Category Archives: साम्पाङ जुम्लेखा

साम्पाङ भेटघाट

५ जनवरी २०२०, किरात साम्पाङ राई जुम्लेखा हङकङले पारिवारिक भेटघाटको लागि हाईकिङ तथा बिबिक्यु कार्यक्रम सम्पन्न गर्यो । ओलम्पिक ट्राईल अन्तर्गतको तुङचुङ देखि सुरु भएको हाईकिङ मुईयोमा समाप्त भएको थियो । हाईकिङ पश्चात बिबिक्यु आयोजना गरेका थिए ।

हाईकिङमा ६३ जना साम्पाङगेहरु सहभागी भएका थिए भने २ जना पाहुना जजिन चाम्लिङ राई र सुबास पुमा राई रहेका थिए । बिबिक्युसंगै मनोरन्जनात्मक ४ प्रकारका खेलहरु आयोजना गरेका थिए । खेलमा प्रथम हुने ४ जना, दोस्रो हुने ४ जना र तेस्रो हुने ४ जनालाई क्रमसः ५००, ३०० र १०० का दरले नगद पुरस्कार प्रदान गरेका थिए ।

किरात साम्पाङ राई जुम्लेखा हङकङले बर्षमा २ चोटि (जनवरी र जुलाईमा) पारिवारीक झेटघाट कार्यक्रम गर्दै आई रहेको छ । यस कार्यत्रमको अर्थ ब्यावस्थापन जुम्लेखाको अक्षयकोषमा रहेको करिव २ लाख पचास हजार हङकङ डलरको ब्याजबाट गर्दै आई रहेको छ ।

यस हाईकिङ तथा खेलको संयोजन रबिचन्द्र राईले गरेका थिए भने बिबिक्युको संयोजन रबिनसन राईले गरेका थिए ।

भैंसी आलैमा,
फेरि पनि भेटौहै, आर्को पालैमा ।

अंग्रेजी नया बर्ष २०२० को शुमकामना सहित धन्यबाद सम्पुर्ण साम्पाङगेहरुलाई ।

– शशि मदन राई

पितृपुजा २०१९ सम्पन्न

१५ सेप्टेम्वर २०१९, किरात साम्पाङ राई जुम्लेखा हङकङको आयोजनामा सुप्तुलुङखिममा सामूहिक पितृपुजा (न्वगी) सम्पन्न भयो । किराया हङकङको कुबिमिद्वय श्री नारायण प्रसाद राईज्यु र मैत्र कुमार राईज्युले सामूहिक पितृहरुलाई न्वगी प्रदान गरे पश्चात ब्यक्तिगत वंशावली ल्याएर पितृपुजा गर्न आउनुहुनेहरुलाई न्वगी प्रदान गर्नु भएको थियो । ब्यक्तिगत वंशावली ल्याएर न्वगी दिन आउनुहुनेहरुमा किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका कुलपती श्री शशि मदन राई, किरात साम्पाङ राई जुम्लेखाका अध्यक्ष श्री तेज कुमार राई, किरात राई बान्तावा खिम हङकङका अध्यक्ष श्री दुर्गाकान्त राई तथा साम्पाङ सदस्य श्री कर्णबीर राई हुनुहुन्थ्यो ।

किराया हङकङको सामूहिक चुलामा ब्यक्तिगत पितृहरुलाई न्वगी दिने कार्य यो चौथो कार्यक्रम हो । किरात साम्पाङ राई जुम्लेखा हङकङले सन २०१६ साल देखि शुरु गरेको यो पितृपुजालाई किराया हङकङ र सबै भाषिक संस्थाहरुले २०१८ सालमा सामूहिक बैठक बसि मान्यता प्रदान गर्दै ईच्छा हुने सबै राईहरुले यसै दिन सामूहिक न्वगी फुकाउदै नया अन्नबाली चलाउने सम्पुर्ण हङबासि किरात राईहरु दाजुभाई दिदिबहिनिहरुलाई अनुरोध गरेको छ  र किराया हङकङले निकालेको बार्षिक क्यालेण्डर अनुसार यस कार्यक्रमलाई निरन्तरता गरि रहन किरात राई साम्पाङ जुम्लेखालाई जिम्मेवारी प्रदान गरेको छ ।

