बिषय सूची
- साउने संक्रान्ति बारेमा
- औषधीजन्य खाना बारेमा
- संक्रान्ति खानपान मेनु बारेमा
- राँके खेदाउने बारेमा
- राँके खेदाउने आवश्यक सामाग्रीहरु
- बाल प्रतियोगिता तथा पुर्खा सम्मान
- बाल प्रतियोगिता छनौट
- बाल प्रतियोगिता नियम
- पुर्खा सम्मान कार्यक्रम
- बाल प्रतियोगिता तथा पुर्खा सम्मान कार्यक्रम संयोजकको जिम्मेवारी
- बाल प्रतियोगिता निर्णायक प्रमुख तथा जुरी नियुक्ति
- शुल्क तथा पुस्कार
- कार्यक्रम तालिका
- अतिथि निमन्त्रणा
- मिडिया निमन्त्रणा
- कार्यक्रमको रुपरेखा
- संक्षिप्त कार्य बाँडफाँड
१. साउने संक्रान्ति
बर्षायाममा गरिएको खेतीपातीका कारण थाकेका किरात राईहरु हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी साउन महिनाको पहिलो दिन गोरुको मासुमा टिम्बुर मिसाएर खाने गर्दछन। यसलाई साउने संक्रान्ति चाडको रुपमा मनाउदछन। पछि गोरु काट्न बन्देज भएपछि भैंसि वा राँगाको मासुमा टिम्बुर मिसाएर खाने प्रचलन बसेको हो।
बर्षामा गाँउघरमा बाढि पहिरो आउने, खोला नाला बढ्ने भएकोले र साउन देखी हिउँदको सुरुवात हुने र बाढि पहिरो रोकिने, खोला नाला घट्ने भएकोले अवत बाँचियो है भनेर साउने संक्रान्ति चाड मनाएको हो पनि भन्दछन । साउने संक्रान्तिमा बुढापाकाहरु कामबाट विसाएर घरछिमेकतिर डुलफिर गर्ने गर्दछन भने जवानहरु डाडाकाँडा घुम्ने तथा स्थानीय हाटबजार गई नाचगान गरी मनोरञ्जन गर्ने गर्दछन।
२. औषधिजन्य खाना
साउने संक्रान्तिको दिन लेकको टिम्बुरलाई मासुमा मसलाको रुपमा लगाई खाने चलन छ। यो खाना विशेषत किरात राईहरुले जिउ तथा पेट दुखेको वायु भरिएको बेला औषधिको रुपमा खाने प्रचलन रहेको पाइन्छ।
टिम्बुर विशेष गरि अचारको रुपमा प्रयोग गरिन्छ। टिम्बुरलाई दानाकै रुपमा होस् वा धुलो वनाएर प्रयोग गरिन्छ। यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ। यसको गर्मी वा जाडोको दुवै समयमा प्रयोग गरिन्छ। नेपाली टिम्बुर पछिल्लो समय विश्व बजारमै लोकप्रिय बन्दै गएको छ। टिमुरले निम्न रोगहरु निको पार्दछ।
- टिम्बुरले हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लागेको ठिक हुन्छ।
- टिम्बुरले दाँत दुखेको निको पार्ने, जरो निको पार्ने हुन्छ।
- टिम्बुरले लुतो, दाद अजिर्ण, हैजा छालाका रोगहरु आदी समस्याहरुबाट मुक्ति दिन्छ।
- टिम्बुरले आँखा कम देख्नेहरु र न्युन रक्तचाप भएका व्याक्तिलाई अचुक औषधी हुन्छ।
- टिम्बुरले हात खुट्टा मर्किएको, टाउको दुखेको र पिनास पनि निको पार्छ।
- टिम्बुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि फाइदाजनक हुन्छ।
- टिम्बुरले क्यान्सरको सम्भावना कम गर्ने, पेटको जुका मार्ने र भोक लाग्ने समस्याबाट पनि मुक्ति दिन्छ।
साउने संक्रान्तिमा बिशेष टिम्बुर मिसाएको गोरुको मासुको परिकारहरु खुलाईने छ। गोरुको मासु नखानेहरुलाई कुखुराको मासु ब्यावस्था गरिने छ।
३. खानपान मेनु
संयोजक- सुम्निमा भान्सा तथा खानपान विभाग
क. स्टार्टर:
- टिम्बुर मिसाएको गोरुको/कुखुराको भुटुवा
