1. चूलापूजा बारेमा:
किरात राईहरुको सवभन्दा ठूलो देव भनेको नै तीन चूला हो। मुलघर परिवारबाट अलग भएपछि थपना गर्ने पहिलो वस्तु नै चूला हो । हरेक किरात राईहरुको धार्मिक आस्थाको प्रतिक नै तीन चूला हो । हरेक किरात राईहरुको साझा विशेषता नै तीन चुलो हो। चूलामा ३ वटा ढुङगा गाढेको हुन्छ। यसले बंश, दाजुभाई र कुटुम्ब गरी मानव समाजलाई ईङ्गित गरेको हुन्छ।
उत्तर तर्फको ढुङगाले बंशलाई, दाहिने तिरको ढुङगाले दाजुभाईलाई र देब्रे तर्फको ढुङगाले कुटुम्बलाई बुझाउदछ। चूलामा सामान्य भात भान्सादेखि कर्म धर्म, रितीथितीका सम्पूर्ण कुराहरु गरिन्छ। किरात राईहरुको चूलामा जन्म दिने पुर्वजहरुले बास गरेको हुन्छ भनि विस्वास गरिन्छ। किरात राईहरुले प्रार्थना गर्न टाढा जाँदैनन्। यही यहि चुलालाई मन्दिर मान्दछन। चुलालाई पितृथलो मान्दछन। यही चूलामा प्रार्थना गर्दछन । चूलामा दैनिक पुजा गरे पित्रीहरु खुसी भई चिताएको मनोआकाङक्षा पुरा गरिदिने, धन दौलत र ऐश्वर्य दिने, दुख बिमार हटाउने, शिर ठाडो बनाई दिने बिस्वास गरिन्छ।
चूलापूजा बिशेष उभौली र उधौलीमा साकेला नाच्न जानु पुर्व चूलाबाट बल माग्ने कार्य गरिन्छ। किरात राईहरुले बैसाखे पुर्णेको दिन देखी औंशी भित्र सम्ममा चुला पुजा गर्दछ। बैसाखे पुर्णे देखी उभौली (अन्न लगाउने काम) सुरु हुने भएकोले अन्नपानी सप्रियोस भनि साकेला (भुमी देव) पुज्न जान अगावै चुलामा बल माग्ने कार्य गरिन्छ।
त्यस्तै मङ्सिरे पुर्णे देखि लगाएको बालीनाली पाकेर थन्कयाउन थालेपछि पहिला पितापुर्खाहरुलाई चढाएर अन्नको सह माग्दै, रुपैया पैसाका सह माग्दै, सबै जिवजन्तु, बोटबिरूवा, खोलानाला, हिमाल पहाड, बन जंगल, आकाश पाताल, जुन घाम, तारा सबै नै सन्तुलित रहि रहोस भनि किरात राईहरुको आदिम पितृदेव पारुहाङ सुम्निमा तथा तोयामा खियामा हेच्चाकुप्पा नागेलुम तथा प्रकृतिको संझना गर्दै चूलाबाट बल माग्ने कार्य गरिन्छ।
अरुबेला नुवांगी, तिधाम, छिदाम र छमदम, दिवुमी वा सुरुमी शिकारी पूजा तथा अन्य विविध पूजाहरु जस्तै पितृहरुलाई खुसी पार्न तथा दुःख विमार भएको बखत बलदेउ कुनै दुःखकष्ट नदेउ आशिक देउ भन्ने कामना गर्न चूलापूजा गरिन्छ। यसबाहेक अन्य चिन्ताचार गरेको बेला उकारमा बल माग्न धामीद्वारा चोखो रक्सी र मर्चाले चूलापूजा गर्ने प्रचलन रहेको छ। चुलाको पूजा केबल कुबिमि वा तायामी अनुभवबिद् बृध पुर्खाले मात्र गर्न सक्तछ। दु:ख विमार भएको बखत बलदेउ कुनै दु:खकष्ट नदेउ आशिक देउ भन्ने कामना गर्दै बेलाबेलामा सुगुर काटेर वा मुटु कलेजो फियो फोक्सो दुवै मिर्गौला लाम्टा छात्ती र बोसे जाली गरी नौ परिकारको मासु सिमलीको लौरामा उनी कुबिमि र पुर्खाहरुको सामुहिक मुदुम अनुसार चुलोमा पोल्ने काम हुन्छ।
