नियुक्तिपत्र word icon

सुप्तुलुङखिम निर्माण तथा ब्यावस्थापन बिभाग

construction-image

हाम्रो परिचय

किरात राई यायोक्खा हङकङको सामुहिक सुप्तुलुङ खिमलाई आर्थिक सहयोग संकलन गर्दै निर्माण, मर्मत, सम्भार, तथा ब्यावस्थापन गर्नु, किरात राईहरुले पौराणिक कालमा चलाएको हात हातियार, ऐतिहासिक बस्तुहरु, गरगहना, भेषभुषा, संकलन गरि संग्रह गर्न हाम्रो बिभागको काम, कर्तब्य र उदेश्य रहेको छ ।

हाम्रो समुह

harichandra
१. बिभाग प्रमुख – हरिचन्द्र राई

Bimal
२. बिभाग उपप्रमुख – बिमल राई

hejen
३. मुल संयोजक – हेजेन राई

हाम्रो सेवाहरु

१. सुप्तुलुङखिमको मर्मत, सम्भार तथा परियोजना अनुसार निर्माण गर्नु ।
२. सुप्तुलुङखिम निर्माण सम्बन्धि तालिम, सेमिनार आदि गराउनु ।
३. सुप्तुलुङखिमलाई आवश्यक पर्ने कोष संकलन गर्नु ।
४. किरात राईहरुले चलाई ल्याएका पौराणिक हातहतियार, गरगहनाहरु, भेषभुषा संकलन गर्नु ।
५. सुप्तुलुङखिमको निर्माण गराउनु ।
६. सुप्तुलुङखिम सहयोगदाताहरुको नामवली लिस्टिङ अपटुडेट गर्नु ।
७. किराया हङकङले संचालन गर्न दिएका अन्य परियोजनाहरु संचालनगर्नु ।

कोष :

कोष निम्न तरिकाले रहने छ ।

१. सुप्तुलुङखिम खरिद अक्षयकोष :

६ मार्च २०१६ भन्दा अगाडी सुप्तुलुङखिममा नामावली लेखाउने दाताहरुको रकम (खरिद पश्चात बाँकी रहेको) यसकोषमा रहने छ । यसको मुलधन खर्चगर्न पाईने छैन । यसबाट आएको ब्याज किरात राईहरुको इतिहास, भाषा, लिपि, कला, साहित्य, धर्म, संस्कार र संस्कृतिको खोज, आन्वेषण, अध्यन, अध्यापन गर्न गराउन खर्च गरिने छ ।

२. सुप्तुलुङखिम ब्यावस्थापन बिशेषकोष :

६ मार्च २०१६ भन्दा अगाडि चुलाघर खरिद सहयोग पुस्तिकामा नाम छुट हुन गएका दाताहरुबाट सहयोग संकलन गरि यो कोष निर्माण गरिने छ । यो कोषको रकम अन्य शिर्षकमा खर्च नगरी मुल दुवार बनाउन, मुर्ति स्थापना गर्न, संग्राहलय बनाउन, पुस्तकालय बनाउन, कोठा थप्न, मर्मत सम्भार गर्न, लिज बढाउन, गोभरमेन्ट रेन्ट आदिमा खर्च गरिने छ ।


भावी योजनाहरु

नवौ अधिवेशनले अनुमोदन गरेका
योजनाकार : शशि मदन राई
(अध्यक्ष, किराया हङकङ, २०१२–२०१६)
प्रस्तुती : ६ मार्च २०१६