- स्टान्ड्रड पेय पदार्थ
- थप पेय पदार्थहरु खरिद गर्नुपर्ने ।
ख. मेन कोर्ष:
- टिम्बुर मिसाएको गोरुको/कुखुराको तरकारी
- राईस, औषधिजन्य साग सब्जिहरु
- कागती, निबुवाको अचार
ग. डिर्जट:
- अम्बा/अनार/नस्पाती आदिको फलफुलहरु
घ. पेय पदार्थहरु:
- वियर/वाईन
- व्हिकि/आईस/पानी
- सफ्ट ड्र्रिङ्क्स
ङ. एक्सेसोरिज:
- थाल, बटुको, प्लेट
- काँटा, चम्चा, टिस्यु
- कोईला, स्टार्टर, चिम्टा
४. राँके खेदाउने
राँके भनेको रोगब्याधि दिने दुष्टात्मा हो भनि विस्वास गरिन्छ। साउने संक्रान्तिको बेलुकि पख, कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीजन्य बनस्पतिहरु अगुल्ठोमा बालेर घर वरिपरि, आँगन हुँदै दोबाटो सम्म पुराउने चलन छ। राँके खेदाउदा नाङलो ठटाउने, टिन बजाउने, ढिकि कुट्ने, घरको ढोका एक छिन बन्द गर्ने चलन छ।
औषधीजन्य बनस्पतिहरु बाल्दा, आवाज निकाल्दा यसले वातावारणमा रहेका छालाका रोगका जिवाणु नष्ट हुन्छन र हामीलाई लुतो, दाद अजिर्ण, हैजा छालाका रोगहरु लाग्दैन भन्ने बैज्ञानिक कारण रहेको छ। राँकेलाई दुष्टात्मा मानि दोबाटोमा कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरुले पुजा गरि अबदेखी हाम्रो घरबारीमा नआईज, हाम्रो रोगब्याधि सबै लैजा भनि पुजा गर्ने चलन छ।
५. राँके खेदाउने आवश्यक सामाग्रीहरु
संयोजक- किरात धर्म संरक्षण तथा संस्कार विभाग
- बलि रहेको अगुल्ठो।
- नाङलो, डालो, थुम्से आदि।
- धनुकाँड, भाला, लौरो, खुकुरी, हसियाँ, खुर्पा आदि।
- कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीजन्य बनस्पतिहरु।
- कागती, निबुवा, फलफुलहरु।
६. बाल प्रतियोगिता तथा पुर्खा सम्मान
हङकङमा साउने संक्रान्तिको दिन बाल प्रतियोगिता तथा पुर्खा सम्मान कार्यक्रम गर्ने भनि तत्कालिन अध्यक्ष शशि मदन राईज्युले प्रस्तावना ल्याई सन २०१५ देखि बाल प्रतियोगिता तथा पुर्खा सम्मान कार्यक्रम चलाउन थालिएको हो।
७. बाल प्रतियोगिता छनौट
बाल प्रतियोगितामा १८ बर्ष भन्दा मुनिका छोरा छोरीहरुलाई किरात राईहरुको भाषा, धर्म, संस्कार, संस्कृती र ईतिहास प्रति आर्कषण गराउने उदेश्यले बालबालिकाहरुलाई बृहतरुपमा भेला गराई बिभिन्न प्रतियोगिताहरु संचालन गरिनेछ। कार्यक्रममा निम्न बाल प्रतियोगिता मध्ये कुनै एक प्रतियोगिता छनौट गरि संचालन गरिनेछ ।
- बाल चित्र प्रतियोगिता (उमेर 7-10)
- बाल लेखन प्रतियोगिता (उमेर 11-14)
- बाल बक्तब्य प्रतियोगिता (उमेर 15-18)
८. बाल प्रतियोगिता नियम:
- प्रतियोगिता किरात राईहरुको ईतिहास, धर्म, संस्कार, संस्कृती बारेमा हुनुपर्नेछ ।
- उमेर भेरिफिकेशनको लागि आईडी व वर्थ सर्टिफिकेट हेरिने छ ।
- प्रतियोगिता अंग्रेजी वा नेपाली दुवै भाषामा प्रयोग गर्न सकिने छ ।
- प्रतियोगितामा शुद्धलेखन वा शुद्धबचन भन्दा ज्यादा विषय हेरिने छ ।
- प्रतियोगिताका अन्तिम निर्णय निर्णायक समितिमा हुनेछ ।
९. पुर्खा सम्मान कार्यक्रम
