देउसेभैलो कार्यक्रम

अनुसूची १

इतिहास र किंवदन्तिहरुको आधारमा किरात राजा बलिहाङको कालबाट तिहारमा देउसेभैलो खेल्ने परम्परा रहीआएको बुझिन्छ । तसर्थ तिहारलाई किरात राईहरुले आफ्नै चाडको रुपमा मानेको छ । यो चाडबारे किरात राईहरुमा दुईमत छैन । श्रोतः बमबहादुर राई किरात इतिहास (पृ-८-९) ।

किरात राई यायोक्खा हङकङकले पनि हरेक बर्ष हङकङमा रहेका दाजुभाई तथा दिदि बहिनी संग भेटघाट गर्दै कोष अभिवृदि गर्ने उदेश्यले देउसे भैलो कार्यक्रमको आयोजना गर्दै आईरहेछ ।

संयुक्त देउसेभैलो :

११ जुन २०१७ मा बसेको किराया हङकङको बैठकले किराया हङकङको भाषिक संस्थाहरुसंग अब उप्रान्त मितब्यायिता र समय बचतलाई मध्यनजर गर्दै संयुक्त देउसे भैलो आयोजना गर्ने प्रस्तावमा छलफल गरि निम्न बुँदाहरु अनुमोदन गरेको छ ।

  1. किराया हङकङले अब उप्रान्त हरेक भाषिक संस्थासंग संयुक्त देउसेभैलो कार्यक्रमको आयोजना गर्नेछ ।
  2. संयुक्त देउसे भैलो कार्यक्रम सुप्तुलुङखिममा गरिनेछ । यसको खानपान तथा ब्यावस्थान किराया हङकङले गर्नेछ ।
  3. यस कार्यक्रममा लागेका सम्पुर्ण खर्च किराया हङकङ लगायत भाषिक संस्थाहरुले दामासाहीमा बेहोर्नु पर्नेछ ।
  4. दक्षिणाको लागि किराया हङकङ लगायत हरेक भाषिक संस्थालाई छुट्टा छुट्टै स्टल प्रदान गरिने छ ।
  5. भाषिक संस्थाले सहभागीहरुलाई स्वेच्छाले फुल, टोपि, खादा आदि लगाईदिन सक्नेछन ।
  6. त्यस्तै सहभागिहरुले आफ्नो खुशिले भाषिक संस्थालाई दक्षिणा प्रदान गर्नेछ । अनिवार्य हुने छैन ।
  7. कार्यक्रममा हरेक भाषिक संस्थालाई एक एक वटा मनोरन्जनात्मक खेल खेलाउन दिईने छ ।
  8. खेल समाजलाई अपाच्यहुने खेलहरु खेलाउन दिईने छैन । खेल खेलाउन दिने कि नदिने भन्ने निर्णय किराया हङकङले गर्नेछ ।
  9. कार्यक्रमको निमन्त्रणा पठाउदा मुल आयोजक किराया हङकङ र सह–आयोजक भनि भाषिक संस्थाहरुको नाम उल्लेख गर्नु पर्ने छ ।

आवश्यक सामाग्रीहरु :

  1. भट्याउने मानिसहरु
  2. देउसेभैलो गितहरु
  3. नाङलो, दियो बत्तिहरु
  4. फुलमालाहरु

संयोजन समिति

बिभाग प्रमुख
(कोष–अभिबृद्धि बिभाग)गंगाराम राई
स्वगत प्रमुखपविता पुमा खानपान प्रमुखजजिन राई सत्कार प्रमुखपबित्र बान्तावा
अनुसूची २

खानपान मेनु

सहभागिहरुलाई निम्न खानपान बफेट सिस्टममा उपलब्ध गराईने छ ।

स्टाटर्स
  1. सलाद/अचार
  2. आलुदम/पापड
  3. सुङगुर/कुखुराको मासुको भुटुवा
  4. सेल रोटि
ड्रिङकस
  1. कोक, फ्यान्टा, स्प्राईट, पानी
  2. एप्पल जुस, ओरेन्ज जुस, लेमन टि
  3. बियर, वाईन, हार्ड ड्रिङकस
मेन कोर्ष
  • भात
  • दाल/सब्जि/अचार
  • सुङगुर/कुखुराको मासुको तरकारी
अनुसूची ३

खर्च तथा आम्दानी

कार्यक्रमको खर्च आम्दानी मिलान गर्न निम्न तरिकाले रकम संकलन गरिने छ ।

दक्षिणा संकलन

  1. सहभागीहरुबाट ऐच्छिक रुपमा दक्षिणा संकलन गरिने छ ।
  2. सम्पुर्ण खर्चहरु भाषिक संस्थाहरुसंग दामासाहीले बेहोरीने छ ।
अनुसूची ४

कार्यक्रम :

नाम : संयुक्त देउसे भैलो कार्यक्रम
संयोजक : कोष–अभिबृद्धि बिभाग
आयोजक : किराया हङकङ
सहआयोजक : भाषिक संस्थाहरु
मिति :
समय : बेलुकि ६ बजे
स्थान : सुप्तुलुङ खिम

कार्यक्रमको रुपरेखा :

०७:००–०९:०० बजे : खानपान
०९:००–०९:३० बजे : औपचारिक कार्यक्रम
०९:३०–१०:०० बजे : देउसे भैलो
१०:००–१०:३० बजे : नाचगान
१०:३०–११:०० बजे : सरसफाई
११:०० बजे : फिर्ता

कार्य बाँडफाँड

  1. समन्वय (कार्यक्रम) – समन्वय बिभाग
  2. यातायात (बस ब्यावस्थापन) – यातायात बिभाग
  3. सुरक्षा (प्राथमिक उपचार) – सुरक्षा बिभाग
  4. निर्माण (भाषिक संस्थालाई नाङलो) – निर्माण बिभाग
  5. संस्कार (चामल, दियोबत्तिहरु) – संस्कार बिभाग
  6. सरसजावट (कार्यक्रम स्थल) – सरसजावट बिभाग
  7. संचार (फोटो/भिडियोग्राफी ) – संचार बिभाग
  8. छपाई (ब्यानर/प्रचारप्रचार) – छपाई बिभाग
  9. स्वागत (ब्याज फुल बितरण) – स्वागत बिभाग
  10. संस्कृति (देउसेभैलो नाचगान) – संस्कृति बिभाग
  11. कोष (सामाग्री खरिद) – कोष अभिबृद्धि बिभाग
  12. खानपान (बफेट ब्यावस्थापन) – खानपान बिभाग
  13. सत्कार (बफेट हेरबिचार) – सत्कार बिभाग
  14. सरसफाई (कार्यक्रम स्थल) – सरसफाई बिभाग
  15. ओसारपसार (बस्तुहरु) – ओसारपसार बिभाग

बिगत सालको देउसेभैलो क्लिक

deusi171