नियुक्तिपत्र word icon

सांस्कृतीक प्रदर्शनी तथा श्रब्यदृश्य निर्माण विभाग
(Cultural Show & Visualization Depart)

Sakela1

हाम्रो परिचय

किरात राईहरुको सबै भन्दा ठुलो संस्कृती भनेकै साकेला सिली हो । यो सिली शिकार खेल्ने, खेतीपाती लगाउने, गोडमेल, कटान, उठान, कुटान, पिटान, दाईँ, बोकाई, फूल टिपाई, सुँगाई, लगाई, कपाल कोराई नचाई, चरा आदिको अनेकौं सिली पछि अन्त्यमा कऱ्याङकुरुङ शिली गरेर समाप्त गरिन्छ । यो शिलीले किरात राईहरुको आदिम जीवनपद्ति र संंस्कृतिलाई झल्काउँछ । किरात राईहरुको महान संस्कृती साकेला सांस्कृतीलाई संरक्षण सम्वद्र्धन र ब्यावस्थापन गर्न तथा विविध थरका राईहरुको खोलाखोला वा थुमथुमको शिलिहरु संकलन गर्न, प्रशिक्षण गर्न तथा श्रब्यदृश्यको माध्यमबाट शिलि संरक्षण गर्न, गराउन हाम्रो बिभागको काम, कर्तब्य र उदेश्य रहेको छ ।

हाम्रो समुह

Pitambar
१. बिभाग प्रमुख – पिताम्बर राई

Narjit
२. श्रब्यदृश्य निर्माण संयोजक – नरजित राई

prtik
३. शिलिमोपा – प्रतिक चाम्लिङ राई

renuka
४. शिलिमोमा – रेनुका साम्पाङ राई

हाम्रो सेवाहरु

१. बिभिन्न थरका राईहरुको खोलाखोला थुमथुमको शिलिहरु संकलन गर्नु ।
२. संकलित शिलिहरुको प्रशिक्षक नियुक्त गरि शिलिमोपा र शिलिमोमालाई प्रशिक्षण गराउनु ।
३. शिलिमोपा र शिलिमोमाले कलाकारहरुलाई प्रशिक्षण गर्न लगाउनु ।
४. प्रशिक्षित कलाकारहरुको साकेला भिसिडी तयारगरि संरक्षण तथा बिक्री बितरण गर्नु ।
५. भिसिडिको लागि बिज्ञापन, शुभकामना खोजि कोष संकलन गर्नु ।
६. साकेला उभौली र उधौलीको बेला साकेला प्रदर्शन गर्नु ।
७. ढोल, झ्याम्टा, शिलिमि, पोमीको ब्यावस्था  गर्नु तथा सुरक्षा गर्नु ।
८. कलाकारहरुको मौलिक भेषभुषा, गरहनाआदिको ब्यावस्था मिलाई दिनु ।
९. अन्य जातीले साकेला मागेको बेलामा साकेला प्रदर्शनी गरिदिनु पर्नेछ ।


परियोजना – साकेला श्रब्यदृश्य निर्माण

परियोजनाकार : नरजित राई (संस्थापक कोषाध्यक्ष, किराया हङकङ)
मिति : २० जुन २००९ (९औ अधिवेशन २०१६ मा परिमार्जित )

परिच्छेद – १

१. परियोजना :