१. भावि योजना

किरात राई यायोक्खा हङकङले बार्षिकरुपमा बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । साकेला उधौली, उभौलि, चुलापुजा, देउसेभैलो, यलम्बरसाँझ, येलेदुङ आदी किराया हङकङको बार्षिक नियमित कार्यक्रमहरु हुन । अब किरात राई यायोक्खा हङकङलाई कार्यक्रममुलक मात्र नबनाई सेवामुलक बनाउनु पर्नेछ । हङकङमा बसोबास गर्ने किरात राईहरुलाई सेवा प्रदान गर्नुछ । किरात राई यायोक्खा हङकङको कार्यसमिति मा पदलोलुप्ता सृजना नगरि किरात राईहरुको सेवकको रुपमा स्थापित गराउनु छ ।  भरखरै खरिद गरेको राईहरुको एकताको प्रतिक सामुहिक चुलाघरलाई संसारभरि चिनाउनुछ । राई एकताको सन्देश पुऱ्याउनु छ । किरात राईहरुको मौलिक धर्म, संस्कार र संस्कृतीलाई बचाउनु छ । किरात राईहरुलाई अन्य धर्ममा प्रवेश गर्नबाट बिमुख गराउनु छ । बरु बाटो बिराएर अन्य धर्ममा प्रवेश गरेकोहरुलाई मुलघर चुलाघरमा फर्काउनु छ । किरात राईहरुको जन्म देखी मृत्यु सम्मको संस्कारहरुलाई ब्यावस्थापन गर्दै सेवा प्रदान गर्नु छ । किरात राईहरुको सांस्कृतीक धरोहर साकेला शिलिलाई ब्यावस्थापन गराउनु छ । किरात राईहरुको सरसजावट, गरगहना, भेषभुसाको खोज अनुसन्धान गरि पुर्नरवृती बनाउनु छ । किरात राईहरुले चलाएको हातहतियार, प्राचिन बस्तुहरु संकलन गरि किरातीहरुको ईतिहास, बिकाशक्रम, जिवन पद्धति, युग प्रवेशको खोज अनुसन्धान गर्नुछ । किरात राईहरुले खानपान गरिल्याएका मौलिक खानपानहरुको खोज, अनुसन्धान, आधुनिकरण गर्दै, त्यसलाई बनाउने शिप तरिका ज्ञान आदि सिकी सिकाई बजारिकरण गर्नुछ । किरात राईहरुको ईतिहास, भाषा, लिपी, कला, साहित्य, धर्म, संस्कार, संस्कृती सम्बन्धि, खोज, संकलन, आन्वेशन गर्न प्राज्ञिक बुद्धिजिवी ब्याक्तिहरुलाई किराया हङकङमा ल्याउनुछ ।

निर्माण योजना

किरात राई यायोक्खा हङकङको अल्पकालिन तथा दिर्घकालिन गरि निम्न निर्माण योजनाहहरु परिकल्पना गरिएको छ । योजना सम्पन्न गर्न आर्थिकको पनि त्यतिकै महत्व छ । योजना सम्पन्न गर्न आन्तिरिक तथा बाह्य राष्ट्रहरुबाट सहयोग जुटाईने छ । किरात राई यायोक्खा हङकङले प्राथमिकताको आधारमा र बजेटको आधारमा योजनाहरु छनौट गरि सम्पन्न गर्दै जानेछन ।

१. प्रवेश दुवार स्थापन :

सुप्तुलुङ खिममा प्रवेश दुवार बनाईने छ । प्रवेश दुवारमा बावुक निर्माण गरिने छ । बाबुकको बारेमा भिजिटरर्सहरुलाई किरातीहरुको बिकाश क्रममा प्रयोग गरेका बावुकको उपयोगिताबारे जानकारी मुलक लेख राखिने छ । प्रवेश दुवार सबैभन्दा माथि किरात राई यायोक्खा हङकङ लेखिने छ । दोस्रो लहरमा किरात राई अन्तराष्ट्रिय प्रतिष्ठान लेखिने छ । अन्यले कार्यक्रम गर्दा किरात राई अन्तराष्ट्रिय प्रतिष्ठान लेखेको ठाउँमा उनिहरुको ब्यानर राख्न दिईने छ ।

Gate1

२. सुम्निमा पारुहाङको मुर्ती स्थापना :

चुलाघरको प्रवेश दुवारको दाहिने पट्टि सुम्निमा पारुहाङको मुर्ती स्थापनागरि भिजिटरर्सहरुलाई किरातीहरुको धार्मीक पहिचान तथा किरात धर्म प्रर्वतक, प्रथम मानव पुर्खाको बारेमा जानकारी मुलक लेख राखिने छ ।

sumnima1

३. तयामा खियामा र खक्चिलुप्पाको मुर्ति स्थापना :

चुलाघरको प्रवेश दुवारको देब्रे पट्टि तयामा खियामा र खक्चिलुप्पाको मुर्ति स्थापनागरि भिजिटरर्सहरुलाई किरातीहरु ढुङगे युगदेखी कृषी युगमा प्रवेशगरेको इतिहास बर्णन गरिनेछ ।

Tayama

४. यलम्बरको चित्र अंकित गर्ने :

यलम्बरहलको भित्तामा यलम्बरराजाको ताम्रपत्रमा चित्र कुँदी किरातीहरुले नेपालमा ३२ पुस्ता सम्म राज्य गरेको ऐतिहासिक तथ्य जानकारी गराइनेछ ।

yalambar1

५. संग्राहलय निर्माण :

