नियुक्तिपत्र word icon

(५)
दस्तावेजीकरण, छपाई तथा दृश्यंकन विभाग

web1

हाम्रो परिचय

किरात राईहरुको इतिहास, भाषा, लिपि, कला, साहित्य, धर्म, संस्कार र संस्कृतिको खोज, आन्वेषण गरि वेभसाईड मार्फत किरात राईहरुको बारेमा बिश्वमा जानकारी गराउन तथा किरात राईहरुलाई चाहिने छपाई, प्रिन्टिङ, एडिडिङ सम्बन्धि कार्य गर्न हाम्रो प्रमुख  काम, कर्तब्य र उदेश्य रहने छ । तेस्तै किरात राई हङकङले प्रकाशन गर्ने यलम्बर स्मारिका मुख पत्रलाई निरन्तरता दिनु, किरात राईहरुले आयोजना कार्यक्रममामा गई बिभिन्न कार्यक्रम रिपोर्ट, कार्यक्रमको छायाङकन आदि गर्न गराउन  तथा दस्तावेजिकरण गर्दै  किरात राईहरुको अनलाईन तथा भौतिक पुस्ताकलया निर्माण गर्नु हाम्रो बिभागको काम, कर्तब्य र उदेश्य रहेको छ । यस बिभागले कार्यक्रममा सहभागीहरुको फोटो खिचि फोटो ग्राफी सेवा समेत प्रदान गरि कोष निर्माण गर्ने उदेश्य रहेको छ ।

यस बिभागका बिभाग प्रमुख योग्यताको आधारमा बहालवाला कुनै एक सदस्य रहने छ ।

हाम्रो समुह

१. बिभाग प्रमुख – बिमल राई
Bimal

२. यलम्बर प्रकाशन प्रमुख – बज्र कुमार राई
Bajra

३. सम्पादक –
image (1)

४. बजार ब्याबस्थापक –
image (1)

५. रिपोर्टर/फोटो ग्राफर –
image (1)

६. प्रुफ रिडर –
image (1)

७. अंग्रेजी अनुवादक –
image (1)

८. वेभ डिजाईनर –

हाम्रो सेवाहरु

१. किराय हङकङको वेभसाईड kiratrai.org लाई निरन्तर संचालन गर्ने, रिन्यु गर्ने ।
२. किराया हङकङको गतिबिधी तथा लेखहरु वेभसाईडमा निरन्तर प्रकाशीत गर्ने ।
३. अन्य बिभागले माग गरेका सम्पुर्ण छपाई तथा एडिटिङ सम्बन्धि कार्य गर्ने ।
४. कार्यक्रमको तस्विर, भिडियो आदि लिने तथा रिपोर्ट तयार गरि दस्तावेजीकरण गर्ने ।
५. किराया हङकङको बार्षिक मुखपत्र यलम्बर स्मारिकालाई निरन्तरता दिने ।
६. स्मारिका तथा वेभ प्रकाशन खर्चको तर्जुमा गरि बिज्ञापन, शुभकामना लिने ।
७.  बिभिन्न ब्यक्तिहरुको तस्बिर खिचि अनलाईन वा छपाएर बिक्रि बितरण गर्ने ।
८. बिभिन्न संघसंस्थाका अध्यक्षको नाम र फोन नंम्बर अपडेट गर्ने ।
९. भाषिक संस्था तथा भातृसंस्थाको गितिविधिहरु अपडेट गर्ने ।
१०. किरात राईहरुको ईतिहास, भाषा, लिपि, कला, साहित्य, धर्म, संस्कार, संस्कृती सम्बन्धि सशुल्क अनलाईन तथा भौतिक पुस्तकालय निर्माण गर्ने ।


परियोजना – वेभसाईड निर्माण

शशि मदन राई (अध्यक्ष, किराया हङकङ, सन २०१४)

१. परियोजना :

किरात राईहरुको ईतिहास, भाषा, लिपि, धर्म, संस्कार, संस्कृती, कला, साहित्य जस्ता बिषयमा खोजमुलक आन्वेषनको जानकारी गराउन kiratrai.org वेभसाईड सन २००६ सालमा श्री नरहाङ राईज्यु अध्यक्ष हुँदा दर्ता गरिएको हो । यो वेभसाईड निर्माण गर्दा, संस्थापक सचिव श्री रामली राईज्युको संयोजकत्वमा, सहसचिव श्री अमोद राईले यो वेभ साईडको निर्माण गर्नु भएको थियो । सन २००८ सालको अधिवेशन संगै श्री अमोद राईको कार्यकाल सकिएपछि, यो वेभसाईडको एडमिनिस्ट्रेटर नभएर लामो समयसम्म अपडेड हुन सकेन । सन २०१० सालको अधिवेशन पश्चात श्री नरहाङ राईज्युको कार्यकाल सकिएपछि रिन्यु नभएर वेभसाईड नै बन्द हुन पुग्यो ।

