साकेला उभौली

sakela4

साकेला उभौली

उभौली भनेको बैशाखे पुर्णे देखि ऋतु परिवर्तन भै तराई तिर अत्यधिक गर्मी बढ्ने, तातो हावा चल्ने, बर्षात हुने हुंदा पशुपंक्षी, चराचुरूङ्गी, माछाहरू गर्मी/तातो हावापानी छल्नलाई चिसो स्थान खोज्दै, उभो हिमाल तर्फ जाने हुनाले “उभौली” भनिएको हो ।

उभौलीमा खेतीबाली लगाउने समय भएको हुंदा, समयमा नै वर्षा होस। माटो मलिलो होस । छरेको रोपेको बिउहरू सबै उम्रियोस । लगाएको बाली सप्रियोस । अन्न, फलफुल, बोट बिरूवाहरूको बीउ नमासियोस । बाढी पहिरो, हुरि बतासले लगाएको बाली नबिगारि देउस । कुवा, पंधेरो, खोला नालामा पानिको मुल  फुटोस । भिर पहरा, बन जंगलको सबै बोट बिरूवाहरू हुर्कियोस, फैलियोस भनि प्रकृतीलाई पुकारा गरिन्छ । यस चाडमा पुर्खाहरूको बिरताको ईतिहास, पुर्खाहरूले विभिन्न काल खण्डमा हासिल गरेको ज्ञानका कुराहरू शाखा सन्तानहरूलाई सुनाउंदै, फैलाउंदै, हस्तान्तरण गर्दै, पुर्खाहरूलाई संम्झन्दै,  सबै नरनाताहरू संग भेटघाट गर्दै, साईनो अनुसारको आशिस लिंदै, दिंदै, ऋतु परवर्तन पछि यसरी नै सबैसंग भेट घाट गर्ने बाचा गर्दै यो पर्व मनाउने चलन छ ।

साकेला

साकेला भनेको भुमी देव (अन्नको सह) लाई मानिन्छ । यो एक किसिमको अलौकिक पत्थर हो जो बन, जंगल, खोला, नाला, पानि, जमिन जहिपनि बसेको हुन सक्तछ । यसलाई राईहरुको कुबी (धामी) ले सपनामा देखेर मुद्दुमी शक्ति द्वारा उत्खनन् गरि निकाल्दछ र थान बनाई राख्दछ । जसबाट भुत, बर्तमान र भविष्य देख्न सकिन्छ भन्ने मान्यता छ। यो अण्डाकारको हुन्छ । यसले आफ्नो रंग, साईज र संख्या परिवर्तन गरि रहन्छ  । यो कहिले कालो, कहिले सेतो, कहिले छिर्केमिर्के, काहिले सानो, कहिले ठुलो कहिले धेरै, कहिले थोरै भइ रहन्छ । यसरी थानमा राखेपछि प्रत्येक बर्ष वैशाखे पुर्णेको दिन देखी औशि भित्र  कूबीमी र पुर्खाहरूले सर-सल्लाह गरेको दिन साकेलाथानमा गई साकेला धामीले कुखुराको भाले र पोथीले पुजा गरि साकेला खनेर निकाल्दछ र यसबाट जोखाना हेरि सवै दाजुभाइहरुलाई साकेला देखाई भविश्यबाणि गर्दै पुन माटोमा पुरेर राखिन्छ । यस दिन प्रकृतीको निरन्तरताको कामना गर्दै, पुकारा गर्दै, पुर्खाहरूलाई संम्झना गर्दै, पुर्खाहरूसंग आर्शिबाद माग्दै साकेला पूजा गरेर शिलि नाच्दै साकेला उभौली पर्व मनाईन्छ ।

