साकेला उभौली

sakela4

साकेला बारेमा

साकेला भनेको भुमी देव (अन्नको सह) लाई मानिन्छ । यो एक किसिमको अलौकिक पत्थर हुन्छ जो बन, जंगल, खोला, नाला, पानि, जमिन जहिपनि बसेको हुन सक्तछ । यसलाई राईहरुको कुबिमि (धामी) ले सपनामा देखेर मुद्दुमी शक्ति द्वारा उत्खनन् गरि निकाल्दछ र थान बनाई राख्दछ । यसबाट भुत, बर्तमान र भविष्य देख्न सकिन्छ भन्ने मान्यता छ। यो अण्डाकारको हुन्छ । यसले आफ्नो रंग, साईज र संख्या परिवर्तन गरि रहन्छ  । यो कहिले कालो, कहिले सेतो, कहिले छिर्केमिर्के, काहिले सानो, कहिले ठुलो कहिले धेरै, कहिले थोरै भइ रहन्छ । यसलाई थानमा राखेपछि प्रत्येक बर्ष वैशाखे पुर्णेको दिन देखी औशि भित्र  कूबीमी र पुर्खाहरूले सर-सल्लाह गरेको दिन साकेलाथानमा गई साकेला धामीले कुखुराको भाले र पोथीले पुजा गरि खनेर निकाल्दछ र यसबाट जोखाना हेरि सवै दाजुभाइहरुलाई भविश्यबाणि गर्दै पुन माटोमा पुरेर राखिन्छ । यस दिन प्रकृतीको निरन्तरताको कामना गर्दै, पुकारा गर्दै, पुर्खाहरूसंग आर्शिबाद माग्दै साकेला पूजा गरेर शिलि नाच्दै साकेला पर्व मनाईन्छ ।

साकेला उभौली बारेमा

किराती पुर्खाहरुले समयको मापन गर्न उभौली र उधौली गरेर बर्षलाई दुईभागमा बिभाजन गरेको पाईन्छ । उभौली भनेको बैशाखे पुर्णे देखि ऋतु परिवर्तन भै तराई तिर अत्यधिक गर्मी बढ्ने, तातो हावा चल्ने, बर्षात हुने हुंदा पशुपंक्षी, चराचुरूङ्गी, माछाहरू गर्मी/तातो हावापानी छल्नलाई चिसो स्थान खोज्दै, उभो हिमाल तर्फ जाने हुनाले “उभौली” भनिएको हो ।

उभौलीमा खेतीबाली लगाउने समय भएको हुंदा, समयमा नै वर्षा होस। माटो मलिलो होस । छरेको रोपेको बिउहरू सबै उम्रियोस । लगाएको बाली सप्रियोस । अन्न, फलफुल, बोट बिरूवाहरूको बीउ नमासियोस । बाढी पहिरो, हुरि बतासले लगाएको बाली नबिगारि देउस । कुवा, पंधेरो, खोला नालामा पानिको मुल  फुटोस । भिर पहरा, बन जंगलको सबै बोट बिरूवाहरू हुर्कियोस, फैलियोस भनि प्रकृतीलाई पुकारा गरिन्छ ।

यस चाडमा पुर्खाहरूको बिरताको ईतिहास, पुर्खाहरूले विभिन्न काल खण्डमा हासिल गरेको ज्ञानका कुराहरू शाखा सन्तानहरूलाई सुनाउंदै, फैलाउंदै, हस्तान्तरण गर्दै, पुर्खाहरूलाई संम्झन्दै,  सबै नरनाताहरू संग भेटघाट गर्दै, साईनो अनुसारको आशिस लिंदै, दिंदै, यसरी नै सबैसंग भेट घाट गर्ने बाचा गर्दै साकेला शिली नाच्दै यो पर्व मनाउने चलन छ ।

साकेला शिली बारेमा

शिली भनेको कुनै चिजको हाउभाउ (Caricature) गर्नुलाई बुझिन्छ । किराँतहरूको शिली पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । साकेला पूजा गरेको दिन सामुहिक रूपमा हातमा अर्ना भैसींको सिंग, चौरीको पुच्छर, सिलिमि, पोमी, चमर र सिम्कौली सेउली लिएर ढोल, झ्याम्टाको तालमा रिसिया गाउंदै मानव जन्मदेखि मृत्युसम्मका हरेक कृयाकलापको हाउभाउ गर्दै गोलाकार घेरामा रहेर शिली नाचिन्छ । यस बेला मानव जगत संगसंगै आएको चरा चुरुङगी, पशु जनवारहरुको समेत कृयाकलापहरुलाई हाउभाउ गर्दै नाचिन्छ । शिली नाच्नुको उदेश्य पिता पुर्खाहरूको गरि ल्याएको कृयाकलापहरुको संम्झना गर्नु हो । पिता पुर्खाहरूले गरि ल्याएको कृयाकलापहरुलाई आफ्नो शाखा सन्तानहरूमा फैलाउनु हो । तत्कालिन अवस्थामा मानव जगतसंग नजिक रहेको पशुपंछीको ईतिहास थाहा पाउनु हो । शिली नाच्नु भनेको ईतिहासलाई जिवित राख्दै पुस्ता हस्तान्तरण गर्दै जानु हो ।