यसपछि श्री किसन राई अध्यक्ष हुँदा अर्काकोको नाममा दर्ता भैसकेको वेभसाईडलाई अक्सन लडी पुन किनियो र तत्कालिन सचिव श्री पिताम्वर राईज्युले यस्को एडमिनिस्ट्रेटर चलाउनु भयो । तर पुरानो दस्तावेज सवै क्षय भयो । सन २०१२ को अधिवेशन पछि श्री पिताम्वर राईज्युको सचिव कार्यकाल सकिएपछि फेरी यस्को एडमिनिस्ट्रेटर नभएर पुन दोस्रो पल्ट बन्द हुन पुग्यो । फेरी अर्कैले दर्ता गरिलगेछ । सन २०१४ भन्दा अगाडीको सम्पुर्ण दस्तावेजहरु पुन हराएर गयो ।

सन २०१४ साल पछि श्री शशि मदन राईको दोस्रो कार्यकाल अध्यक्ष हुँदा पुन अक्सन लडि फेरी किनियो । हाल यस वेभ साईडको डिजाईन र लेखन श्री शशि मदन राईले गर्नु भएको छ । यो वेभसाईड अहिलेको नया टेक्नोलोजी रेस्पोन्सिभ वेभ टेक्नोलोजीमा डिजाईन भएको छ । रेस्पोन्सिभ वेभ टेक्नोलोजी भनेको डेस्कटपमा हेर्दा पनि, ल्यापटपमा हेर्दापनि, मोबाईलमा हेर्दा पनि अथवा जेमा हेर्दा पनि तेसैको स्क्रिनमा फिट भएर आँउदछ ।

२. निष्कर्ष

६ मार्च २०१६ मा किराया हङकङको ९औं अधिवेशन हुनेछ । अधिवेशन पछाडी यो वेभसाईड पुन बिगत सालको जस्तो बन्द हुने क्रम नहोस , kirtatrai.org मार्फत विश्वलाई किरात राईहरुको बारेमा अनुसन्धानगर्न अनलाई पुस्ताकलय मार्फत सहयोग पुऱ्याउन सफल होस भनि  निम्न बिभागलाई संचालन गर्न जिम्मा दिईने छ । यो परियोजना किरात राई यायोक्खा हङकङको ९औं अधिवेशनले पारित गरेपछि तोकिएको बिभागले संचालन तथा कार्यन्वन गर्ने छ ।

३. बिभाग :

दस्तावेजीकरण, छपाई तथा दृश्यंकन विभाग

४.. वेभसाईड निर्माणका उदेश्यहरु :

१. किरात राई यायोक्खा हङकङको बारेमा kiratrai.org मार्फत विश्वलाई जानकारी गराउनु ।
२. किरात राई यायोक्खा हङकङले किरात राईहरुलाई प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराउन ।
३. किरात राई यायोक्खा हङकङले निर्माण गरेका परियोजना तथा भावि कार्यक्रमहरुको जानकारी गराउनु ।
४. किरात राई यायोक्खा हङकङको बिधान, बिनियम आदिबारे जानकारी गराउनु ।
५. किरात राई यायोक्खा हङकङको बिभिन्न गतिबिधिहरुबारे जानकारी गराउनु ।
६. किरात राई यायोक्खा हङकङ अन्तर्गतका भाषिक संस्था तथा भात्रि संस्थाहरुको बारेमा जानकारी गराउनु ।
७. किरात राईहरुको ईतिहास, भाषा, लिपि, धर्म, संस्कार, संस्कृती, कला, साहित्य बिषयमा अनलाईन तथा भौतिक पुस्तकालय निर्माण गर्नु ।
८. दृष्टी र बिचार राख्न र साट्न किरात राईहरुको लेख प्रकाशन गरि लेखकिय धरातलको निर्माण गरिदिनु ।
९. बिभिन्न ब्यक्तिहरुको कार्यक्रममा गई फोटो खिचेर अनलाईन बिक्री गर्नु ।

