शिकारी पुजा

किरात राईहरुको पुर्वजहरु जो बिछट्ट धनुबीर र शिकार मार्न खप्पिस शिकारीहरु थिए । उनिहरुलाई शिकारी देवताको रुपमा चिनिन्छ । साम्पाङ खोला तिर शिकारी पुजा फागु पुर्णे देखि बैसाखे पुर्णे सम्ममा गर्दछन । साम्पाङहरुले सोरुमी साप्सामी, नाम्रुङ र चुलवाखेलुवा शिकारीहरुको पुजा गर्दै आएकोछ । शिकारी देवतालाई बिभन्नि थरिका राईहरुले बिभन्नि नामले पुकार्दछ । शिकारी देवता रिसायो भने गाई बस्तुहरु, पशु पंछीहरु ठाँउका ठाँउ मर्दछ भन्ने बिस्वास गरिन्छ ।  शिकारी देवताको पुजा गर्नु पर्दछ भने जिउदो भाले र अण्डा चाहिन्छ । श्रोतः साम्पाङ मुन्धुम ।

आवश्यक सामाग्रीहरुः

  1. दई वटा दुनामा छँरिसा (सबै प्रकारमो मासुको मिसावट)
  2. एकमाना चामल, एउटा काँसेथाल, दियो, कलश, अदुवा, र सिन्दुर
  3. धुप (सालधुप, नौनीघिउ, भैरुङपाती धुप आदी), कोईला, तितेपाति, गोबर
  4. दुईवटा ढुङगा, काँचो धागो, दुईवटा सिक्का पैसा, एउटा सानो चेयाको चित्रा
  5. दुईवटा चिण्डोमा कोदो र मर्चा घोलेको पानी एउटा र कोदोको रोटी
  6. एउटा धनुकाँड र बाँसको दुईवटा थर्कना (काँइयो)
  7. एउटा बासेको भाले र एउटा अण्डा

शिकारी पुजा गर्ने विधिः

  1. आवश्यक सामाग्रीहरुलाई पहिले चुलाको तलतिर राखेर शरण पर्नु पर्दछ ।
  2. त्यसपछि घरको अलिपर रुखको फेदमा शिकारीको थान बनाउनु जानु पर्दछ ।
  3. थान बनाउदा दुईवटा ढुङगा खोजेर सफा ठाउँमा गाढ्नु पर्दछ ।
  4. ढुङगालाई काँचो धागोले तिनफन्को बेरेर त्यस माथि एक–एकवटा सिक्का पैसा चढाईदिन पर्दछ ।
  5. सिक्का माथि सिन्दुरले छर्किदिनु पर्दछ ।
  6. एउटा सानो चेयाको चित्रा पनि बुनेर ढुङगाको छेउमा राख्नु पर्दछ ।
  7. चित्रामाथि केराको पात ओछ्याएर अक्षता राख्नु पर्दछ ।
  8. अक्षतामाथि कुखुराका अण्डालाई पनि राख्नु पर्दछ ।
  9. अक्षताको दाँया बाँया दुईवटा दुनामा छँरिसा राख्नु पर्दछ ।
  10. अदुवा र कोदोको रोटीलाई पनि अक्षता माथिनै राखिन्छ ।
  11. धनुकाँड र बाँसको थर्कनालाई चित्रामा झुण्डाउनु पर्दछ ।
  12. गाडिएको ढुङगाको दाँयाबाँया जाँड सहितको चिण्डो राख्नु पर्दछ ।
  13. थानथपना भई सकेपछि कुबिमि वा जानिफकार ब्यक्तिले गोबर माथि कोईला राखेर धुप हाल्दै मुन्धुम बाचन गर्दै भालेको शिरमाथि अक्षता, तितेपाति, अदुवा र कलशको पानि चढाई तिन चोटि पर्छाउन लाउदछ ।
  14. पर्छाइसके पछि भालेलाई भोग दिईन्छ । रगत चित्राको भारबाट भुँईतिर खसाली दिन पर्दछ र भालेलाई छाडि दिन पर्दछ ।
  15. भाले घरतिर फर्कि उत्तानो परेर मर्यो भने घरपरिवारमा अशुभ हुन्छ । भाले कोल्टो परेर मर्यो भने शुभ संकेत मानिन्छ ।
  16. तेस्तै अण्डा फुटाएर तेस्मा पनि संकेत हेरिन्छ । अण्डा फुटाएर हेर्दा रगतको छिर्का देखिएमा चोटपटकमा परिन्छ । धागो जस्तो वस्तु तन्किरहेको देखिएमा अशुभ हुन्छ । केहिपनि देखिएन भने शुभ संकेत मानिन्छ ।
  17. चिँगा हेरिसकेपछि भालेको प्वाँख उखालेर थानमा गाड्नु पर्दछ ।
  18. भालेको खुट्टा, पखेट, कलेजो र अण्डा पोलेर शिकारी र अन्य देवदेवताहरुको नाममा सार्नु पर्दछ ।
  19. यसरि शिकारी पुजा समाप्त हुन्छ ।

मुन्धुमः