शिली नाच्दा पुरुषहरू आफ्नो जातीय पहिरन दौरा-सुरूवाल, कोट, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा सजिएर ताल मिलाउदै नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि बिनायो तथा छातीमा हारी झुन्ड्याएर, पहेंलपुर गरगहनामा सजिएर नाच्छन् । शिली नाचमा अहिले सबै जातीका युवायुवतीको सहभागिता बढ्दो छ ।

कार्यक्रमको उदेश्य

  1. किरातहरुको संस्कृतिको जर्गेना गर्न ।
  2. पुर्खाहरूको  संम्झना गर्न, आर्शिबाद माग्न ।
  3. पुर्खाहरूको कृयाकलापहरुलाई शाखा सन्तानमा जानकारी गराउन ।
  4. पुर्खाहरुको ईतिहास जोगाई रहन ।
  5. किरात संस्किृतिलाई पुस्ता हस्तान्तरण गर्दै लान ।

उभौली पार्थना

हे सुम्निमा पारुहाङ, हे पितापुर्खाहरु हो।  हामी तपाँईहरुको साखा सन्तान हौं । हामी तपाँईहरुलाई सम्झेका छौं । हामी तपाँईहरुलाई भक्ति गरेका छौं । हे नागनगेनी, हे सिमेभुमेहरु हो । हामी कुबिमि र बुद्धिजिवी लिई भुमि पुज्न लागि रहेका छौं । साकेला पुज्न लागि रहेका छौं ।

समयमा नै वर्षा होस । माटो मलिलो होस । छरेको रोपेको बिउहरू सबै उम्रियोस । लगाएको बाली सप्रियोस । अन्न, फलफुल, बोट बिरूवाहरू केहि पनि नमासियोस ।

हे पाखा पखेरा, बनजंगल, हामी हातहतियार ढोल झ्याम्टा, सामा सरदमको साथ लिई,
महिलाहरु, बुद्धिजिवीहरु र अग्रजहरुको साथ लिई, यहाँहरुको भक्ति गरि रहेछौं ।

सबै जिवजन्तुरक्षा गर्नुहोस, प्रकृतिको संरक्षण गर्नुहोस, बाढी पहिरो, हुरि बतासले लगाएको बाली नबिगारि देउस । कुवा, पंधेरो, खोला नालामा पानिको मुल  फुटोस । भिर पहरा, बन जंगलको
सबै बोट बिरूवाहरू हुर्कियोस, फैलिएर जावोस ।

हे पिता पुर्खाहरु हो । हामि दाजुभाई दिबिहिनीको साथ लिई हाम्रो ढोले, झ्यम्टेहरुसंग हाम्रो पुर्खाहरु रैछाकुले नागेलुङले परापुर्वकालबाटै गरिल्याएको रीतिअनुसार यहाँहरुलाई भक्ति गरि रहेका छौं ।

हामीलाई राम्रो गरिदिनुहोस, सबैलाई आर्शिबाद गरिदिनुहोस । हामीलाई अन्नपात दिनुहोस । हामीलाई धन दौलत दिनुहोस । हामीलाई दिर्घायु दिनुहोस । आपत बिपतबाट जोगाउनु होस ।

हामी नजान्ने नबुझ्ने छौं । हामीलाई ज्ञान दिई अघि बढ्न बाटो देखाउनुहोस । जय नागनगेनीहरु हो, जय पिता पुर्खाहरु हो, जय सुम्निमा पारुहाङ  ।

साकेला थान स्थापना

किरात राईहरु प्रकृती र पित्री पुजक हुन । उभौलिमा साकेला थान गई प्रकृति र पित्रीहरुको पुजा गरिन्छ । स्थाई साकेला थान नभए अस्थाई साकेला थान स्थापना गर्न पर्दछ । अस्थाई साकेला थान स्थापना गर्न एउटा सेउली ठडाउनु पर्दछ । सेउलीको वरिपरि धनुकाँड, भाला, लौरो, हात हतियार, फुलपाति किरात राईहरुले चलाएको सरसामाग्री, अन्नपानिहरु राख्न पर्दछ ।

