स्मारिका प्रकाशन

१. स्मारिका प्रकाशन

किरात राईहरुको ईतिहास, भाषा, लिपि, धर्म, संस्कार, संस्कृती, कला, साहित्य बिषयमा जानकारी मुलक लेख/रचनाहरु प्रकाशन गरि किरात राईहरुलाई सुसुचित गराउन तथा चेतना जगाउन किराया हङकङले बार्षीक रुपमा यलम्बर स्मारिका नामक मुखपत्र प्रकाशन गरि नि:शुल्क प्रदान गरिने छ ।

२. पुस्तक बिवरण :

नाम : यलम्बर स्मारिका; अंक : १९
छपाई थान प्रति : २००
लोकार्पन हुने मिति (उभौलीको दिन) : ६ मे २०१८.
पुस्तक प्रकाशन मिति (७ दिन अगावै) :२९ अप्रिल २०१८.
लेख/रचना, पठाउने अन्तिम मिति (१४ दिन अगावै) : २२ अप्रिल २०१८.
लेख/रचना पठाउनुपर्ने ठेगाना : yalambar16@gmail.com

३. समावेश गरिने बिषयहरु :

पुस्तकमा निम्न बिषयहरु समावेश गरिने छ ।

  1. अध्यक्षिय मन्तब्य
  2. बार्षीक क्यालेन्डर
  3. साधारण सभाले अनुमोदन गरेका संगठानिक गतिविधि
  4. साधारण सभाले अनुमोदन गरेका आर्थिक बिवरण
  5. बिभागिय गतिविधि बिबरण (सम्भव भए)
  6. भाषिक संस्थाको गतिविधि बिबरण (सम्भव भए)
  7. हङकङको संघसंस्थाको नाम र फोन नंम्बर (सम्भव भए)
  8. किरात राई लेख/रचनाहरु
  9. संगठनात्मक संरचना
  10. संस्थाको परियोजनाहरु
  11. संस्थाको नियम/बिनियम/बिधान
  12. बिज्ञापन तथा शुभकामनाहरु

४. लेख/रचना प्रकाशन नियम :

  1. लेख/रचना किरात राईहरुको ईतिहास, भाषा, लिपी, धर्म, संस्कार, संस्कृती सम्बन्धि हुनुपर्ने छ ।
  2. लेख/रचना कम्तिमा १ पेज र बढिमा ३ पेज सम्मको हुनु पर्नेछ । अति लामो लामो लेख/रचनाहरु प्रकाशन गरिने छैन ।
  3. प्रकाशित लेख/रचनाको प्रति हङकङ डलर ३०० का दरले शिर उठाउनी स्वरुप लेखकहरुलाई कुनै सर्वजानिक कार्यक्रमको अवसरमा सम्मान गरिने छ ।
  4. अति छोटो लेख/रचनाहरु जस्तै : मुक्तक, कबिता, लघुकथाहरु आदिलाई शिर उठाउनी प्रदान गरिनेछैन ।
  5. लेख/रचना तोकिएको समयभित्र आई सकेको हुनु पर्नेछ । बिलम्व लेख/रचना प्रकाशन गरिने छैन ।
  6. लेख/रचनाको कपिराईट लागु गरिनेछ । चोरेको लेख/रचनाको जिम्मेवार स्वंय लेखक हुनुपर्ने छ ।
  7. लेख/रचना प्रकाशन गर्ने वा नगर्ने अधिकार संयोजन समितिमा निहित रहने छ ।

५. अनुमानित खर्च :

१. प्रकाशन खर्च           हङकङ डलर १५०००–
२. लेखकिय खर्च          हङकङ डलर  १००००–
जम्मा                            हङकङ डलर  २५०००–

६. बिज्ञापन तथा शुभकामना दर :

१. पछाडीको बाहिरी पुरा पन्ना (कलर) फोटो सहित, (८.२७/११.६९) हङकङ डलर २०००
२. अगाडिको भित्री पुरा पन्ना (कलर) फोटो सहित, (८.२७/११.६९) हङकङ डलर १५००
३. पछाडीको भित्री पुरा पन्ना (कलर) फोटो सहित, (८.२७/११.६९) हङकङ डलर १५००
४. भित्री पुरा पन्ना (कलर) फोटो सहित, (८.२७/११.६९) हङकङ डलर १०००
५. भित्री आधा पन्ना (कलर) फोटो सहित, (८.२७/५.८५) हङकङ डलर ५००
६. भित्री चौथाई पन्ना (कलर) फोटो सहित, (४.१३/५.८५) हङकङ डलर ३००

५. बैङक खाता :

BANK OF EAST ASIA (BEA)
A/C: 015-523-40-400407-0
KIRAT RAI ASSOCIATION HONG KONG LIMITED

७. कार्य बाँडफाँड

क. संयोजन समिति :

१. प्रमुख ब्यावस्थापक: बिभाग प्रमुख
२. बजार ब्यावस्थापक : कोषाध्यक्ष
३. सह बजार ब्यावस्थापक : सहकोषाध्यक्ष
४. संयोजक :
५. सम्पादक :
६. आवारण डिजाईन :
७. सदस्यहरु : सम्पुर्ण बिभागहरु यस्का सदस्य रहनेछन ।

१. ब्यावस्थापकको काम, कर्तब्य अधिकार :

