साकेला उधौली

Udhauli4

साकेला उधौली बारेमा

उधौली भनेको मंसिरे पुर्णे देखि ऋतु परिवर्तन भै हिमाल तिर अत्यधिक जाडो बढ्ने, चिसो हावा चल्ने, हिउँ पर्ने हुंदा पशुपंक्षी, चराचुरूङ्गी, माछाहरू जाडो/चिसो हावापानी छल्नलाई तातो स्थान खोज्दै, उधो तराई तर्फ जाने हुनाले “उधौली” भनिएको हो । किराती पुर्खाले समयको मापन गर्न उधौली र उभौली गरेर बर्षलाई दुईभागमा बिभाजन गरेको पाईन्छ ।

किराँत समुदायले आफुले लगाएको अन्नबाली पाकेपछी प्रकृति र पूर्खालाई चढाएपछि मात्र खाने चलन छ । उधौलीमा खेतीबाली पाकेर थन्क्याउने समय भएको हुंदा पहिला पितापुर्खाहरुलाई चढाएर अन्नको सह माग्दै,रुपैया पैसाका सह माग्दै, पशु पंक्षीहरू फैलियोस, सबै जिवजन्तु, बोटबिरूवा, खोलानाला, हिमाल पहाड, बन जंगल, आकाश पाताल, जुन घाम, तारा सबै नै सन्तुलित रहि रहोस भनि किरात राईहरुको आदिम पितृदेव पारुहाङ सुम्निमा तथा तोयामा खियामा हेच्चाकुप्पा नागेलुम तथा प्रकृतिको संझना गर्दै तिन चूलाबाट बल माग्ने कार्य गरिन्छ । यस चाडमा चेली, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार ख्वाउने चलन रहेको छ । यस चाडलाई विशेषत मेलमिलापको चाडको रूपमा पनि मनाउने गरिन्छ । बर्षभरिमा कसैसंग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो व्यक्ति जेठो साइनोको घरमा कोसेली, उपहार बोकेर जाने र बोलचाल गर्ने चलन रहेको छ । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र आदर गर्नुपर्दछ यसरी यो चाडले मेलमिलाप, भेटघाटको अवसर पनि प्रदान गर्ने भएकोले सामाजिक सहिष्णुता कायम राख्न महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।

साकेला सिलि बारेमा

सिलि भनेको कुनै चिजको हाउभाउ (Caricature) गर्नुलाई बुझिन्छ । किराँतहरूको साकेला सिलि पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । साकेला पूजा गरेको दिन सामुहिक रूपमा हातमा अर्ना भैसींको सिंग, चौरीको पुच्छर, सिलिमि, पोमी, चमर र सिम्कौली सेउली लिएर ढोल, झ्याम्टाको तालमा रिसिया गाउंदै मानव जन्मदेखि मृत्युसम्मका हरेक कृयाकलापको हाउभाउ गर्दै गोलाकार घेरामा रहेर साकेला सिलि नाचिन्छ । यस बेला मानव जगत संगसंगै आएको चरा चुरुङगी, पशु जनवारहरुको समेत कृयाकलापहरु लाई हाउभाउ गर्दै नाचिन्छ । सिली नाच्नुको उदेश्य पिता पुर्खाहरूको गरि ल्याएको कृयाकलापहरुको संम्झना गर्नु हो । पिता पुर्खाहरूले गरि ल्याएको कृयाकलापहरुलाई अाफ्नो शाखा सन्तानहरूमा फैलाउनु हो । तत्कालिन अवस्थामा मानव जगतसंग नजिक रहेको पशुपंछीको ईतिहास थाहा पाउनु हो । सिली नाच्नु भनेको ईतिहासलाई जिवित राख्दै पुस्ता हस्तान्तरण गर्दै जानु हो ।

साकेला सिलिमा पुरुषहरू राईहरू आफ्नो जातीय पहिरन दौरा-सुरूवाल, कोट, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा सजिएर साकेला सिलीमा ताल मिलाउदै नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि बिनायो तथा छातीमा हारी झुन्ड्याएर, पहेंलपुर गरगहनामा सजिएर नाच्छन् । साकेला नाचमा अहिले सबै जातीका युवायुवतीको सहभागिता बढ्दो छ ।