  1. थान थपनाको लागि सेउली, केराको पात र फुलपातीहरु ।
  2. पौराणिक हात हतियारहरु, धनुकाँड, भाला, खुकुरी, हसियाँ, खुर्पा आदि ।
  3. थुम्से, डालो, नाङलो, माना, पाथि, बासको ढुङग्रो, भाँडा कुँडाहरु ।
  4. कासको थाल, चामल, चोखो अदुवा, धुप, दियो बत्ति, लाईटर, कलश ।
  5. अन्नहरु धान, कोदो, कागुनी आदि ।
  6. रक्सि भरेको चिण्डो (रक्सि पाएन भने कोदो र मर्चा मिसाएको) ।

जिम्मेवारी : किरात धर्म संरक्षण तथा संस्कार विभाग

  1. विभागिय प्रमुख : राम चन्द्र राई
  2. विभागिय संयोजक : (नियुक्ति भएको छैन)
  3. मुल कुबिमि : नारायण प्रसाद राई
  4. सहायक कुबिमि : मैत्र कुमार राई

मुन्धुम : यो मुन्धुम कुबिमिले साकेला थानमा पुजा गर्दा बखान्ने गर्दछ । मुन्धुम साम्पाङ भाषमा लेखिएको छ । अन्य भाषामा खोज, अनुसन्धान गरि लेखिने छ ।

हमो… बूक्छामी रियाहँचेउ नागा ह्यालापा साप्सामी रीयाहँचेउ तायामी, ताङखीमी, रीयाहँचेउ कूबीमी, दीबूमी रीयाहँचेउ साखेल्खू सूबीखू फल्सी खातेकालो, छीलाम धीलामसँ पेकानुम ।

चासूम, बूलूलो रुँरी ङसी खातेकालो झाराकमी मून्छँ खँमेकानुम । न खामवखाप्चीवा लँ लीसीहँनीकपी । छूछूलूङ ततूलूङ मानूम्न ।

साखेवाहँपाचीलो चासूम बूलूम ङाकूम्काकपी रुँरी साखा पतानूम्वो नीनाम्बूङ माखाबूङसँ छाम छासूचीनेवो बूक्छामी रीयाहँचेउ ।

कङा आम्नु चाचायोछा कूबीदूङ मान्ङीसूँपा बबँसूपा सूयापामो अँ साकाम्छीना दोदूम्छीलो कँरँछी, चारीछीलो रम्पूवालो अँ मसूमे मेदूमेलो, कङकदे केरेरेलो चूप्सँनी बँतँनीचीलो नूवामी सानूमीलो, चासूमी बूलूमीलो सीखीमी, तायामी ताङखीमीलो नाम्म सेला खीयतोसँ आतामाङा सायासाम्दूङ लायानी, रम्पूवा लायीनीके नागा ह्यालापा साप्सामी रीयाहँचेउ ।

शिली प्रदर्शनी

  1. एकजनालाई थुन्सेमा  धान, कोदो, फुलपाति, केराको पात, खुर्पाहरु, धुपबत्ति राखी कपडाले ढाकेर बोक्न लगाउनु पर्दछ ।
  2. थानमा जादा सवैभन्दा अगाडी कुबिमि, अनि थुम्से बोक्ने, त्यसपछि शिलिमोपा, शिलिमोमा र सिलिकारहरु (बिच बिचमा झ्याम्टे, ढोलेहरु हिडनु पर्दछ) ।
  3. साकेला थानमा आएपछि थुन्से राखी कुबीमिले धुप बत्ति बालि मुन्धुम बाचन गर्दै पुजा आरधना गर्दछ ।
  4. यसबिचमा शिलीमोपा, शिलिमोमा, शिलिकारहरु पुजा आरधनाका सिलिहरु नाच्दछ ।
  5. कुबीमिले पुजा गरिसके पश्चात सवै जनालाई सिली नाच्न थान खुल्ला गरिने छ ।
  6. यसपछि शिलिमोपा, शिलिमोमाले कुन सिलि नाचिन्दैछ, सिलि परिवर्तन गर्ने, बताउदै सिकाउदै जानु पर्दछ ।
  7. सिलिकारहरुले नाच्न नजान्नेहरुको बिच/बिचमा गई सिलि नाच्न गाईड गर्दै लानु पर्दछ ।
  8. अन्त्यमा सेउली उखेली शिलि समापन गरिनेछ ।

जिम्मेवारी : शिली संकलन तथा संस्कृति विभाग

  1. विभागिय प्रमुख : राजेन्द्र राई
  2. विभागिय संयोजक : पिताम्बर राई

कलाकार समुह :

