नियुक्तिपत्र word icon

किरात राई युवा खेलकुद, साहित्य तथा सांगितिक बिभाग
(Kirat Rai Youth, Sport, Literature & Music Depart)

youth

हाम्रो परिचय

किरात युवा तथा युवतीहरुलाई खेलकुद,  साहित्य र संगितको माध्यमबाट एैकबद्धता गर्दै किरात राईहरुको इतिहास, भाषा, लिपि, कला, साहित्य, धर्म, संस्कार र संस्कृति प्रति सचेतना अधिवृद्धी गर्न तथा नेत्रित्व बिकाश गर्न हाम्रो बिभागको मुख्य काम, कर्तब्य र उदेश्य रहेको छ । किरात राई यायोक्खा हङकङले निरन्तर संचालन गर्दै ल्र्याईरहेको यलम्बर साँझ, यलम्बर भलिबल रनिङ प्रतियोगितालाई समेत निरन्तरता प्रदान गर्नु हाम्रो बिभागको काम, कर्तब्य र उदेश्य रहेको छ ।

यस बिभागका बिभाग प्रमुख योग्यताको आधारमा बहालवाला कुनै एक सदस्य रहने छ ।

हाम्रो समुह

tej
१. बिभाग प्रमुख – तेज कुमार राई

Ganga
२. खेलकुद संयोजक – गंगा राम राई

harichandra
३. यलम्बर साँझ संयोजक – हरिचन्द्र राई

image (1)
४. साहित्य संयोजक

हाम्रो सेवाहरु

१. किरात युवा, युवतीहरुलाई खेलकुद, साहित्य तथा संगितको माध्यमबाट एकताको सुत्रमा ल्याउने ।
२. बिभिन्न खेल्कुद, साहित्य तथा सांगितिक कार्यक्रमहरुको आयोजना गर्ने ।
३. यलम्बर साँझलाई निरन्तरता दिने ।
४. साहितिक कार्यक्रमहरुको आयोजना गर्ने ।
५. भलिबल रनिङ शिल्डलाई निरन्तरता दिने ।
६. किराया हङकङको कार्यक्रममा बिबिक्यु सेवा संचालन गर्ने ।
७. ब्यक्तित्व बिकाश, दैनिक जिवन उपयोगी तालिमहरुको आयोजना गर्ने ।
८. बिभिन्न तालिमहरुको अध्यन, अध्यापन, निर्माण गर्दै दस्तावेजिकरण गर्ने ।
९. कार्यक्रमलाई आवश्यक पर्ने स्थानको बुकिङ, रेन्टिङ, आदि गर्ने ।
१०. अफिसियल डकुमेन्टसहरु तयार पार्ने, बुझाउने, ताकेता गर्ने ।
११. खेलाडी तथा कलाकारहरुलाई देश बिदेशबाट ल्याउने तथा पठाउने ।
१२. किराया हङकङले संचालन गर्न दिएका अन्य परियोजनाहरु संचालन गर्ने ।


प्रथम यलम्बर ब्याडमिन्टन प्रतियोगीता २०१६

-मगेन किरात “भोजपुरे”

badminton1१८ सेप्टेम्बर, हङकङ, किरात राई यायोक्खा युवा खेलकुद, साहित्य तथा सांगीतिक विभागले युनलङ स्थित डिस्ट्रिक्ट स्पोर्ट्स सेन्टरमा 16 गत शुक्रवार आयोजना भएको “प्रथम यलम्बर ब्याडमिन्टन प्रतियोगीता २०१६” को उपाधी किरात राई यायोख्खाको प्रतिनिधित्व गर्दै हेमराज राई र मिलन राईको जोडिले उपाधी हत्याएका थिए।मिन्स डबल्स बेस्ट अफ थ्री सेटमा खेलाईएको उक्त प्रतियोगितामा बिभिन्न सस्थाको प्रतिनिधित्व गर्दै 14 जोडि खेलाडीहरुले भाग लिएका थिए।बिजेता राई जोडिहरु क्वाटर फाईनलमा ईन्द्र वनेमको जोडि सङ्ग पहिलो सेट गुमाएर निकै संघर्षपुर्ण सेटमा 3 सेटमा सेमि फाईनल पुगेका थिए, सेमिमा पनि 3 सेटमा निकै मेहनत गर्न परेको उनिहरुले फाईनलमा बिशाल राई र शुभ राईको उत्कृष्ट जोडीलाई निकै प्रतिस्पर्धात्मक खेलमा भेराईटी तथा ट्रीक्की सटहरु प्रहार गरेर फिजिकल तथा साईकोलोजिकल दवाब सिर्जना गर्दै सोझो सेटमा पाखा लगाएर उपाधी चुम्न सफल भए। “यो भन्दा अगाडी कहिल्यै हराउन नसके पनि आजको महत्त्वपूर्ण प्रतियोगितामा उनिहरुलाई हरेक प्वाइन्टमा दवाब सिर्जना गरि मौकाको फाइदा उठाउन सफल भयौ, जसमा पार्टनर मिलनले क्रुसियल समयमा राम्रो साथ दिएको हुनाले जित्न सजल भयौ” जित पश्चात हेमराजले खुशी ब्यक्त गर्दै भने। फाईनलिस्ट दुबैले किरात राई यायोख्खाको प्रतिनिधित्व गरेका थिए। बिजेताले 5 हजार डलर,मेडल,ट्रफी र प्रमाणपत्र हात पारे।त्यसैगरी फस्ट रनर अप बिशाल राई र शुभराज राईको जोडिले 3 हजार डलर,मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए भने सेकेन्ड रनर अप साङ्बु शेर्पा र कमन सिंह लावतीको जोडिले 1 हजार डलर,मेडल र प्रमाणपत्रले पुरस्कृत भए।साथै वेष्ट प्लेयरको उपाधि मीन घलेले प्राप्त गरे। बिजेता खेलाडीहरुलाई अतिथिगण,किराया सल्लाहकार शशिमदन राई,अध्यक्ष रजिन राई लगायत बिभाग प्रमुख तथा संयोजकको बाहुलीबाट पुरस्कार वितरण गरिएको थियो।

badminton2स्मरण रहोस यो भारी दर्शकहरुलाई तानेका उक्त प्रतियोगिता सम्पन्न गर्न किराया खेलकुद बिभागमा विभाग प्रमुख तेजकुमार राई र संयोजक गंगाराम राई रहेको थियो भने बज्र कुमार राई र बिमल राई भुमिका महत्वपूर्ण निर्बाह गरेका थिए।


भुपु पदाधिकारीहरु (सन २०१४–१६)

बिभाग प्रमुख – कालसिं राई, खेलकुद संयोजक – मधुकुमार राई, यलम्बर साँझ सांगितिक संयोजक– धिराज साम्पाङ

Kalsingmadhu dhiraj