कार्यक्रमको उदेश्य

  1. किरात राईहरुको संस्कार संस्किृतिको जर्गेना
  2. पुर्खाहरूको  संम्झना गर्नु हो ।
  3. पुर्खाहरूले गरि ल्याएको कृयाकलापहरुलाई शाखा सन्तानहरूमा फैलाउनु ।
  4. पुर्खाहरुको ईतिहास थाहा पाउनु हो ।
  5. ईतिहासलाई पुस्ता हस्तान्तरण गर्दै जानु ।

लक्षित समुह

  1. बाल बच्चा देखि बयोबृद्ध सम्पुर्ण सबै उमेरका मानिसहरु
  2. जुनसुकै धर्म संस्कार संस्कृतीमा आस्था राख्ने मानिसहरु
  3. जुनसुकै देशका मानिसहरु

कार्यक्रम मिति, समय र स्थान

मिति : ६ मे २०१८ आईतबार
समय : १० बजे देखी ६ बजे सम्म
स्थान : ताई मो शान कन्ट्रि पार्क
आयोजक : किराया हङकङ

अनुसुचि २

अनुमानित खर्च

  1. कन्ट्रि पार्क बुकिङ
  2. ढुवानी खर्च
  3. ब्यानर, सरसजावट
  4. ब्याज, फुल, फेटा, गम्छा
  5. अतिथि खानपान
  6. बिबिक्यु खरिद

आम्दानीको श्रोत

बिबिक्यु बेचखिन गरि आम्दानी जुटाईने छ । यस्को लागि अग्रिम टिकट बेचखिन गरिने छ ।

बिबिक्यु बिटकट

बिबिक्यु टिकट प्रति ब्याक्ति २०० डलरको दरले बनाईने छ र १००० थान छपाई गरिने छ । टिकट बिक्री बितरण गर्न हरेक भाषिक संस्थालाई १०० थानको दरले बितरण गरिने छ ।

अनुसुचि ३

साकेला थान थपना

साकेला सिली नाच्न अस्थाई थान बनाई एउटा लिङ्गो गाडन पर्दछ । लिङ्गोसंगै फूलहरु (बोट सहितको) पनि गाडन पर्दछ । एक कठुवा रक्सि र कलश पनि त्यहिनिर राख्नु पर्दछ । भाला पनि लिङ्गोको फेदमा गाडन पर्दछ ।

  1. थान थपनाको लागि सेउली, केराको पात र फुलपातीहरु ।
  2. पौराणिक हात हतियारहरु, धनुकाँड, भाला, खुकुरी, हसियाँ, खुर्पा आदि ।
  3. थुम्से, डालो, नाङलो, माना, पाथि, बासको ढुङग्रो, भाँडा कुँडाहरु ।
  4. कासको थाल, चामल, चोखो अदुवा, धुप, दियो बत्ति, लाईटर, कलश ।
  5. अन्नहरु धान, कोदो, कागुनी आदि ।
  6. रक्सि भरेको चिण्डो (रक्सि पाएन भने कोदो र मर्चा मिसाएको) ।

बिबिक्यु तथा खानपानहरु

  1. मौलिक खानपानहरु : आलुदम, भुटुवा, माछा, सलाद, खिर, कुराउनी, सेलरोटी
  2. मौलिक पेयपदार्थहरु : चिया, दही, मही, जाँड, तोङबा, रक्सी
  3. बिबिक्यु : विङग, रिब, बेलि, फिसबल, ससेज, टमाटरको अचार, आईस
  4. बिबिक्यु उपकरणहरू : कोईला, स्टार्टर, लाईटर, जाली, चिम्टा, ग्लोब, ब्याग
  5. खानपान उपकरणहरु : प्लेट,  ग्लास, चम्चा,  काँटा,  नेप्किन, गार्वेज ब्याग
  6. सफ्ट ड्रिङकसहरु : कोक, फ्यान्टा, स्प्राईट, लेमन टि, भिटा जुुुस, रेडबुल, पानी
  7. हार्ड ड्रिङकसहरु : रेडलेबल, ब्ल्याकलेबल, चिभास, वाईन, ब्लुगर्ल, सेनमिगल
अनुसुचि ४

साकेला सुचना

सुचना साकेला हुन १ महिना अगावै निकाल्न पर्दछ ।

किरात राई यायोक्खा हङकङले सदा बर्षझैं यस बर्षपनि साकेला उधौली आयोजना गर्न लागी रहेको जानकारी गराउदछौं । साथमा सशुल्क बिबिक्यु सेवा पस्कने समेत जानकारी गराउदछौं छौं । साकेलामा उपस्थितहुन चाहाने महानुभावहरुलाई सकभर मौलीक भेषभुषामा उपस्थितीको लागी हार्दिक निमण्त्रणा गर्दछौं ।