  1. शिलीमोपा : रबि चन्द्र राई
  2. शिलिमोमा : रेनुका राई
  3. ढोले : पिताम्बर चाम्लिङ राई
  4. ढोले : राजेन्द्र चाम्लिङ राई
  5. शिलीकार : कोशब कोयु राई
  6. शिलीकार : सरिता बान्तावा राई
  7. शिलीकार : कमला साम्पाङ राई
  8. शिलीकार : बसन्त कुमारी चाम्लिङ राई
  9. शिलीकार : बालिक बाहिङ राई
  10. शिलीकार : चन्द्रका थुलुङ राई
  11. शिलीकार : हेमकला चाम्लिङ राई
  12. शिलीकार : देउ कुमारी चाम्लिङ राई

सरसजावट

कार्यक्रम स्थललाई आकर्षक ढंगले किराती संस्कृती अनुसार सरसजावट गर्न पर्दछ । कार्यक्रममा आवश्यक पर्ने साउण्ड सिस्टम, उद्घाटनधुन, गितिक्यासेटहरु तयार पार्न पर्दछ । हङकङ गोर्भन्मेन्टले कार्यक्रम स्थल सरसजावट गर्दा निम्न कुराहरु बन्देज गरेको हुनाले सो अनुसार सरसजावट गर्न पर्दछ ।

  1. कार्यक्रम स्थलमा बनाएको बस्ने टहरामा ब्यानर झुण्डाउन पाईन्दैन ।
  2. कार्यक्रम स्थलमा भुँई खनि कुनै पनि चिज गाड्न पाईन्दैन ।
  3. कार्यक्रम स्थलमा रहेको रुखको हाँगामा डोरि, तार बाँध्न पाईन्दैन ।
  4. कार्यक्रम स्थलमा कुनैपनि वस्तुहरु नगदमा बेचबिखन गर्न पाईन्दैन ।
  5. बिबिक्यु स्पटमा कोईला मात्र बाल्न पाईने छ, आगो बाल्न पाईन्दैन ।
  6. बेलुकि ६ बजे पछि ढोल, झ्याम्टा, साउण्ड सिस्टम बजाउन पाईन्दैन ।
  7. कार्यक्रम सकि सकेफछि सरसफाई गरेको स्थलको फोटो राख्न पर्ने छ ।

जिम्मेवारी : मौलिक संकलन तथा सरसजावट विभाग

  1. विभागिय प्रमुख : बिष्णु राई
  2. विभागिय संयोजक : लोखराज राई

कोष–अभिवृद्धि

कार्यक्रममा बिभिन्न वस्तु तथा खानपानहरु खरिद बिक्री गरि कोष निर्माण गरिने छ । खरिद बिक्रीको लागि बिक्रेताहरु नियुक्ति गरिने छ । कार्यक्रममा जनसहभागिता बढाउन विभिन्न वस्तु तथा खानपानहरु अग्रिम रुपमा टिकेट बिक्री गरिने छ । अग्रिम बिक्री गर्न किराया हङकङका सम्पुर्ण कार्य समिति लगायत भाषिक संस्थाहरु बिक्री संयोजक रहने छन । बिबिक्यु टिकट प्रति ब्याक्ति १५० डलरको दरले बनाईने छ र १००० थान छपाई गरिने छ । स्थलगत बिक्री नगदमा किनबेच नगरि कुपन द्वारा किनबेच गरिने छ । आवश्यक सामाग्रीहरु : कुपन, खुद्रा पैसा, कलम, क्याल्कुलेटर, टेबल, चियर तयार पार्नु पर्दछ ।

बोलपत्रः सामाग्री खरिद गर्दा के कति दर रेटमा उपलब्ध हुन सक्तछ, निम्न शर्तसहित बोलपत्र खरिद अव्हान गरिनेछ ।

  1. सप्लार्यसले तोकिएको मिति, समय र स्थाानमा सामाग्री डेलीभेरी गर्नुपर्नेछ ।
  2. थफ सामाग्रीहरु आवश्यक भएमा सो समेत डेलीभेरी गर्नु पर्नेछ ।
  3. अन्त्यमा बिक्री नभएको पेयपदार्थहरु (खाद्दय पदार्थ बाहेक) फिर्ता लिनुपर्नेछ ।
  4. डेलिभेरि चार्ज के कति लाग्ने हो स्पष्ट उल्लेख भएको हुनु पर्ने छ ।
  5. प्राप्त बोलपत्र हेरी कार्यसमितिको बैठकले स्विकृति प्रदान गर्नेछ ।

जिम्मेवारी : सम्पती तथा कोष–अभिवृद्धि विभाग

  1. विभागिय प्रमुख : गंगा राम राई
  2. आर्थिक संयोजक : (नियुक्ति भएको छैन)

खानपान तयारी

साकेला कार्यक्रममा शसुल्क मौलीक खानपान तथा बिबिक्यु बिक्रीको लागि तयार गरिने छ । खानपान तयारीको लागि भान्सेहरु नियुक्त गरिने छ ।