न्वगी

न्वगी कार्यक्रमलाई दुइभागमा बिभाजन गरेको थियो । कार्यक्रम गर्नु अगावै किरात साम्पाङ राई जुम्लेखाको अध्यक्ष श्री तेज कुमार साम्पाङ राईज्युको अध्यक्षतामा एक औपचारिक कार्यक्रम आयोजना गरेका थिए । औपचारिक कार्यक्रममा प्रमुख अतिथि किराया अध्यक्ष श्री हरिचन्द्र राई, अतिथिहरुमा किराया संरक्षक श्री हेजेन राई, किराया सल्लाहकारहरु क्रमशः श्री रजिन राई, श्री बसन्त कुमारी राई, श्री धिराज कुमार राई, प्रज्ञा प्रतिष्ठानका कुलपती श्री शशि मदन राई, भाषिक संस्थाका अध्यक्षहरु क्रमशः श्री पवित्रा चाम्लिङ, श्री पेङ पुमा, श्री दुर्गाकान्त बान्तावा, श्री रामली थुलुङ, श्री हित बहादुर कोयी, नेपालबाट पाल्नु भएका अतिथिद्वय श्रीमान श्रीमती नन्द ब० कोयी तथा मौलिक किरात धर्म, संस्कारमा आस्था राख्ने किरात राई दाजुभाई दिदिबहिनिहरुको उपस्थित रहेको थियो ।

औपचारिक कार्यक्रम

औपचारिक कार्यक्रमको शुरुवातमा किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका कुलपती श्री शशि मदन राईज्युले (१) पितृपुजा र किरातहरु बारेमा, (२) चुला र मुन्धुम बारेमा, (३) ब्यक्तिगत चुला र सामूहिक चुला बारेमा, (४) ब्यक्तिगत पितृकक्ष र सामूहिक पितृकक्ष बारेमा मुन्धुम र परिस्थितिजन्य सामूहिक धारणा तथा (५) ब्यक्तिगत पितृपुजा र सामूहिक पितृपुजा गर्ने मुन्धुमी विधी र प्रतिस्थापन विधीबारेमा प्रस्टाएका थिए । तत्पश्चात किराया हङकङको कुबिमिद्वय श्री नारायण प्रसाद राईज्यु र मैत्र कुमार राईज्युलाई फेटा गुथाई शिर उठाए पश्चात भाषिक संस्थाका अध्यक्षहरु, किराया सल्लाहकारहरु, किराया संरक्षकहरुलाई कुलपतीले बोलेका परिस्थितिजन्य सामूहिक धारणा र गर्ने प्रतिस्थापन विधीविधानहरु बारेमा बिचार राखेका थिए ।

सामूहिक पितृकक्ष

सबैको भनाई र बिचारमा यो कार्य अति उत्तम रहेको, किरात राईहरुको धर्म, संस्कारलाई बचाई राख्न र अन्य धर्म, संस्कारमा प्रवेश गर्नुबाट रोक्न यो उत्तम बाटो हुन सक्ने बिचारका साथ आउँदो दिनमा यसबारे अन्तरक्रिया गरि निचोड निकाली सर्वसम्मत गर्दै जाने भन्ने बिचार, राय दिएका थिए । सबैको बिचार पछि अन्त्यमा अध्यक्षज्युले कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रमको शुरुवात किराया हङकङको सचिव श्री गजेन्द्र राईज्युले शुरु गरि कार्यक्रम संचालन गर्ने जिम्मा किरात राई साम्पाङ जुम्लेखाको सचिव श्री मणि राज साम्पाङलाई जिम्मा दिएका थिए ।