बन्देजहरु

  1. विना स्वीकृती कुनैपनि वस्तुहरु बेचबिखन गर्ने,  सहयोग रसिद बाँडने, वा कुनै पनि वस्तुहरु प्रोमोशन गर्ने कार्यलाई बन्देज गरिने छ ।
  2. कार्यक्रममा जताभावी फोहोर मैला फ्याक्ने, सर्वजानीक सम्पत्ति बिगार्ने कार्यलाई बन्देज गरिने छ ।
  3. कार्यक्रममा अत्याधिक मादक पदार्थ सेवन गरि झैझगडा गर्ने कार्यलाई बन्देज गर्न आकस्मिक प्रहरि सेवा संचालन गरिने छ ।

स्विकृती

तपाँईहरुको कुनै कृतीहरु बिमोचन वा लोकार्पण गर्ने भए कार्यक्रम हुनु ७ दिन अगावै किराया हङकङमा स्विकृतीको लागी आवेदन फारम भर्नु हुन अनुरोध गर्दछौं ।

साकेला सिलि शुरु गर्ने तरिका

  1. एउटा थुन्सेमा  कोदो, धान, सेउली, केराको पात, खुर्पाहरु, धुपबत्ति राखी चोखो कपडाले ढाकेर कन्या केटा वा बुढापाका ब्यक्तिलाई बोक्न लगाउने ।
  2. थानमा जादा सवैभन्दा अगाडी कुबिमि, अनि थुम्से बोक्ने, त्यसपछि शिलिमोपा, शिलिमोमा र शिलिकारहरु (बिच बिचमा झ्याम्टे, ढोलेहरु हिडने) ।
  3. साकेला थानमा आएपछि थुन्से राखी कुबीले धुप बत्ति गर्नेछ अनी मुन्धुम बाचन गर्दै मानव स्वस्थ्य, अन्नपानी, धनसम्पतीको सह माग्नेछ ।
  4. यसबिचमा शिलीमोपा, शिलिमोमा, शिलिकारहरु गोलो भएर शिलि नाच्दछ ।
  5. कुबी बाहिर निस्केपछि सवै जनालाई सिली नाच्दै साकेला पर्व मनाउने ।
  6. अन्त्यमा सेउली उखेली शिलि समापन गरिनेछ ।

साकेला पार्थना

हे पितापुर्खाहरुहो,
हे सुम्निमा पारुहाङ ।
हे नागनगेनी, सिमेभुमेहरु हो ।
हे बुद्धिजिवी, अग्रजहरु हो ।
हे कूबीमी, दीबूमीहरु हो ।

हामी साकेला पुज्न आएका छौं ।
हामीलाई राम्रो गरिदिनुहोस,
तपाँईहरुलाई चोखो रक्सि जाँड चढाएका छौं,
सबैलाई शुभ आर्शिबाद प्रदान गरिदिनुहोस ।

हे नागनगेनी, पाखा पखेरा, बनजंगल,
हामी हातहतियार ढोल झ्याम्टा,
सामा सरदमको साथ लिई,
महिलाहरु, बुद्धिजिवीहरु र
अग्रजहरुको साथ लिई,
हाम्रो नरनाताहरु,
सबै जिवजन्तु र प्रकृतिको संरक्षण माग्दै
कूबीमी र बुद्धिजिवीहरुको साथ लिई
अन्नपात, रुपैयाँपैसाको साथ,
यहाँहरुको भक्ति गरि रहेछौं ।
साँचो सत्य देखाई दिनुहोस ।
छलकपटबाट बचाई दिनुहोस ।

हामीलाई अन्नपात दिनुहोस ।
हामीलाई रुपैयापैसा दिनुहोस ।
हामीलाई दिर्घायु दिनुहोस ।
हामीलाई आर्शिबाद दिनुहोस ।
आपत बिपतबाट जोगाउनु होस ।
आजको अवस्था भन्दा,
अझ अघि बढ्न बाटो देखाई दिनुहोस ।

हामीले यहाँ चिण्डोको चोखो जाँड रक्सि चढाएका छौं ।
यहाँहरुलाई भक्ति गरेका छौं ।
हामीलाई उज्वल भविश्य दिनुहोस ।

अन्नपातको सह, रुपैयापैसाको सह दिनुहोस ।
कूबीमी, बुद्धिजिवीहरु तथा नरनाता सबैलाई,
दिर्घायु आशिर्वाद दिनुहोस ।
परापुर्वकालबाटै रैछाकुले नागेलुङ,
तपाँईहरुले गरिल्याएको रीतिअनुसार,
यहाँहरुको भक्ति गरिरहेका छौं ।

