Category Archives: यायोक्खा हङकङ

१७औं स्थापना दिवश

किरात राई यायोक्खा, हङकङको १७औं स्थापना दिवश भव्यताकासाथ सम्पन्न भयो । कार्यक्रम युङलङस्थित संस्थाको चुलाघरमा भएको हो । उक्त अवशरमा संस्थाको पूर्व कार्यसमितिमा रहेर काम गर्नु भएका पदाधिकारीहरुलाई सम्मान गरियो । सम्मानित हुनेहरुमा पूर्व केन्द्रिय सचिव जे.बि. किरात, साथै किराया हङकङका अग्रणी व्यक्तित्व वसन्त कुमारी राई, संस्थापक रामली राई, हेजेन राई, किसन राई, प्रताप कोयु राई, ढकवीर राई, मणीराज राई, लिला राई, तेज प्रकाश राई, प्रेमरोज राई हुनुहुन्थ्यो । ब्यास्तता र समयाभावको कारण सम्मान ग्रहण गर्न कार्यक्रमस्थलमा आईपुग्न नसक्नु हुनेहरुमा संस्थाका अग्रज व्यक्तित्व नरजित राई, नरहाङ राई, इन्द्रसिंह राई, कमल दुमी, अमोद राई,आदि हुनुहुन्थ्यो। उहाँहरुले स्थापना दिवशको उपलक्ष्यमा शुभकामना शन्देश पठाउनु भएको थियो। हामी (किराया हङकङ)लाई शुभकामना दिनुहुने संघ/संस्था र व्यक्ति/व्यक्तित्वहरुमा धन्यवादकासाथ आभार व्यक्त गर्दछौं । कार्यक्रमको समापन पश्चात पूर्व केन्द्रिय अध्यक्ष तथा गीतकार सुमाया राईको भर्खरै सांगीतिक बजारमा आएको गीति एल्बम”तातो हावा”को अनौपचारिक विमोचन समेत गरिएको थियो ।

estd2

 

यलम्बर (अंक १५, २०७१)

18 May 2014, हङकङबासी किरात राईहरुले ताइमोशान डाँडामा भव्यताकासाथ उभौली साकेला मनाइयो। यसै अवसरमा किरात राई यायोक्खा हङकङको मुखपत्र “यलम्बर”को पनि लोकार्पण गारियो। यही मुखपत्र प्रकाशनको निम्ति योगदान गरेबापत सम्पादक किन्दर राई र प्रकाशन विभाग प्रमुख बज्र कुमार थुलुङ राई लाई यायोक्खाले शीरमा फेटा गुथाएर  सम्मान गर्यो।

smarika2

 

साकेला (उभौली)

१८ मे, २०१४ आइतबारका दिन हङकङको ताइमोसान डाडा स्थित यलम्बर पार्कमा किरात राई यायोक्खा हङकङको आयोजनामा किरातहरुको महान चाड साकेला (उभौली) भव्यताका साथ सम्पन्न । उक्त अवसरमा बि.बि.क्यू.का साथै विविध किरात परिकार खादै साकेला शिली नाच्नुका साथै कि.रा.या. हङकङको मुख पत्र यलम्बर तथा महेन्द्र राईको वान्तावा राई भाषामा रहेको गीती एल्वम साकेला मुन्दुम–२०७१ को विमोचन समेत गरिएको थियो ।

sakela4

 

पदस्थापन तथा बिदाई

५ अप्रिल २०१४, किरात राई यायोक्खा, हङकङले युनलङस्थित आफ्नो चुलाघरमा बुझबुझारत, विदाई तथा पदास्थापन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको विदाई कार्यक्रमानुसार पुर्व पदाधिकारीहरु निकिशा राई, लोकराज राई, कमल राई, रविचन्द्र राई र लिला राईलाई संस्थागत योगदानको कदर गर्दै प्रशंशा-पत्र प्रदान गरेर विदाई गरिएको थियो भने पदास्थापनतर्फ बर्तमान कार्य समितिका पाँचजना सल्लाहकार हेजेन राई, रामली राई, किसन राई, प्रताप राई र वसन्तकुमारी राईलाई सल्लाहकार नियुक्त गरियो।

नवनियुक्त पदाधिकारीहरु मध्ये पुरुषको शीरमा फेटा र महिलाको शीरमा मजेत्रो (सल), गुथेर स्वागत, सम्मान गर्नुकासाथै पदास्थापन प्रमाण-पत्र पनि प्रदान गरिएको थियो। सो संस्थाले  पितृपूजक प्रमुख  कुबिमी (धामी) श्रेष्ट बहादुर राई र सहायक कुबिमी (धामी) नारायण प्रसाद राईलाई नियुक्त गरेकोछ। उहाँहरुलाई पनि सोही अनुसार पदास्थापन प्रमाण-पत्र प्रदान र शीरमा फेटा गुथेर सम्मन गरिएको थियो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समितिका सल्लाहकार तथा सामुहिक चुलाघर खरीद तथा व्यवस्थापन विभागका मूल संयोजक हेजेन राईले लिपी,भषा,धर्म-संस्कार, संस्कृति,योगदान,इतिहास आदि दोस्रो पुस्ताबाट लोप हुँदै जाने खतरापति इंगित गर्दै कार्य समितिले उनीहरुका निम्ति विशेष आकर्षक,ज्ञानवर्धक र दिर्घकालिन योजना र कार्यक्रमहरु ल्याएर कार्यान्वयन गर्नु पर्ने सुझाव दिनु भयो।

आफ्नो भनाईलाई जोड्दै यी सकारात्मक र सत्य कुराहरुमा सम्पुर्ण किरात राईको आचरण र व्यवहार एकमत, एकरुप र एकबद्ध हुनुपर्छ-उहाँले भन्नु भयो। संस्थाका अध्यक्ष शशीमदन राईले किरात राईहरुको संस्कार,संस्कृतिको संस्थागत र व्यक्तिगत तबरले जगेर्ना गर्ने कार्यमा आफू सदैव प्रयत्नशील रहने प्रतिबद्धता जनाउँदै अफ्नो नेतृत्वको तात्कालिन कार्य समितिमा समितिकै पदाधिकारीको प्रमुखतामा १५ वटा विभाग गठन गरेर कार्य विभाजन गरेको जानकारी पनि दिनु भयो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष राईले आफ्नो नेतृत्वको समितिलाई सबैको साथ/सहयोग र हौसला रहने विश्वासकासाथ उपस्थित सबैमा धन्यवाद दिंदै कार्यक्रमको समापन गर्नु भएको थियो।

bujharath