साकेला सिलि

सिलि भनेको किरात राईहरुले कुनै चिजको हाउभाउ (Caricature) गर्नुलाई बुझिन्छ । किराँतहरूको साकेला सिलि पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । साकेला पूजा गरेको दिन सामुहिक रूपमा हातमा अर्ना भैसींको सिंग, चौरीको पुच्छर, सिलिमि, पोमी, चमर र सिम्कौली सेउली लिएर ढोल, झ्याम्टाको तालमा रिसिया गाउंदै, मानवको जन्मदेखि मृत्युसम्मका हरेक कृयाकलापलाई चित्रण गर्दै, पशुपंक्षीको कृयाकलापलाई चित्रण गर्दै गोलाकार घेरामा रहेर साकेला सिलि भब्यरुपमा नाचिन्छ । सिली नाच्नुको उदेश्य पिता पुर्खाहरूको संम्झना गर्नु, पिता पुर्खाहरूले प्राप्त गरेको ज्ञानका कुराहरू अाफ्नो शाखा सन्तानहरूमा फैलाउनु हो ।

साकेला सिलिमा पुरुषहरू राईहरू आफ्नो जातीय पहिरन दौरा-सुरूवाल, कोट, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा सजिएर साकेला सिलीमा ताल मिलाउदै नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि बिनायो तथा छातीमा हारी झुन्ड्याएर, पहेंलपुर गरगहनामा सजिएर नाच्छन् । साकेला नाचमा अहिले सबै जातीका युवायुवतीको सहभागिता बढ्दो छ ।

अस्थाई भुमेथान :

(साम्पाङ खोलातिर)  बैशाखे पुर्णीमाको दिन घाम झुल्किए पछी किरात राईहरुले आ–आफ्नो घरमा चूलापूजा गर्नु पर्दछ । त्यसपछि पितृधामी / कुलधामीको साथ मसूमे, कङ्कदे, ढोले र जानिफकार बुढापाकाहरु सबै जना कुन दाजुभाईहरुको घरमा पूजा गर्ने हो सो घरमा जानु पर्दछ । चूलापूजा गर्नेघर पहिलानै टुङगो गरिसकेको हुन्छ ।

चूलापूजा गर्ने घरमा अस्थाई भुमेथान बनाई एउटा सेउलीको लिङ्गो गाडी राखेको हुन्छ । लिङ्गोसंगै फूलहरु (बोट सहितको) पनि गाडिराख्नु पर्दछ । एक कठुवा रक्सि र कलश पनि त्यहिनिर राख्नु पर्दछ । एउटा दुनामा पहेलो परिएको चामल राखिन्छ  । कूबीको भाला पनि लिङ्गोको फेदमा गाडि राख्नु पर्दछ । सबैजना आई सकेपछि कूबीले मून्धूम बाचन गर्दछ । जानिफकार बुढापाकाहरुले चाहिँ त्यहाँ राखिएको सामाग्रीहरु मन्साएर कलशको पानी र दुनाको पहेलो चामलले सबैजनालाई छर्किएर त्यहाँ उपस्थित हुनेहरुलाई टीका लगाई दिन्छन ।

अस्थाई भुमेथानमा बाचन गरिने मून्धूम :

साम्पाङ भाषामा,

हमो...... नक साप्तेक, वालीखाक साखेल्खूना, सूबीखूना, चारीखू वलूखू कँङा कूबीमहपा, सीलीमहपा, बूक्छापा दूखीसूँपा मान्ङीसूँपा मान्धाईसूपा मान्ङीतो, मान्धाईतो अँ बीछूरीलो बाछूरीलो, अँ चूप्सँनी बँतँनीलो, कङकदे, कुसूरुप्पालो मसूमे मेदूमेलो, अँ तायामी ताङ्खीमीलो, अँ चासूमी, बूलूमी, खारुमीलो लायँसँकके ।

छीरीलावा, पपीलावा, वतूपलावा, वरीलावा, मान्धाईरीयो रीयालोतो रेछालोतो लायँसँकके । छेकूलावा, सीबीलावा, मदीलावा, दूदूलावा, लावाभ्याम्तो, कूबीलावा, तायालावा लावाभ्याम्तो, नीनाम्लोतो नाम्छूलोतो हँसँलेका हँलँलेका साखेल्बू सूबीखू चारीखूहँचेऊ सेममून्छूङ् स्याचीमून्छूङ् पेकानूम्वो ।

