माघेसंक्राति/येलेदुङ/स्थापना दिवस

माघेसंक्राति

Ban Tarul copy1

माघे संक्राती हरेक सालको माघ महिनाको १ गते पर्दछ । यस दिन विशेषगरी राईहरुले आदिम जीवन निर्वाहको झल्को देखाउने वनतरुल घरतरुल गिठा भ्यागुर जस्ता जङ्गली फलफूलहरु उसीनेर विहानको पहिलो आहाराको रुपमा खाने प्रचलन छ । माघ महिना देखि जाडो याम सकेर गर्मियाम अनि बर्षायामको सुरुवात हुन्छ । गर्मियाममा हुरिबतास चल्ने, बर्षायाममा बाढि पहिरो आउने, खोला नाला बढ्ने भएकोले पुर्खाहरु भन्छन- “वा मरिन्छकी”भनेर मान्ने चाड हो यो । यसले किरात संस्कृतिको प्रतिनिधित्व गरेको पाइन्छ । यद्यपि  आज यो चाड सबैको साझा भैसकेको छ ।

येलेदोङ

yalambar

कलिगत येले संवत

माघे संक्राती वा माघ १ गते किरातीहरुको सम्बत येलेदुङको नवबर्ष सुरु हुन्छ । भन्छन्, इतिहास जित्नेहरूको लेखिन्छ । हार्नेहरूको मेटाइन्छ । सायद त्यस्तै इतिहासमा गुज्रिएको एउटा संवत् हो- येले संवत् । जसलाई किरात जातिले ‘किरात संवत्’ भन्दछन । येले सम्वतलाई किरात राई जातिले येलेदोङ भन्छन् । लिम्बू जातिले येले तङ्बे, सुनुवारले येलेथोचे याक्खाले यलुङ संवत् भन्छन् ।  किरातकाललाई वर्तमान नेपालको आधुनिक सभ्यताको विकास भएको भन्ने उल्लेख गरेका छन् । कालान्तरमा किरात जातिका रूपमा विकास भए पनि किरात जातिमात्र नभएर एउटा सिंगो सभ्यता हो भनेका छन् । यलम्बरको नाममा यलम्बर संवत् सुरु गरिएको किरात जातिको ठम्याई छ ।

कोलेनेल कर्कपेटि्रकका अनुसार किराँती राजाहरू २७ पुस्ता रहेको र शासन अवधि १६३० वर्षसम्म रहेको लेखेको छ । भाषावंशावलीका अनुसार किराँतका २८ पुस्ता राजाहरू रहेका र शासन अवधि १७४० वर्ष तीन महिना देखाएको छ । स्वामी प्रपन्नाचार्यका अनुसार किराँतका २७ पुस्ताका राजाहरूले १७३६ वर्ष शासन गरेको मानेको पाइन्छ । के.पी. जयसवालले किराँतका ३१ पुस्ताका राजाहरूले ७१० वर्ष शासन गरेको उल्लेख छ । ‘जसो भए पनि लिच्छविहरूबाट परास्त नभएसम्म लामो अवधिसम्म नेपाल खाल्डोमा किरातहरूको शासन थियो भन्ने प्रस्ट छ ।’

दुर्गाहाङ याखाराईद्वारा लिखित पुस्तकमा यलम्बरहाङ महाभारत युद्धको समाप्तिपछि काठमाडौं उपत्यकामा आएर कलिगत ४० (ई.पू. ३०६१) मा भुवनसिंह लाई आक्रमण गरी किराँत युगको प्रारम्भ गरेका थिए” भन्ने उल्लेख गरेको छ । यसैको आधारमा ईस्वि सम्बत २००७ डिसम्बर ११ तारिख तदनुसार बिक्रम संबत २०६४ मंसिर २५ गते  को गोरखापत्रको ‘नयाँ नेपाल’ लेखिएको पृष्ठमा यले सम्वत ५०६७ भनि पहिलो पटक प्रकाशित भएको थियो । (ई.सं.२००७+लगभग ३०६० बर्ष = येले संवत ५०६७)

यस पछि क्रमस : ईस्वि सम्बत २००८ जनवरी १५ तारिख तदनुसार बिक्रम संबत २०६४ माघ १ गतेलाई येले सम्बत ५०६८ को पहिलो दिन मानि चार किरातहरुले कलिगत येले सम्बतलाई औपचारिक रुपमा मनाउदै आईरहेका छन ।