१. प्रकाशनहुने पुस्तकको अनुमानित बजेट निर्धारण गर्नु ।
२. रचनाकार, लेखक, कर्मचारी आदिको पारिश्रामिक निर्धारण गर्नु ।
३. आम्दानीको श्रोतहरु निर्धारण गर्नु ।
४. बजारीकरणको निति तयार गर्नु ।
५. बजार नितिलाईलाई संचालन तथा लागु गर्नु ।
६. प्रकाशन गर्दा आवश्यकपर्ने सम्पुर्ण बस्तुहरुको प्रवन्ध गर्नु ।

२. बजार ब्यावस्थापकको काम, कर्तब्य अधिकार :

१. प्रमुख ब्यावस्थपकलाई सहयोग गर्नु ।
२. बिज्ञापन, शुभकामना आदी संकलन गर्नु ।
३. प्रमुख ब्यावस्थापकलाई सहयोग गर्नु ।

४. संयोजकको काम, कर्तब्य र अधिकार :

१. योजना पुरा गर्न बिभिन्नि अंशमा कार्य बिभाजन गर्नु ।
२. बिभाजित कार्य पुरा गर्न दैनिक कार्य तालिका बनाउनु ।
३. दैनिक कार्य तालिका अनुसार कार्य प्रगति भैरहेको वा नभईरहेको हेर्नु।
४. योजनालाई समयमै सिध्याउनु, कार्य तालिका बनाउनु ।
५. योजना पुरागर्न सम्पुर्ण कार्यहरुको संयोजन गर्नु ।

५. संपादकको काम, कर्तब्य र अधिकार :

१. लेख, रचना, तथा अन्य प्रकाशित हने सामाग्रीमा सेन्सरसिप गर्नु ।
२. सम्पादकिय तथा विशेष सम्पादकिय लेख्नु ।
३. उचित लेख रचनालाई उचित स्थानमा राख्नु ।
४. गुणात्मक तथा पठनयोग्य वनाउनाको लागि विशेष ध्यान दिनु ।
५. छपाईको गुणस्तरलाई हेर्नु ।
६. सम्पूर्ण लेख, रचनाको सम्पादन गर्नु, प्रुफ रिडिङ हेर्नु ।
७. प्रकाशित गरिने लेख, तथा रचानाको सत्यता र स्रोतको एकिन गर्नु ।

६. आवारण डिजाईनरको काम, कर्तब्य र अधिकार :

१. लेख, रचना अथवा पुस्तकको थिम अनुसारको आवरण डिजाईन गर्नु ।

७. सदस्यहरु को काम, कर्तब्य र अधिकार :

१. बिज्ञापन संकलन गर्न सहयोग पुऱ्याउने ।

८. शुभकामना वा बिज्ञापन पत्रको नमुना

किरात राईहरुको ईतिहास, भाषा, लिपि, धर्म, संस्कार, संस्कृती, कला, साहित्य बिषयमा जानकारी मुलक लेख/रचनाहरु प्रकाशन गरि किरात राईहरुलाई सुसुचित गराउन तथा चेतना जगाउन किरात राई यायोक्खा हङकङले बार्षीक रुपमा यलम्बर स्मारिका नामक मुखपत्र प्रकाशन गरि नि:शुल्क बितरण गर्दै आईरहेको जानकारी गराउदछौं ।

यस बर्ष साकेला उभौलीको दिन यलम्वर स्मारिका प्रकाशन गरि लोर्कापण गर्न लागी रहेकाछौ । यसर्थ सदाझैं यस अंकमा पनि साकेला उभौलीको पुनित अवसरमा समस्त दाजुभाई तथा दिदिबहिनीहरुलाई शुभकामना प्रदान गरि वा हजुरको ब्यापार ब्यावसायको बिज्ञापन प्रचार गरि सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौ ।

९. लेख/रचना सम्बन्धि सुचना

किरात राईहरुको ईतिहास, भाषा, लिपि, धर्म, संस्कार, संस्कृती, कला, साहित्य बिषयमा जानकारी मुलक लेख/रचनाहरु प्रकाशन गरि किरात राईहरुलाई सुसुचित गराउन तथा चेतना जगाउन किरात राई यायोक्खा हङकङले बार्षीक रुपमा यलम्बर स्मारिका नामक मुखपत्र प्रकाशन गरि नि:शुल्क बितरण गर्दै आईरहेको छ ।

सदा बर्ष झैं यस बर्ष पनि साकेला उभौलीको दिन लोकार्पण गर्न लागी रहेकाछौ । यहाँहरुको किरातजन्य लेख/रचनाहरु छ भने प्रकाशनको लागि पठाई दिनहुन लेखक तथा सर्जकहरुलाई हार्दिक अनुरोध गर्दछौ । सर्जकहरुलाई समय सापेक्ष शिर उभ्याउनि गरिने जानकारी गराउदछौं ।

१०. लोकार्पन :

साकेला उभौलीको दिन लोकार्पन गरिने छ । लोर्कापन गरिसके पछि संयोजकलाई मन्तब्य स्मारिका बारेमा बोल्न दिईने छ ।

डाउनलोड :

स्मारिका प्रकाशन एमएसवर्ड पिडिएफ
बिज्ञापन–पत्र (नमुना) एमएसवर्ड पिडिएफ
लेख संकलन पत्र (नमुना) एमएसवर्ड  पिडिएफ

(समाप्त)