थनवा रुबूसूङ् ताया तोलानूम्, दङ्खनी दँलँनीसँ ताया तोलानूम् । सीम्कूरी माकूमरीसँ ताया तोलानूम । चासूम पेकानूम, बूलू पेकानूम, रुँरी पेकानूम्वो साखेवाहँचेऊ, सूबीवाहँचेऊ ।

५. साकेला थान थपना :

  1. थान थपनाको लागि सेउली, केराको पात र फुलपातीहरु ।
  2. पौराणिक हात हतियारहरु, धनुकाँड, भाला, खुकुरी, हसियाँ, खुर्पा आदि ।
  3. थुम्से, डालो, नाङलो, माना, पाथि, बासको ढुङग्रो, भाँडा कुँडाहरु ।
  4. कासको थाल, चामल, चोखो अदुवा, धुप, दियो बत्ति, लाईटर, कलश ।
  5. अन्नहरु धान, कोदो, कागुनी आदि ।
  6. रक्सि भरेको चिण्डो (रक्सि पाएन भने कोदो र मर्चा मिसाएको) ।

६. साकेला सिलि शुरु गर्ने तरिका :

  1. एउटा थुन्सेमा  कोदो, धान, सेउली, केराको पात, खुर्पाहरु, धुपबत्ति राखी चोखो कपडाले ढाकेर कन्या केटा वा बुढापाका ब्यक्तिलाई बोक्न लगाउने ।
  2. थानमा जादा सवैभन्दा अगाडी कुबिमि, अनि थुम्से बोक्ने, त्यसपछि शिलिमोपा, शिलिमोमा र शिलिकारहरु (बिच बिचमा झ्याम्टे, ढोलेहरु हिडने) ।
  3. साकेला थानमा आएपछि थुन्से राखी कुबीले धुप बत्ति गर्नेछ अनी मुन्धुम बाचन गर्दै मानव स्वस्थ्य, अन्नपानी, धनसम्पतीको सह माग्नेछ ।
  4. यसबिचमा शिलीमोपा, शिलिमोमा, शिलिकारहरु गोलो भएर शिलि नाच्दछ ।
  5. कुबी बाहिर निस्केपछि सवै जनालाई सिली नाच्दै साकेला पर्व मनाउने ।
  6. अन्त्यमा सेउली उखेली शिलि समापन गरिनेछ ।

७. साकेला पार्थना :

हे पितापुर्खाहरुहो,
हे सुम्निमा पारुहाङ ।
हे नागनगेनी, सिमेभुमेहरु हो ।
हे बुद्धिजिवी, अग्रजहरु हो ।
हे कूबीमी, दीबूमीहरु हो ।

हामी साकेला पुज्न आएका छौं ।
हामीलाई राम्रो गरिदिनुहोस,
तपाँईहरुलाई चोखो रक्सि जाँड चढाएका छौं,
सबैलाई शुभ आर्शिबाद प्रदान गरिदिनुहोस ।

हे नागनगेनी, पाखा पखेरा, बनजंगल,
हामी हातहतियार ढोल झ्याम्टा,
सामा सरदमको साथ लिई,
महिलाहरु, बुद्धिजिवीहरु र
अग्रजहरुको साथ लिई,
हाम्रो नरनाताहरु,
सबै जिवजन्तु र प्रकृतिको संरक्षण माग्दै
कूबीमी र बुद्धिजिवीहरुको साथ लिई
अन्नपात, रुपैयाँपैसाको साथ,
यहाँहरुको भक्ति गरि रहेछौं ।
साँचो सत्य देखाई दिनुहोस ।
छलकपटबाट बचाई दिनुहोस ।

