वेभसाईट प्रकाशन

किरात राईहरुको अफिसियल वेभसाईट kiratrai.org प्रकाशन गर्दै किराया हङकङको बारेमा विश्वलाई जानकारी गराउनु यस वेभसाईड प्रकाशनको मुख्य उदेश्य रहेको छ ।

बेभसाईडको ईतिहास :

kiratrai.org सन २००६ सालमा श्री नरहाङ राईज्यु अध्यक्ष हुँदा दर्ता गरिएको हो । यो वेभसाईट संस्थापक सचिव श्री रामली राईज्युको संयोजकत्वमा, सहसचिव श्री अमोद राईले डिजाईन गर्नु भएको थियो । सन २००८ सालको अधिवेशन संगै श्री अमोद राईको कार्यकाल सकिएपछि, यो वेभसाईटको एडमिनिस्ट्रेटर नभएर लामो समयसम्म बन्द हुन पुग्यो।

सन २०१० सालको अधिवेशन पश्चात श्री किसन राई अध्यक्ष हुँदा अर्काको नाममा दर्ता भैसकेको वेभसाईटलाई अक्सन लडी किनियो र तत्कालिन सचिव श्री पिताम्वर राईज्युले यस्को एडमिनिस्ट्रेटर चलाउनु भयो । तर पुरानो दस्तावेज सवै क्षय भएर गयो ।

सन २०१२ को अधिवेशन पछि श्री शशि मदन राईको अध्यक्षता संगै वेभसाईटको एडमिनिस्ट्रेटर समेत सम्हाल्नु भयो । हाल यस वेभ साईटको डिजाईन र लेखन श्री शशि मदन राईले गर्दै आउनु भएको छ ।

३. वेभसाईड निर्माणका उदेश्यहरु :

  1. किराया हङकङको बारेमा विश्वलाई जानकारी गराउनु ।
  2. किराया हङकङले प्रदान गर्ने सेवाहरुको बारे जानकारी गराउनु ।
  3. किराया हङकङको भावि कार्यक्रमहरुको जानकारी गराउनु ।
  4. किराया हङकङको बिधान, नियमावलीबारे जानकारी गराउनु ।
  5. किराया हङकङको बिभिन्न गतिबिधिहरुबारे जानकारी गराउनु ।
  6. किराया हङकङको भाषिक तथा भात्रि संस्थाहरुको बारेमा जानकारी गराउनु ।
  7. किरात राईहरुको ईतिहास, भाषा, लिपि, धर्म, संस्कार, संस्कृती, कला, साहित्य संकलन गर्नु ।

५. बेभसाईडको बनावट :

वेभसाईटलाई निम्न ८ भागमा बिभाजन गरिएको छ ।

  1. Home – किरात राई यायोक्खा हङकङको बारेमा ।
  2. Departments – किराया हङकङको बिभागहरु बारेमा ।
  3. Organization – किराया हङकङको भ्रातृ तथा भाषिक संस्थाहरु बारेमा ।
  4. Events – किराया हङकङको नियमित कार्यक्रमहरु बारेमा ।
  5. Ceremonials – किरात राईहरुको संस्कार बारेमा ।
  6. Worship – किरात राईहरुले गर्ने पुजा बारेमा ।
  7. Publication – किराया हङकङले प्रकाशन गर्ने बिषयहरुमा ।
  8. Regulation – किराया हङकङको बिधान तथा नियमावलीहरु बारेमा ।