सुरक्षा तथा आपतकालिन सहयोग विभाग

Security & Emergency Help Depart

परिचय

किरात राईहरुलाई सुरक्षा, प्राथमिक उपचार, आपत बिपत आईपरेको बेला आर्थिक सहयोग प्रदान गर्न तथा  किराया हङकङले आयोजना गरेको कार्यक्रममा हुलहुज्जत, झैंझगडा रोक्न तथा नियन्त्रण गर्न यस बिभाग गठन हुनेछ ।विभाग

उदेश्यहरु

  1. किरात राईहरुको कार्यक्रममा सुरक्षा सेवा प्रदान गर्नु ।
  2. प्राथमिक उपचार तथा एम्बुलेन्स ब्यावस्था मिलाउनु ।
  3. किरात राईहरुलाई भैपरि आएको बखत सहयोग संकलन गर्नु ।
  4. दैविक प्रकोपकालागि अक्षयकोषहरु संकलन तथा निर्माण गर्नु ।
  5. सुप्तुलुङखिम र कार्यक्रम स्थलमा फायर नियन्त्रण गर्नु।
  6. कार्यक्रम स्थलमा हुलहुज्जत नियन्त्रण गर्नु ।
  7. अनाधिकारीक बेचबिखन नियन्त्रण गर्नु ।


आर्थिक सहयोग सम्बन्धमा

किरात राईहरुलाई आर्थिक सहयोग गर्ने सम्बन्धमा ४ मे २०१४ मा किराया हङकङको कार्यसमितिको बैठकले निम्न निर्णय परित गरि साधाराण सभा २०१५ मा अनुमोदन गराई किराया हङकङको निर्देशिका नियमावलीमा समावेश गरेको छ ।

  1. हङकङमा बसोबास गर्ने किरात राईहरुलाई सहयोग गर्न परे कार्य समितिको बैठले निर्णय गरि आर्थिक सहयोग प्रदान गर्ने छ ।
  2. नेपालमा बसोबास गर्ने किरात राईहरुलाई सहयोग गर्न परे किरात राई यायोक्खा नेपाल केन्द्रिय कार्य समितिको शिफारिस आएमा सहयोग प्रदान गरिने छ ।
  3. अन्य देशमा बसोबास गर्ने किरात राईहरुलाई सहयोग गर्न परे किरात राई यायोक्खा नेपालले मान्यता प्रदान गरेका बिदेश राष्ट्र केन्द्रिय समितिको शिफारिस आएमा सहयोग प्रदान गरिने छ ।

सहयोग संकलन

किरात राई यायोक्खा हङकङले आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेमा आपतकालिन सहयोग तथा सुरक्षा विभाग अन्तर्गत आर्थिक सहयोग संयोजन समिति गठन गरि सहयोग संकलन गरिने छ ।

सहयोग पठाउने सम्बन्धमा

नेपालमा तथा विदेशमा बस्नेहरुलाई सहयोग पठाउन परे सो देशको केन्द्रिय कार्य समिति मार्फत सहयोग पठाईने छ ।