मानो खाई मुरी उब्जाउने समय अर्थात बर्षायाममा गरिएको खेतीपातीका कारण थाकेका किरात राईहरु हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी हिउँदको सुरुवात हुने साउन महिनाको पहिलो दिन गोरुको मासुमा टिम्बुर मिसाएर खाने गर्दछन । पछि गोरु काट्न बन्देज भएपछि भैंसि वा राँगाको मासु खाने प्रचलन बसेको हो भनिन्छ ।
बर्षामा गाँउघरमा बाढि पहिरो आउने, खोला नाला बढ्ने भएकोले र साउन देखी हिउँदको सुरुवात हुने र बाढि पहिरो रोकिने, खोला नाला घट्ने भएकोले अवत बाँचियो है भनेर साउने सक्राती मनाएको हो पनि भन्दछन । साउने सक्रातीमा बुढापाकाहरु कामबाट विसाएर घरछिमेकतिर डुलफिर गर्ने गर्दछन भने जवानहरु डाडाकाँडा घुम्ने तथा स्थानीय हाटबजार गई नाचगान गरी मनोरञ्जन गर्ने गर्दछन पुर्व माझ किरातका राईहरु ।
टिमुर एक औषधी
साउने सक्रातीको दिन लेकको टिम्बुरलाई मासुमा मसलाको रुपमा लगाई खाने चलन रहेको छ । यो खाना विशेषत किरात राईहरुले जिउ तथा पेट दुखेको वायु भरिएको बेला औष्धिको रुपमा खाने प्रचलन रहेको पाइन्छ ।
टिमुर विशेष गरि अचारको रुपमा प्रयोग गरिन्छ । टिमुरलाई दानाकै रुपमा होस् वा धुलो वनाएर प्रयोग गरिन्छ । यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ । यसको गर्मी वा जाडोको दुवै समयमा प्रयोग गरिन्छ । त्यसैले नेपाली टिमुर पछिल्लो समय विश्व बजारमै लोकप्रिय बन्दै गएको छ । टिमुरले यस्तो रोगहरु निको पार्छ ।1. टिमुरले हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लागेको ठिक हुन्छ ।
2. टिमुरले दाँत दुखेको निको पार्ने, जरो निको पार्ने हुन्छ ।
3. टिमुरले लुतो, दाद अजिर्ण, हैजा छालाका रोगहरु आदी समस्याहरुबाट मुक्ति दिन्छ ।
4. टिमुर आँखा कम देख्नेहरु र न्युन रक्तचाप भएका व्याक्तिलाई अचुक औषधी हुन्छ ।
5. टिमुरले हात खुट्टा मर्किएको, टाउको दुखेको र पिनास पनि निको पार्छ ।
6. टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि फाइदाजनक हुन्छ ।
7. टिमुरले क्यान्सरको सम्भावना कम गर्ने, पेटको जुका मार्ने र भोक लाग्ने समस्याबाट पनि मुक्ति दिन्छ ।
राँके खेदाउने
राँके भनेको रोगब्याधि दिने दुष्टात्मा हो भनि विस्वास गरिन्छ । साउने सक्रातीको बेलुकि पख, कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीजन्य बनस्पतिहरु अगुल्ठोमा बालेर घर बरिपरी, आँगन हुँदै दोबाटो सम्म पुराउने चलन छ । राँके खेदाउदा नाङलो ठटाउने, टिन बजाउने, ढिकि कुट्ने, घरको ढोका एक छिन बन्द गर्ने चलन छ ।
औषधीजन्य बनस्पतिहरु बाल्दा, आवाज निकाल्दा यसले वातावारणमा रहेका लुतो, दाद आदि छालाका रोगहरुको जिवाणु नष्ट हुनेछन भन्ने बैज्ञानिक कारण हो । दोबाटोमा राँकेलाई कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरुले पुजा गरि अबदेखी हाम्रो घरमा, बारीमा नआईज, हाम्रो रोगब्याधि सबै लैजा भनि पार्थना गर्ने चलन छ ।
बला प्रतियोगिता तथा पुर्खा सम्मान