किरात राईहरुले चलाएको प्राचिन हातहतियार संकलनगरि त्यस्को बारेमा विस्तृत जानकारी सहित यलम्बरहलमा संग्रह गरिने छ । जसले किरात सभ्यताको प्राचिन महत्वको बारेमा बर्णन गर्न सकोस ।

museum

६. पुस्तकालय निर्माण :

किरात राईहरुको भाषा, लिपी, कला, साहित्य, ईतिहास, धर्म, संस्कृती, संस्कार सम्बन्धि, खोज, संकलन, आन्वेशन गरिएको पुस्तकहरुको पुस्तकालय खोलिने छ ।

book

७. स्टेज निर्माण

यलम्बर हलमा कार्यक्रमहरु गर्न एक स्टेज बनाईने छ । स्टेजस्टेरियो साउण्ड युक्त हुनेछ । स्टेज, सभा सेमिनार गर्दा प्रयोग गर्न दिईने छ।

stage

८. प्रोजेक्टर जडान

सभा सेमिनार गर्दा प्रेजेन्टेसनको लागि १ प्रोजेक्टर स्टेजमा लगाईने छ ।

projector

९. परिवर्तनीय कोठा

यलम्बर हलमा सार्न मिल्ने कोठाहरु बनाईने छ । जुन मल्टि प्रोपोज रुपमा प्रयोग गरिने छ । भाषिक संस्थाहरुलाई बैठक बस्न यो कोठा निशुल्क प्रदान गरिने छ । अन्य कार्यक्रममा भने हल भाडा लिईने छ । यस हलमा दाताहरुको नामावली दृश्यङकन देखी चुलाघर खरिद समितिका नामावली तथा किरातीहरुले चलाई ल्याएको पौराणिक हातहतियार तथा प्राचिन सामाग्रीहरु समेतको संग्रह प्रदर्शनी गरिने छ । यस हललाई आवश्यक परेको बेला जुनसुकै तरिकाको र साईज बनाउन सक्ने बनाईने छ ।

movable hall

१०. तालिम कक्षा

बिभिन्न जिवनपयोगी तालीमहरुको Course of study बनाई तालीम कक्षाहरु संचालन गरिनेछ । भाषिक संस्थालाई भाषाकक्षा संचालन गर्न लाईने छ ।

training room

११. टोईलेटको ब्यावस्था

यलम्बर हलमा लेडिज र जेन्ट्स छुट्टा छुट्टै टोईलेटको ब्यावस्था गरिने छ । माथि तल्लाको बेडरुममा पनि कमन टोईलेटको ब्यावस्था गरिने छ ।

toilet

१२. आपतकालिन बाटो

सुरक्षाको दृष्टिकोणले चुलाघरबाट निस्कने दुईवटा ढोका राखिने छ । एक यलम्बर हलको मुल ढोकामा र अर्को किचनमा एक संकटकालिन ढोका राखिने छ ।

exit

१३. अस्थाई छाना

घरको बाहिर भागमा अस्थाई छाना लगाईने छ । ठुलाठुला कार्यक्रमहरु गर्दा यो ठाँउको प्रयोग गरिने छ ।

roof

१४. सिसि टिभि जडान

सुरक्षाको दृष्टिकोणले यलम्बर हल, किचन र बाहिर घरको कम्पाउण्डमा सिसि टिभि जडित हुनेछ । सिसि टिभि इन्टरनेट बाट हेर्न सकिने बनाईने छ ।

cctv

१५. नामावली दृश्याङकन

चुलाघर खरिद र चुलाघर ब्यावस्थापनमा सहयोगगर्ने दाताहरुको नामावली यलम्बरहल्मा चुलाघर खरिद परियोजना (१) अनुसार दृश्यंकन गरिने छ ।

 digital

२१. कार्यलय कोठा

चुला कोठाको छेवैमा कार्यलय कोठा बनाईने छ । यसकोठामा किरात राईहरुको भाषिक संस्था र भ्रात्री संस्थालाई एकएक वटा दराज, फाईल राख्नलाई प्रदान गरिने छ । कार्यलय कोठामा एक टेलीफोन, फ्याक्स र ईन्टरनेट सेवा जडान गरिने छ ।

office

खानपान सेवा योजना

किरात राईहरुले खानपान गर्दै आएको मौलिक खानपानहरुको खोज, अनुसन्धान गर्न, बनाउन, रिशिपि तयार गर्न, नया जेनेरेसनलाई सिकाउन, बजारिकरण गर्न किरात राई यायोक्खा हङकङले निम्न योजना संचालन गर्नेछ ।