बिबिक्यु : खरिद मुल्य
बिक्री मुल्य
बिबिक्यु (जम्बो प्याकेज) :
(चिकनविङ 3, पर्कचप 3, पर्कबेलि 3, फिसबलबल 3, लामोससेज 3, टमाटरकोअचार 3)
__ $150
बिबिक्यु उपकरणहरू :
कोईला, स्टार्टर, लाईटर, २४”जाली, १२”चिम्टा, ग्लोब
__ निशुल्क
खानपान उपकरणहरु :
प्लेट,  ग्लास, चम्चा,  काँटा,  नेप्किन, प्लास्टिक ब्याग, गार्वेज ब्याग
__ निशुल्क
खाना :
खाना (१ प्लेट) : (भात, भुटुवा, भुटेको चना, अचार) __ $65
भुटेको चना __ $35
आलुदम __ $35
भुटुवा __ $65
सलाद __ $45
खिर __ $40
सेलरोटी __ $12
ड्रिङकसहरु :
सफ्ट ड्रिङकस : लेमनटि, जुस, कोक, फेन्टा, स्प्राइट,पानी, चिया, आईस __ $10
बियर : सेन्मीगर्ल, ब्लुगर्ल, काल्र्सबर्ग, हेनीकेन __ $10
वाइट हर्स (क्वार्टर) __ $60
वाईन (Yellow Tail) __ $100
रेडलेबल (१ लिटर) __ $200
चिभास, ब्ल्याक लेबल (७५० एमएल) __ $350

जिम्मेवारी : सुम्निमा खानपान तथा भान्सा विभाग

  1. विभागिय प्रमुख : जजिन राई
  2. विभागिय संयोजक : बसन्त कुमारी राई
  3. भान्सेहरु : (नियुक्ति भएको छैन)

खानपान बितरण

खानपान तथा बिबिक्युहरु कुपन द्वारा वितरण गरिने छ । वितरणको लागि वितरकहरु नियुक्ति गरिने छ । बिबिक्यु तथा खानपान बितरणमा छिट्टो छरितो कुशल ढंगले वितरण गर्न निम्न बिधि अपनाउनु पर्दछ ।

  1. कुपन हेरि सामाग्रीहरु दिन पर्दछ ।
  2. एउटा कुपनको सबै सामान एउटै बितरकले दिनु पर्नेछ । दुई जनाले दिन हुँदैन ।
  3. बितरकले समान दिई सकेपछि कुपन च्याति कुपन राख्ने भाँडामा राख्नु पर्दछ ।
  4. अन्त्यमा कुपन अनुसार समान गए नगएको कोषाध्यक्षले मिलान गर्नेछ ।
  5. बितरण संयोजकले ठिक सामान ठिक ठाउमा रहे नरहेको हेर्दै, आवश्यक सामानको माग गर्नुपर्ने छ ।
  6. बितरण संयोजकले सामान बितरण नगरि बितरकहरुले सहि सामान बितरण गरे नगरेको हेर्नु पर्दछ ।
  7. समान सकिएमा तुरुन्त कोषाध्यक्षलाई खबर गरि कुपन काट्न रोक्न पर्दछ ।
  8. कार्यक्रम हुन अगावै बितरकहरुलाई बिबिक्यु बितरण गर्ने तरिका प्रशिक्षण गराउनु पर्ने छ ।
  9. आवश्यक सामाग्रीहरु : ओपनर, प्लाष्टिक ब्याग, कुपन राख्ने भाँडा तयार पार्नु पर्दछ ।

जिम्मेवारी : सिक्रिमा बितरण तथा सेवा, सत्कार विभाग

  1. विभागिय प्रमुख : पबित्र बान्तवा राई
  2. विभागिय संयोजक : दुर्गाकान्त राई
  3. प्रमुख बितरक : धिरज बान्तावा राई
  4. बितरकहरु : (नियुक्ति भएको छैन)

अतिथि स्वगत

कार्यक्रममा अतिथि स्वगत गर्न फेटा, गम्छा, मायाको चिनो, फुलहरु तयार पारिने छ । अतिथिहरुलाई स्वगत गर्न किरात पोशाकमा सजिएकि छोरीचेलीहरु तयार गरिने छ ।

  1. गेटमा छोरीचेलीहरु स्वगतको लागि राख्ने ।
  2. अतिथिहरुलाई मंचमा ब्याज लगाई दिने ।
  3. औपचारिक कार्यक्रम सकिए पछि खानपान गराउने ।
  4. किराया हङकङको ब्राउजर, योजना तथा स्मारिका बितरण गर्ने ।

जिम्मेवारी : बाल, महिला, प्रौढ तथा अतिथि विभाग

  1. विभागिय प्रमुख : पविता पुमा राई
  2. विभागिय संयोजक : पेन्गुईन राई
  3. स्वंयसेविकाहरु : (नियुक्ति भएको छैन)