हङकङका मौलिक किरात धर्म मान्ने किरात राईहरुले साउने सक्रातीको समयमा छुट्टिको दिन पारेर बिशेष १८ बर्ष भन्दा मुनिका छोरा छोरीहरुलाई किरात राईहरुको भाषा, धर्म, संस्कार, संस्कृती र ईतिहास सम्बन्धि प्रतियोगात्मक कार्यक्रमहरु राखि उनिहरुलाई किरात राई यायोक्खा प्रति आर्कषण गराउने तथा सोहि दिन ६५ बर्ष भन्दा माथिका बाबाआमाहरुलाई बोलाई उनिहरुले गरेका, जानेका, भोगेका ईतिहासहरु सुन्दै आर्शिबाद लिने कार्यको थालनी सन २०१५ देखि थालेको छ ।
७ जुलाई २०१९ किराया हङकङको बैठकले पारित गरेका निर्णय ।
१. बाल प्रतियोगिता
यस दिन १८ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई बृहतरुपमा भेला गराई बिभिन्न प्रतियोगिताहरुमा समावेश गरिने छ । साथै किरात राईहरुको ईतिहास, भाषा, धर्म, संस्कार संस्कृती सम्बन्धि ज्ञानका कुराहरु सिकाउदै लगिने छ ।
कार्यक्रममा निम्न बाल प्रतियोगिता संचालन गरिने छ ।
- चित्र प्रतियोगिता (Age 7-10) – यलम्बरको चित्र
- लेखन प्रतियोगिता (Age 11-14) – साकेला सम्बन्धमा
- बक्तब्य प्रतियोगिता (Age 15-18) – साकेला सम्बन्धमा
२. पुर्खा सम्मान
यस दिन जिउँदो ईतिहास बोकेका ६५ बर्ष भन्दा माथिका पुर्खाहरुलाई समावेश गरि जिउँदो पुर्खाको सम्मान दिदै साउने संक्रान्ति भोज भत्तेर खुलाई आर्शिबाद लिईने छ । वहाँहरुबाट किरात राईहरुको ईतिहास, भाषा, धर्म, संस्कार संस्कृती सम्बन्धि ज्ञानका कुराहरु, वहाँहरुले भोगेका, गरेका, जानेका कुराहरु सुन्दै, सुनाउदै लगिने छ ।
कार्यसुची २
(खानपान)
सक्राती भोज :
साउने सक्रातीमा बिशेष टिम्बुर मिसाएको गोरुको मासुको परिकारहरु खुलाईने छ । गोरुको मासु नखानेहरुलाई कुखुराको मासु ब्यावस्था गरिने छ ।
खानपान तयार
संयोजकः सुम्निमा भान्सा तथा खानपान बिभाग
- खानपान प्रमुख : जजिन राई
- खानपान संयोजक : बसन्त कुमारी राई
मेनु :
स्टार्टर :
१. टिम्बुर मिसाएको गोरुको गोरुको/कुखुराको भुटुवा
२. स्टान्ड्रड पेय पदार्थ (१ राउण्ड)
*. थप पेय पदार्थहरु खरिद गर्नुपर्ने ।
मेन कोर्ष :
१. टिम्बुर मिसाएको गोरुको/कुखुराको तरकारी
२. राईस, औषधिजन्य साग सब्जिहरु
३. कागती, निबुवाको अचार
डिर्जट :
१. अम्बा/अनार/नस्पाती आदिको फलफुलहरु
कार्यसुची ३
(खानपान वितरण)
खानपान बितरण
संयोजकः सेवा, सत्कार तथा बितरण बिभाग
कार्यक्रममा आउने सहभागिहरुलाई खानपान बितरण गर्नुपर्ने छ ।
- वितरण प्रमुख : पबित्र बान्तवा राई
- बितरण संयोजक : दुर्गाकान्त राई
कार्यसुची ४
(बाल प्रतियोगिता तथा पुर्खा सम्मान)
बाल प्रतियोगिता तथा पुर्खा सम्मान
संयोजकः बाल, महिला, प्रौढ तथा अतिथि बिभाग
- बिभाग प्रमुख : पविता पुमा राई
- बिभाग संयोजक : पेन्गुईन पुमा राई
- चित्र प्रतियोगिता संयोजक : ___________
- लेखन प्रतियोगिता संयोजक : ___________
- बक्तब्य प्रतियोगिता संयोजक : __________
कार्यहरुः
- ७ बर्ष देखि माथि र १८ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई समावेश गर्नु
- ६५ बर्ष भन्दा माथिका आमा बाबाहरुलाई समावेश गर्नु
- प्रतियोगिताको लागि आवश्यक सामाग्रीहरु तयार पार्नु ।
- पुर्खाहरुको लागि फेटा र गम्छाहरुतयार पार्नु ।
प्रतियोगिता नियम
- प्रतियोगिता किरात राईहरुको ईतिहास, धर्म, संस्कार, संस्कृती बारेमा हुनुपर्नेछ ।
- उमेर भेरिफिकेशनको लागि आईडी व वर्थ सर्टिफिकेट हेरिने छ ।
