साकेला उधौली

किरात राईहरुले घरको बिचभागमा तिनमा चुला राखेका हुन्छन । चुलाको ठिक माथि भार हुन्छ । भार भन्दा माथि पित्रीकक्ष राखेका हुन्छन । कसैले पित्रीकक्षलाई सुँवा, कसैले मछेम, कसैले मछामा वा मछाकुमा भन्दछ । भाषिक राई अनुसार फरक नामले पुकारन्छि । पित्रीकक्षमा परापुर्वकाल देखी मरेर गएका पिता पुर्खाहरुको मृतआत्मा बसेको हुन्छ भनि विस्वास गरिन्छ । त्यसैले बर्षमा एक पटक जाडो मौसम लागे पछि धान, कोदो पाक्ने वेला, सयपत्री फुल, घैया र नया अदुवा फुलेको फलेको समयमा पित्री पुजा (उधौली) गरिन्छ ।  पितृपुजा गरेको दिन खन्ने, जोत्ने र टिप्ने कामहरु केहि पनि गरिदैन । घरका मुख्य बुढापाखाहरुले पित्री पुजा नगरिन्जेल नया धान, कोदो र अदुवा खानु हुदैन ।  पितृपुजा गरिसके पश्चात सवै दाजुभाइ दिदिबहिनीहरु रमाइलो गरी साकेला शिली नाच्दछन । हङकङको परिप्रेक्ष्यमा समयको अभावले गर्दा मंसिरे पुर्णेपछिको आईतबारका दिन साकेला उधौली मनाउने चलन छ ।

Udhauli4

औपचारिक कार्यक्रमको रुपरेखा

  1. आशन ग्रहण :
    1. अध्यक्ष
    2. प्रमुख अतिथि–आदिबासी जनजाति महासंघका अध्यक्ष
    3. बिशिष्ठ अतिथि : नेपालबाट कुनै प्रमुख ब्यक्ति आएको भए
    4. बिशेष अतिथि–नेपाली महासंघ, एनआरएन, च्याम्बर, बृटिश गोर्खा भुपु
    5. अतिथिहरु–आदिबासी जनजाति संगठनका अध्यक्षहरु र किरात राई अध्यक्ष भएका संघ संस्थाहरु
    6. सल्लाहकारहरु
    7. भाषिक/भ्रातृ संगठनका अध्यक्षहरु
  2. ब्याज वा फुल बितरण : सिक्रिमा अतिथि स्गगत तथा सत्कार सेवा बिभाग
  3. साकेला उभौलीबारे जानकारी : उपाध्यक्ष
  4. उद्घाटन : प्रमुख अतिथिबाट
  5. कूबीमी द्वयलाई फेटा गुथाउने –
  6. शिलिमोपा र शिलिमोमालाई फेट गुथाउने –
  7. सम्मान तथा कदपत्र बितरण गर्ने भए : प्रमुख अतिथिबाट
  8. लोकार्पनको कार्यक्रम भए – लोकार्पन गराउनेको मन्तब्य
  9. शुभकामना तथा मन्तब्य :
    1. सम्पुर्ण नेपालीहरुको तर्फबाट – नेपाली महासंघ
    2. प्रमुख अतिथिबाट – आदिवासी जनजाती महासंघ
  10. औपचारीक कार्यक्रम समापन : अध्यक्षबाट
  11. साकेला नाच शुरु : कूबीमी, शिलीमोपा, शिलीमोमा र कलाकारहरुबाट
  12. साकेला पार्थना बाचन :
  13. कूबीमीले थानमा बखानी निस्केपछि अन्यलाई नाच्न खुल्ला छाड्ने
  14. अतिथि खानपान बितरण : सिक्रिमा अतिथि स्गगत तथा सत्कार सेवा बिभाग

निमन्त्रणा गर्नुपर्नेहरु:

  • प्रमुख अतिथि : आदिबासी जनजाती महासंघ
  • बिशिष्ठ अतिथि : नेपालबाट कुनै प्रमुख ब्यक्ति आएको भए
  • बिशेष अतिथि : नेपाली महासंघ, च्याम्बर, एनआरएन, बृटिश गोर्खा भुपु
  • अतिथिहरु : आदिबासी जनजाति संगठनका अध्यक्षहरु र किरात राई अध्यक्ष भएका संघ संस्थाहरु
  • सल्लाहकारहरु :
  • भाषिक तथा भ्रातृ  संस्थाका अध्यक्षहरु :

