Category Archives: साम्पाङ जुम्लेखा

सुवाँछेम (पित्री) पुजा

२८ अक्टुबर २०१६, किरात साम्पाङ राई जुम्लेखा हङकङले २८ अक्टुबर २०१६ का दिन हङकङ स्थित सामुहिक चुलाघर (सुप्तुलुङ खिम) मा नेपालबाट पाल्नु भएका कूबीमी श्री दल बहादुर राई तथा किरात राईहरुको सहायक कुबीमी श्री नारायण साम्पाङ द्वारा सुवाँछेम पुजिएको छ । किरात साम्पाङ राईहरुले सन २०१५ बाट सामुहिक चुलाघरमा साम्पाङहरुको सुवाँछेम स्थापना गरि सामुहिक पित्रीहरुलाई राखिएको हो । साम्पाङहरुले हरेक बर्ष मंसिरे पुर्णेभित्र सम्म सामुहिक पित्रीहरुलाई पुकारी नया अन्नबाली खुलाउने प्रचलन छ । कार्यक्रममा कूबीमी श्री दल बहादुर राईज्युलाई फेटा गुथाई सम्मान गरिएको थियो ।

20161028_181611-copy

 

वार्षिक भेटघाट तथा देउसी भैलो कार्यक्रम

१६ अक्टोबर २०१६, हङकङ– किरात राई यायोक्खा हङकङको भाषिक संस्था किरात साम्पाङ राई जुम्लेखा हङकङको वार्षिक भेटघाट तथा देउसी भैलो कार्यक्रम क्लियर वाटर वे कन्ट्रि पार्कमा सम्पन्न भयो ।

जुम्लेखाका अध्यक्ष तेज कुमार राईको अध्यक्षतामा सपन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष रजिन राई रहेका थिए । त्यस्तै गरी कि.रा.या.का भाषिक संस्था, ३ किरात लिम्बु, याक्खा, सुनुवार लगायत अन्य जातिय तथा क्षेत्रिय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु अतिथिका रहेका थिए ।

जुम्लेखाका सचिव नारायण प्रसाद राईद्धारा संचालन गरिएको कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथिद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि रजिन राई तथा कार्यक्रम संयोजक शशिमदन राई लगायतले २०७३ सालको दिपावलीको उपलक्ष्यमा शुभकामना मन्तब्य राख्ने क्रममा तिहार बारे प्रष्ट्याउँदै त्यसको किरात समुदायमा त्यसको महत्वबारे बोलेका थिए ।

औपचारिक कार्यक्रमको अन्तमा शुभकामना मन्तव्यसंगै कार्यक्रमका सभापति तेज कुमार राईले कार्यक्रमलाई समापन गरेका थिए ।

deuse16

जुम्लेखाद्धारा वार्षिक रुपमा मनाउँदै आएको उक्त कार्यक्रममा निःशुल्क बि.बि.क्यू.को व्यवस्था सहित भेटघाट, शुभकामना आदनप्रदान, देउसी भैलो, नाँचगानका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो ।

deuse162

 

सुवाँछ्याम स्थापना तथा साम्पाङ परिवार भेटघाट

१ जुलाई २०१६, किरात साम्पाङ राई जुम्लेखा हङकङले किरात राईहरुको सुप्तुलुङखिममा साम्पाङहरुको सामुहिक पितृहरु बस्ने खेल्ने ठाँउ (सुवाँछेम) स्थापना गरेको छ । किरात मौलिक धर्ममा आस्था राख्ने हङकङबासी साम्पाङ दाजुभाई दिदिबहिनी धेरैजसो उपस्थित रहेको थियो । किरात साम्पाङ राईहरुको सामुहिक पितृलाई किराया मुल कुबिमि श्री श्रेष्ठ बहादुर राई र सहायक कुबिमि श्री नारायण प्रसाद राई ज्युले निम्न नामहरु बखानी स्थपना गरेको थियो ।