- प्रतियोगिता अंग्रेजी वा नेपाली दुवै भाषामा प्रयोग गर्न सकिने छ ।
- प्रतियोगितामा शुद्धलेखन वा शुद्धबचन भन्दा ज्यादा थिम हेरिने छ ।
- प्रतियोगिताका अन्तिम निर्णय निर्णायक समितिमा हुनेछ ।
कार्यसुची ५
(निर्णायक समिति)
निर्णायक समिति
उक्त बिषयमा जानकार ब्यक्ति मुल निर्णायक र जुरिमा भाषिक परिष्द रहने छ ।
- अध्यक्ष, किरात राई चाम्लिङ खाम्बातिम हङकङ
- अध्यक्ष, दुमी किरात राई फन्सिकिम हङकङ
- अध्यक्ष, किरात साम्पाङ राई जुम्लेखा हङकङ
- अध्यक्ष, किरात पुमा राई तुप्खाबाङखाला हङकङ
- अध्यक्ष, किरात राई बान्तवा खिम हङकङ
- अध्यक्ष, थुलुङ राई सामा हङकङ
- अध्यक्ष, किरात राई सोदेल कोयी/कोयु किम हङकङ
- अध्यक्ष, बाहिङ किरात राई मुलुखिम हङकङ
कार्यसुची ६
(संस्कार)
राँके खेदाउने आवश्यक सामाग्रीहरु
- कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीजन्य बनस्पतिहरु
- बलि रहेको अगुल्ठो
- धनुकाँड, भाला, लौरो, खुकुरी, हसियाँ, खुर्पा आदि ।
- नाङलो, डालो, थुम्से आदि ।
संयोजकः किरात धर्म संरक्षण तथा संस्कार विभाग
- संस्कार प्रमुख: राम चन्द्र राई
- कुबिमि : नारायण प्रसाद राई
- सहायक कुबिमि : मैत्र कुमार राई
कार्यसुची ७
(आम्दानी खर्च )
कोष संकलन
कार्यक्रमको खर्च मिलाउन प्रति ब्याक्ति २०० डलर रिफ्रेशमेन्ट चार्ज लिईने निर्णय भएको छ । १८ बर्ष मुनीका केटाकेटीहरु र ६५ बर्ष माथिका बाबाआमाहरुलाई निशुल्क सहभागी गरिने छ । एक राउण्ड पेय पदार्थ बाहेक थप पेयपदार्थहरु बेचबिखन गरिने छ ।
संयोजकः सम्पती तथा कोष–अभिवृद्धि विभाग
- कोष प्रमुख : गंगाराम राई
- बिक्रेता :
पुरस्कारमा खर्चः
उपयुक्त नगद पुरस्कारको ब्यावस्था किराया हङकङले गर्ने छ ।
कार्यसुची ८
सुप्तुलुङखिम
सुप्तुलुङखिम
कार्यक्रममा सुप्तुलुङखिम मर्मत तथा निर्माणको लागि “सुप्तुलुङखिम सहयोग संकलन केन्द्र” राखिने छ । ईच्छुक महानुभावहरुलाई बोलकबोल गराईने ।
संयोजकः सुप्तुलुङ मर्मत तथा निर्माण विभाग
- सुप्तुलुङ प्रमुख : चन्द्रका राई
- मुल संयोजक : धिराज सामपाङ राई
- कार्यकारी सचिव : अधिराज राई
कार्यक्रम:
कार्यक्रम संचालक – सचिव
- ०२०० बजे –प्रतियोगिता सुरु (Age 7-10) र (Age 11-14)
- ०३०० बजे – औपचारिक कार्यक्रम
- आशन ग्रहण – अध्यक्ष
- आसन ग्रहण – प्रमुख अतिथि सबै भन्दा जेष्ठ पुर्खा (फेटा गुथाउने)
- आसन ग्रहण – अन्य पुर्खाहरु (फेटा गुथाउने)
- आफ्नै ठाउँमा आसन –
- संरक्षक,
- सल्लाहकार,
- कुलपती,
- निर्णायक समिति
- कार्यक्रम बारेमा –उपाध्यक्ष
- उद्घाटन– प्रमुख अतिथि
- उद्घाटन धुन (सरसजावट विभाग)
- ०३३० बजे – बक्तब्य प्रतियोगिता (Age 15-18)
- ०४३० बजे – पुर्खाहरुको भनाई सुन्ने (Age >65)
- ०६०० बजे – पुरस्कार वितरण – (पुर्खाहरुबाट)
- ०६३० बजे – कार्यक्रम समापन – अध्यक्ष
- ०७०० बजे – भोज – (खानपान विभाग)
- ०८०० बजे – राँके खेदाउने – (संस्कार विभाग)
- ०९०० बजे – रमाईलो नाचगान (संस्कृति विभाग)
- १००० बजे – फिर्ता
कार्य बाँडफाँड (संक्षिप्त विवरण)
(समाप्त)
डाउनलोड :
नम्बर | बिवरण | पिडिएफ | एमएस–वर्ड |
1 | साउनेसंक्राती कार्य सुचीपत्र | एडिट | |
2 | साउने संक्रातीको टिकट | प्रिन्ट | एडिट |