किरात राईहरुको महान संस्कृती साकेला सांस्कृतीलाई संरक्षण सम्वद्र्धन र ब्यावस्थापन गर्न तथा विविध थरका राईहरुको खोलाखोला वा थुमथुमको शिलिहरु संकलन गर्न, पर्दशन गर्न, प्रशिक्षण गर्न तथा श्रब्यदृश्यको माध्यमबाट शिलि संरक्षण गर्न, गराउन आवश्यक्ता महशुुस गरिएकोले यो परियोजना तत्कालिन अध्यक्ष श्री नरहाङ राईज्यु हुँदा २००९ सालमा संस्थापक कोषाध्यक्ष, श्री नरजित राईज्युले परिकल्पना गर्नु भएको थियो । यसको संयोजक समेत परिकल्पनाकार स्वंयम नरजिन राई बस्नु भएको थियो । यसका बिभाग प्रमुख शशि मदन राई हुनुहुन्थ्यो । परिदृश्यकार पिताम्बर राई रहनु भएको थियो । प्रशिक्षकहरुमा रवि चन्द्र साम्पाङ (साम्पाङ खोलाबाट), नविन चाम्लिङ (चाम्लिङ खोलाबाट), र युक कृष्ण राई (हङकङमा नाचिने शिलिहरुबाट)  रहेका थिए । क्यामेरामा मनिकुमार राई र मातृदिप राई हेका थिए । त्यसबेला यस परियोजनाको नाम “साकेला शिलि प्रशिक्षण भाग–१” नामाकरण गरिएको थियो । करिब ३ बर्षको अथक प्रयास स्बरुप श्री शशिमदन राई पहिलो कार्यकालको अध्यक्ष हुँदा १९ अगष्ट २०१२, का दिन यसलाई जोर्डन स्थित सयपत्री हलमा सर्वजानिकरण गरिएको थियो । सर्वजानिकरण गर्दा भाषिक संस्थाका अध्यक्षहरु लगायत भुपु अध्यक्ष श्री नरहाङ राईज्युले शुभकामना दिएका थिए । यसरी “साकेला शिलि प्रशिक्षण भाग–१” समाप्त भएको थियो ।

sakela Si Label Sheet1

२. उदेश्यहरु

(१) किरात राईहरुको मौलिक परम्परागत संस्कृति साकेला शिलिहरुलाई बचाउनका लागि खोज अनुसंन्धान गर्दै प्रत्येक थरिका राईहरुको सिलिहरु (थुम–थुमका, खोला–खोलाका, पाछा–पाछाका) लाई समावेस गर्दै सम्पुर्ण शिलिहरुलाई छायाकंनगरि दस्तावेजको रुपमा राख्ने  ।
(२) नयाँ पिडिका सन्ततिहरुलाई आफ्नो मौलिक परम्परागत संस्कृति साकेला शिलिहरुलाई सिकाउने ।
(३) सिलि नाच्दा गाइने किरात राईका मौलिक लोक भाखाहरुलाई (गितहरु) रेकर्डगरि राइहरुको मौलिक गित संगितहरुलाई बचाउने ।
(४) किरात राई यायोख्खा हङकङ र भाषिक संस्थाहरुको बिधानमा उल्लेखित भाषा, धर्म, कला, संस्कार, संस्कृति, परम्परा र चाडबाडहरुको सम्बर्धन र प्रबर्धन गर्ने भन्ने उदेश्यहरु मध्ये संस्कृति पक्षको एक भाग पूर्ण गर्ने ।
(५) किरात राईहरुका पूर्खाहरु द्धारा सृजित मौलिक शिलिहरुको अंग–भंग हुन बाट बचाउन सकिने।
(६) किरात राई यायोख्खा हङकङले साकेला सिलि प्रशिक्षण अभियन चलाए झै देश बिदेशमामा पनि साकेला सिलि प्रशिक्षण अभियनको शुरुवात गर्न सक्ने ।
(७) थर–थरिका, थुम–थुमका, पाछा–पाछाका, खोला–खोलाका सिलिहरु सबै थरिका किरात राईहरुले सिक्न सकिने ।