१) पारुहाङ, २) हँछा, ३) किरातुईवा, ४) साल्पा, ५) हर्कबुङ, ६) राई, ७) पतिसुङ, ८) लारिहा, ९) लारिहाप्पा, १०) नागेलुङमे, ११) नारिता, १२) यारिता, १३ नागरिता, १४) पातेसुङ, १५) खक्चीलुप्पा, १६) सेती साम्पाङ, १७) खिलुङमी, १८) स्नाननाम्दे, १९) लाम्खोका, २० रेप्सुना, २१) नाम्नु हाङ, २२) नाम्चि हाङ, २३) खिक्चा, २४) खोरेली, २५) थुम्विमी, २६) नाम्वुशा, २७) खाप्तुयु, २८) नयछा, २९) चुबुम, ३०) हल्कुमा, ३१) चेडा, ३२) चेतयामा, ३३) छेतापी, ३४) मलुछा, ३५) नामफमा राई, ३६) थरेपा राई, ३७) जसहाङ राई, ३८) बखानेम राई

13510795_1927710517455991_6956474900952573393_n

कार्यक्रममा किरात साम्पाङ राई जुम्लेखा अध्यक्ष तेजकुमार राई, किराया हङकङ अध्यक्ष रजिन राई, सोदेल कोयु किम अध्यक्ष हित बहादुर राई, बान्तावा यायोक्ला खिम अध्यक्ष तिलक राई, पुमा तुप्खा बाङखाला अध्यक्ष पेन्गुईन राई, थुलुङ सामा अध्यक्ष रामली राई, चाम्लिङ खाम्बातिम अध्यक्ष पिताम्बर राई बगैचा संचार हङकङ प्रधान सम्पादक नरेश सुनुवार भाषिक संस्थाका पदाधिकारीहरु उपस्थिति रहेका थिए । छायाङकन बगैचा संचारले गरेका थिए ।

कार्यक्रममा सुवाँछ्यामको बारेमा जुम्लेखा सल्लाहकारले किरात राईहरुको अगेनाको भित्तामा माथी बाँसको एउटा सानो चित्रा बुनेर राखिएको हुन्छ । यसलाई सूवाँछ्याम भनिन्छ । सूवाँछ्यामलाई किरात राईहरुले थर अनुसार फरक फरक नामले पुकार्दछ । सूवाँछ्याम भित्र एक धनुकाँड, केराको पात, सेउली, सयपत्री फुल, चामल, अदुवा, पैसा र कूबीमी बस्ने एउटा पिर्का राखेको हुन्छ । सूवाँछ्यामलाई बर्षको एकदिन पितृपुजाको दिन सफा गरि सूवाँ हान्ने (पितृपुजा) गर्ने कार्य गरिन्छ । सूवाँछ्याममा स्वभाविक मृत्यु भएर गएका पिता पुर्खाहरुको आत्मा रहेकोहुन्छ भनि बिश्वास गरिन्छ भन्नु भयो । शहरीकरण भएको ठाँउमा फ्ल्याट सिस्टमको घरभएको तथा चुला गाड्न नमिल्ने भएकोले सामुहिक चुलाघरमा भाषिगत सूवाँछ्याम राखि भाषिगत सामुहिक पितृपुजा गर्ने किराया हङकङको अवधारण ल्याईएको बताउनु भयो ।

13592355_1927710570789319_7038758250262000021_n

किराया हङकङ निबर्तमा अध्यक्ष तथा जुम्लेखा सल्लाहकार शशि मदन राईले सामुहिक सुप्तुलुङखिममा भाषिक सुवाँछ्याम बाहेक २ वटा प्रतिस्थापन सुवाँछ्याम ब्याक्तिगत प्रयोगको लागि बनाईएको बताउनु भयो । यदि कसैलाई ब्याक्तिगत पितृ पुज्ने ईच्छा भएमा प्रतिस्थापन सुवाँछ्याम प्रयोग गर्न सकिने तथा हङकङमा भाडामा बसिरहेको अवस्थामा चुला गाड्न नमिल्ने भएकोले बुहारी भित्र्याउँदा र छोरी निकाल्दा चुलाको अभाव रहेकोले चुलाको ठाँउमा सामुहिक चुला प्रयोग गरि प्रतिस्थापन सुवाँछ्याम प्रयोग गर्न सकिने बिकल्प रहेको बताउनु भयो । अथवा एउटै सामुहिक चुला प्रयोग गरि एउटा सुवाँछ्याबाट छोरी निकाली अर्को सुवाँछ्याममा बुहारीको रुपमा भित्र्याउन सकिने बिकल्प रहेको बताउनु भयो । यसबारे सबै भाषिक संस्थाहरुको सामुहिक छलफल गरि अगामि दिनमा निति लिने बिचार राख्नु भयो ।