५. अन्य उदेश्यश्यहरु :

१. अन्य बिभागलाई चाहिने एडिटिङ, प्रिन्टिङ तथा छपाई सम्बन्धि कार्य गरिदिनु ।
२. यलम्बर स्मारिकालाई निरन्तर प्रकाशन गर्नु ।
३. कार्यक्रमहरुको तस्विर, भिडियो आदि लिई रिपोर्ट तयार गरि दस्तावेजीकरण गर्नु ।

६. बेभसाईडको बनावट :

बिषय बस्तुलाई निम्न ७ वटा कलममा राखिएको छ ।

१. Home – किरात राई यायोक्खा हङकङकोबारेमा  जानकारी
२. Departments – किरात राई यायोक्खा हङकङको बिभागहरुबारेमा जानकारी
३. Services – किरात राई यायोक्खा हङकङले प्रदान गर्ने सेवाहरुबारेमा जानकारी
४. Events – किरात राई हङकङको नियमित कार्यक्रमहरुबारेमा जानकारी
५. Organization – किरात राई हङकङको भाषिक तथा भ्रातृ संस्थाहरुबारेमा जानकारी
६. Regulation –
७.  E-Library – राईहरुको ईतिहास, भाषा, लिपि, कला, साहित्य, धर्म, संस्कार, संस्कृती सम्बन्धि लेख
८. E-Photos & Printing – अनलाईन फोटो तथा प्रिन्टिङ सेवा

संगठन स्वरुप :

संगठन स्बरुप निम्न तरिकाले निर्माण हुनेछ ।

१. समिति :

१. बिभाग प्रमुख –
२. प्रमुख ब्यावस्थापक –
३. सम्पादक    –
४. बजार ब्याबस्थापक
५. रिपोर्टर/फोटो ग्राफर  –
६. प्रुफ रिडर –
७. अंग्रेजी अनुवादक –
८. वेभ डिजाईनर –

३. बिभागप्रमुखको काम, कर्तब्य :

१. प्रमुख  ब्यावस्थापकको नियुक्ति गर्ने ।
२. बेभ पार्टनर खोजि बिज्ञापन, शुभकामनाहरु स्मारिका वा वेभसाईडको लागि तोकिएको दररेटमा संकलन गर्ने ।
३. बिभिन्न संघसंस्थाका अध्यक्षको नाम र फोन नंम्बर अपडेट गर्ने ।
४. वेभसाईडको अवस्था तथा स्थिति अवलोकन गर्ने ।
५. बिभागको काम कार्वाही प्रति जवाफदेही हुनु ।

४. प्रमुख ब्यावस्थापकको काम, कर्तब्य र अधिकार

१. वेभ डिजाईन र यलम्बर प्रकाशनको सम्पुर्ण जिम्मेवारी लिई ब्यावस्थापन गर्ने ।
२. बेभ पार्टनर खोजि बिज्ञापन, शुभकामनाहरु स्मारिका वा वेभसाईडको लागि तोकिएको दररेटमा संकलन गर्ने ।
३. समिति निर्माण गरि काम, कर्तब्य र अधिकार तोकि नियुक्ति दिने ।
४. प्राप्त बिभिन्न ब्याक्तिको सिङगल तथा ग्रुप फोटोहरु सम्पादन गरि बिक्री बितरणको लागि राख्ने ।
५. बिभागको काम कार्वाही प्रतिउत्तरदायी  हुनु ।

५. सम्पादकको काम, कर्तब्य :

१. किरात राईहरुको बिभन्नि लेखहरु पारिश्रामिक दिई वा नदिई संकलन गर्ने ।
२. प्राप्त रिपोर्टहरु र लेखहरु प्रुफ रिडर वा अनुवादन गराई सम्पादन गर्ने ।
३. सम्पादन भएका रिर्पोट तथा लेखहरु छपाई बिभाग वा वेभ डेभेलोपरकोमा पठाउने ।

६. बजार ब्यावस्थापकको काम, कर्तब्य र अधिकार

१. बजार ब्यावस्थापन हेर्ने ।
२. बेभ पार्टनर खोजि बिज्ञापन, शुभकामनाहरु स्मारिका वा वेभसाईडको लागि तोकिएको दररेटमा संकलन गर्ने ।
३. बिक्री बितरणको ब्यावस्थापन हेर्ने ।
४. बिभागको काम कार्वाही प्रतिउत्तरदायी  हुनु ।

