विभाग नियमावली (५)
१६ मार्च १४ (अनुमोदन), १ अप्रिल २०१८ (संसोधन)
परिच्छेद (१)
प्रस्तावनाः
किरात राई यायोक्खा हङकङलाई ब्यावस्थित संचालन गर्न तथा कार्यसमितिका पदाधिकारीहरुलाई बिभिन्न क्षेत्रहरुमा सक्षम र कुसल बनाउन साथै बिबिध क्षेत्रमा बिशिष्ठता हाँसिल गरेका किरात राईहरुलाई किराया हङकङमा समेट्न बिधानको परिच्छेद (९) को धारा १ अनुसार विभाग नियमावली बनाई लागु गर्नुपर्ने आवश्यक्ता देखिएकोले यो विभाग नियमावली (५) बनाई लागु गरिएकोछ। यो नियमावलीमा आवश्यक्ता अनुसार कार्यसमितिको बैठकले परिवर्तन गर्न सक्नेछ तर साधारण सभामा लगि अनुमोदन गराउनु पर्नेछ।
१. विभागहरुः
किराया हङकङमा नया कार्यसमिति परिवर्तन सहित निम्न १५ वटा विभागहरु गठन गरिने छ । ६ ५ वटा विभागमा निम्न पदाधिकारीहरु स्वत विभाग प्रमुख रहने छ भने बाँकी ९ १० वटा विभागमा कार्य समितिका सदस्यहरुबाट क्षमताको आधारमा विभाग प्रमुख नियुक्त गरिने छ।
क्र.सं. | विभागहरु | प्रमुख | संयोजक |
1 | संगठन बिस्तार तथा समन्वय विभाग (Organization Growth & Coordination Depart) | अध्यक्ष | |
2 | सूप्तूलूङखीम निर्माण तथा मर्मत विभाग (Suptulungkhim Construction & Maintenance Depart) | उपाध्यक्ष | |
3 | युवा खेलकुद, संगीत तथा साहित्य विभाग (Youth Sport, Music & Literature Depart) | महासचिव | |
4 | कार्यलय संचालन तथा प्रचार विभाग (Office Operation & Publicity Depart) | सचिव | |
5 | मौलिक संकलन तथा सरसजावट विभाग (Original Collection & Decoration Depart) | सहसचिव | |
6 | सम्पती तथा कोष–अभिवृद्धि विभाग (Asset & Fund-Raise Depart) | कोषाध्यक्ष | |
7 | सुम्निमा भान्सा तथा खानपान विभाग (Sumnima Kitchen & Food Depart) | सहकोषाध्यक्ष | |
8 | सिक्रिमा बितरण तथा सत्कार विभाग (Sikrima Distribution & Hospitality Depart) | सदस्य | |
9 | बाल, महिला, प्रौढ तथा अतिथि विभाग (Child, Women, Adult and Guest Depart) | सदस्य | |
10 | किरात धर्म संरक्षण तथा संस्कार विभाग (Kirat Religion Protection & Ritual Depart) | सदस्य | |
11 | शिली संकलन तथा संस्कृति विभाग (Shili Collection & Culture Depart) | सदस्य | |
12 | सरसफाई तथा फोहर ब्यवस्थापन विभाग (Sanitation & Waste Management Depart) | सदस्य | |
13 | पारुहाङ ढुवानी तथा ओसारपसार विभाग (Paruhang Logistics & Shipping Depart) | सदस्य | |
14 | ब्यावसाय, रोजगार तथा यातायात विभाग (Business, Employment & Transport Depart) | सदस्य | |
15 | आपतकालिन सहयोग तथा सुरक्षा विभाग (Emergency Help & Security Depart) | सदस्य |
२. विभाग गठनको उदेश्य :
- किराया हङकङको कार्यलाई ब्यावस्थित बनाउन।
- किराया हङकङमा कार्यरत पदाधिकारीहरुलाई बिभिन्न क्षेत्रहरुमा सक्षम र कुसल बनाउन।
- विभाग प्रमुखको जिम्मेवारी बहन गर्न दिई कुसल र सक्षम नेत्रित्व प्रदान गर्न सिकाउन।
- बिभिन्न क्षेत्रको सछम राईहरुलाई विभागको माध्यमबाट संयोजकमा नियुक्त गरि किराया हङकङमा सहभागी गराउन।
- सहभागी राईहरुको शिप, कला, क्षमतालाई प्रयोग गर्न लगाई अझ विशिष्टता हाँसिल गराउन।
- किराया हङकङको समग्र उदेश्य पुरा गरि किरात राईहरुको पहिचानलाई उच्च पार्न।
परिच्छेद (२)
१. विभाग प्रमुखको नियुक्ति
- अधिवेशन सकेपश्चात पहिलो बैठकमा विभाग बाँडफाँड गरिने छ।
- विभाग बाँडफाँड गर्दा समितिको सदस्यहरुलाई विभाग छान्न लगाईने छ।
- हरेक कार्यसामितिको सदस्यहरुले एक एकवटा विभाग हेर्नुपर्ने हुन्छ।
- विभाग बाँडफाँड गर्दा क्षमताको आधारमा र ईच्छा अनुसार बाँडिने छ।
- नवनियुक्त विभाग प्रमुखहरुलाई बुझबुझारथको दिनमा नियुक्तिको प्रमाणपत्र प्रदान गरि पदस्थापन गराईने छ।
२. विभाग संयोजकको नियुक्ति