हामीलाई अन्नपात दिनुहोस ।
हामीलाई रुपैयापैसा दिनुहोस ।
हामीलाई दिर्घायु दिनुहोस ।
हामीलाई आर्शिबाद दिनुहोस ।
आपत बिपतबाट जोगाउनु होस ।
आजको अवस्था भन्दा,
अझ अघि बढ्न बाटो देखाई दिनुहोस ।

हामीले यहाँ चिण्डोको चोखो जाँड रक्सि चढाएका छौं ।
यहाँहरुलाई भक्ति गरेका छौं ।
हामीलाई उज्वल भविश्य दिनुहोस ।

अन्नपातको सह, रुपैयापैसाको सह दिनुहोस ।
कूबीमी, बुद्धिजिवीहरु तथा नरनाता सबैलाई,
दिर्घायु आशिर्वाद दिनुहोस ।
परापुर्वकालबाटै रैछाकुले नागेलुङ,
तपाँईहरुले गरिल्याएको रीतिअनुसार,
यहाँहरुको भक्ति गरिरहेका छौं ।

हे पिता पुर्खाहरु हो ।
हामी तपाँईहरुकै साखा सन्तान हौं ।
हामी नजान्ने नबुझ्ने अन्जान छौं ।
हामीलाई ज्ञान दिई अघि बढ्न बाटो देखाउनुहोस ।

हाम्रो दाजुभाई दिबिहिनीको साथ लिई
परम्परागत रिति तिथिका साथ
हाम्रो ढोले, झ्यम्टेहरुसंग
अर्को साल पनि यसै गरि पुजा गर्ने छौं, प्रार्थना गर्ने छौं

जय नागनगेनीहरु हो
जय सुम्निमा पारुहाङ
जय पिता पुर्खाहरु हो ।

८. साकेला मुन्धुम :

हमो... बूक्छामी रियाहँचेउ
 नागा ह्यालापा साप्सामी रीयाहँचेउ
 तायामी, ताङखीमी, रीयाहँचेउ
 कूबीमी, दीबूमी रीयाहँचेउ
 साखेल्खू सूबीखू फल्सी खातेकालो,
 छीलाम धीलामसँ पेकानुम ।
 चासूम, बूलूलो रुँरी ङसी खातेकालो
 झाराकमी मून्छँ खँमेकानुम ।
 न खामवखाप्चीवा लँ लीसीहँनीकपी ।
 छूछूलूङ ततूलूङ मानूम्न ।
 साखेवाहँपाचीलो चासूम बूलूम ङाकूम्काकपी
 रुँरी साखा पतानूम्वो
 नीनाम्बूङ माखाबूङसँ छाम छासूचीनेवो
 बूक्छामी रीयाहँचेउ ।
 कङा आम्नु चाचायोछा कूबीदूङ
 मान्ङीसूँपा बबँसूपा सूयापामो
 अँ साकाम्छीना दोदूम्छीलो
 कँरँछी, चारीछीलो रम्पूवालो
 अँ मसूमे मेदूमेलो, कङकदे केरेरेलो
 चूप्सँनी बँतँनीचीलो
 नूवामी सानूमीलो, चासूमी बूलूमीलो
 सीखीमी, तायामी ताङखीमीलो
 नाम्म सेला खीयतोसँ
 आतामाङा सायासाम्दूङ लायानी, रम्पूवा लायीनीके
 नागा ह्यालापा साप्सामी रीयाहँचेउ

९. साकेला सुचना :

यो सुचना साकेला हुन १ महिना अगावै निकाल्न पर्दछ ।

किरात राई यायोक्खा हङकङले सदा बर्षझैं यस बर्षपनि साकेला उभौली आयोजना गर्न लागी रहेको जानकारी गराउदछौं । साकेलामा उपस्थितहुन चाहाने महानुभावहरुलाई सकभर मौलीक भेषभुषामा उपस्थितीको लागी हार्दिक निमण्त्रणा गर्दछौं । साथमा सशुल्क बिबिक्यु सेवा समेत पस्कने जानकारी गराउदछौं छौं ।