साकेला नाच शुरु गर्ने तरिका

  1. एउटा थुन्सेमा कोदो, धान, सेउली, केराको पात, खुर्पाहरु, धुपबत्ति राखी चोखो कपडाले ढाक्ने ।
  2. त्यसपछि थुन्सेलाई कन्या केटा वा बुढापाका ब्यक्तिले बोकी साकेला थानमा लाने ।
  3. थानमा जादा सवैभन्दा अगाडी कुबिमि रिसिया गाउदै हिडने, अनि थुम्से बोक्ने हिड्ने
  4. त्यसपछि शिलिमोपा, शिलिमोमा, शिलिकारहरु मसुमे, ढोलेहरु शिलि गर्दै हिडने ।
  5. साकेला थानमा आएपछि थुन्से राखी कुबीले धुप बत्ति गर्नेछ । अनी
  6. कुबिले मुन्धुम बाचन गर्दै मानव स्वस्थ्य, अन्नपानी, धनसम्पतीको सह माग्नेछ ।
  7. यसबिचमा शिलीमोपा, शिलिमोमा, शिलिकारहरु गोलो भएर ५ वटा सम्म शिलि नाच्ने ।
  8. अन्त्यमा शिलीमोपा र कलाकारहरुलाई छाडेर कुबी र अन्य थुम्से बोकी बाहिर निस्कने ।
  9. त्यस पछि सवै किरातीहरु थानमा पसि सिली नाची साकेला पर्व मनाउने ।
  10. यसै समयमा सगुनहरु अतिथीहरुलाई खुलाउने ।
  11. शिली नाचि सकेपछि अन्त्यमा सेउलीको लिङगो उखेली शिलि समापन गरिनेछ ।

साकेला पार्थना बाचन

हे बुक्छामी रियाहँ हो
हे नागा ह्यालापा साप्सामी रीयाहँ हो
हे बुद्धिजिवी, अग्रज रीयाहँ हो
हे कूबीमी, दीबूमी रीयाहँ हो
साकेला सूवीव पुज्न आएको बखत
सबैकुराको चिनो देखाईदिनुहोस
यहा तपाँईलाई चोखो रक्सि चढाउदै छौं
रिसाएर कुनै अशुभ नगरि दिनुहोला
नागनगेनीसंग अन्न, रुपैयापैसाको सह मागेका छौं
दिर्घायु तथा आर्शिबाद दिनुहोस है ।
भगवानले सधैं साथ दिईरहोस बूक्छामी रीयाहँ हो ।
हामी तपाँईहरुकै साखा सन्तान
केही नजान्ने नबुझ्ने अन्जान हौं
हाम्रो साकाम्छी, दोदुम्छीको साथ लिई
कँरँछी, चारीछीको साथ लिई
परम्परागत रितिका साथ
हाम्रो मसुमे मेदुमे कङकदे केरेरेहरुसंग
चूप्सनी बँतँनी र नुवामी सानूमीहरुसंग
चासूमी, बूलूमी र सीखीमी तायामी ताङखीमीहरुसंग
अर्को साल पनि यसै गरि भक्ति गर्ने छौं,
पुजाअर्चना गर्ने छौं
जय बुक्छामी रियाहँ हो
जय नागा ह्यालापा साप्सामी रीयाहँ हो

साकेला थानमा कूबीमीले बखान्ने मुन्धुम

हमो… बूक्छामी रियाहँचेउ
नागा ह्यालापा साप्सामी रीयाहँचेउ
तायामी, ताङखीमी, रीयाहँचेउ
कूबीमी, दीबूमी रीयाहँचेउ
साखेल्खू सूबीखू फल्सी खातेकालो,
छीलाम धीलामसँ पेकानुम ।
चासूम, बूलूलो रुँरी ङसी खातेकालो
झाराकमी मून्छँ खँमेकानुम ।
न खामवखाप्चीवा लँ लीसीहँनीकपी ।
छूछूलूङ ततूलूङ मानूम्न ।
साखेवाहँपाचीलो चासूम बूलूम ङाकूम्काकपी
रुँरी साखा पतानूम्वो
नीनाम्बूङ माखाबूङसँ छाम छासूचीनेवो
बूक्छामी रीयाहँचेउ ।
कङा आम्नु चाचायोछा कूबीदूङ
मान्ङीसूँपा बबँसूपा सूयापामो
अँ साकाम्छीना दोदूम्छीलो
कँरँछी, चारीछीलो रम्पूवालो
अँ मसूमे मेदूमेलो, कङकदे केरेरेलो
चूप्सँनी बँतँनीचीलो
नूवामी सानूमीलो, चासूमी बूलूमीलो
सीखीमी, तायामी ताङखीमीलो
नाम्म सेला खीयतोसँ
आतामाङा सायासाम्दूङ लायानी, रम्पूवा लायीनीके
नागा ह्यालापा साप्सामी रीयाहँचेउ


