१८ सेप्टेम्बर २०१६, हङकङ, किरात राई यायोक्खा युवा खेलकुद, साहित्य तथा सांगीतिक विभागले युनलङ स्थित डिस्ट्रिक्ट स्पोर्ट्स सेन्टरमा 16 गत शुक्रवार आयोजना भएको “प्रथम यलम्बर ब्याडमिन्टन प्रतियोगीता २०१६” को उपाधी किरात राई यायोख्खाको प्रतिनिधित्व गर्दै हेमराज राई र मिलन राईको जोडिले उपाधी हत्याएका थिए।मिन्स डबल्स बेस्ट अफ थ्री सेटमा खेलाईएको उक्त प्रतियोगितामा बिभिन्न सस्थाको प्रतिनिधित्व गर्दै 14 जोडि खेलाडीहरुले भाग लिएका थिए।बिजेता राई जोडिहरु क्वाटर फाईनलमा ईन्द्र वनेमको जोडि सङ्ग पहिलो सेट गुमाएर निकै संघर्षपुर्ण सेटमा 3 सेटमा सेमि फाईनल पुगेका थिए, सेमिमा पनि 3 सेटमा निकै मेहनत गर्न परेको उनिहरुले फाईनलमा बिशाल राई र शुभ राईको उत्कृष्ट जोडीलाई निकै प्रतिस्पर्धात्मक खेलमा भेराईटी तथा ट्रीक्की सटहरु प्रहार गरेर फिजिकल तथा साईकोलोजिकल दवाब सिर्जना गर्दै सोझो सेटमा पाखा लगाएर उपाधी चुम्न सफल भए। “यो भन्दा अगाडी कहिल्यै हराउन नसके पनि आजको महत्त्वपूर्ण प्रतियोगितामा उनिहरुलाई हरेक प्वाइन्टमा दवाब सिर्जना गरि मौकाको फाइदा उठाउन सफल भयौ, जसमा पार्टनर मिलनले क्रुसियल समयमा राम्रो साथ दिएको हुनाले जित्न सजल भयौ” जित पश्चात हेमराजले खुशी ब्यक्त गर्दै भने। फाईनलिस्ट दुबैले किरात राई यायोख्खाको प्रतिनिधित्व गरेका थिए। बिजेताले 5 हजार डलर,मेडल,ट्रफी र प्रमाणपत्र हात पारे।त्यसैगरी फस्ट रनर अप बिशाल राई र शुभराज राईको जोडिले 3 हजार डलर,मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए भने सेकेन्ड रनर अप साङ्बु शेर्पा र कमन सिंह लावतीको जोडिले 1 हजार डलर,मेडल र प्रमाणपत्रले पुरस्कृत भए।साथै वेष्ट प्लेयरको उपाधि मीन घलेले प्राप्त गरे। बिजेता खेलाडीहरुलाई अतिथिगण,किराया सल्लाहकार शशिमदन राई,अध्यक्ष रजिन राई लगायत बिभाग प्रमुख तथा संयोजकको बाहुलीबाट पुरस्कार वितरण गरिएको थियो।
स्मरण रहोस यो भारी दर्शकहरुलाई तानेका उक्त प्रतियोगिता सम्पन्न गर्न किराया खेलकुद बिभागमा विभाग प्रमुख तेजकुमार राई र संयोजक गंगाराम राई रहेको थियो भने बज्र कुमार राई र बिमल राई भुमिका महत्वपूर्ण निर्बाह गरेका थिए।