कार्यक्रममा अत्याधिक मादक पदार्थ सेवन गरि झैझगडा गर्ने तथा सर्वजानीक सम्पत्ति तोडफोड गर्ने, जताभावी फोहोर मैला फ्याक्ने कार्यलाई बन्देज गर्न आकस्मिक प्रहरि सेवा संचालन गरिएको छ । विना स्वीकृती कुनैपनि वस्तुहरु बेचबिखन गर्ने, खानपान बेचबिखन गर्ने, सहयोग रसिद बाँडने वा निशुल्क कुनै पनि वस्तुहरु प्रोमोशन गर्ने कार्यलाई समेत बन्देज गरिएको छ ।

अन्त्यमा तपाँईहरुले सृजना गरेको सृजनाहरुलाई सम्मान गर्दै, तपाँईको कुनै कृतीहरु बिमोचन वा लोकार्पण गर्ने भए वा बिक्रीबितरण गर्नेभए कार्यक्रम हुनु ७ दिन अगावै किराया हङकङमा स्विकृतीको लागी आवेदन फारम भर्नु हुन अनुरोध गर्दछौं ।

मिति : ६ मे २०१८ आईतबार
समय : १० बजे देखी ६ बजे सम्म
स्थान : ताई मो शान कन्ट्रि पार्क

आयोजक : किराया हङकङ

१०. निमन्त्रणा :

  1. प्रमुख अतिथि :
    1. किराया नेपाल (सम्भव भए) वा आदिबासी जनजाति महासंघ हङकङ
  2. बिशेष अतिथिहरु :
    1. नेपाली महासंघ हङकङ
    2. गैर आवासिय नेपाली संघ हङकङ
    3. नेपाल च्याम्बर अफ कर्मश हङकङ
    4. बृटिश गोर्खा भुपु सैनिक संघ
  3. बिशिष्ठ ब्याक्तित्वहरु :
    1. किराया बिदेश शाखा (सम्भव भए)
    2. कूलपति (प्रज्ञा प्रतिष्ठान हङकङ)
    3. संरक्षकहरु (भुपु अध्यक्षहरु)
    4. सल्लाहकारहरु (सवैजना)
    5. प्रमुख कूबीमी (सम्पुर्ण कूबीमीहरुको प्रतिनिधित्व)
    6. संयोजक : भाषिक संस्थाहरु
  4. अतिथिहरु : आदिवासी जनजाती महासंघ हङकङका सदस्य संस्थाहरु
    1. किरात याक्थुङ चुम्लुङ हङकङ
    2. किरात सुनुवार सेवा समाज हङकङ
    3. किरात याक्खा छुम्मा हङकङ
    4. तमु ट्योहुल हङकङ
    5. मगर समाज हङकङ
    6. तामाङ घेदुङ हङकङ
    7. शेर्पा समाज हङकङ
    8. नेवार समाज हङकङ
    9. थकाली समाज हङकङ
    10. दुरा समाज हङकङ
  5. किरात राई अध्यक्ष भएका क्षेत्रिय संघसंस्थाहरु ।
  6. अन्य संघसंस्थाहरुलाई निमन्त्रणा गरिने छैन तर किरात राई अध्यक्ष भएका अन्य संघसंस्थाहरुकार्यक्रममा उपस्थित भएमा आशन गराईने छ ।
  7. किरात राई अध्यक्ष भएपनि धार्मिक संघसंस्था कसैलाई पनि निमन्त्रणा गरिने र आशन गराईने छैन ।

११. कार्य बाँडफाँड :

१२. कार्यक्रमको रुपरेखा :