2. चूला प्रार्थना :
हे सुम्निमा पारुहाङ । हे पितापुर्खाहरुहो।।
तपाँईले हामीलाई जन्म दिई, मानव संसार बसाउनु भयो।
धर्तीलाई अन्न योग्य बनाई, हामीलाई बचाउनु भयो।
हामिले बंश, दाजुभाई, कुटुम्ब स्वरुप, तिन चुला स्थापना गरेका छौं।
समस्त मानव र प्रकृती संरक्षणको लागि, भक्ति गरि रहेछौं।
हाम्रो दुख, बिमार, कष्ट सारी दिनु होला, सुख, सम्बृद्धि र लामो आयु दिनु होला।
झैझगडा, आपतबिपत जोगाई दिनुहोला, अझ अघि बढ्ने बाटो देखाई दिनुहोला।
भोली हामी, दाजुभाई, दिदि बहिनी कुल कुटुम्ब सहित, साकेला मनाउन जाँदैछौं।
हामीलाई झैंझगडा, आपतबिपत, दुख कष्टबाट जोगाई दिन प्रार्थना गर्दछौं।
जय पितापुर्खाहरु हो। जय सुम्निमा पारुहाङ।।
3. चूलापूजाको उदेश्य :
- पिता पुर्खाहरुबाट आर्शिबाद माग्न।
- साकेवा पुजा गर्न अगावै बल माग्न।
- अन्नपानी सप्रियोस भनि कामना गर्न।
- धन, दौलत, मनोकाङक्षा पुरा गरि माग्न।
- रोग, ब्याधि, दुःख, कष्ट, बिमार हटाई माग्न।
कार्य विभाजन
1. किरात धर्म संरक्षण तथा संस्कार विभाग
आवश्य सामाग्रीहरु
- एउटा जिउँदो भाले र एक अण्डा।
- केराको पात, कासको थाल, चामल, कलश, दियोबत्ति, लाईटर।
- जाँड मिसाएको चिण्डो (कोदो र मर्चा मिसाएको पानि भए पनि हुन्छ)
- रक्सि मिसाएको चिण्डो, अदुवा, धुप।
- धनुकाँड, भाला, लौरो, खुकुरी, हसियाँ, खुर्पा आदि।
- कठुवा, माना, पाथि, नाङलो, डालो, थुम्से आदि।
- धान, कोदो, मकै, कागुनी आदि।
- बल्याम्खा (कुबि बस्ने कुर्सी)
थान थपना
चूलापूजा थान थपना बनाउदा दुइपत्र केराको पात ओछ्याएर अलिकति चामल राखि त्यसमाथि दियो बाल्नु पर्दछ । चामलको दायाँबायाँ कलश राख्नु पर्दछ । हातहतियार पनि त्याहानिर ठडाएर राख्नु पर्दछ । थान थपनाको तलतिर कूबी बस्ने बाल्याम्खँ राखिदिनु पर्दछ । कूबी र जानिफकार ब्याक्तिले जाँड भएको चिन्डो प्रयोग गर्दछन । तूम्साबूले चाहिँ रक्सि भएको चिन्डो प्रयोग गर्दछन ।
चुलापुजा गर्ने तरिका :
- सबैले मुख जुठाउनी गरिसके पछि कुखुराको भाले चोखो नितो गराई कुबिमिलाई बुझाउनु पर्दछ।
- कुबिले १ हातले भाले र अर्को हातले चिण्डो समाती मुन्धुम बाचन गर्दछ।
- मुन्धुम बाचन गर्दै भालेको शिरमा अक्षता र अदुवा चढाइ चिण्डोको जाडले खन्याउदछ ।
- भालेले ३ पल्ट पर्छिए पछि अध्यक्ष (तुम्सावु) ले भाले काटि चुल्हाको तिनै ढुङगामा चढाउनु पर्दछ।
- त्यतिबेला कुबीले रीसीया गाउँदै चुल्हाको वरीपरी परिक्रमा गर्दछ ।