चुला

कार्यक्रममा उपस्थित महानुभावहरुलाई नया चामल मिसाएको भात, नया कोदोफापरको ढिडो, सुङगुरुको भुटुवा, कुखुराको भालेको तरकारी र पेय पदार्थहरु प्रदान गरेका थिए । न्वगी कार्यक्रम बेलुकी ७ बजे समापन भएको थियो ।

ढिडो

 –जय किरात

हार्दिक श्रद्धान्जली

किरात साम्पाङ राई जुम्लेखा हङकङका कोषाध्यक्ष श्री चन्द्र कुमार राईको ममतामयी आमा भोजपुर नगरपालिका, भैंसिपंखा १०, भोजपुरमा बसोबास गर्नहुने श्री लछुमन राईको श्रीमती सुविद्रा राईको ८१ बर्षको उमेरमा असमायिक निधन भएकोमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस भनि सुम्निमा पारुहाङसंग प्रर्थना गर्दछौं ।

प्रथम ससुराली भेटघाट

२१ अक्टुबर २०१८ हङकङ ।

किरात राईहरुको बिबाह भए पछि पहिलो बर्ष उधौली लागे पछि (असोज महिनामा) छोराबुहारीले प्रथम चोटि ससुराली/मावली चिन्न ससुराली घर जानु पर्दछ । पहिलो बर्ष नसके पनि कुनै बर्ष जानै पर्दछ । यसलाई प्रथम उधौली हान्नु वा ससुराली/मावली चिन्ने रिती भनिन्छ ।

किराया हङकङको कूबीमी श्री नारायण प्रसाद राई र श्रीमती शिब कुमारी राईको सुपुत्री रेनुका राईको जुवाँई मनिचन्द्र राईसंग शुभबिबाह १६ जुन २०१८ मा सुप्तुलुङखिममा सम्पन्न भई प्रथम उधौली हान्ने कार्य (ससुराली/मावली भेटघाट) कार्यक्रम हेल्लो किचनमा सम्पन्न भएको छ । यस कार्यक्रममा हङकङ बसोबास गर्ने साम्पाङ वातुङभाईहरु जम्मा भएका थिए ।

हङकङको सुप्तुलुङमा न्वागी

-समाचार बज्र कुमार राईबाट ।

१४ अक्टुबर १८, हङकङ, किरात राई यायोक्खाको किलुङचुङस्थित सुप्तुलुङखीम (चुलाघर) मा किरात राई साम्पाङ जुम्लेखाले न्वागी (नयाँ बाली भित्र्याउने मुन्धुमी कार्य) गरेको छ । खोटाङ फेदीका ८३ बर्षीय अग्रज मुन्दुमज्ञाता दल बहादुर साम्पाङ राईको प्रमुख प्रशिक्षणीय भूमिकामा किरायाका कुविमीद्वय नारायण प्रसाद साम्पाङ राई र मइत्र कुमार वान्तवा राईले मुन्दुमी प्रक्रियाद्वारा न्वागी सम्पन्न गरेका हुन्।किरात राईहरुले युगौंदेखि आफ्ना पीता/पूर्खा र प्रकृतिलाई  नयाँ बालीनालीको उत्पादन पहिला चढाएर मात्रै आफूले प्रयोग गर्ने गर्दछन् ।

बिशेष गरेर आफ्नो पीता/पूर्खा,प्रकृति र मौलिक परम्परा मान्ने किरातहरुलाई उक्त न्वागी पूजामा सहभागीताकालागि आव्हान गरिएको थियो । सो न्वागीमा किरायाका अध्यक्ष हरिचन्द्र राई, प्रमुख सल्लाहकार रजीन राई, किराया संरक्षण परिषदका सदस्य तथा प्रज्ञा प्रतिष्ठानका कुलपति शशीमदन राई,सल्लाहकार,भाषिक संस्थाका तथा किराया कार्य समितिका पदाधिकारीहरुलगायत बाहुल्य संख्यामा साम्पाङ राईहरुको उपस्थिति रहेको थियो । प्रत्येक बर्ष जाडो मौसमको शुरुवातसँगै (धान, कोदो पाक्ने बेला,सयपत्री फूल,घैया र अदुवा फूलको/फलेको समयमा उद्यौलीको शुरु भएपश्चात) नयाँ बालीनाली पाकेपछि किरात राईहरुले न्वागी गर्ने प्राचीन परम्परा छ ।