तथ्यगत येले सम्बत

यसपछि तत्कालिन सभामुख सुबास चन्द्र नेम्वाङज्युले नेपाल सरकारमा येले सम्बतको पहिचान हुनु पर्दछ भनि आवाज उठाए पछि नेपाल सरकारले यसलाई किरात संबत भनि सुचिकृत गरि दियो । तत्पश्चात यलम्बर फाउण्डेशन (Kiratology Research Center), काठमाण्डौले येले सम्बत सम्बन्धि अध्यन शुरु गरयो । अध्यन गर्ने क्रममा गोपाल बंशावलीमा किरातहरुले ३२ पुस्ता सम्म काठमाण्डौंमा राज्य गरेको र उनिहरुको कार्यकाल निम्न तरिकाले उल्लेख भएको प्रमाण पाईयो ।

(1) राजा यलम, 90 बर्ष, (2) राजा पेलाम, 81 बर्ष, (3) राजा मेलम, 89 बर्ष, (4) राजा चाङमिङ, 42 बर्ष, (5) राजा धस्कङ, 37 बर्ष, (6) राजा वलुङचा, 31 बर्ष, 6 महिना, (7) राजा हुतिङ, 40 बर्ष, 8 महिना, (8) राजा हुर्मा, 50 बर्ष, (9) राजा टुस्के, 41 बर्ष, 8 महिना, (10) राजा प्रशफुङ, 38 बर्ष, 6 महिना, (11) राजा पावा, 46 बर्ष, (12) राजा दास्ति, 40 बर्ष, (13) राजा चम्बा, 71 बर्ष, (14) राजा कङकङ, 54 बर्ष, (15) राजा स्वनन्द, 40 बर्ष, 6 महिना, (16) राजा फुकोङ, 58 बर्ष, (17) राजा सिङघु, 49 बर्ष, 6 महिना, (18) राजा जुलम, 73 बर्ष, 3 महिना, (19) राजा लुकङ, 40 बर्ष, (20) राजा थोरम, 71 बर्ष, (21) राजा थुको, 83 बर्ष, (22) राजा वर्मन, 73 बर्ष , 6 महिना, (23) राजा गुङजुङ, 72 बर्ष, 7 महिना, (24) राजा पुस्क, 81 बर्ष, (25) राजा त्यपमी, 54 बर्ष, (26) राजा मुङमुम, 58 बर्ष, (27) राजा शसरु, 63 बर्ष, (28) राजा गुनाम, 74 बर्ष, (29) राजा खिम्बु, 76 बर्ष, (30) राजा गिरिजङ, 81 बर्ष, (31) राजा खुरङजा, 78 बर्ष, (32) राजा खिगु, 85 बर्ष

येले सम्बतको गनणा

  1. उपरोक्त गोपाल वंशालीमा ३२ पुस्ता किरातहरुले जम्मा १९६३ साल ८ महिना (लगभग १९६४) बर्ष सम्म काठमाण्डौंमा राज्य गरेको देखिन्छ ।
  2. शाक सम्बत १०७ मा लिच्छबीहरुले किरातहरुलाई हराई जय बर्माले शासन गरेको इतिहासमा उल्लेख भएको छ ।
  3. शाक सम्बतमा १३४ बर्ष जोडदा बिक्रम सम्बत आउदछ । १०७ +१३४=२४१ बिक्रम सम्बत हुन आउदछ ।
  4. किरातहरुले राज्य गरेको जम्मा १९६४ बर्षलाई बिक्रम सम्बत २४१ बाट घटाउदा २४१-१९६४=१७२३ बर्ष बिक्रम सम्बत भन्दा पहिले किरातहरुले राज्य गरेको देखिन्छ ।
  5. अहिलेको बिक्रम सम्बत २०६९ मा १७२३ बर्ष थप्ने हो भने (२०६९+१७२३) =३७९२ येले सम्बत हुन आउदछ ।

यसरी सिद्धान्तसारिणी नेपालपञ्चाङ्ग-पत्रमा, ईस्विसन २०१३, बिक्रमसंबत २०६९, येलेसंवत ३७९२, कलिगत ५०७३ भनि प्रकाशन गऱ्यो । यधपी चार किरातहरुले नया अध्यनले देखाएको येले सम्बतलाई मान्न तयार भएको छैनन । यसलाई मान्यता दिन ४ किरातहरुको समन्वय समितिले पहल गर्नुपर्ने देखिएको छ ।


किराया स्थापना दिवस :

किरात राई यायोक्खा हङकङ, सन १९९८ जनवरी २८ तदअनुसार २०५४ माघ १५ गते हङकङको सामाजिक कानुन (च्याप्टर १५१) अन्तर्गत स्थापना भएको संस्था हो । पछि यो संस्था २०११ अगष्ट ९ मा हङकङको कम्पनी कानुन (च्याप्टर ३२) अन्तर्गत पुन: दर्ता भै २०१२ मार्च १९ देखी हङकङको आन्तरिक कर कानुन (च्याप्टर ११२ को धारा ८८) अन्तर्गत च्यारिटेबल संस्थाको मान्यता प्राप्तगरि किरात राईहरुको साझा संस्थाको रुपमा स्थापित भएको छ ।