ढुवानी, ओसारपसार

कार्यक्रममा सामाग्रीहरु ओसार पसार गर्न, थन्क्याउन ढुवानी सेवा उपलब्ध गरिने छ ।

  1. कार्यक्रममा आवश्यक पर्ने बस्तुहरु ढुवानी गर्नु ।
  2. कार्यक्रममा पश्चात सबै बस्तुहरुलाई सुप्तुलुङ खिममा भण्डार गर्नु ।

जिम्मेवारी : पारुहाङ ढुवानी तथा ओसारपसार विभाग

  1. विभागिय प्रमुख : मनिराज राई
  2. विभागिय संयोजक : तेज साम्पाङ
  3. स्वंयमसेवकहरु : (नियुक्ति भएको छैन)

यातायात संचालन

बेलुकि फर्कन्दा ताईमोशन–चुनवान एमटिआर सम्म सशुल्क बस सेवा उपलब्ध गरिने छ । बस टिकेट काउन्टरबाट लिनपर्ने छ । टिकट दर १० डलर लाग्ने छ । बस छुट्ने समय, ७०० बजे, ७३० बजे, ८०० बजे रहनेछ ।

जिम्मेवारी : ब्यावसाय, रोजगार तथा यातायात विभाग

  1. विभागिय प्रमुख : दिपेन राई
  2. विभागिय संयोजक : तिलक वालाहाङ राई
  3. स्वंयमसेवकहरु : (नियुक्ति भएको छैन)

सुरक्षा/नियन्त्रण

कार्यक्रममा आकस्मिक दुर्घटना जोगाउन, प्राथमिक उपचार गर्न, हुलहुज्जत, झैंझगडालाई रोक्न तथा नियन्त्रण गर्न सुरक्षा सेवा उपलब्ध गरिने छ ।

  1. विना स्वीकृती कुनैपनि वस्तुहरु बेचबिखन गर्ने,  सहयोग रसिद बाँडने, वा कुनै पनि वस्तुहरु प्रचारप्रसार गर्ने कार्यलाई बन्देज गर्नु पर्ने छ ।
  2. कार्यक्रममा अत्याधिक मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, सर्वजानीक सम्पत्ति तोडफोड गर्नेलाई रोक्न आकस्मिक प्रहरि सेवा संचालन गर्नु पर्ने छ ।
  3. बिबिक्युको फोहोर मैलालाई छेउमा रहेको गार्वेज ब्यागमा लगाउनु लाउनु पर्ने छ । भुँईतिर फालेको भेटेमा सम्झाई बुझाई  गार्वेज ब्यागमा लगाउनु सिकाउनु पर्ने छ ।
  4. कार्यक्रम बिहान १० बजे देखि बेलुकि ६ बजे सम्म गराउनु पर्ने छ । ६ बजे ढोल, झ्याम्टा तथा साउण्ड सिस्टम बन्द गर्नु पर्ने जानकारी गराई रहनु पर्नेछ ।
  5. आवश्यक सामाग्रीहरु : प्राथमिक उपचारका सामाग्रीहरु, मास कन्ट्रोल गर्ने क्युबार, डोरीहरु तयार पार्नुपर्ने छ ।

जिम्मेवारी : आपतकालिन सहयोग तथा सुरक्षा विभाग

  1. विभागिय प्रमुख : राजु राई
  2. विभागिय संयोजक : (नियुक्ति भएको छैन)
  3. स्वंयमसेवकहरु : (नियुक्ति भएको छैन)

कार्यक्रम अनुगमन

कार्यक्रममा सुरक्षा तथा नियन्त्रण कस्तो भई रहेको छ । कार्यक्रममा सरसफाई तथा फोहरमैला ब्यावस्थापन कस्तो भई रहेको छ । यस्को अनुगमन प्रत्येक २ घण्टामा फिल्ड भिजिट गरिनेछ ।

  1. ३ः०० बजे – अनुगमन
  2. ५ः०० बजे – अनुगमन
  3. ७ः०० बजे – अनुगमन
  4. ९ः०० बजे – अनुगमन

जिम्मेवारी : संगठन बिस्तार तथा समन्वय विभाग

  1. विभागिय प्रमुख : हरिचन्द्र राई
  2. विभागिय संयोजक : रजिन राई

निर्माण सहयोग

सुप्तुलुङखिम मर्मत तथा निर्माण गर्न किराया हङकङले आयोजना गरेको हरेक कार्यक्रममा एक “सुप्तुलुङखिम मर्मत तथा निर्माण सहयोग संकलन डेस्क” राखिने छ । यस डेस्कबाट सुप्तुलुङ खिमको निर्माण योजनाहरु बितरण गर्दै सहयोग संकलन गर्न दाताहरुलाई अभिप्रेरित गरिने छ ।