- विभाग प्रमुखको शिफारिसमा विभाग संयोजकहरुको नियुक्ति गरिने छ।
- विभाग प्रमुखहरु जुन भाषिक संस्थाका हुन, विभाग संयोजकहरु उहि भाषिक संस्थाका अध्यक्षलाई नियुक्ति गरिने छ।
- भाषिक संस्था नभए, प्राज्ञहरुबाट नियुक्त गरिनेछ।
- प्राज्ञ नभए, जानकार ब्याक्तिलाई प्राज्ञ बनाई बिभाग संयोजक नियुक्ति गरिने छ।
- विभाग संयोजकमा संरक्षक परिषद र सल्लाहकार परिषदबाट नियुक्ति गरिने छैन।
- नवनियुक्त विभाग संयोजकहरुलाई बुझबुझारथको दिनमा नियुक्तिको प्रमाणपत्र प्रदान गरि पदस्थापन गराईनेछ।
३. विभागिय समिति गठन
विभाग संयोजकले कार्यक्षेत्र हेरि विभागिय समिति गठन गर्न सक्ने छ । विभागिय समिति गठन गर्दा हरेक पदाधिकारीहरुको काम, कर्तब्य र अधिकार तोकि नियुक्ति पत्र दिनु पर्ने छ र किराया हङकङमा अनुमोदन गराउनु पर्ने छ। किराया हङकङले अनुमोदन गरे पश्चात यो समिति सम्बन्धित क्षेत्रमा पुर्ण स्वयत्ता प्राप्त निर्णय गर्न सक्ने अधिकार सहितको विभागिय समिति हुनेछ ।
४. विभागिय समितिको संरचना :
विभागिय समितिको संरचना निम्न अनुसारको हुनेछ । विभागिय समितिको कार्यकाल किराया हङकङको कार्यसमितिको कार्यकाल रहन्जेल सम्म रहने छ ।
- विभाग प्रमुख
- विभाग संयोजक
- योजनाकार
- उपसंयोजकहरु
- विभागीय सचिव
- विभागीय प्रबन्धक
- प्रविधिकहरु
७. विभागिय बैठकको अध्यक्षता
- विभागिय बैठकको अध्यक्षता विभाग संयोजकले गर्नेछ।
- उप सचिवले बैठक संचालन गर्नेछ।
८. विभागिय कार्यक्रमको अध्यक्षता
- विभागिय कार्यक्रमको अध्यक्षता किराया हङकङको अध्यक्षताले गर्नेछ।
- कार्यक्रमको संयोजकत्व विभाग संयोजकले गर्नेछ।
परिच्छेद (३)
१. विभाग प्रमुखको काम, कर्तब्य र अधिकार :
- विभागको उदेश्य अनुसार कार्य ब्यावस्थापन गर्नु ।
- विभागको दिर्घकालिन योजना तथा कार्यक्रमहरु बनाउनु ।
- कार्यक्रमहरुलाई किराया हङकङको क्यालेण्डरमा अपडेट गर्नु ।
- विभाग संयोजकलाई विभागिय समिति निर्माणगर्न सहयोग पुऱ्याउनु ।
- विभागिय समितिको कार्य प्रगति, समिक्षा, किराया हङकङमा अपडेट गर्नु ।
- विभागिय समितिलाई आवश्याक पर्ने सम्पुर्ण ब्यावस्थापकिय कार्यहरु गर्नु ।
२. विभाग संयोजकको काम, कर्तब्य र अधिकार
- विभागको उदेश्य अनुसार कार्य संयोजन गर्नु ।
- कार्यलाई बिभिन्न क्षेत्र, उपक्षेत्रमा बिभाजन गर्नु ।
- कार्य सम्पन्न गर्न विभागिय समिति निर्माण गर्नु ।
- उपसंयोजकहरुमा कार्य बाँडफाँड गर्नु ।
- विभागिय समितिको बैठकको अध्यक्षता गर्नु ।
- विभागिय समितिको कार्य प्रगति, समिक्षा, संसोधन गर्नु ।
३. उपसंयोजकको काम, कर्तब्य र अधिकार
- विभाग संयोजकलाई सहयोग गर्नु ।
- तोकिएको बिशेष क्षेत्रमा कार्य गर्नु ।
- बैठकमा प्रगति बिबरण प्रस्तुत गर्नु ।
- बैठकमा प्रस्ताव राख्नु, छलफल गर्नु ।
- विभाग संयोजक दिएको अन्य जिम्मेवारीहरु पुरा गर्नु ।
४. विभागीय सचिवको काम, कर्तब्य र अधिकार
- उदेश्य अनुसार कार्य गर्नु ।
- दैनिक कार्य संचालन गर्नु ।
- विभागिय समितिको बैठक बोलाउनु ।
- बैठक सञ्चालन गर्नु ।
- छलफल गर्नपर्ने विषयहरु बैठकमा प्रस्तुत गर्नु ।
- निर्णयहरुको अभिलेख राख्नु ।
- अफिसियल कागजातहरु तयार पार्नु ।
५. विभागीय प्रबन्धकको काम, कर्तब्य र अधिकार
- विभागको उदेश्य अनुसार कार्य गर्नु ।
- प्राविधिक पक्षहरुको रेखदेख गर्नु ।
- प्राविधकिहरुको नियुक्ति वा खारेजि गर्नु ।
- प्राविधिकहरुको तलब, भत्ता, परिश्रामिक दिनु ।
- बिल भौचर लिनु, दिनु, उठाउनु, ताकेता गर्नु ।
- आय व्यय विवरण बैठकमा प्रस्तुत गर्नु ।
६. प्राविधिकहरुको काम, कर्तब्य र अधिकार
- विभागिय समितिको बैठकमा भाग लिनु ।
- कार्यक्रमको आवश्यक प्राविधिहरुबारे छलफल गर्नु ।
- आफुले पाएको जिम्मेवारीको प्रगति बिबरण पेश गर्नु ।
- कार्यक्रमलाई सफल पार्न महत्वपुर्ण भुमिका खेल्नु ।
(समाप्त)