रैछाकुले

– शशि मदन राई
२३ अगष्ट २०२०

किरात राई यायोक्खा हङकङ, सुप्तुलुङखिम निर्माण तथा मर्मत विभागले रैछाकुलेको प्रतिमा सुप्तुलुङखिमको प्राङगनमा १६ अगष्ट २०२० मा अनौपचारिक रुपमा ठडाएका छन । कोभिड १९ को महामारीले गर्दा यसलाई छोपेर राखिएको छ । अनवरण गर्ने मिति तोकेको छैनन । आगामी दिनमा कोभिड १९ महामारी रोकिएपछि यसको अनवरण गर्ने दिन तोक्ने निर्माण समितिले बताएका छन ।

रैछाकुलेको प्रतिमा स्थापना, किरात राई यायोक्खा हङकङको भावी परियोजना २०१६ (नवौ अधिवेशन द्वारा पारित) परिच्छेद २ को धारा ३ अनुसार सुप्तुलुङखिम निर्माण तथा मर्मत विभागका कार्यकारी सचिव अधिराज (प्रकाश) राईज्युले १२ डिसेम्वर २०१९ को दिन किराया बैठकमा निम्न साईज र लागतमा निर्माण गर्ने भनि प्रस्ताव पास गराएका थिए ।

साईज

रैछाकुले पुर्ण कदको प्रतिमा हुने, प्रतिमा ५ फिटको धातुको हुने, तौल २०० केजीको हुने, आयु १००० बर्ष हुने तथा प्रतिमा मुर्तिकार रोजन राईलाई बनाउन दिई नेपालबाट हङकङ ल्याउने ।

लागत

१. प्रतिमा (ढुवानी खर्च सहित) – हङकङ डलर १४००४३–
२. जग निर्माण तथा स्थापना खर्च – निकाल्न बाँकी–

खर्च

सहयोगदाताहरुबाट संकलित सुप्तुलुङखिम निर्माण तथा मर्मत सम्भार कोषबाट निर्माण गरिने।

कार्य विवरण

  • १२ डिसेम्वर २०१९ – प्रस्ताव पारित (प्रस्तावकः अधिराज (प्रकाश) राई)
  • १३ डिसेम्वर २०१९ – चुलाघर निर्माण तथा र्ममत सम्भार सहयोग रकम संकलन
  • ०३ अगष्ट २०२० – कुबिमि नारायण प्रसाद राईद्वारा मुन्धुम बाचन गरि जग खनन ।
  • ०७ अगष्ट २०२० – किरात राईहरुको श्रमदानबाट जग उठाई ढलान गरिएको ।
  • १६ अगष्ट २०२० – किरात राईहरुको श्रमदानबाट सुप्तुलुङखिम प्राङगणमा प्रतिमा ठडाईएको ।

शिलालेख

रैछाकुले प्रतिमा अनवरण गर्दा रैछाकुलेको बारेमा नेपाली र अंग्रेजीमा निम्न कुराहरु शिलालेख गर्ने, साथै निर्माण समिति, कार्यसमिति, प्राविधिकहरु र श्रमदाताहरुको नामावली शिलालेख गर्ने सुझावहरु आएका छन ।

रैछाकुले

तयमा (नाना), खियामा (बैनी) र रैछाकुले (भाई) किरात सभ्यताका आदिम पुर्खाहरु हुनुहुन्छ । तीनजना नानाहरु–भाई तुवाचुङ र हलेसी गुफामा बस्नुहुन्थ्यो भन्ने आम किरातीमा विश्वास छ । शिकार गरेको ढुकुरको गाँडको अन्नको बिउ उम्रिएर फलेपछि चराले खाएको अन्न पक्कै पनि मान्छेले खान हुन्छ भनेर परीक्षण गर्ने साहसी, केही अन्नको खेती सुरु गर्ने अगुवा र विवाह संस्कारको सुरुवातकर्ता पनि हुनुहुन्छ । रैछाकुले (खोक्चिलिपा) लाई किरात राई भाषामा खोक्चिलिप, खक्चुलुक्पा, खक्चिलिप्पा, खक्चिलुपा, काक्चिरिक्पा, खाक्चिलिपा, हेत्छाकुप्पा, हेत्छाकुवा, कक्तिसाला आदि नामले चिनिन्छ ।

RAICHHAKULE

Tayma (elder sister), Khiyama (younger sister), and Raichhakule (Tayama and Khiyama’s younger brother) are supposed to be the primeval ancestors of the Kirat civilization. The sisters are believed to have lived in Tuwachung whereas the brother in the cave of Haleshi. After hunting and sowing the cereals (seeds like) from the gourd of Tame dove, Raichhakule knew that some more crops deserve for the eating and thus, is supposed to be dauntless iniciator of cultivating land and the practitioner of the marriage ceremony ever in the Kirat community. Raichhakule (Khokchilipa) is known as Khokchilip, Khakchulukpa, Khakchilippa, Khakchilupa, Kakchirikpa, Khakchilipa, Hetchhakuppa, Hetchhakuwa, Kaktisala, in the distinct Kirat Rai langueges.

निर्माण समितिः

  1. परियोजनाकारः शशि मदन राई
  2. मुल संयोजकः धिराज साम्पाङ राई
  3. विभाग प्रमुखः चन्द्रका राई
  4. कार्यकारी सचिवः अधिराज (प्रकाश) राई
  5. कुबिमिः नारायण प्रसाद राई
  6. प्रबन्धकः पविता पुमा राई
  7. ढुवानी: प्रविण राई
  8. संयोजकहरुः कल्पना चाम्लिङ, तेज साम्पाङ, दुर्गाकान्त बान्तावा, पेनगुईन पुमा, रामली थुलुङ, हित बहादुर कोयी, लोखराज बाहिङ ।

कार्यसमितिः

  1. प्रमुख सल्लाहकारः रजिन राई
  2. अध्यक्षः हरिचन्द्र राई
  3. प्रथम उपाध्यक्षः चन्द्रका राई
  4. महासचिवः बज्र कुमार राई
  5. सचिवः गजेन्द्र बहादुर राई
  6. सहसचिवः पविता पुमा राई
  7. कोषाध्यक्षः गंगा राम राई
  8. सहकोषाध्यक्षः कमल राई
  9. सदस्यहरुः
    • रामचन्द्र राई, राजेन्द्र चाम्लिङ राई, मणि राज राई, पवित्र बान्तावा राई, दिपेन राई, बिष्णु राई, जजिन चाम्लिङ राई, राजु राई ।

प्राविधिकहरुः

  1. रेखाचित्रः स्व. अर्जुन खालिङ (नेपाल)
  2. मुर्तीकारः रोजन राई (नेपाल)
  3. निर्माण प्राविधिकः सुन्दर मणि राई

श्रमदाताहरुः

  • भुपाल राई, मधु कुमार राई, कालसिं राई, राजन राई, टिका कोयी, कमला राई, शोभा राई, निरा राई ……… छुटेकोहरु थप्ने …………

किराया हङकङले यहि मिति २८ फेब्रुअरी २०२१ मा रैछाकुलेको शिलालेखमा के कस्तो लेख्ने र कहिले अनवरण गर्ने निर्णायक बैठक बस्न लागि रहेको जानकारी गराउदछु । सुझावहरु भए कार्य समितिलाई जानकारी गराउन हुन अनुरोध गर्दछु ।

रैछाकुले बारेमा