  1. सहयोगदाताहरुको नामावली
  2. निर्माण योजना ब्राउजर,
  3. बोलकबोल फारम,
  4. सहयोग रसिद

जिम्मेवारी : सुप्तुलुङखिम मर्मत तथा निर्माण विभाग

  1. विभागिय प्रमुख : चन्द्रका राई
  2. विभागिय संयोजक : धिराज सामपाङ राई
  3. कार्यकारी सचिव : अधिराज राई

न्युज/रिपोर्टिङ

कार्यक्रमको न्युज/रिपोर्टिङ, उपस्थिति पुस्तिका, कार्यक्रमको फोटोग्राफि, भिडियोग्राफि तयार पारि अभिलेखिकरण गर्नु पर्नेछ ।

जिम्मेवारी : खेलकुद, संगीत,सहित्य, प्रकाशन विभाग

  1. विभागिय प्रमुख : बज्र कुमार राई
  2. विभागिय संयोजक : रामली राई

छपाई, प्रचार प्रसार

कार्यक्रमलाई आवश्यक पर्ने छपाई, सम्बन्धि कार्यहरु पोस्टर, ब्यानर, टिकेट, ब्याज, परिचयपत्र, प्रमाणपत्र छपाउनु पर्दछ । साकेला कार्यक्रम हुन १ महिना अगावै सुचना निकालि प्रचारप्रसार गर्नु पर्दछ । कार्यक्रममा निम्न सुचनाहरु हरेक ३० मिनेटमा एनाउन्स गरि रहनु पर्नेछ ।

  1. बिबिक्युको फोहोर मैलालाई छेउमा रहेको गार्वेज ब्यागमा लगाई दिन हुन हार्दिक अनुरोध गर्दछौं ।
  2. कार्यक्रम स्थलमा कुनैपनि वस्तुहरु बेचबिखन गर्न,  सहयोग रसिद बाँडन, वा कुनै पनि वस्तुहरु प्रचारप्रसार नगरि दिनहुन हार्दिक अनुरोध गर्दछौं ।
  3. कार्यक्रममा अत्याधिक मादक पदार्थ सेवन गरि झैझगडा नगरि दिनहुन, सर्वजानीक सम्पत्ति तोडफोड नगरि दिनहुन हार्दिक अनुरोध गर्दछौं ।
  4. कार्यक्रम बेलुकि ६ बजे सम्म हुनेछ । ६ बजे ढोल, झ्याम्टा, साउण्ड सिस्टम र स्टल बन्द हुने बिनम्र अनुरोध गर्दछौं ।
  5. बेलुकि छुट्ने बस ७.०० बजे, ७.३० बजे र ८.०० बजे चुनवान एमटिआर सम्मको लागि आउने छ । कृपया बस टिकेट काउण्टरबाट लिई दिनहुन हार्दिक अनुरोध गर्दछौं ।
  6. धन्यबाद ।

जिम्मेवारी : कार्यलय संचालन तथा प्रचारप्रसार विभाग

  1. विभागिय प्रमुख : गजेन्द्र राई
  2. विभागिय संयोजक : (नियुक्ति भएको छैन)

कार्यक्रम तालिका

१०:०० बजे – सरसजावट
१२:०० बजे – औपचारिक कार्यक्रम
१:०० बजे – साकेला शिली सुरु
६:०० बजे – सेउली उखेल्ने (बन्द)
७:०० बजे – बस छुट्ने
९:०० बजे – सरसफाई (अनुगमन)