- परिक्रमा गर्दा शिलिमोपा र शिलिमोमाले शिलि निकाल्दै कुबिमिलाई पच्छाउन पर्दछ।
- अन्य उपस्थित दाजुभाइहरु पनि शिली पच्छाउदै चुलालाई परिकक्रमागर्नु पर्दछ।
- तिन पटक चुला परिक्रमा गरे सके पश्चात शिलिमोपा र शिलिमोमाले शिली समाप्त गर्न पर्दछ।
चुलापुजा मुन्धुम (साम्पाङ भाषामा) :
हमो….. बूक्छामीहँचेऊ, नागा ह्यालापा छोरुमी कँसूमीहँचेऊ, छीदाम्पूरी धीदाम्पूहँचेऊ, कँङा कूबीमहपा, सीलीमहँपा, चारीमहँपा मूक्तीमहँपा, दूखीसूँपा मान्ङीसूपा, बबँसूपा सूयापमो। सेममान्दुङ् स्याचीमान्दूङ् कङा बूक्छामी आम्नु चाचायोछा, छीलाम् धीलाम् सेम स्याची प्यावँखँनूम्वो।
हमो….. साखेल्खूना सूबीखूना साप्ताला बूकूमा वलीखापी अँ बीछूरी बाछूरीलो, सूनाठोला सुनाहरलो, साम्लालोतो मसूमे मेदुमेलो, तायामी ताङ्खीमीलो कङ्कदे, केरेरेलो, अँ रुमीपमीलो, वतूपलावा वरीलावा लावाभ्याम्तो, कूबीलावा, तायालावा, लावाभ्याम्तो, चासूम्साया, बूलूसाया सायाभ्याम्तो, सखेल्खू सूबीखूहँचेउ, छूङ्छानी पतानूम्वो । वलँनी कतँनी अतनी के।
कूबीले यति मून्धूम बाचन गरि सकेपछि भालेको शिरमा अक्षता र अदुवा चढाएर चिन्डोको जाँडले खन्याई एक पटक पर्छाउँछन । कुखुराले पर्छिएपछि चूलामा पनि चिन्डोको जाँडले खन्याउँछन। यतिवेला नै अन्य जानिफकार ब्यक्ति र कङकदेहरुले पनि चिन्डोको रक्सिले चूलामा खन्याउँदछन।
हमो….. बूक्छामीहँचेऊ, नागा ह्यालापा छोरुमी कँसूमीहँचेऊ। साप्सामी, दीबूमी, कूबीमी, लसमी तायामीहँचेऊ, चासूम् पेकानूम्, बूलू पेकानूम्, रुँरी पेकानूम्, साखा पेकानूम्, सखेल्खू सूबीखूमी मून्छूङ् पेकानुम्वो। छीलाम धीलाम पेकानूम् न सँरीवापा धीरीवापा, सलवाधी वलवधीवा यँ लोमा लोकीहनीकपी छूङ्छानी खाङानुम्वो।
अघिजस्तै गरेर भालेलाई पर्छाई सबैजनाले चिन्डोको जाँडरक्सिले चूलामा खन्याउँदछन।
हमो….. बूक्छामीहँचेऊ, नागा ह्यालापा छोरुमी कँसूमीहँचेऊ, चासूमी,बूलूमीहँचेऊ, कूबीमी तायामीहँचेऊ छीलाम् धीलाम् लीतानूम्, साखेवा सूवीवामी मून्छूङ् पेकानूम् । सँरीवापालो सलवाधी अलवाधी, खामवा खाप्चीवा, सूबीदाम, चासूम, बूलूवासँ लोकीहनी, छँरीसा वादाम्सालो, हूपेर् वासा, लँपेर् वासा, ङाछीलीसा, धीलूङ्सालो धीरीवापा सँरीवापालो लोकीहनीके सेममून्छूङ् लेमाछी । साखेवा फल्सी खातेकाकपी साखेवा पेकानूम, सूबीवा पेकानूम्, चासूमरुँरी पेकानूम, बूलूरुँरी पेकानूम, कूबीरुँरी, तायारुँरी पेकानूम्, खचूचूप्पा नारीता मूचीलो नागीलूङ् नारीथापी लोकीहँनीके।
अघिजस्तै गरेर भालेलाई पर्छाई सबैजनाले चिन्डोको जाँडरक्सिले चूलामा खन्याउँदछन। त्यसपछि अध्यक्षले भाले काटि तिन चूलामा चढाउनु पर्दछ। यतिबेला कूबी र मसूमेहरुले रीसीया गाउदै, सिली टिप्दै नाच्नु पर्दछ। त्याहाँ बस्नेहरुपनि उनीहरुसंगै नाच्नु पर्दछ।