३. शिली संकलन भाग–२

परियोजना अनुसार यसलाई क्रमस : भाग २, भाग ३, …… बनाउदै लाने योजना रहेको छ । यसै अनुरुप पुन श्री नरजित राईज्युकै संयोजकत्वमा दोस्रो भाग बनाउन समिति बनाईयो । बिभाग प्रमुख कल्पना राई, मुल संयोजकमा नरजित राई, उपसंयोजकमा हरिचन्द्र साम्पाङ, सचिवमा गजेन्द्र राई, र भाषिक संस्थाको प्रतिनिधिहरु रहेका छन । क्यामेरा मेन श्री श्याम सुनुवार रहेको छ । दोस्रो भागपनि दौडधुप र चुलाघर खरिदको बोझलाई बोक्दै भएपनि २१ अक्टुबर २०१५ मा श्रब्यदृश्य छायाँङकन ताईमोशन कन्ट्रिपार्कमा सम्पन्न भई सकेको छ । छायाँङकनमा चाम्लिङको शिली, साम्पाङको शिली र बान्तावाको शिली समावेश गरिएको छ । छायाँङकन सम्पन्न गर्दा नेपालबाट आउनुभएका केन्द्रिय अध्यक्ष श्रीमती यसोदा राई र किरात राई प्रज्ञा परिषद सदस्य श्री सालिक शतासक राईज्युको पनि उपस्थिती रहेको थियो ।

(क) किरात साम्पाङ राई जुम्लेखाका कलाकारहरु

Sakela

(ख) किरात राई चाम्लिङ खाम्वातिमका कलाकारहरु

Sakela1

(ग) किरात राई बान्तावा यायोक्ला खिमका कलाकारहरु

Sakela3

(घ) कलाकार तथा आयोजकहरु

Sakela2

हतारका बाबजुद पनि यो परियोजना श्री शशि मदन राईको कार्यकालमा समाप्त गर्न सकिएन । ६ मार्च २०१६ मा किराया हङकङको ९औं अधिवेशन हुनेछ । अधिवेशन पछाडी यो समिति बिधानत स्वत: खारेज हुनेछ । तसर्थ यो ९० प्रतिसत सकिएको भाग–२ परियोजना लाई पुर्ण गर्न र निरन्तर अन्य भागहरु बनाउदै जान आवश्यक देखिएकोले किरात राई यायोक्खा अन्गर्तका निम्न बिभागलाई संचालन गर्न दिईने छ । यो परिमार्जीत परियोजना किरात राई यायोक्खा हङकङको ९औं अधिवेशनले अनुमोदन गरेपछि तोकिएको बिभागले संचालन तथा कार्यन्वन गर्नेछ ।

परिच्छेद – २

संगठन स्वरुप :

संगठन स्बरुप निम्न तरिकाले निर्माण हुनेछ ।

१. कार्यसमिति :

१. बिभाग प्रमुख
२. मुल संयोजक
३. प्रशिक्षकहरु
४. शिलिमोपा
५. शिलिमोमा
६. ढोले
७. क्यामेरा मेन
८. सदस्यहरु – भाषिक संस्थाका अध्यक्षहरु
९. कलाकारहरु : हरेक भाषिक संस्थाबाट समावेसि तरिकाले ६ जना केटा र ६ जना केटाहरु

२. कार्यसमितिको काम, कर्तब्य र उदेश्यहरु

१. बिभिन्न थरका राईहरुको खोलाखोला थुमथुमको शिलिहरु संकलन गर्नु ।
२. संकलित शिलिहरुको प्रशिक्षक नियुक्त गरि शिलिमोपा र शिलिमोमालाई प्रशिक्षण गराउनु ।
३. शिलिमोपा र शिलिमोमाले कलाकारहरुलाई प्रशिक्षण गर्न लगाउनु ।
४. प्रशिक्षित कलाकारहरुको साकेला नाचको भिसिडी तयार गरि संरक्षण तथा बिक्री बितरण गर्नु ।
५. भिसिडिको लागि बित्रापन, शुभकामना खोजि कोष संकलन गर्नु ।
६. साकेला उभौली र उधौलीको बेला साकेला प्रदर्शन गर्नु ।
७. ढोल, झ्याम्टा, शिलिमि, पोमीको ब्यावस्था  गर्नु तथा सुरक्षा गर्नु ।
८. ढोले, झ्याम्टे, शिलिमोमा, शिलिमोपा र कलाकारहरुलाई कार्यक्रमबारे खबर गर्नु ।
९. कार्यक्रममा ढोले, झ्याम्टे, शिलिमोमा, शिलिमोपा र कलाकारहरुको खानपान हेरबिचार गर्नु ।
१०. कलाकारहरुको मौलिक भेषभुषा, गरहनाआदिको ब्यावस्था मिलाई दिनु ।
११. अन्य जातीले साकेला मागेको बेलामा साकेला प्रदर्शनी गरिदिनु पर्नेछ ।