जुम्लेखा अध्यक्ष तेजकुमार राईले अन्य भाषिक संस्थाहरुले समेत आफ्नो पित्रीहरुलाई भाषिगत सुवाँछ्याममा राख्दै बार्षिकरुपमा पित्री सम्झने कार्य गर्दै गएमा अहिले किरात धर्म, संस्कार माथि धावा बोलीरहेको अवस्थामा यसकार्य कोशेढुङगा साबित हुने बताउनु भयो ।

13592675_1238354016176174_813571970723350768_n

कार्यक्रममा चेस प्रतियोगिता, लाईभ म्युजिक, पारिवारीक परिचय लगायत मनोरन्जनात्मक कार्यक्रम गरेका थिए । उपस्थित महानुभावहरुलाई जाँड, भुटुवा, कुखुराको मासु, ढिँडो, भात लगायत बिबिक्युले स्वगत गरेका थिए । कार्यक्रम दिउसो १२ बजे देखि बेलुृकि ८ बजे विर्सजन भएको थियो ।

जुम्लेखाको तेस्रो अधिवेशन

२९ सेप्टेम्बर २०१३, का दिन किरात साम्पाङ राई जुम्लेखाको तेस्रो अधिवेशन  मंकिहिलमा सम्पन्न भयो । खुल्लासत्रको अध्यक्षता जुम्लेखाका अध्यक्ष हरि साम्पाङ राईले गरेका थिए भने प्रमुख अतिथीमा किरात राई यायोक्खाका  अध्यक्ष शशिमदन राईले गरेका थिए र विशेष अतिथिमा कुबिमी श्रेष्ठ प्रशाद राई रहेका थिए । अन्य अतिथिहरुमा किरात राई चाम्लिङ खाम्बातिमबाट पवित्रा राई, किरात राई यायोक्लाबाट तिलक राई, किरात दुमि फन्सिकमबाट इन्द्र सीं राई, किरात राई पुमा तुप्खाबाँखलाबाट सुवास राई, मोहन राई, सल्लाहकार धिरज राई लाई आशन ग्रहण गराइएको थियो । निर्वाचन मण्डलका अध्यक्ष रजिन राई, सदस्यहरु पिताम्बर राई र विमल राईलाई पनि आशन ग्रहण गराइएको थियो ।

जुम्लेखाका सचिव नारायण प्रशाद राईले सञ्चालन गरेको खुल्लासत्रको स्वागत भाषण उपाध्यक्ष तेजबहादुर राईले गरेका थिए भने कार्यक्रम उत्घाटन अध्यक्ष र विषेश अतिथि श्रेष्ठ प्रशाद राईले पानसमा बत्ती बालेर गरेका थिए । र तेस्रो अधिवेशनमा मन्तव्य तथा शुभकामना सुवास राई, तिलक राई, इन्द्र सीं राई, पवित्रा राईले दिएका  थिए । प्रमुख अतिथिको मन्तव्य पश्चात अध्यक्षले खुल्ला सत्र समापन भएको घोषणा गरेका थिए ।

jumlekha

निवार्चन मण्डलका अध्यक्ष रजिन राई सदस्यहरु पिताम्बर राई र विमल राईले निम्न अनुसारको पदाधिकारीको निर्वाचित गरेको छन्।