माघे संक्राती र किरातहरुको नवबर्ष येलेदुङ माघ १ गते पर्दछ । किरात राई यायोक्खा हङकङको स्थापना पनि २०५४ माघ १५ मा गरेको हुनाले तिनवटै कार्यक्रम किराया हङकङले सन ईस्वि २०१४, बिक्रम सम्बत २०७०, कलिगत येले सम्बत ५०७४ बाट भाषिक संस्थाहरुसंग मिलेर संयुक्त रुपमा मनाउदै आई रहेछ । अझ यसलाई बृहद बनाउन यस दिन किरातहरुको मौलिक सामाग्रीहरु मौलिक खानपानहरु समेत प्रदशर्नी गर्दै आईरहेको छ ।

मौलिक सामाग्री पर्दशनी

स्थापना दिवसको दिन किरात राईहरुको मौलिक सामाग्रीहरु (हातहतियारहरु, भेषभुषाहरु र गरगहनाहरु) विस्तृत बिबरण सहित पर्दशनी गरिने छ ।

1dhol1gaja1jhyamta1silomi1pomi2doko2dalo2thumse2kokro3thal3batuko3dawaka4dadu4panyu4karai4dabilo4hadi4chhapani5dunero4dudhulo5ghaila5dhunro5kathuwa5surahi6gundri6pira6pirka7dhanukad7hasiya7kachiya7khukuri8Chindo8dhanputali

मौलिक खानपानहरु :

किराया हङकङले माघे संक्रातिको दिन सहभागिहरुलाई निशुल्क फलाहरहरु खुलाउने छ भने अन्य खानपानहरु भाषिक संस्थाहरुमा बिभागजन गरि बिक्री बितरणको लागि राखिने छ । पेयपदार्थहरु किराया हङकङले बिक्री बितरण गर्ने छ भने अन्य खानपानहरु भाषिक संस्थाहरुमा एक अर्को संग  नदोहोरिने गरि बिभाजन गरिने छ ।

ThepleDindoRice

 

क्र.सं. खानाको बिबरण भाषिक संस्था
1 थेप्ले भात र सिस्नुको तरकारी
2 ढिंडो र माछाको तरकारी
3 भात र  कुखुराको तरकारी
4 चाम्रे/पुलाउ र सुङगुरको तरकारी
5 मम, चाउमिन, थुक्पा
6 पोलेको मासुहरु (बिबिक्यु)
7 मकैभटमास, चिउरा, आलुदम
8 सेलरोटी, खिर, कुराउनी, सलाद

बोलकबोल कार्यक्रम

किराया हङकङको सुप्तुलुङ मर्मत तथा निर्माण बिभागले उक्त दिन सुप्तुलुङलाई सहयोग गर्ने ईच्छुक दाताहरुलाई बोलकबोल गर्न फारम राखिदिने छ । तर कसैलाई कर लगाईने छैन । स्वेच्छाले बोलकबोल गर्छु भनेमा फारम भराईने छ ।


निमन्त्रणा

यस दिन किराया हङकङका भु.पु. पदाधिकारिज्युहरु, बर्तमान पदाधिकारीज्युहरु, संयोजकज्युहरु, सल्लाहकारज्युहरु, प्राज्ञिकज्युहरु, भाषिकसंस्थाका अध्यक्षज्युहरु लगायत भाषिक संस्थाका पदाधिकारीज्युहरु, सुप्तुलुङ खिम सहयोगदाताहरुलाई निमन्त्रणा गरिने छ । साथै उक्त दिन बिभिन्न क्षेत्रमा विशिष्टता हाँसील गरेका किरात राईहरुलाई सम्मानपत्र, कदरपत्र, प्रशंसापत्र आदिले सम्मान गरिने छ ।

कार्य बाँडफाँड

  1. समन्वय विभाग – हरिचन्द्र राई

माघे संक्राती संयोजकहरु :

  1. जलपान संयोजक – सुम्निमा भान्सा तथा खानपान बिभाग
    • फलाहरहरु तयार गर्नु ।
    • पेयपदार्थहरुको बिक्रि बितरण गर्नु ।
  2. अतिथि हेरबिचार तथा सत्कार बिभाग – पवि बान्तावा
    • अतिथिहरुको खानपान हेरबिचार गर्नु ।
  3. बाल, महिला, प्रौढ तथा स्वागत बिभाग – पविता पुमा
    • ब्याज, फुल तयार गर्नु, अतिथि स्वगत गर्नु ।

परिकार संयोजकहरु :

