-समाचार बज्र कुमार राईबाट ।
२१ अक्टुबर २०१८ हङकङ ।
कृषिविज्ञ मदन राई, उहाँको श्रीमती सुभद्रा राई, छोरा इन्जिनियर सुरज कुमार राई र युवा नेता सुवास राईले मौलिक धर्म, संस्कार-संस्कृति मान्ने किरात राईहरुको चुला दर्शन-ढोग गरेका छन् ।
किराया अध्यक्ष हरिचन्द्र राईको सभापतित्व र सचिव गजेन्द्र राईको संचालनमा भएको चुला दर्शन-ढोग कार्यक्रममा चुला दर्शणार्थी विज्ञ, नेता र इन्जिनियरलाई अध्यक्ष हरिचन्द्र राई र प्रमुख सल्लाहकार रजीन राईले शीरमा फेटा गुथाएर सम्मान गरेका थिए । यसैगरी उपाध्यक्ष माया (चन्द्रका) राईले विज्ञ राईको जीवन संगीनी शुभद्रा राईलाई शिरमा मजेत्रो ओढाएर सम्मान गरेकी थिइन ।
सम्मान क्रममै किराया प्रज्ञा प्रतिष्ठानका कुलपति शशीमदन राई, संरक्षक हेजेन राई र सल्लाहकार वसन्त कुमारी राईले संस्थाको छापा मुखपत्र “यलम्बर” र “साकेला शीली” को छयाङ्कन सीडी उपहारस्वरुप प्रदान गरेका थिए । यहाँ स्थित किलुङ चुङमा रहेको किरायाको सुप्तुखीम (चुलाघर) मा संसारभरका मौलिक धर्म, संस्कार-संस्कृति मान्ने किरात राईहरु आएर चुला दर्शन-ढोग गर्दै आफ्ना पितृ-पूर्खाहरुको आशिर्वाद लिने गर्दछन् । यो कार्य दिनानुदिन बढ्दै गएको छ ।
#चुला दर्शन-ढोग गर्ने ४ दर्शणार्थीका संक्षिप्त व्यक्तित्व ।
(१) कृषिविज्ञ मदन राई ।
बेलायतको विश्वप्रसिद्ध एक विश्वविद्यालयबाट कृषिविज्ञान बिषयमा माष्टर्श गर्नु भएका कृषिविज्ञ राई कृषि विशेषज्ञ मात्रै होइन समाजसेवा र राजनीतिमा पनि उत्तिकै प्रखर व्यक्तित्व मानिन्छ । प्राकृतिक जीवन प्रणाली,यौनाङ्ग र यौनको बिषयमा खुल्ला बहस गर्ने राई विभिन्न संचारमाध्यममा छाउनु भएको छ।सोसल मीडियाले पनि उहाँलाई उत्तिकै फलो गरेको पाइन्छ । राजनीतिक वृत्तमासमेत चर्चित बनेका राई पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईका हितैषी र नयाँ शक्ति नेपालका संस्थापक योजनाकार पनि हुनुहुन्छ । हलेसी खोटाङमा निर्माणाधीन किरात राईहरुको पवित्र सांस्कृतिक स्थल तायाचुङ-जायाजुङ मूल संरक्षण समितिका सल्लाहकार पनि हुनुहुन्छ।उहाँको ज्ञानको प्रशस्ति यूट्यूबमा पनि पाइन्छ।
(२) विज्ञ राईले ब्याच्लर गर्नु भएको अमेरिकाको यूनिभर्सिटीबाट सूचना-प्रविधिको क्षेत्रमा मास्टर्श गर्नु भएका उहाँका सुपुत्र इन्जिनियर सुरज कुमार राई पनि बैंक अफ अमेरिकाको विशिष्ठ पदमा रही विभिन्नमुलुकमा काम गर्ने क्रममा विगत १ बर्षदेखि यहाँस्थित बैंक अफ अमेरिकामा कार्यरत हुनुहुन्छ।
(३) श्रीमती सुभद्रा राई भने राईको एक असल जीवन सारथी हुनुहुन्छ।
(४) युवा नेता सुवास राई नेपाल तथा वेलायतमा रही अन्तर्राष्ट्रिय सुरक्षा क्षेत्रमा कार्य गर्नु भएका मेन्सनर व्रिटिश आर्मी हुनुहुन्छ । सानै उमेरबाट प्रजातान्त्रिक धारको राजनीतिक बाटो हिड्नु भएका राई नेपाल ल क्याम्पसबाट बी.एल. गर्नु भएका वकील पनि हुनुहुन्छ । आजभन्दा साढे २ दशकअघि धरान सुनसरी र काठमाण्डौंमा आफ्नो नेतृत्वदायी गहन भूमिका प्रदर्शनपछि हिम्मतिला विद्यार्थी नेताको रुपमा पार्टीले मूल्यांकन गरेका सुवास हाल ने.का.महाधिवेशन सदस्य हुनुहुन्छ ।