रीसीया (साम्पाङ भाषामा) :
चासूम्खूरुलो, बूलूखूरुलो दोलोकूम्मा दो
रुबीखूरुलो, सीखीखूरुलो दोलोकूम्मा दो
साप्साखूरुलो, दीबूखूरुलो दोलोकूम्मा दो
चासूमरुँरी, बूलूरुँरी, सीखीरुँरी पतूम्सूम्नेवो दोलोकूम्मा दो
नचुरी नहँरीसँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
थनँवा रुबूसूङ्सँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
सीकूमरी माकूमरीसँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
दङखनी दलँनीसँ ताया तोलूम्सूम्ने दोलोकूम्मा दो
बूक्छामीचेऊ, रीयाहँचेऊ दोलोकूम्मा दो
साखेल्खू सूबीखूपी हँसँहँलँ लायेसेनेवो दोलोकूम्मा दो
कूबीमहपा, सीलीमहपा, मूक्तिमहपा, दोलोकूम्मा दो
मन्ङीसूँपा, मन्दैसूँपा, बबँसूपा सूयामापो दोलोकूम्मा दो
छीलाम्ङतो धीलाम्ङतो लायेसेमो दोलोकूम्मा दो ।
चुलापुजा समापन :
थानथपनामा राखिएको सामाग्रीहरु सबै देवदेवताको नाममा सार्नु पर्दछ। भालेको खुट्टा, पखेटा र कलेजो पोलेर सार्नु पर्दछ । मासु सार्दा सूवाँभारमा र चूलालाई चहिँ सफा पातमा सार्नु पर्दछ। अन्य घरपरिवारको देवदेवतालाई चाहिँ उनीहरुको आ–आफ्नो नाम्मा सारि दिनु पर्दछ। त्यसपछि अध्यक्षले चुलापुजा समापन भएको घोषण गर्नेछ।
2. शिली संकलन तथा संस्कृति विभाग
- शिलिमोपा र शिलिमोमालाई खबर गर्ने।
- आवश्यक ढोल झ्याम्टा तयार पार्ने।
3. कार्यलय संचालन तथा प्रचार विभाग
संरक्षकज्युहरु, सल्लाहकारज्युहरु, प्राज्ञज्युहरु, कूबीमीज्युहरु, शिलिमोपा, शिलिमोमा, भाषिक अध्यक्षज्युहरु, विभागिय संयोजकज्युहरु, भुपु पदाधिकारीज्युहरु, आजिवन सदस्यज्युहरु, साधारण सदस्यज्युहरु तथा सम्पुर्ण दाजुभाई दिदिबहिनिहरुलाई निमन्त्रणा गर्ने।
4. खेलकुद, संगीत तथा साहित्य विभाग
- ई–फ्ल्यार, ब्यानर, फोटोग्राफि र न्युज रिपोर्टिङ तयार गर्ने।
5. सम्पति तथा कोष–अभिवृद्धि विभाग
- आवश्यक्ता अनुसार खानपान खरिद गर्ने।
- सहभागीहरुबाट भालेस्वरुप, हङकङ डलर २००।– भेटी उठाउने।
- भाषिक संस्थाहरुबाट भालेस्वरुप, हङकङ डलर ३००।– भेटी उठाउने।
6. बाल, महिला, प्रौढ तथा अतिथि विभाग
- आएका पाहुनाहरुलाई स्वगत गर्ने।
- बस्नलाई बन्दोबस्त मिलाई दिने।
7. सुम्निमा भान्सा तथा खानपान विभाग
- आवश्यकता अनुसार चामलको सादा भात बनाउने।
- भाले वा सुङगुरको मासुको तरकारी बनाउने।
8. सिक्रिमा बितरण तथा सेवा विभाग
- आएका पाहुनाहरुलाई खानपान वितरण गर्ने।
- किचन सरसफाईमा सहयोग गर्ने।
9. सफाई तथा फोहर ब्यावस्थापन विभाग