७. रिपोर्टर/फोटोग्राफरको काम, कर्तब्य :

१. किराया हङकङले आयोजना गरेको कार्यक्रमको रिपोर्ट तयार गर्ने ।
२. किराया हङकङले आयोजना गरेको कार्यक्रमको फोटो खिच्ने ।
३. कार्यक्रममा उपस्थित बिभिन्न ब्याक्तिको सिङगल तथा ग्रुप फोटोहरु खिच्ने ।
४. तयारी रिपोर्ट तथा फोटो सम्पादनको लागि सम्पादककोमा पठाउने ।
५ बिभिन्न संघसंस्थाको कार्यक्रम कहिले र कहाँछ जानकारी लिई वेभमा अपडेट गर्ने ।

कोष :

कोष निम्न तरिकाले निर्माण गरिने छ ।

१. वेभ–पार्टनर डोनेसन :

kiratrai.org को Front Page मा १ बर्षको लागि वेभ–पार्टनरको लोगो वा फोटो लिङक राखिने छ । जुन लिङकलाई क्लिक गर्दा वेभ–पार्टनरको बिज्ञापन वा शुभकामना सन्देश निस्कने छ । र वेभ–पार्टनरको बिज्ञापन वा शुभकामना सन्देश यलम्बर स्मारिकामा १ पटकको लागि प्रकाशन गरिने छ ।

२. अनलाई फोटो बिक्री :

बिभिन्न कार्यक्रममा किराया हङकङको फोटो ग्राफरले खिचेका तस्बिरहरु अनलाईन बिक्रीमा राखिने छ । कसैले चाहेमा प्रिन्टेड कपीको साथ एल्बमहरु बिक्री बितरणमा राखिने छ ।

३. अनलाई पुस्तकालय

अनलाईन पुस्तकालय चलाएर कोष संकलन गरिने छ ।


परियोजना – यलम्वर स्मारिका प्रकाशन

किरात राईहरुको ईतिहास, भाषा, लिपि, धर्म, संस्कार, संस्कृती, कला, साहित्य बिषयमा जानकारी मुलक लेख/रचनाहरु प्रकाशन गरि किरात राईहरुलाई सुसुचित गराउन तथा चेतना जगाउन किराया हङकङले बार्षीक रुपमा यलम्बर स्मारिका नामक मुखपत्र प्रकाशन गरि बितरण गर्दै आई रहेकोमा अब उप्रान्त यस स्मारिकालाई ब्यावस्थित र मुनाफित बनाउन यो निर्देशिका प्रस्तावीत गरिएको छ । यो निर्देशिका किरात राई यायोक्खा हङकङको कार्य समितिले अनुमोदन गरेपछि लागु हुनेछ ।

 

smarika1

पुस्तकको नाम र छपाई थान :

पुस्तकको नाम : यलम्बर स्मारिका अंक (१८) रहनेछ ।
छपाई थान : हरेक बर्ष २०० प्रति थान छपाईने छ ।
लोकार्पन हुने मिति : साकेला उभौलीको दिनमा ।
लेख/रचना, संकलन अन्तिम मिति : साकेला उभौलीको १४ दिन अगावै रहने छ ।
पुस्तक प्रकाशन अन्तिम मिति : साकेला उभौलीको ७ दिन अगावै रहने छ ।

समावेश गरिने लेखहरु :

पुस्तकमा निम्न लेखहरु समावेश गरिने छ ।

  1. अध्यक्षिय मन्तब्य
  2. संस्थाको गतिविधि बिवरण
  3. संस्थाको आर्थिक बिबरण
  4. संस्थाको बार्षीक क्यालेन्डर
  5. संस्थाको संगठनात्मक संरचना
  6. संस्थाको कार्यक्रम/परियोजनाहरु
  7. संस्थाको नियम/बिनियम/बिधान
  8. किरात राई सम्बन्धि लेख/रचनाहरु
  9. हङकङका संघसंस्थाको नाम र फोन नंम्बर
  10. ब्यवसायिक बिज्ञापन/शुभकामनाहरु

बिज्ञापन तथा शुभकामना दर :