साउने संक्रान्तिको दिन ६५ बर्ष भन्दा माथिका पुर्खाहरुलाई समावेश गरि पुर्खाहरुलाई फेटा गुथाई सम्मान दिदै साउने संक्रान्ति भोज भत्तेर खुलाई आर्शिबाद लिईने चलन राखिएको छ वहाँहरुबाट किरात राईहरुको ईतिहास, भाषा, धर्म, संस्कार संस्कृती सम्बन्धि ज्ञानका कुराहरु, वहाँहरुले भोगेका, गरेका, जानेका कुराहरु सुन्दै, सुनाउदै लगिने छ।
१०. बाल प्रतियोगिता तथा पुर्खा सम्मान कार्यक्रम संयोजकको जिम्मेवारी
संयोजक- बाल, महिला, प्रौढ तथा अतिथि विभाग
- ७ बर्ष देखि माथि र १८ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई प्रतियोगितामा सहभागि गर्नु।
- ६५ बर्ष भन्दा माथिका आमा बाबाहरुलाई निमन्त्रणा गरि सम्मान गर्नु।
- प्रतियोगिताको लागि आवश्यक सामाग्रीहरु तयार पार्नु ।
- पुर्खाहरुको लागि आवश्यक्ता अनुसार फेटा र गम्छाहरुतयार पार्नु ।
११. निर्णायक तथा जुरी नियुक्ति
संयोजक- संगठन बिस्तार तथा समन्वय विभाग
क. निर्णायक प्रमुख नियुक्ति
प्रतियोगितालाई सफलता पुर्वक सम्पन्न गर्न एक निर्णायक प्रमुख र जुरीको नियुक्ति गरिनेछ । निर्णायक प्रमुखहरुलाई ३०० पारिश्रामिक प्रदान गरिने छ । जुरीमा भाषिक परिषद रहनेछ ।
- प्रतियोगिता निर्णायक प्रमुख: ___________
- अध्यक्ष, किरात राई चाम्लिङ खाम्बातिम हङकङ
- अध्यक्ष, दुमी किरात राई फन्सिकिम हङकङ
- अध्यक्ष, किरात साम्पाङ राई जुम्लेखा हङकङ
- अध्यक्ष, किरात पुमा राई तुप्खाबाङखाला हङकङ
- अध्यक्ष, किरात राई बान्तवा खिम हङकङ
- अध्यक्ष, थुलुङ राई सामा हङकङ
- अध्यक्ष, किरात राई सोदेल कोयी/कोयु किम हङकङ
- अध्यक्ष, किरात राई बायुङ सुम्निखिम हङकङ
१२. शुल्क तथा पुस्कार
संयोजक- सम्पति तथा कोष–अभिवृद्धि विभाग
१८ बर्ष मुनीका केटाकेटीहरु, महिलाहरु, ६५ बर्ष माथिका बाबाआमाहरु र प्रमुख निर्णायकलाई निशुल्क सहभागी गरिने छ । अन्य सहभागीहरुलाई प्रति ब्याक्ति ३०० डलर सहभागी शुल्क लिईने छ। यसमा लन्च र डिनर सहित पेय पदार्थ प्रदान गरिने छ ।
विभिन्न दाताहरुबाट सौजन्य सहयोग उठाई नगद पुरस्कारहरु राखिनेछ ।
प्रतियोगिता | प्रथम | दोस्रो | तेस्रो | सान्तवानासबैलाई |
चित्र प्रतियोगिता | 200 | 150 | 100 | 50 |
लेखन प्रतियोगिता | 200 | 150 | 100 | 50 |
बक्तब्य प्रतियोगिता | 200 | 150 | 100 | 50 |
१३. कार्यक्रम तालिका
- ११:०० बजे – भेला
- ०१:०० बजे – लन्च
- ०२:०० बजे – प्रतियोगिता सुरु
- ०३:०० बजे – औपचारिक कार्यक्रम सुरुवात
- ०४:०० बजे – पुर्खाहरुलाई सम्मान तथा भनाई सुन्ने
- ०५:०० बजे – पुरस्कार वितरण
- ०५:३० बजे – कार्यक्रम समापन
- ०६:०० बजे – भोज – वितरण विभाग
- ०७:०० बजे – राँके खेदाउने – संस्कार विभाग
- ०७:१५ बजे – रमाईलो नाचगान – संस्कृति विभाग
- ०८:०० बजे – फिर्ता
१४. अतिथि निमन्त्रणा
- प्रमुख अतिथिः
- अध्यक्ष किराया केन्द्रिय समिति नेपाल वा आदिबासी जनजाति महासंघ हङकङ
- बिशेष अतिथिहरु:
-
- किरात संस्थाहरु
- किरात याक्थुम चुम्लुङ हङकङ
- किरात सुनुवार सेवा समाज हङकङ
- किरात याक्खा छुम्मा हङकङ
- किरात संस्थाहरु
-
- अतिथिहरु:
-
- किरात राई अध्यक्ष भएका संघसंस्थाहरु