सरसफाई तथा फोहोरमैला ब्यावस्थापन गर्ने।
10. पारुहाङ ढुवानी तथा ओसारपसार विभाग
- अवश्यक सामाग्रीहरुको ढुवानी गरिदिने, स्टोरको सरफाई गर्ने,
11. संगठन बिस्तार तथा समन्वय विभाग
- साउण्ड सिस्टम, लाईटिङ, वाटर, टेबल, कुर्सि, ब्यावस्थापन गरिदिने।
12. सुप्तुलुङखिम निर्माण तथा मर्मत विभाग
- सुप्तुलुङखिमको मर्मत सम्भार गर्ने।
कार्यक्रम :
चूलापूजा
- मितिः
- समयः ०४:०० बजे
- स्थानः सुप्तुलुङखिम हङकङ
कार्यक्रम तालिका :
- ०३:०० उपस्थिति
- ०५:०० खानपान
- ०७:०० चूलापूजा
- ०८:०० फिर्ता
कार्यक्रमको रुपरेखा :
- आशन ग्रहण – चुलाको देब्रेतर्फ अध्यक्ष, कुलपति, संरक्षक र सल्लाहकारहरु
- कुबिमिको आशन ग्रहण – प्रमुख कुविमि र दाँयाबाँया तर्फ सहाहयक कुबिमि, शिलिमपा, शिलिममा र ढोले झयाम्टेहरु
- भाषिक अध्यक्षहरुको आशन ग्रहण – पित्रीकक्षको मुनी वा यथास्थानमा
- कुबिमिद्वयलाई फेटा गुथाउने
- स्वगत तथा चुलापुजा बारेमा
- चुला पार्थना
- कुबिमिलाई चुलापुजा गर्न आग्रह
16. कार्य बिभाजन
विभाग | संक्षिप्त कार्य बिभाजन |
संगठन बिस्तार तथा समन्वय विभाग | साउण्ड, लाईटिङ, टेबल, कुर्सि, टेन्ट ब्यावस्थापन |
सुप्तुलुङखिम निर्माण तथा मर्मत विभाग | सुप्तुलुङखिम निर्माण सहयोग संकलन गर्ने |
खेलकुद, संगीत तथा साहित्य विभाग | फोटो ग्राफि, न्युज रिर्पोटिङ, वेभ पब्लिकेशन गर्ने |
कार्यलय संचालन तथा प्रचार विभाग | सुचना, पत्रचार, निमन्त्रणा, ब्याज, प्रमाणपत्र छपाई |
मौलिक संकलन तथा सजावट विभाग | सरसजावट, उपस्थिति खाता संचालन |
सम्पति तथा कोष–अभिवृद्धि विभाग | खरिद/बिक्री, आर्थिक संकलन, कोष ब्यावस्थापन |
सुम्निमा भान्सा तथा खानपान विभाग | खानपान तयारी, भान्से ब्यावस्थापन, किचन सरसफाई |
सिक्रिमा बितरण तथा सेवा विभाग | खानपान सजावट, बितरण, , खानपान स्थल सरसफाई |
बाल, महिला, प्रौढ तथा अतिथि विभाग | २ वटा फेटा खरिद गर्ने, अतिथिहरुलाई स्वगत गर्ने |
किरात धर्म संरक्षण तथा संस्कार विभाग | थान थपनाका आवश्यक सामाग्रीहरु तयार गर्ने, कूबीमीहरुलाई खबर गर्ने |
शिली संकलन तथा संस्कृति विभाग | शिलीमोपा, शिलिमोमा, ढोले, झयाम्टे, शिलीकारहरु भेला गर्ने |
सफाई तथा फोहर ब्यावस्थापन विभाग | कार्यक्रम स्थल सरसफाई, फोहरमैला ब्यावस्थापन |
पारुहाङ ढुवानी तथा ओसारपसार विभाग | सर-सामाग्री ढुवानी, भण्डार, भिआईपी ओसार पसार |
ब्यावसाय, रोजगार तथा यातायात विभाग | यातायात सेवा ब्यावस्थापन, ब्यावसाय तथा रोजगार |
आपतकालिन सहयोग तथा सुरक्षा विभाग | सहयोग, सुरक्षा, प्राथमिक उपचार, नियन्त्रण |