हे पिता पुर्खाहरु हो ।
हामी तपाँईहरुकै साखा सन्तान हौं ।
हामी नजान्ने नबुझ्ने अन्जान छौं ।
हामीलाई ज्ञान दिई अघि बढ्न बाटो देखाउनुहोस ।

हाम्रो दाजुभाई दिबिहिनीको साथ लिई
परम्परागत रिति तिथिका साथ
हाम्रो ढोले, झ्यम्टेहरुसंग
अर्को साल पनि यसै गरि पुजा गर्ने छौं, प्रार्थना गर्ने छौं

जय नागनगेनीहरु हो
जय सुम्निमा पारुहाङ
जय पिता पुर्खाहरु हो ।

साकेला मुन्धुम

हमो… बूक्छामी रियाहँचेउ नागा ह्यालापा साप्सामी रीयाहँचेउ तायामी, ताङखीमी, रीयाहँचेउ कूबीमी, दीबूमी रीयाहँचेउ साखेल्खू सूबीखू फल्सी खातेकालो, छीलाम धीलामसँ पेकानुम । चासूम, बूलूलो रुँरी ङसी खातेकालो झाराकमी मून्छँ खँमेकानुम । न खामवखाप्चीवा लँ लीसीहँनीकपी । छूछूलूङ ततूलूङ मानूम्न । साखेवाहँपाचीलो चासूम बूलूम ङाकूम्काकपी रुँरी साखा पतानूम्वो नीनाम्बूङ माखाबूङसँ छाम छासूचीनेवो बूक्छामी रीयाहँचेउ । कङा आम्नु चाचायोछा कूबीदूङ मान्ङीसूँपा बबँसूपा सूयापामो अँ साकाम्छीना दोदूम्छीलो कँरँछी, चारीछीलो रम्पूवालो अँ मसूमे मेदूमेलो, कङकदे केरेरेलो चूप्सँनी बँतँनीचीलो नूवामी सानूमीलो, चासूमी बूलूमीलो सीखीमी, तायामी ताङखीमीलो नाम्म सेला खीयतोसँ आतामाङा सायासाम्दूङ लायानी, रम्पूवा लायीनीके नागा ह्यालापा साप्सामी रीयाहँचेउ

कार्य बाँडफाँड

  1. शिलि संकलन तथा संस्कृति बिभाग – कलाकार ब्यावस्थापन
  2. सुम्निमा भान्सा तथा खानपान बिभाग – बिबिक्यु तथा खानपान तयार
  3. युवा खेलकुद, संगीत तथा संचार बिभाग – बिबिक्यु बितरण
  4. अतिथि हेरबिचार तथा सत्कार बिभाग – अतिथि खानपान बितरण
  5. सम्पती तथा कोष अभिवृद्धि विभाग – सामाग्री खरिद बिक्री
  6. ढुवानी, भण्डार तथा ओसारपसार बिभाग – ओसार पसार तथा थन्क्याउने
  7. ब्यावसाय, रोजगार तथा यातायात बिभाग (परिवर्तन) – यातायात ब्यावस्थापन
  8. कार्यलय संचालन तथा छपाई विभाग – निमन्त्रणा, ब्यानर, प्रमाणपत्र छपाई
  9. किरात धर्म संरक्षण तथा संस्कार विभाग – थान थपना, उद्घाटन धुन तथा उद्घाटन सामाग्रि
  10. बाल, महिला, प्रौढ तथा स्वागत बिभाग – ब्याज, फुल, फेटा, गम्छा तयार तथा अतिथि स्वागत
  11. मौलिक संकलन तथा सरसजावट बिभाग – टेबल, कुर्सी, टेन्ट, साउण्ड , लाईटिङ, साकेला गिती क्यासेट ब्यावस्थापन तथा सरसजावट
  12. फोहरमैला संकलन तथा सरसफाई विभाग – फोहरमैला संकलन तथा ब्यावस्थापन
  13. आपतकालिन सहयोग तथा सुरक्षा बिभाग – नियन्त्रण, प्राथमिक उपचार तथा सुरक्षा सेवा
  14. सुप्तुलुङ मर्मत तथा निर्माण बिभाग – चुलाघर बोलकबोल तथा सहयोग संकलन
  15. किरात राई प्रज्ञा पतिष्ठान – यलम्बर स्मारिका प्रकाशन तथा बितरण
  16. संगठन बिस्तार तथा समन्वय विभाग – आन्तरिक समन्वय तथा स्वंयमसेवक परिचालन
अनुसुचि ५