  1. किरात राई चाम्लिङ खाम्बातिम हङकङ
  2. दुमि किरात राई फन्सिकिम हङकङ
  3. किरात साम्पाङ राई जुम्लेखा हङकङ
  4. किरात राई बान्तावा खिम हङकङ
  5. किरात राई पुमा तुप्खाबाङखाला हङकङ
  6. रात राई थुलुङ सामा हङकङ
  7. किरात राई सोदेल कोयी किम हङकङ
  8. किरात राई बाहिङ मुलुखिम हङकङ

बिशेष कार्यक्रम संयोजकहरु :

  1. येलेदुङ संयोजक – किरात राई प्रज्ञा प्रतिष्ठान
    • येलेदुङ सम्बन्धि लिफलेट तयार गरि प्रचार प्रसार गर्ने ।
    • कार्यक्रममा किरातजन्य पुस्तकहरु बिक्री बितरण गर्ने ।
  2. स्थापना दिवस संयोजक –युवा खेलकुद, संगीत तथा संचार बिभाग
    • किराया हङकङ सम्बन्धि लिफलेट तयार गरि प्रचार प्रसार गर्ने ।
    • फोटोग्राफि/भिडियोग्राफि, कार्यक्रमको रिर्पोटिङ गर्नु ।
  3. मौलिक प्रदर्शनी संयोजक – मौलिक संकलन तथा सरसजावट बिभाग
    • मौलिक हातहतियार, भेषभुषा, गरगहना प्रर्दशनी गर्ने
    • कार्यक्रम स्थलको सरसजावट, साउण्ड सिस्टम र लाईटिङ गर्नु ।
  4. सुप्तुलुङ निर्माण संयोजक – सुप्तुलुङ मर्मत तथा निर्माण बिभाग
    • सुप्तुलुङ मर्मत तथा निर्माण योजना लिफलेट बितरण गर्ने
    • बोलकबोल गराउने, बोलकबोल उठाउने ।

सहसंयोजकहरु :

  1. यातायात बिभाग (परिवर्तन) – दिपेन्द्र राई
    • सहभागिहरुलाई आवश्यक भए आउनुजानु बसको ब्यावस्था गरिदिनु ।
  2. सुरक्षा बिभाग – राजु राई
    • आपतकालिन सहयोग, प्राथमिक उपचार तथा सुरक्षा सेवा प्रदान गर्नु ।
  3. संस्कार विभाग – रामचन्द्र राई
    • उद्घाटन सामाग्रिहरु दियोबत्ति, सुम्निमा पारुहाङको फोटो तयार गर्नु ।
  4. संस्कृति बिभाग – राजेन्द्र राई/पिताम्बर राई
    • कार्यक्रममा नाचगानको ब्यावस्था गर्नु ।
  5. युवा बिभाग – बज्र राई/रजिन राई
    • फोटोग्राफि/भिडियोग्राफि, कार्यक्रमको रिर्पोटिङ गर्नु ।
  6. संचालन विभाग – गजेन्द्र राई
    • निमन्त्रणा, ब्यानर छपाउनु, प्रचार प्रसार गर्नु ।
  7. सरसफाई विभाग – कमल राई
    • कार्यक्रम स्थलको सरसफाई हेर्नु ।
  8. ओसारपसार बिभाग – मनि राई
    • कार्यक्रमलाई चाहिने आवश्यक सामाग्रीहरु ओसार पसार गर्नु ।
  9. कोष–अभिवृद्धि विभाग – गंगाराम राई
    • कार्यक्रमलाई आवश्यक पर्ने बजेट निकास गर्नु ।

औपचारिक कार्यक्रमको रुपरेखा

  1. खानपान – फलाहरहरु बितरण
  2. आशन ग्रहण :
  3. ब्याज वा फुल बितरण :
  4. स्वगत : उपाध्यक्ष
  5. उद्घाटन : प्रमुख अतिथि
  6. उदघाटन धुन :
  7. माघे संक्रातीबारे जानकारी : संस्कृती संयोजक
  8. किराया स्थापनाबारे जानकारी : महासचिव
  9. यलेदुङबारे जानकारी : प्रज्ञा प्रतिष्ठान
  10. सम्मान तथा कदपत्र बितरण गर्ने भए : प्रमुख अतिथिबाट
  11. लोकार्पनको कार्यक्रम भए – लोकार्पन गराउनेको मन्तब्य
  12. मौलिक खानपानबारे जानकारी : खानपान संयोजक
  13. मौलिक सामाग्रीहरुबारे जानकारी : सरसजावट संयोजक
  14. सुप्तुलुङ मर्मत तथा निर्माणबारे जानकारी : निर्माण संयोजक
  15. शुभकामना तथा मन्तब्य अतिथिहरुबाट :
  16. समापन : अध्यक्षबाट
  17. नाचगान