१, अध्यक्ष – तेजबहादुर साम्पाङ राई
२, उपाध्यक्ष- नन्द साम्पाङ कुमार राई
३, उपाध्यक्ष – गंगाराम साम्पाङ राई
४, सचिव – नारायण प्रशाद साम्पाङ राई
५, सहसचिव – दिपक केशर साम्पाङ राई
६, कोषाध्यक्ष – मनिराज साम्पाङ राई
७. सहकोषाध्यक्ष- कुमार साम्पाङ राई

चौथो वार्षिक भेटघाट कार्यक्रम

११ नोभेम्बर २०१२, किरात राई साम्पाङ जुम्लेखाले चौथो वार्षिक भेटघाट कार्यक्रम मंकिहिलमा मनाएका थिए । त्यस कार्यक्रमको अध्यक्षता जुम्लेखाका अध्यक्ष हरि साम्पाङ राईले गरेको थियो भने प्रमुख अतिथीमा किरात राई यायोक्खाका अध्यक्ष शशिमदन राई र विषेश अतिथीमा कुपिमी (धामी) श्रेष्ठ प्रशाद राई रहेको थियो । र अन्य अतिथीहरुमा किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष नरजित राई, किरात राई बान्तावा यायौक्लाका अध्यक्ष तिलक (मौहन राई), किरात राई पुमा तुप्खाबाँखलाका संयोजक सुबास राई थिए ।

औपचारिक कार्यक्रमको सञ्चालन संस्थाको सचिव नारायण प्रशाद राईले गरेको थियो भने स्वागत भाषण उपाध्यक्ष तेज बहादुर राईले गरेको थियो । श्रेष्ठ बहादुर राईले कार्यक्रमको उत्घाटन दियोमा बतिबालेर गरेका थियो ।उपस्थित विषेश अतिथी लगायत सम्पूर्ण अतिथीहरुले चौथो वाषिर्क कार्यक्रमको उपलक्ष्यमा शुभकामना दिएका थिए विषेश ।

jumlekha1

त्यस वाषिर्क भेलामा साना साना नानीहरुलाई आफ्नो भाषामा सम्बन्धी हाजिरी जवाफ कार्यक्रम राखिएको थियो । त्यस कार्यक्रममामा पहिलो हुनेमा तिर्सना साम्पाङ राई दास्रो हुनेमा ज्योति साम्पाङ राई तेस्रो हुनेमा सन्तोस साम्पाङ राईलाई नगद रकम प्रदान गरिएको थियो सो प्रतियोगितामा १५ जना नानिहरु सहभागी भएका थिए । अध्यक्षले कार्यक्रम समापन गरे लगतै तिहारको उपलक्ष्यमा देउसी भैलो खेलेर सबैले मनोरञ्जन गरेका थिए । देउसी भैलो कार्यक्रमको उत्घाटन श्रेष्ठ बहादुर राईले गरे पनि भट्याउनेमा युक कृष्ण राई थिए ।

किरात साम्पाङ राई जुम्लेखा हङकङ गठन

२६ जुलाइ २००९ मा किरात साम्पाङ राई जुम्लेखा हङकङ गठन भएको छ । कार्यसमितिमा निम्न पदाधिकारीहरु चयन भएको छ ।

  1. अध्यक्ष : हरि चन्द्र साम्पाङ राइ
  2. उपाध्यक्ष : तेज कुमार साम्पाङ राई
  3. उपाध्यक्ष : रमेश साम्पाङ राई
  4. सचिब : नारायण प्रसाद साम्पाङ राई
  5. सह–सचिब : दिल कुमार साम्पाङ राई
  6. कोषाध्यक्ष : मणि राज साम्पाङ राई
  7. सह–कोषाध्यक्ष : गौरि प्रसाद साम्पाङ राई
  8. सदस्यहरु : रेनुका साम्पाङ राई
  9. सदस्यहरु : सूर्य कुमार साम्पाङ राई
  10. सदस्यहरु : कुमार साम्पाङ राई
  11. सदस्यहरु : चन्द्र कुमार साम्पाङ राई

सल्लाहकारहरु :

  1. शशि मदन साम्पाङ राई
  2. धिरज कुमार साम्पाङ राई