदा यो तहको बिबाद सर्जना भएको देखिन्छ । दोस्रो यहि राई जातीमा फुट ल्याई आफ्नो भाषिक समुहलाई कबिला वा यो भन्दा तल गणमा झार्दा अन्तराष्ट्रिय गैर सरकारी तथा सरकारी संस्थाहरु संग लोपोन्मुख मानब समुहको नाममा केहि रकम प्राप्त हुने देखेर पनि बिभिाजनलाई रोजेको देखिन्छ । यस प्रकारले बंश घात गरी प्राप्त भीखमा त्यहि समुदायका छट्टु ब्याक्तिहरुले ¥याल काढेको देख्न सकिन्छ । यसलाई राई जातीमा एकता नचाहने तत्वहरुले मलजल गरेको प्रष्ट नै छ । यसरी जातीको तहमा बिकसित भैसकेको समुदायलाई कबिला र गणमा अबनती गरी ब्याक्तिगत आर्थिक महत्वकांक्षा पुर्ति गर्ने मनसायले ज्यादा काम गरेको देखिन्छ ।

यस प्रकारको जाली कुरामा ती समुदायको सर्ब साधरण जनताहरु पनि पर्ने गरेको देखिन्छ । समुहमा बस्दा आफ्नो भाषा, संस्कृति र पहिचान संकटमा परेको, सरकारी तथा गैर सरकारी सहयोगहरु अबरुद्ध भएको र छुट्टिदा पनि जाती कै हैंसियत हुने बकबासको कारण पनि केहि सिधा साधा राईहरु भ्रममा परेको देखिन्छन् । सबै भन्दा खतरनाख चाहिं संघियता नचाहने एकल जातीय मानिसहरुको उक्साहटमा राई बिरोधी तत्वहरु अगि बढेको पनि पाइन्छ । तर राईबाट छुट्टिनेहरुले के बुझेका छैनन् या बुझ पचाएका छन् भने उनीहरु छुट्टिए पनि बाँकी रहेका राईहरु एक शक्तिशाली जातीको रुपमा रहन्छन् र उनीहरुको पहिचानको आधारमा ढिलो चाँडो किरात राज्य बन्दछ । तर यसरी राईबाट छुट्टिएर जाने गणहरुको हायु, दनुवार, जिरेल, थामी आदिको जस्तै कुनै पनि राज्य बन्ने छैन जस्ले उनीहरुको अस्तित्व र पहिचानलाई जातीको रुपमा स्थापित हुन बाधा गर्दछ । अर्को भनेको चैं पुर्बतिरको राईहरुलाई लिम्बुहरुले लिम्बुवान भित्र स्वयत्तताको अस्वासन दिएका छन् भने पश्चिम तिरका राईहरु सुनुवारहरु संग मिली वल्लो किरात बनाउने योजनामा छन् । तर हुँदा खाँदाको जातीबाट गैर जातीय राज्य तिर जाँदा उनीहरु घरको न घाटको हुने निस्चित छ । वल्लो किरात कुनै जाती होइन त्यसैले त्यो राष्ट्र राज्य बन्ने सम्भाबना कम छ । त्यसै गरेर आफ्नै राई जातीको पहिचानको आधारमा बन्ने राज्य अन्तरगत भाषिक स्वयत्तताको उपयोग गर्नु भन्दा लिम्बुवान भित्र गैर लिम्बु भै स्वयत्तता उपभोग गर्नुमा राईहरुको निम्ति आकास जमीनको फरक छ । त्यो समयक्रमले पुष्टि गर्ने नै छ तर हाम्रो प्रयत्न हर सम्भब भड्किएका राईहरुलाई एकताको सुत्रमा बाँध्नु हुनेछ ।