३. प्रशिक्षकहरुको काम कर्तब्यहरु :

(१) प्रशिक्षकहरुले चयन भएका कलाकारहरुलाइ आफ्नो छांयाकन भएको एकल शिलि सिकाउने ।
(२) कलाकारहरु छायाकंनमा जानु अघि प्रशिक्षकहरुले कलाकारहरुलाइ शिलिको प्रगति बारे जांचबुझ तथा सुझाव दिनु पर्ने छ ।
(३) प्रशिक्षकहरुले कलाकारहरुलाइ कुनै निश्चित ठाउमा ब्यक्तिगत रुपमा पनि छायाकंनमा जानु अघि आफ्ना शिलिहरु सिकाउन सक्नेछन ।
(४) प्रशिक्षकहरुले आफ्नो शिलिका लागि आफ्नै कलाकार साथिहरु पनि ल्याउन सक्नेछन तर घटिमा महिला–१० र पुरुष–१० हुनु पर्नेछ सो बारे संयोजक वा साकेला शिलि प्रशिक्षण अभियनका समितिलाई जानकारि दिनु पर्नेछ ।
(५) प्रशिक्षकहरुले आफ्नो जातिको संस्कृतिलाई बचाउनका लागि अमर ईतिहास रचिरहेको बुझ्दै, आफ्नो कलालाई (शिलिहरुलाई) नयां पुस्तामा हस्तान्तर गर्नका लागि आफू कटिबद्ध हुनु पर्नेछ ।

४. भाषिक संस्थाहरुको काम कर्तब्यहरु :

(१) नेपालबाट सिलिहरु सिकेर, जानेर, बुझेर आएका शिलिमोपा, शिलिमोम्माहरुको खोजि कार्यगरि शिलिहरु सिकाउनका लागि अनुरोध गर्ने ।
(२) भाषिक संस्थाहरुले आ–आफनो प्रशिक्षकहरुको चयन गर्नु पर्नछ र हरेक क्षेत्रमा साकेला सिलि प्रशिक्षणका लागि भाषिक संस्थाहरुले मुख्य भुमिका खेल्नु पर्नेछ ।
(३) किरात राईहरुको मौलिक कला संस्कृतिहरुलाइ बचाउनका लागि हङकङमा स्थापित भाषिक संस्थाहरु एक जुट हुनु पर्दछ ।
(४) आफ्नो क्षेत्रबाट साकेला सिलि प्रशिक्षण अभियनका लागि आथिर्क सहयोग जुटाउने प्रयास पनि गर्नु पर्नेछ ।
(५) शिलिमोपा, शिलिमोम्माहरुलाई साकेला सिलि प्रशिक्षण अभियनको छांयाकन गर्नु पर्ने कारण बारे प्रशिक्षण दिने वा बुजाउने ।

परिच्छेद – ३

कोष :

कोष निम्न तरिकाले निर्माण गरिने छ ।

१. प्रायोजक

(१) साकेला सिलि प्रशिक्षण अभियनको महत्वबारे किरात राईहरुमा बुझाउदै धेरै भन्दा धेरै प्रायोजकहरुको खोजि गर्ने ।
(२) किरात राई यायोक्खा तथा भाषिक संस्थाहरुबाट निश्चित रकमको माग गर्ने वा किराया आफैले आथिर्क पहल गर्ने ।

