ससुराली भेटघाट

किरात राईहरुको बिबाह भए पछि पहिलो बर्ष उधौली लागे पछि (असोज महिनामा) छोराबुहारीले प्रथम चोटि ससुराली/मावली चिन्न ससुराली घर जानु पर्दछ । पहिलो बर्ष नसके पनि कुनै बर्ष जानै पर्दछ । यसलाई प्रथम उधौली हान्नु वा ससुराली/मावली चिन्ने रिती भनिन्छ ।

उदेश्यहरु :

  1. ससुरालीसंग पुन: चिनजानको लागि
  2. साइनो भुलिन्छ कि भनि पुर्न: सम्झनको लागी
  3. बिबाह पछिको ससुरालीसंग प्रथम भेटघाटको लागि

ससुराली भेला :

ससुराली/मावली चिन्ने रिती कहिले गर्ने र कसरी गर्ने सल्लाह भईसकेपछि उक्त दिन बेहुलीपट्टिको घरमा निम्न आफन्तहरु भेला भई बसेको हुन्छ ।

  1. बेहुलीपट्टिको मामामाईज्युहरु
  2. बेहुलीपट्टिको बढाबढीहरु
  3. बेहुलीपट्टिको काकाकाकीहरु
  4. बेहुलीपट्टिको दाजुभाईहरु

बेहुलाबेहुलीले बोक्नु पर्ने रिती :

  1. सुङगुरको टाउको तथा साप्राहरु
  2. रक्सी तथा पेयपदार्थहरु
    (हाल यो रितीलाई कटाउदै लगिएको छ)

सगुन बितरण :

बेहुलाबेहुलीले ल्याएको रित बाबाआमाले स्विकारेपछि सगुनको रुपमा सबैले बाँडेर खान पर्दछ ।

ढोगभेट :

सगुन खाई सकेपछि क्रमश : बाबुआमा, मामामाईज्युहरु, र उपस्थित बडाबडीहरु, काकाकाकीहरु, दाजुभाईहरु, भाईबुहारीहरुसंग चिनजान गराउदै ढोगभेट गर्नु पर्दछ । साईनो चिनाउने कार्य बिबाहमा बेहुलीपट्टि बस्ने कलियाले गराउनु पर्दछ ।

खानपान :

अन्त्यमा खानपान गरि बिदाई गरिने छ ।

कार्य बाँडफाँड :

सगुन बितरण : बेहुलीको बहिनीहरु
साईनो चिनाउने : कलियाहरु

डाउनलोड  :

अनुसुची

नम्बर बिवरण पिडिएफ वर्ड
1 निमन्त्रणा प्रिन्ट एडिट

(समाप्त)