१. पछाडीको बाहिरि पुरा पन्ना (कलर) फोटो सहित, (८.२७/११.६९) हङकङ डलर २५००
२. अगाडिको भित्रि पुरा पन्ना (कलर) फोटो सहित, (८.२७/११.६९) हङकङ डलर २०००
३. पछाडीको भित्रि पुरा पन्ना (कलर) फोटो सहित, (८.२७/११.६९) हङकङ डलर १५००
४. भित्रि पुरा पन्ना (कलर) फोटो सहित, (८.२७/११.६९) हङकङ डलर १०००
५. भित्र आधा पन्ना (कलर) फोटो सहित, (८.२७/५.८५) हङकङ डलर ५००

लेख/रचना वा विज्ञापन पठाउनुपर्ने ठेगाना :

yayokkha@gmail.com

बिज्ञापन रकम जम्मा गर्नुपर्ने बैङक :

BANK OF EAST ASIA (BEA)
A/C: 015-523-40-400407-0
KIRAT RAI ASSOCIATION HONG KONG LIMITED

प्रकाशन समिति :

१. संयोजक :
२. सम्पादक :
३. प्रुफ रिडर :
४. महाप्रबन्धक :
५. ब्यावस्थापक :
५. आवारण डिजाईन :
६. लेख संकलक :
७. कानुनी सल्लाहकार :
८. प्रकाशक :
९. समायोजक :

संयोजकको काम, कर्तब्य र अधिकार :

१. योजना पुरा गर्न बिभिन्नि अंशमा कार्य बिभाजन गर्नु ।
२. बिभाजित कार्य पुरा गर्न दैनिक कार्य तालिका बनाउनु ।
३. दैनिक कार्य तालिका अनुसार कार्य प्रगति भैरहेको वा नभईरहेको हेर्नु, अनुगमन गर्नु ।
४. योजनालाई समयमै सिध्याउनु डेस्टिनेशन कार्य तालिका बनाउनु ।
५. योजना पुरागर्न सम्पुर्ण कार्यहरुको संयोजन गर्नु ।

संपादकको काम, कर्तब्य र अधिकार :

१. सम्पूर्ण लेख, रचनाको सम्पादन गर्नु ।
२. लेख, रचना, तथा अन्य प्रकाशित हने सामाग्रीमा सेन्सरसिप गर्नु ।
३. सम्पादकिय तथा विशेष सम्पादकिय लेख्नु ।
४. उचित लेख रचनालाई उचित स्थानमा राख्नु ।
५. प्रकाशित गरिने लेख, तथा रचानाको सत्यता र स्रोतको एकिन गर्नु ।
६. गुणात्मक तथा पठनयोग्य वनाउनाको लागि विशेष ध्यान दिनु ।
७. छपाईको गुणस्तरलाई हेर्नु ।

प्रुफ रिडरको काम, कर्तब्य र अधिकार :

१. सम्पूर्ण लेख, रचनाको प्रुफ रिडिङ हेर्नु ।

महाप्रवन्धकको काम, कर्तब्य अधिकार :

१. प्रकाशनहुने पुस्तकको अनुमानित बजेट निर्धारण गर्नु ।
२. रचनाकार, लेखक, कर्मचारी आदिको पारिश्रामिक निर्धारण गर्नु ।
३. आम्दानीको श्रोतहरु निर्धारण गर्नु ।
४. बजारीकरणको निति तयार गर्नु ।
५. बजार नितिलाईलाई पुर्ण संचालन तथा लागु गर्नु ।
६. प्रकाशन गर्दा आवश्यकपर्ने सम्पुर्ण बस्तुहरुको प्रवन्ध गर्नु ।

ब्यावस्थापकको काम, कर्तब्य अधिकार :

१. प्रकाशन हुने बस्तुको पुर्ण बजारिकरण निति अवलम्वन गर्नु ।
२. बिज्ञापन, शुभकामना आदी आम्दानीको श्रोत संकलन गर्नु ।
३. अनुमानित बजेट अनुसारको आम्दानी संकलन गर्नु, गराउनु ।

आवारण डिजाईनरको काम, कर्तब्य र अधिकार :

१. लेख, रचना अथवा पुस्तकको थिम अनुसारको आवरण डिजाईन गर्नु ।

कानुनी सल्लाहकारको काम, कर्तब्य र अधिकार :

१. पुस्तक प्रकाशन गर्दा अप्ठ्यारो पर्ने कानुनी प्रावाधनहरुको सल्लाह दिनु ।

पत्र :

मिति : १७ अप्रिल २०१६

श्रीमान/श्रीमती/सुश्री ………………………………
………………………………………………………….