कार्य बाँडफाँड

(१) स्वागत –  चुलाघर निर्माण तथा ब्यावस्थापन बिभाग
(२) थान तयारी तथा पुजा –  किरात धर्म, संस्कार संरक्षण तथा चुलादर्शन सेवा विभाग
(३) साकेला प्रदर्शनी – सांस्कृतीक प्रदर्शनी तथा साकेला श्रब्यदृश्य निर्माण विभाग
(४) सरसजावट तथा प्रचार प्रसार  – तयमाखियामा सरसजावट तथा सुचना प्रसार बिभाग
(५) फोटो तथा अभिलेखिकरण –  दस्तावेजीकरण, छपाई तथा दृश्यंकन विभाग
(६) बिबिक्यु ब्यावस्थापन – किरात राई युवा खेलकुद, संगीत तथा तालिम बिभाग
(७) सहभागिता – बालबालिका प्रशिक्षण तथा प्रौढ सहभागिता बिभाग
(८) सामाग्री खरिद – सामाग्री खरिद, कोष अभिबृद्धी तथा सम्पती ब्यावस्थापन विभाग
(९) ढुवानी ओसारपसार –  पारुहाङ ढुवानी, ओसारपसार तथा भण्डार विभाग
(१०) मौलिक खानपान – सुम्निमा मौलिक खानपान तथा भान्छा सेवा बिभाग
(११) अतिथि सत्कार – सिक्रिमा अतिथि स्गगत तथा सत्कार सेवा बिभाग
(१२) सुरक्षा नियन्त्रण सरसफाई – सुरक्षा, नियन्त्रण, सरसफाई तथा स्वयंसेवक परिचालन बिभाग
(१३) प्राथमिक उपचार – आपतकालिन सरसहयोग बिभाग

तयमाखियामा सरसजावट तथा सुचना प्रसार बिभागको काम :

  1. ब्यानर, क्याप्सन, डोरी, कैचि, सेलेटेप, पेपर, झल्लर, तयार पार्ने
  2. कुसीै, टेबल, टेन्ट, साउण्ड सिस्टम, मौलिक गिती क्यासेट तयार पार्ने
  3. प्रमाणपत्र, सम्मानपत्र, ब्याज, फेटा, गम्छा ईत्यादी तयार पार्ने
  4. स्टेज डेकोरेशन गर्ने, स्टेज डेकोरेशनका सामाग्रीहरुको ब्यावस्था गर्ने ।
  5. उदघाटन सामाग्री तयार पार्ने
  6. कार्यक्रम भरि सुचना तथा प्रचार प्रसार सेवा सम्प्रेसन गर्ने ।
  7. कार्यक्रम बन्दहुन १ घण्टा अगावै देखी १५ मिनेटको अन्तरालमा बन्दहुने जानकारी गराउने ।

किरात धर्म, संस्कार संरक्षण तथा चुलादर्शन सेवा विभागको काम :

  1. साकेला थानमा सेउलीको गाडने र वरिपरि फुल पातीहरु राख्ने ।
  2. सेउली मुनी एउटा टेबल राखी हात हतियार ठड्याउने
  3. चामल भरेको कासको थाल राख्ने त्यसमाथि दियो बत्ति, र एक रक्सि भरेको चिण्डो राख्ने ।
  4. रक्सि पाएनभने कोदो र मर्चा मिसाएर चिण्डोमा राख्ने ।
  5. थालको दाया बाया फुलपाती भएको दुइ कलश राख्ने ।
  6. धामीलाई निमन्त्रणा गर्ने । धामीको खानपान हेर्ने ।

सांस्कृतीक प्रदर्शनी तथा साकेला श्रब्यदृश्य निर्माण विभागको काम :

  1. साकेलाको लागी ढोल, भ्याम्टा, शिलिमी, पोमीको ब्यावस्था गर्नुपर्नेछ ।
  2. शिलिमोपा र शिलिमोमालाई तथा कलाकारहरुलाई निमन्त्रणा गर्ने ।
  3. पोशाक तथा गरगहना नभएका कलाकारहरुलाई ब्यावस्था मिलाई दिनुपर्ने ।
  4. अन्य सहभागीहरुलाई समेत भेषभुषामा आईदिनहुन अनुरोध गर्ने ।
  5. कलाकारहरुको नामावली अगावै तयार गरि कार्य समितिमा पेश गर्नुपर्ने ।
  6. साकेलामा नाच्ने कलाकारहरुलाई खानपानको ब्यावस्था हेर्ने ।

निमन्त्रणा पत्रको उदाहरण

किरात राई यायोक्खा हङकङले निम्न मिति, समय र स्थानमा साकेला उधौली सम्पन्न गर्न लागी रहेको हुनाले सम्पुर्ण साकेला नाच हेर्ने तथा शिली नाच्न चाहाने महानुभावहरुलाई सकभर मौलीक भेषभुषामा उपस्थितीको लागी हार्दिक निमण्त्रणा गर्दछौं । साथमा बिबिक्यु सेवा समेत पस्कने छौं । कार्यक्रममा अत्याधिक मादक पदार्थ सेवन गरि झैझगडा गर्ने तथा सर्वजानीक सम्पत्ति तोडफोड गर्ने, जताभावी फोहोर मैला फ्याक्ने कार्यलाई बन्देज गरिएको छ । साथै विना स्वीकृती बिभिन्न वस्तुहरु बेचबिखन गर्ने, सहयोग रसिद बाँडने कार्यलाई समेत बन्देज गरिएको छ । कुनै कृतीहरु बिमोचन वा लोकार्पण गर्ने भए कार्यक्रम हुनु ७ दिन अगावै किराया हङकङमा स्विकृतीको लागी आवेदन फारम भर्नु हुन अनुरोध गर्दछौं ।

मिति : …………………………………
समय : १२ बजे देखी ७ बजे सम्म
स्थान : ताई मो शान कन्ट्रि पार्क

आयोजक : किराया हङकङ