कार्यक्रमको रुपरेखा

  1. अध्यक्ष आशन ग्रहण : ब्याज वा फुल बितरण (बाल, महिला, प्रौढ तथा अतिथि विभाग)
  2. प्रमुख अतिथि :किराया नेपाल वा आदिबासी जनजाति महासंघ हङकङ
  3. विशिष्ट अतिथिहरु :
    1. किरात याक्थुम चुम्लुङ हङकङ
    2. किरात सुनुवार सेवा समाज हङकङ
    3. किरात याक्खा छुम्मा हङकङ
    4. किराया बिदेश राष्ट्र (भए)
  4. विशिष्ट ब्याक्तित्वहरु :
    1. प्रमुख संरक्षक
    2. प्रमुख सल्लाहकार
    3. कुलपति
    4. प्रमुख कुबिमि
  5. बिशेष अतिथिहरु :
    1. नेपाली महासंघ हङकङ
    2. गैर आवासिय नेपाली संघ हङकङ
    3. नेपाल च्याम्बर अफ कर्मश हङकङ
    4. बृटिश गोर्खा भुपु सैनिक संघ
  6. बिशेष सम्मानित ब्याक्तित्वहरु :
    1. संरक्षकहरु
    2. सल्लाहकारहरु
    3. कूबीमीहरु
    4. संयोजकहरु
  7. अतिथिहरु : आदिवासी जनजाती महासंघ हङकङका सदस्य संस्थाहरु
    1. तमु ट्योहुल हङकङ
    2. मगर समाज हङकङ
    3. तामाङ घेदुङ हङकङ
    4. शेर्पा समाज हङकङ
    5. नेवार समाज हङकङ
    6. थकाली समाज हङकङ
    7. दुरा समाज हङकङ
    8. किरात राई अध्यक्ष भएका क्षेत्रिय संघसंस्थाहरु ।
    9. भाषिक संस्थाका अध्यक्षहरु
    10. आजिवन सम्मानित सदस्यहरु
  8. स्वगत तथा कार्यक्रमबारे जानकारी : उपाध्यक्ष
  9. उद्घाटन : अध्यक्ष र प्रमुख अतिथिबाट पानसमा दियो बाल्ने
  10. उद्घाटन धुन बजाउने (१ मिनेटको)
  11. कूबीमीहरुलाई फेटा गुथाउने – बिभाग प्रमुखबाट
  12. शिलिमोपा र शिलिमोमालाई फेटा गुथाउने – बिभाग प्रमुखबाट
  13. सम्मान तथा कदरपत्र बितरण गर्ने भए : प्रमुख अतिथिबाट
  14. लोकार्पन गर्ने भए गरि लोकार्पन गर्नेको मन्तब्य
  15. शुभकामना तथा मन्तब्य :
    1. बिशेष अतिथिबाट – नेपाली महासंघ (सम्पुर्ण अतिथिहरुको तर्फबाट)
    2. बिशिष्ठ अतिथिबाट – किरात याक्थुङ चुम्लुङ (४ किरातबाट)
    3. प्रमुख अतिथिबाट –
  16. कार्यक्रम समापन – अध्यक्षबाट
  17. साकेला नाच शुरु गर्न लगाउने । (यतिवेला साकेला प्रर्थना बाचन गर्ने)
  18. कूबीले पूजागरि निक्ले पश्चात सबैलाई नाच्न अव्हान गर्ने
  19. अन्त्यमा अतिथि खानपान बितरण :

संक्षिप्त कार्य बाँडफाँड

क्र.सं. कार्य बाँडफाँड विभाग
1 स्वंयमसेवक ब्यावस्थापन तथा अनुगमन संगठन बिस्तार तथा समन्वय विभाग
2 कुर्सि, टेबल, टेन्ट, टोईलेट ब्यावस्थापन सुप्तुलुङखिम मर्मत तथा निर्माण विभाग
3 न्युज/रिपोर्टिङ, अडियो, भिडियो, फोटो युवा खेलकुद, संगीत, सहित्य विभाग
4 कार्य संचालन, छपाई, प्रचारप्रसार कार्यलय संचालन तथा प्रचारप्रसार विभाग
5 फेटा, गम्छा, मायाको चिनो, फुल मालाहरु बाल, महिला, प्रौढ तथा अतिथि विभाग
6 खरिद बिक्री, आर्थिक कोष ब्यावस्थापन सम्पति तथा कोष–अभिवृद्धि विभाग
7 खानपान तयारी ब्यावस्थापन/ कुकिङ सुम्निमा खानपान तथा भान्सा विभाग
8 खानपान बितरण ब्यावस्थापन/ सर्भिङ सिक्रिमा बितरण तथा सेवासत्कार विभाग
9 ढुवानी, भण्डार तथा ओसारपसार पारुहाङ ढुवानी तथा ओसारपसार विभाग
10 थान थपना, उद्घाटन सामाग्री ब्यावस्थापन किरात धर्म संरक्षण तथा संस्कार विभाग
11 भेसभुषा, गरहगहना, कलाकार ब्यावस्थापन शिली संकलन तथा संस्कृति विभाग
12 साउण्ड, लाईटनिङ , म्युजिक, सरसजावट मौलिक संकलन तथा सरसजावट विभाग
13 सरसफाई तथा फोहरमैला ब्यावस्थापन सरसफाई तथा फोहरमैला संकलन विभाग
14 सशुल्क यातायात सेवा ब्यावस्थापन ब्यावसाय, रोजगार तथा यातायात विभाग
15 सुरक्षा, प्राथमिक उपचार, नियन्त्रण आपतकालिन सहयोग तथा सुरक्षा विभाग

चुलापुजा उभौली

डाउनलोड :

कार्यक्रम रुपरेखा एमएसवर्ड पिडिएफ

साकेला उभौलीका केही झलकहरु :

13266035_1323837387646290_7140485448909307089_n