कार्यक्रम तालिका

१०:०० बजे – कार्यक्रम स्थलमा सामान ढुवानी
१२:०० बजे – औपचारिक कार्यक्रम
०६:०० बजे – समापन तथा बेचबिखन बन्दको घोषणा
०६:३० बजे – समापन (सेउली उखेल्ने)
०७:०० बजे – सामान लोडगरि सक्ने र फिर्ता

कार्यक्रमको रुपरेखा

  1. आशन ग्रहण :
    1. अध्यक्ष
  2. प्रमुख अतिथि :
    1. किराया नेपाल (सम्भव भए)
    2. आदिबासी जनजाति महासंघ हङकङ
  3. बिशेष अतिथिहरु :
    1. नेपाली महासंघ हङकङ
    2. गैर आवासिय नेपाली संघ हङकङ
    3. नेपाल च्याम्बर अफ कर्मश हङकङ
    4. बृटिश गोर्खा भुपु सैनिक संघ
  4. बिशिष्ठ ब्यक्तित्वहरु :
    1. किराया बिदेश शाखा (सम्भव भए)
    2. कूलपति
    3. संरक्षकहरु
    4. सल्लाहकारहरु
    5. प्रमुख कूबीमी
  5. संयोजकहरु : भाषिक संस्था
    1. चाम्लिङ खाम्वातिम
    2. दुमी फन्सिकिम
    3. साम्पाङ जुम्लेखा
    4. बान्तावा यायोक्ला
    5. पुमा तुप्खा
    6. थुलुङ सामा
    7. कोयि किम
    8. बाहिङ मुलखिम
  6. अतिथिहरु : आदिवासी जनजाती महासंघ हङकङका सदस्य संस्थाहरु
    1. किरात याक्थुङ चुम्लुङ हङकङ
    2. किरात सुनुवार सेवा समाज हङकङ
    3. किरात याक्खा छुम्मा हङकङ
    4. तमु ट्योहुल हङकङ
    5. मगर समाज हङकङ
    6. तामाङ घेदुङ हङकङ
    7. शेर्पा समाज हङकङ
    8. नेवार समाज हङकङ
    9. थकाली समाज हङकङ
    10. दुरा समाज हङकङ
  7. किरात राई अध्यक्ष भएका क्षेत्रिय संघसंस्थाहरु
  8. किरात राई अध्यक्ष भएका अन्य संघसंस्थाहरु
  9. ब्याज वा फुल बितरण : बाल, महिला, प्रौढ तथा स्वागत बिभाग
  10. साकेल उधौलीबारे जानकारी : उपाध्यक्ष
  11. कार्यक्रम समापन हुने समय बताउने : कार्यक्रम संचालक
  12. उद्घाटन : अध्यक्ष र प्रमुख अतिथिबाट पानसमा दियो बाल्ने
  13. उद्घाटन धुन बजाउने (१ मिनेटको)
  14. कूबीमीहरुलाई फेटा गुथाउने – बिभाग प्रमुखबाट
  15. शिलिमोपा र शिलिमोमालाई फेटा गुथाउने – बिभाग प्रमुखबाट
  16. सम्मान तथा कदरपत्र बितरण गर्ने भए : प्रमुख अतिथिबाट
  17. लोकार्पन गर्ने भए गरि संयोजकको मन्तब्य
  18. किराया हङकङ तथा सुप्तुलुङ निर्माण बारेमा : प्रज्ञा प्रतिष्ठान
  19. शुभकामना तथा मन्तब्य :
    1. बिशिष्ठ ब्याक्तित्वहरुबाट – किराया (बिदेश शाखा भए)
    2. बिशेष अतिथिबाट – नेपाली महासंघ (सम्पुर्ण अतिथिहरुको तर्फबाट)
    3. प्रमुख अतिथिबाट – किराया नेपाल/आदिवासी जनजाती महासंघ
  20. कार्यक्रम समापन – अध्यक्षबाट
  21. साकेला नाच शुरु गर्न लगाउने । (यतिवेला साकेला प्रर्थना बाचन गर्ने)
  22. कूबीले पूजागरि निक्ले पश्चात सबैलाई नाच्न अव्हान गर्दै
  23. अन्त्यमा अतिथि खानपान बितरण : अतिथि हेरबिचार तथा सत्कार बिभाग