यलम्बर स्मारिका अंक १७ प्रकाशनबारे ।

किरात राई यायोक्खा हङकङले किरात राईहरुको भाषा, लिपि, धर्म, संस्कार, संस्कृतीहरुको बारेमा जानकारी मुलक लेख/रचनाहरु प्रकाशनगरि किरात राईहरुलाई सचेतना जगाउने, सुसुचित गराउने उदेश्य लिई बार्षीक रुपमा यलम्वर मुखपत्र प्रकाशन गर्दै आईरहेको अवगत गराउदछौ ।

यस बर्षपनि २२ मे २०१६ मा हुन गइरहेको साकेला उभौलीको पुनित अवसरमा यलम्वर स्मारिका अंक १७औं प्रकाशन गर्न लागी रहेकाछौ । यस अंकमा किरात राई यायोक्खा हङकङको गतिविधि, बार्षीक कार्यक्रम, भावि रणनिती देखी लिएर किरात राईहरु सम्बन्धि लेख/रचनाहरु प्रकाशन गरि जनमानसहरुको हातमा पुऱ्याउने लक्ष्य लिएका छौ । यसर्थ यस अंकमा हजुरको ब्यापार ब्यावसायको बिज्ञापन उपलब्ध गराई लाभान्वित हुन वा साकेला उभौलीको पुनित अवसरमा समस्त दाजुभाई तथा दिदिबहिनीहरुलाई शुभकामना प्रदान गरिदिनहुन हार्दिक अनुरोध गर्दछौ ।

बिज्ञापन तथा शुभकामना दर :

बिज्ञापन रकम पठाउनु पर्ने बैङक :

विज्ञापन वा शुभकामना पठाउनु पर्ने ठेगाना :

कृपया बिज्ञापन वा शुभकामना दिनहुने महानुभावहरुले अर्को पानामा रहेको फारम भरि वा फोटो वा बिज्ञापन भए त्यसैसंग नत्थिगरी वा स्क्यान गरि निम्न ठेगानामा पठाईदिनहुन अनुरोध गर्दछौ ।

बिज्ञापन वा शुभकामना दिन मन्जुरीको फारम

मिति : ………………………

श्रीमान यलम्बर प्रकाशन प्रमुखज्यू ।
किरात राई यायोक्खा हङकङ
किरात राई यायोक्खाको कार्यालय ।
उपरोक्त सम्बन्धमा २२ मे २०१६ मा हुनगैरहेको साकेला उभौलीको पुनित अवसरमा यलम्वर स्मारिका अंक १७ प्रकाशनार्थ निम्न टिक मार्क लगाएको दर रेट रहेको बिज्ञापन वा शुभकामना दिन मन्जुर रहेको अनुरोध छ ।

१. पछाडीको पुरा पन्ना (कलर) फोटो सहित, (८.२७/११.६९) हङकङ डलर १५००
२. भित्र पुरा पन्ना (कलर) फोटो सहित, (८.२७/११.६९) हङकङ डलर १०००
३. भित्र आधा पन्ना (कलर) फोटो सहित, (८.२७/५.८५) हङकङ डलर ५००
४. भित्र चौथाई पन्ना (कलर) शुभकामना मात्र, (४.१३/५.८५) हङकङ डलर ३००

बिवरण :

दाताको नाम : ……………………………………………………….. मोबाईल नं. ………………….

कम्पनी/संस्था : ………………………………………………………………… पद : ……………….

ठेगाना : ………………………………………………………………………………………………….

फोन नं. ……………….. फ्याक्स नं. …………….. इमेल/वेभ : ………………………………….

बिज्ञापन/शुभकामनाका शब्दहरु (धेरैमा २० शब्द उल्लेख गर्नुहोला)

…………………………………………………………………………………………………………….

…………………………………………………………………………………………………………….

पठाउनु पर्ने कागजातहरु :

१. पुर्णरुपमा भरिएको फारम
२. तयारी बिज्ञापन वा फोटो
३. बिज्ञापन रकम वा चेक

 

दाताको सही : …………………..

(समाप्त)


 भुपु पदाधिकारीहरु  (सन २०१४–१६)

बिभाग प्रमुख – बज्र राई (60968195), सम्पादक 2014– किन्दर राई (91213240), सम्पादक 2015 – किसन राई (94207156) र वेभ डिजाईनर – शशि मदन राई (92033715)

BajrakindarKisanshashi