-
१५. मिडिया निमन्त्रणा
संयोजक – खेलकुद, संगीत तथा साहित्य विभाग
मिडिया कभरको लागि न्युज रिर्पोटरहरु बोलाउने ।
- बगैंचा संचार, सम्पादक–टिबी याक्खा, फोन 66875055
१६. कार्यक्रमको रुपरेखा
कार्यक्रम संचालक – सचिव
- आशन ग्रहण (०३:०० बजे)
- अध्यक्ष
- अतिथिहरुको आशन ग्रहण
- प्रमुख अतिथि
- तीन किरातहरु
- विशिष्ट ब्यक्तिहरुको आशन ग्रहण –
- प्रमुख संरक्षक,
- प्रमुख सल्लाहकार,
- कुलपती,
- निर्णायक प्रमुख
- जुरी (भाषिक संस्थाहरु)को आशन ग्रहण (आफ्नै ठाँउमा)
- किरात राई अध्यक्ष भएका संस्थाहरु
- स्वगत तथा कार्यक्रम बारे जानकारी – साउने संक्रान्ति, औषधिजन्य खाना, राँके खेदाउने, बालप्रतियोगिता तथा पुर्खा सम्मान कार्यक्रम बारेमा – उपाध्यक्ष
- उद्घाटन दियोबत्ति बालेर – प्रमुख अतिथि तथा अध्यक्ष
- उद्घाटन धुन – (सरसजावट विभाग)
- प्रतियोगिता (०३:३० बजे)
- पुर्खाहरुलाई फेटा गुथाई सम्मान तथा भनाई सुन्ने (०४:३० बजे)
- पुरस्कार वितरण – (०५:०० बजे)
- कार्यक्रम समापन – अध्यक्ष (०५:३० बजे)
- भोज – (खानपान विभाग)
- राँके खेदाउने – (संस्कार विभाग) ०७:०० बजे
- रमाईलो नाचगान (संस्कृति विभाग) ०७:१५ बजे
- फिर्ता (०८:०० बजे)
१७. संक्षिप्त कार्य बाँडफाँड
विभाग | संक्षिप्त कार्य बाँडफाँड |
संगठन बिस्तार तथा समन्वय विभाग | कार्यक्रमको योजना, अनुगमन, कार्यन्वन गर्नु । |
सुप्तुलुङखिम निर्माण तथा मर्मत विभाग | साउण्ड, लाईटिङ, वाटर, टेबल, कुर्सि, टेन्ट ब्यावस्थापन |
खेलकुद, संगीत तथा सहित्य विभाग | स्वंयमसेवक ब्यावस्थापन, फोटो ग्राफि, न्युज रिर्पोटिङ |
कार्यलय संचालन तथा प्रचारप्रसार विभाग | सुचना, पत्रचार, निमन्त्रणा, प्रचार प्रसार, ब्याज, प्रमाणपत्र छपाई |
मौलिक संकलन तथा सरसजावट विभाग | उद्घाटन गित, गितिक्यासेट, गतिविधि खाता, सरसजावट, |
सम्पति तथा कोष–अभिवृद्धि विभाग | खरिद/बिक्री, आर्थिक संकलन, कोष ब्यावस्थापन |
सुम्निमा भान्सा तथा खानपान विभाग | खानपान तयारी, भान्से ब्यावस्थापन, किचन सरसफाई |
सिक्रिमा बितरण तथा सेवासत्कार विभाग | खानपान सजावट, बितरण, , खानपान स्थल सरसफाई |
बाल, महिला, प्रौढ तथा अतिथि विभाग | फेटा, गम्छा, खादा ब्यावस्थापन तथा अतिथि स्वगत |
किरात धर्म संरक्षण तथा संस्कार विभाग | थान थपना, पुजा पार्थना, उद्घाटन सामाग्री ब्यावस्थापन |
शिली संकलन तथा संस्कृति विभाग | भेसभुषा, गरहगहना, गाजाबाजा तथा कलाकार ब्यावस्थापन |
फोहरमैला ब्यावस्थापन तथा सरसफाई विभाग | कार्यक्रम स्थल सरसफाई, फोहरमैला ब्यावस्थापन |
पारुहाङ ढुवानी तथा ओसारपसार विभाग | सर-सामाग्री ढुवानी, भण्डार, भिआईपी ओसार पसार |
यातायात, रोजगार तथा ब्यावसाय विभाग | यातायात सेवा ब्यावस्थापन, ब्यावसाय तथा रोजगार |
आपतकालिन सहयोग तथा सुरक्षा विभाग | सहयोग, सुरक्षा, प्राथमिक उपचार, नियन्त्रण |
डाउनलोड :
1 | पत्रचार | <Download> |
2 | साउनेसंक्राती कार्यसुची | <Download> |
3 | साउनेसंक्राती टिकट | <Download> |
(समाप्त)