१. सुम्निमा मौलिक खानपान तथा भान्छाघर

बिबाह, पार्टी, भोज भत्तेरको लागि आवश्यक पर्ने मौलिक खानपान सेवा उपलब्ध गराउन सुम्निमा मौलिक खानपान तथा भान्छाघर संचालन गरिनेछ । कन्टिनेन्टल खानाको आवश्यक भए बाहिरबाट कुक झिकाई यो सेवा उपलब्ध गरिने छ ।

buffet

२. पाररुहाङ ढुवानी तथा यातायात सेवा

बिबाहभोज, पार्टी, सेमिनारहरु गर्दा सहभागीहरुलाई चुलाघर सम्म आउन जानको लागि सशुल्क यातायात सेवा उपलब्ध गराईने छ ।

transport

३. पातेसुङ बिबिक्यु सेवा

किरात राईहरुलाई छुट्टि मनाउनको लागि बिबिक्यु सेवा उपलब्ध गराईने छ । सुम्निमा खानपान तथा भान्छाघरमा सम्पुर्ण बिबिक्युलाई चाहिने सामाग्रिहरु राखिने छ । बिबिक्यु सेवाको लागि बाहिर आँगनमा ५ वटा चुला राखिने छ जस्मा ४०/५० जनाको समुहले यो सेवा लिन मिल्ने छ ।

bbq

४. यलम्बर शयनकक्ष सेवा

यलम्बर हलको तलामाथि २ वटा वेडरुम र १ वटा कोठा चुलाघर रुङनेलाई बनाईनेछ । किरात राईहरु कहिले काँही विकेन्ड मनाउन फेमीली सहित गएको बेला बस्न दिईने छ । नेपालबाट आएका कलाकार तथा पाहुनाहरुलाई समेत यहाँ राखिने छ ।

bedroom

५. रुमाहाङ फायर क्याम्पिङ सेवा

कोही ईच्छुक महानुभावहरु एक रात फायर क्याम्पिङ बस्न जाने भए क्याम्पिङ सेवा उपलब्ध गराईने छ । क्याम्पिङलाई चाहिने सम्पुर्ण टेन्टहरु किराया हङकङले उपलब्ध गराउने छ । आँगनमा क्याम्प लगाईने छ । पानी परिहाले यलम्बर हलमा क्याम्प सार्न सकिने छ । यसको शुल्क किराया हङकङले तोक्ने छ ।

camp

६. तयमाखियामा सरसजावट सेवा

किराती सरसजावट सामाग्री, गरगहना, भेषभुषाको खोज, अनुसन्धान, निर्माण गर्दै किराती राईहरुलाई आवश्यक परेमा उनिहरुलाई सरसजावट सेवा प्रदान गरिने छ । नेपालबाट किराती सरसजावटका सामाग्रीहरु, गरगहना, भेषभुषाहरु ल्याई शुलभ मुल्यमा बिक्रि गरिनेछ ।

decoratio

७. रैछाकुले फोटोस्टुडियो सेवा

किरात राईहरुलाई बिबाह, भोजभत्तेर आदिमा आवश्यक परेमा सस्तो र सुलभ मुल्यमा  फोटो स्टुडियो, प्रिन्टिङ तथा भिडियो सेवा संचालन गरिने छ ।

camera

८. तयमाखियमा फारमिङ सेवा

चुलाघर भन्दा बाहिर खालिजग्गा लिजमा खोजी सिस्नु, डल्ले खोर्सानी, कुखुरा पालन आदिको भविश्यमा फारमिङ गरिने छ।

farm

९. कार्यलय सहायक सेवा

दैनिक रुपमा किरात राईहरु घुम्न जान, चुलादर्शन गर्न, बिबिक्यु खान, कार्यक्रम गर्न, फायर क्याम्पिङ वा सुत्नजान परेमा चुलाघर खोल्न वा बन्द गर्न एक कार्यलय सहायकको नियुक्ति गरि सुबिधा उपलब्ध गराईने छ ।

office assist


 

भुपु पदाधिकारीहरु (सन २०१४–१६)

बिभाग प्रमुख – रजिन राई (69937354), मुल संयोजक – हेजेन राई (95530974), संगठन प्रमुख – धिराज कुमार राई (60904950) र महासचिव – हरिचन्द्र राई (69937354)

Rajinhejendhirajharichandra