किरात राई साम्पाङ जुम्लेखाले मौलिक धर्म, संस्कार-संस्कृति, परम्परा र रीतिथिति मान्ने किरात राईहरुलाई सहभागीताकालागि आव्हान गरेर संस्थागत रुपमा पहिलोपटक यो बर्षको न्वागी गरे पनि आगामी बर्षबाट किरायामा आवद्ध सबै भाषिक संस्थाहरुको प्रतिनिधित्व गर्दै सामुहिक रुपमा न्वागीको आयोजना गर्ने अनुमति सोहि मितिमा बसेको किरायाको बैठकले निर्णय गरेको छ । उक्त न्वागी प्राकृतिक मौसम बदलिने क्रमको प्रत्येक असोज महिनाभित्र सम्पन्न गर्नु पर्ने जनाइएको छ ।

जुम्लेखा हङकङको पारिवारिक भेटघाट

१ जुलाई २०१८, हङकङ ।

किरात साम्पाङ राई जुम्लेखा हङकङले पारिवारिक भेटघाट गर्न बोटिङ तथा हाईकिङ कार्यक्रम आयोजना गऱ्यो । उक्त कार्यक्रममा हङकङमा बसोबास गर्ने किरात साम्पाङ राईहरु लगायत जुवाँई चेलाहरु सहित जम्मा ६० जनाको सहभागिता रहेको थियो । साईकुङबाट स्पिट बोटिङ शुरुभै साई वान चुनमा उत्रेर खानपान गऱ्यो । तत्पश्चात हाम तिन हुदैं करिब २ घण्टाको हाईकिङ पश्चात वोङ सेक फेरिमा आएर हाईकिङ समाप्त भएको थियो । अन्त्यमा बस चढि जोर्डन आएका थिए ।

रबिचन्द्र राईको संयोजकत्वमा आयोजना भएको सो कार्यक्रमको बिच समयमा साम्पाङ चेली रेनुका राई र मणिचन्द्र राईको शुभबिबाहमा खट्ने कलिया तथा कजेरीहरुलाई शिर उभ्याउनी कार्यक्रम समेत राखिएको थियो । बिबाह कार्यक्रम १६ जुन २०१८ मा सुप्तुलुङ खिममा सम्पन्न भएको थियो । किरात साम्पाङ राई जुम्लेखाको अध्यक्ष श्री तेज कुमार राई भने अस्वस्थ्यको कारणले उपस्थि हुन सकेको थिएन ।

किरात साम्पाङ राई जुम्लेखा हङकङले हरेक बर्ष जुलाई महिनाको पहिलो आईतबार हङकङमा बसोबास गर्ने साम्पाङहरुलाई भेटघाट गर्ने अवसर मिलाउदै आएको छ । यस कार्यक्रममा भने अत्यधिक साम्पाङहरुको सहभागिता रहेको थियो । केटाकेटिहरु १७ जना, साठि बर्षभन्दा माथिका जेष्ठ साम्पाङहरु ३ जना र जुवाँईहरु ३ जना गरि बाँकी ३७ जना साम्पाङ चेली माईतीहरु भेला भएका थिए । छुट्टिने बेलामा खै कस्ले हो पछाडिबाट गित गुनगुनाउदै थिए ।

फुल मालैमा, फुल मालैमा ।
फेरि पन भेटौ है, अर्को सालैमा ।।

– जय साम्पाङ ।