२. डिभिडि बिक्री बितरण :

(१) डिभिडि बिक्री बितरणगरि प्राप्त रकम।

परिच्छेद – ४

१. साकेला सिलिको ट्याग वा गित :

(१) साकेला शिलिमा गाईने किरात राइहरुका मौलिक लोक भाकाहरुको नै साकेला शिलिको संगित (ट्रयाग) बनाइनेछ ।
(२) सिलि छायाकंनका लागि चाहिने ताल (बिट) शिलिको टेम्पो अनुसार ऊत्पादन गरिनेछ । सो का लागि राम्रा किरात राई संगितकारहरुको चयन गरिने छ ।
(३) प्रशिक्षकहरुको शिलिको ताल अनुसारको ट्याग आ–आफ्नो भाषिक संस्थाहरुले पनि उत्पादन गर्न सक्नेछन ।
(४) साकेला शिलिमा गाईने किरात राइहरुका मौलिक लोक भाकाहरुको शब्द लेखनका लागि किरात राई साहित्यकारहरुलाई अनुरोध गरिनेछ ।

२. छायाकंन बिधी

(१) राइहरुका भाषिक संस्थाहरुबाट शिलि प्रशिक्षणका लागि प्रशिक्षकहरुको माग गर्ने ।
(२) प्रशिक्षकहरुबाट प्राप्त शिलिहरुबारे जानकारि लिने (थुम, खोला, पाछा थर कुन कहा को हो)
(३) प्रशिक्षकहरु नै बिज्ञ हुने भएकाले मौलिक शिलिहरुको ज्ञान उनिहरु संग जति छ सबैको उचित समयमा सब भन्दा पहिले उनिहरुको छायांकन गर्ने र प्रशिक्षकहरु संग २–४ जना अन्य कलाकारहरुलाइ पनि सहभागि गराइनेछ ।
(४) प्रशिक्षकहरुले सिलिबारे जानकारि दिदै बोल्ने वा बाहिरबाट अरुले बोलेर सो शिलिबारे प्रस्ट पार्दै छायाकंन गर्ने वा सम्पादन गर्दा मिलाउने सकभर लिखित पनि गर्ने ।
(५) प्रशिक्षकहरुले बिस्तारै नाचेर सिकाउने वा भाषिक संस्थाहरु द्वारा उत्पादित ट्यागको चाल अनुसार नाचि सकेपछि सम्पादन गर्दा बिस्तारै नाचेको देखाउने ।
(६) यसैलाइ छायाकंनगरि प्रशिक्षकहरुको अस्थाई सि.डि उत्पादनगरि चयन भएका कलाकारहरुलाइ सो शिलिहरु सिक्नका लागि दिने ।
(७) छायांकन भएका एकल शिलिहरुबाट के कति शिलि एउटा डिभिडिमा अटाउन सक्छन सो को अडकल गरि शिलिको चयन गर्ने र बाँकि एकल शिलि अर्को भागका लागि तयार गर्ने ।

३. क्यामेरा म्यानको छनौट :

(१) हामिहरुलाई सहयोग गर्ने क्यामेरा म्यानको खोजि गर्ने, सकभर किरात राइबाट नै क्यामेरा म्यानको चयन गर्ने र सो नभए अन्य बिज्ञ प्राबिधिकहरुको चयन गर्ने ।
(२) क्यामेरा म्यानलाई पारिश्रमिक दिईनेछ ।
(३) क्यामेरा म्यानले छायाकंनका लागि संयोजकले दिईएको मिति र स्थानमा समयमा नै पुग्नु पर्नेछ ।
(४) कुनै निश्चित समय तोकेर समय–समयमा क्यामेरा म्यान र संयोजक तथा परिदृश्यकार, वा निर्देशक बिच दृश्य सम्पादन बारे छलफल गर्नु पर्नेछ ।
(५) निर्मांण समितिका पदाधिकारिहरुको सल्लाह सुझावहरु क्यामेरा म्यानले मान्नु पर्नेछ ।
(६) छायाकंनका सम्पुर्ण कार्य (सम्पादन समेत) सकिए पछि क्यामेरा म्यानले छायाकंनमा उत्पादित सम्पुर्ण कच्चा वस्तुहरु तथा मुख्य उत्पादित सिडिहरु संयोजकलाई बुझाउनु पर्नेछ ।