  1. आशन ग्रहण :
    1. अध्यक्ष
  2. प्रमुख अतिथि :
    1. किराया नेपाल (सम्भव भए)
    2. आदिबासी जनजाति महासंघ हङकङ
  3. बिशेष अतिथिहरु :
    1. नेपाली महासंघ हङकङ
    2. गैर आवासिय नेपाली संघ हङकङ
    3. नेपाल च्याम्बर अफ कर्मश हङकङ
    4. बृटिश गोर्खा भुपु सैनिक संघ
  4. बिशिष्ठ ब्यक्तित्वहरु :
    1. किराया बिदेश शाखा (सम्भव भए)
    2. कूलपति
    3. संरक्षकहरु
    4. सल्लाहकारहरु
    5. प्रमुख कूबीमी
  5. संयोजकहरु : भाषिक संस्था
    1. चाम्लिङ खाम्वातिम
    2. दुमी फन्सिकिम
    3. साम्पाङ जुम्लेखा
    4. बान्तावा यायोक्ला
    5. पुमा तुप्खा
    6. थुलुङ सामा
    7. कोयि किम
    8. बाहिङ मुलखिम
  6. अतिथिहरु : आदिवासी जनजाती महासंघ हङकङका सदस्य संस्थाहरु
    1. किरात याक्थुङ चुम्लुङ हङकङ
    2. किरात सुनुवार सेवा समाज हङकङ
    3. किरात याक्खा छुम्मा हङकङ
    4. तमु ट्योहुल हङकङ
    5. मगर समाज हङकङ
    6. तामाङ घेदुङ हङकङ
    7. शेर्पा समाज हङकङ
    8. नेवार समाज हङकङ
    9. थकाली समाज हङकङ
    10. दुरा समाज हङकङ
  7. किरात राई अध्यक्ष भएका क्षेत्रिय संघसंस्थाहरु
  8. किरात राई अध्यक्ष भएका अन्य संघसंस्थाहरु
  9. ब्याज वा फुल बितरण : सिक्रिमा अतिथि स्वगत तथा सत्कार सेवा बिभाग
  10. कार्यक्रमबारे जानकारी तथा स्वगत : उपाध्यक्ष
  11. उद्घाटन : अध्यक्ष र प्रमुख अतिथिबाट (उद्घाटन धुन बजाउने)
  12. सम्मान तथा कदरपत्र बितरण गर्ने भए : प्रमुख अतिथिबाट
  13. लोकार्पन गर्ने भए लोकार्पन :  लोकार्पन संयोजकको मन्तब्य
  14. मन्तब्य तथा शुभकामना :
    1. बिशिष्ठ ब्याक्तित्वहरुबाट – किराया (बिदेश शाखा)/प्रज्ञा प्रतिष्ठान
    2. बिशेष अतिथिबाट – नेपाली महासंघ (सम्पुर्ण अतिथिहरुको तर्फबाट)
    3. प्रमुख अतिथिबाट – किराया नेपाल/आदिवासी जनजाती महासंघ
  15. कार्यक्रम समापन अन्तिममा हुने जानकारी
  16. कूबीमीहरुलाई फेटा गुथाउने – बिभाग प्रमुखबाट
  17. शिलिमोपा र शिलिमोमालाई फेटा गुथाउने – बिभाग प्रमुखबाट
  18. कूबीमीहरुलाई साकेला पुज्न लगाउने, कलाकारहरुलाई नाच शुरु गर्न लगाउने ।
    (यतिवेला साकेला प्रर्थना बाचन गर्ने)
  19. कूबीले पूजागरि निक्ले पश्चात सबैलाई नाच्न अव्हान गर्ने
  20. अतिथि खानपान बितरण : सिक्रिमा अतिथि स्गगत तथा सत्कार सेवा बिभाग
  21. कार्यक्रम समापन बेलुकि ६ बजे – अध्यक्षबाट

डाउनलोड :

कार्यक्रम रुपरेखा एमएसवर्ड पिडिएफ

साकेला उभौलीका केही झलकहरु :

13266035_1323837387646290_7140485448909307089_n