किरात राईहरु सबै जातपात, धर्मसंस्कारलाई समान रुपमा हेर्दछ। सानो जातपात र ठुलो जातपात, सानो धर्म र ठुलो धर्ममा विस्वास गर्दैनन। सबैलाई सम्मान गर्दछ। हङकङमा किरात राईहरुको आईडी लिएर आएको कुनै पनि जातीका मानिसहरु म किरात धर्म मान्छु, म राई जातीमा प्रवेश गर्छु भनेमा सात पाछाका दाजुभाईहरु जम्मा भई रातो अचना चिसो छपना गरि, दाल ढिडो चलाएर नया पाछा दिई चुला ग्रहण गराउन सकिनेछ।
आफ्नै दाजुभाईहरु समेत खाँदै बस्दै खेल्दै जाँदा बाटो बिराएर अर्को धर्ममा गएपनि जिउँदै रहँदा फेरी फर्कि आएर मैले बाटो बिराए छु, दाजुभाईहरु हो, म कुलमा फेरी फर्कन चाहान्छु, मलाई माफ गरिदिनुहोस भनेमा दाजुभाईहरुले चोखो नितो गराई चुला ग्रहण गराउन सक्तछ।
चुला ग्रहणको उदेश्य :
- मौलिक किरात धर्म, संस्कार, संस्किृती अप्नाउन ।
- बाटो भुलेर अन्य धर्म संस्कारमा पसेकाहरुलाई फर्काउन।
बिधि :
चुलामा आगो बाल्नु पर्दछ । चुलामा जान अगावै दुबो, तीतेपाती र चोखो पानीले छर्केर चोखोनितो भई चुलामा पस्नु पर्दछ ।
चुला ग्रहण प्रार्थना
हे पितापुर्खाहरुहो,
हे सुम्निमा पारुहाङ ।
तपाँईहरुले हामीलाई जन्म दिई,
मानव संसार बसाउनु भयो ।
धर्तीलाई अन्न योग्य बनाई,
हामीलाई बचाउनु भयो ।
मैले बंश, दाजुभाई, र कुटुम्ब बिर्सिएर,
बाटो बिराए छु ।
अब तिन चुला स्थापना गरि,
भक्ति गर्दछु ।
कुनै कामको थालनी, कर्मधर्म गर्न,
सदैव तिन चुला पुजने छु ।
समस्त मानव समुदाय र प्रकृती संरक्षणको लागि,
चुला प्रार्थना गर्दछु ।
सदैव किरात धर्म, संस्कार, संस्कृती मान्नेछु ।
सदैव तिन चुलाको रक्षा गर्नेछु ।
बाटो बिराएकोमा फेरी माफी माग्दै,
सदा तिनचुला मान्ने प्रण गर्दछु ।
जय पितापुर्खाहरु हो ।
जय सुम्निमा पारुहाङ ।।
आवश्यक सामाग्रीहरु :
- चोख्याउनको लागि – दुबो, तीतेपाती र चोखो पानी
- आगो बाल्नको लागि – काईला, स्टार्टर र लाईटर
- पूजाको लागि – काँसेथालमा अलिकति चामल र दियोबत्ति
- आवश्यक फेटा वा गम्छा
कार्यक्रमको रुपरेखा :
- परिचयात्मक आशन ग्रहण
- चुला ग्रहण बारेमा –
- चोख्याउने रित – कूबीमीले दुबो, तीतेपाती र पानीले चोख्याउने
- दियोबत्ति बालि पुजा –
- चूला दर्शन बाचन –
- सगुन खुलाउने र फेटा गुथाउने
- ग्रहण गर्नेलाई शुभकामनाप्रदान
- ग्रहण गर्नेको भनाई
- कार्यक्रम समापन साथै सगुन बितरण र फोटो सेसन
डाउनलोड :
डाउनलोड
नम्बर | बिवरण | पिडिएफ | एमएस–वर्ड |
1 | चूलाग्रहण सुचिपत्र | प्रिन्ट | एडिट |
चूलाग्रहण फारम | एमएसवर्ड | पिडिएफ |
(समाप्त)