४. नृत्य कलाकारहरुको चयन  :

(१) सामुहिक शिलि नृत्यकालागि, शिलिबारे आधारभूत तालिम प्राप्त कलाकारहरुको चयन गर्ने ।
(२) घटिमा महिला–१० र पुरुष–१० ढोले –२ को समेत चयन गर्ने ।
(३) चयन भएका कलाकारहरुले आफ्नो जातिका लागि अमर ईतिहास रचिरहेको बुझ्नु पर्नेछ र सो का लागि साकेला सिलि प्रशिक्षण अभियनका लागि आफू कटिबध्द भएको बुझ्नु पर्छ ।
(४) छनोट भएका कलाकारहरुले प्रशिक्षकहरुबाट उत्पादित छायाकंन गरिएको साकेला सिलिको सिडिलाई हेर्दै ब्यक्तिगत रुपमा सि डि प्राप्त भएको करिब १–२ महिना भित्रमा शिलिहरु सिकि सक्नु पर्नेछ ।
(५) सामुहिक शिलि नृत्यका लागि कलाकारहरुको छनोट भई सके पछि शिलिको छायांकन नसकिन्जेल साकेला सिलि प्रशिक्षण अभियनलाई छोड्न पाईने छैन ।

परिच्छेद – ५

१. भाग (१) बाट प्राप्त सल्लाह र सुझावहरु :

(१) हङकङले राम्रो शुरुवात गरेको भन्ने सन्देश प्राप्त भएको छ ।
(२) ऊत्पादित सबै शिलिहरु मौलिक र सिरियल्लि हुनु पर्ने ।
(३) प्राबिधिक पक्ष बलियो हुनुपर्ने  ।
(४) शिलि नाच्दा कुनै रुखको वा सेउलिको वरिपरि नाच्नु पर्ने ।
(५) पहिरन सकभर एउटै र हात–हातमा सेउलि लिएर नाच्नु पर्ने  ।
(६) ढोल ठोकेर ढोलेहरु पनि नाचेको दृश्याङकन गर्नुपर्ने ।
(७) मौलिक बाजाहरुका तालमा प्रत्यक्ष शिलिहरुलाई नाच्न पर्ने ।
(८) प्रशिक्षकहरुको शिलिहरुको दृश्य बिस्तारै slow motion मा समेत दृश्याङकन गर्नुपर्ने ।
(९) प्रशिक्षकहरुको शिलि पछि सो शिलिलाई नै सामुहिक रुपमा कलाकारहरुलाई नचाएको दृश्य राख्नु पर्ने ।
(१०) सकारात्मक सल्लाह सुझावहरुलाई मनन गर्दै दृश्याङकन गर्नुपर्ने ।


सिक्किम तिर नाचिने सिलीको एक झलक :


भुपु पदाधिकारीहरु (सन २०१४–१६ )

बिभाग प्रमुख – पबित्र राई (53983581) , श्रव्यदृश्य बिभाग प्रमुख – कल्पना राई (92223117), संयोजक – रामचन्द्र राई (5543367), श्रव्यदृश्य संयोजक – नरजित राई (61983146), सिलीमोपा – प्रतिक राई (96821644) र सिलीमोमा – रेनुका राई (97902051)

PabitraKalpanaramchandra copyNarjitprtikrenuka