
नेपालको परापूर्बकाल देखि नै बिभिन्न आदिबासी जनजातीहरुका बासस्थल रहिआएको छ । किरँत राईहरु ती मध्य एक हुन् । उनीहरु किराँत समुदायका सदस्य हुन् जसमा राई , लिम्बु , सुनार र याक्खा पर्दछन् । राईहरु बहुभाषिक तथा बहुसंस्कृती जाती हुन् । लिच्छबी बंशीहरुको बिजय पश्चात उनीहरु काठमाण्डु उपत्यकादेखि पूर्बतर्फ लागे र त्यहाँका पहाडी क्षेत्रमा स्थायीरुपले बस्न थाले । यीनीहरुका मुल बासस्थानलाई खम्बुवान वा माझकिराँत भनिन्छ जसमा सोलुखुम्बु , उदयपुर, ओखलढुङ्गा ,खोटाङ् ,भोजपुर जिल्लाहरु पर्दछन् । यो जिल्ला सुनकोशि र अरुण माझ रहेको छ । यी जिल्लाहरु बाहेक राईहरु अरुण नदिको पुर्ब संखुवमसभा, धनकुटा ताप्लेजुङ् ,पाँचथर र इलाममा पातलोरुपमा बसोबास गरेको पाइन्छ । नेपालदेखि बाहिर सिक्किम, पूर्बी बंगालको बिशेष गरि दार्जिङ् िक्षेत्र र असाममा पनि राईहरु पाइन्छ । तीनिहरु भुटानमा धेरथोेर संख्यामा त्यहिंका रैथाने भएर बसेका छन् ।
सन् २००१ सालको राष्ट्रिय जनगणना अनुसार राईहरुको जनसंख्या ६,३६,१५१ देखिएको छ , जुन नेपालको कुल जनसंख्याको २.७९ प्रतीशत हो । राई जातीको एउटा चाख लाग्दो र अनौठो बिशेषता उनीहरुका ३० भन्दा धेरै थर र प्रत्येक थरको आफ्नै मातृभाषा हुनु हो ।
साथै प्रत्येक थरको आफ्नै पाछाहरु पनि हुन्छ । थरैपछिको आफ्नै मातृभाषाले गर्दा स्वाभाबिकरुपले राईहरुको रीतीरिवाजहरु केही बिभिन्नता पाइन्छ । बाम्बुले ,बान्तवा ,बाहिङ , बाङ्देल, चामलिङ् ,दुमी ,खालिङ , कुलुङ,लोहरुङ्, थुलुङ, सोताङ कोया साम्पाङ , आठपहरिया आदी राई जातीका केही थरहरु छन् । बिभिन्न कारणहरुले गर्दा केही राई भाषा लगभग लोप भइ सकेका अथबा लोपउन्मुख अवश्थामा रहेका छन् । राई भाषा तीब्बती ,बर्मेली भाषा परिवारको एक सदस्य हो। राइ भाष एउटा समृद्ध भाषा भएपनि यसको आफ्नो लिपि छैन । यस कारण राई भाषा सयकडौं बर्षदेखि केबल मौखिकरुपमा जिबित अवश्थामा रहदै आएको छ ।
धर्मको हदमा किराँत राईहरु आफ्ना धर्मिक ग्रन्थ मुन्धुममा उल्लेखित रीतिरिवाज धार्मिक संस्कार र अनुष्ठान पालन गर्दछन् । उनीहरु हिन्दु र बौ्द्ध धर्मको आगमनभन्दा पहिला देखिनै आफ्ना धार्मिक संस्कारहरु मान्दै आएका छन् । उनीहरु पारुहाङ र सुम्नीमालाई आफ्ना आदी देबता र देबीकोरुपमा पुज्छन् । किराँत राईहरु मुलतः प्रकृती पुजक हुन् ।उनीहरु घाम , जुन , हावा , आगो ,रुख ढुंगा पहाड नदी र पशुपंक्षीहरु पुजा गर्छन् । गोर्खालीहरुको बिजयपछि भनृे उनीहरु माथि हिन्दुृ धर्म थोप्रियो जसको प्रभाब अझैपनि उनीहरुका सामजिक तया धार्मिक काजक्रियामा देख्न सकिन्छ ।
किराँत राइहरु संस्कृती र अत्यन्त महत्वपुर्ण अंग चुलो हो । जन्मदेखि मृत्युसम्म गरिने सम्पुर्ण सामजिक र धार्मिक अनुष्ठाहरु चुलोमा गरिन्छ । किराँ राईहरुको समाजको यो (चुलो) केन्द्रबिन्दु हो र साथै किरँत राइहरुकोृ धार्मिक पहिचान पनि । यसै कारण उखानै छ दश राई , दश भाषा र एउटा चुलो ।
किराँत राइहरुको धर्मको अर्को महत्वपुर्ण अंग हो माङ ।माङ किराँत राईहरुको धार्मिक आश्था हो जो सर्बब्यापी सर्बशत्तिमान ,निराकर परमशत्ति र सम्पुर्ण ब्रम्हाण्डको सृष्टिकर्ता हो तथा सम्पुर्ण सृष्टि उसैकाट परिचालन हुन्छ । किराँतहरुका सामजिक तथा धार्मिक कुर्नै पनि कार्यहरुमा आरम्भ र अन्त्य गर्दा माङलाइ पुकार गर्दछ ।
ग्रामिण क्षेत्रमा बस्ने अन्य बासिन्दाहरुमा जस्तै खेतीपाती किराँत राइहरुको पुस्तौली पेशा हो । खेतीपाती लगायत राईयुबाहरु भारतीय र बेलायती गोर्खासैनिक सेवामा कार्यरत छन् । यसले उनीहरुको आर्थिक अवश्थालाई टेवा दिन र उकास्न निकै मद्दत पुराएको छ । उनीहरु नेपालमा पनि सैनिक तथगा प्रहरी सेवामा केही संख्यमा पाइन्छन् ।
किराँत राईहरुको सबैभन्दा ठुलो पर्ब साकेला वा चण्डी नाच हो । यो पर्ब बर्षमा दुईपल्ट मनाइन्छ । बैशाख पुर्णिमा देखि उभौली वा प्रथम सकेला प्रारम्भ हुन्छ भने कार्तिक मंसिर पुणिमादेखि उधौली वा दोश्रो साकेला सेवा आरम्भ हुन्छ । प्रथम साकेला किसानहरुको खेतीपातीको सुचक र उधौली साकेला पाकेको खेतीपाती भित्राउने बेलाको प्रतीक हो । यो उल्लासपुर्ण अवसरमा उनीहरु नाच्ने गाउने तथा खाने पिउने गर्दछन् । नाचमा पारम्पारिक ढोलर झ्याम्टा बजाइन्छ । कहिंकतै यो पर्ब कैंयौं दिनसम्म मनाइन्छ । किराँतहरु दशैं र दिपावालि पन मनाउँछन् । केही समययता केही किरााती समुदायले दशैं किराँतीपर्ब होइन भनेर बहिष्कार गर्दे आएका छन् भने केहीले मनाउँदै आएका छन् ।