कार्यक्रम नियमावली (३)

कार्यक्रम नियमावली (३)

१६ मार्च १४ (अनुमोदन), ६ मार्च २०१६ (संसोधन)

प्रस्तावनाः

किरात राई यायोक्खा हङकङको उदेश्य प्राप्तगर्न, किरात राईहरुको ब्याक्तिव बिकाश गर्न, जन सहभागिता सृजना गर्न, सृजनशील युवा निमार्ण गर्न, जिवनपयोगि प्रशिक्षण गराउन, किरात धर्म संस्कार संस्कृती प्रती युवा चेतनाको बिकाश आदी गर्न विविध कार्यक्रम बनाईने छ। कार्यक्रमलाई मासिक रुपमा बिभाजन गरि बार्षिक कार्यक्रम (क्यालेण्डर) तयार गरिने छ। कार्यक्रमहरुलाई सफल पार्न कार्यविभाजनहरु गरिनेछ। यसलाई कार्य समितिको बैठकले अनुमोदन गरि लागु गरिने छ।

परिच्छेद १

1. अप्रिल (चैत्र/बैसाख) – पदस्थापन/ प्रशिक्षण

किरात राई यायोक्खा हङकङको अधिवेशन पश्चात प्रज्ञा प्रतिष्ठान समिति गठन, सल्लाहकारहरुको नियुक्ति, विभाग प्रमुखहरुको नियुक्ति, विभाग संयोजकहरुको नियुक्ति गरि नेपाली नया बर्ष बैशाख १ गतेको छेउछाउ एक कार्यक्रम गरि नवनियुक्त पदाधिकारीहरुलाई पदस्थापन, पुरानो कार्यसमितिबाट बुझबुझारत गरिनेछ। अन्य बर्षहरुमा यस महिना प्रशिक्षण कार्यक्रमहरु गरिने छ।

2. मे (बैशाख/जेष्ठ) – चुलापुजा, उभौली

यो महिना देखि बाली नाली लगाउने समय सुरुवात भएकोले सम्पुर्ण मानव जगतको बाली नाली सप्रियोस, सबैलाई शुभेफापे होस  भनि भुमेपुजा गर्ने चलन छ। भुमेपुजा बैशाखे पुर्णे (बुद्ध जयन्ति) को दिन गरिने छ।

3. जुन (जेष्ठ/अषाढ) – भाषा/ साहित्य/ तालिम

अषाढको १५ गते बाली नाली लाईसकेपछि रमाईलो गर्ने दिन हो। यस दिन दहि चिउरा खाने प्रचलन छ । यस महिना भाषिक संस्थाहरुसंग मिलेर किरात राईहरुलाई भाषा तालिम, शिली तालिम, आदि विभन्नि संस्कृति सम्बन्धि तालिमहरु गराईने छ।

4. जुलाई (अषाढ/श्रावन) –  बाल तथा प्रौढ कार्यक्रम

हरेक वर्ष साउन १ गते किरात राईहरुले गाई वा गोरुको मासुसंग टिम्बुरसंग मिसाई खाने प्रचलन थियो। पछि गाई वा गोरु काट्न बन्देज लगाएपछि राँगा वा भैंसिको मासुसंग टिम्बुरसंग मिसाई खाने प्रचलन रहेको छ । यसलाई साउने संक्राति चाडको रुपमा मनाउदै आएको पाईन्छ। यस दिन बाल प्रतियोगिता, जेष्ठ नागरिक सम्मान कार्यत्रमहरु ल्याईने छ। किराया हङकङले २०१५ देखी साउने संक्रान्तिको समयमा बाल तथा प्रौढ कार्यक्रम गर्दै आई रहेको छ।

5. अगस्ट (श्रावन/भाद्र) – खेलकुद प्रतियोगिता

यस महिना विश्व आदिवासी जनजाती दिवसको सेरोफेरो पारेर किरात राई युवा, युवतीहरुलाई गोलबन्द गराउदै किरात राई यायोक्खा भित्र समेट्न  खेल्कुद कार्यक्रमहरु ल्याइनेछ। खेलकुद कार्यक्रमहरु जस्तैः भविबल प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता, धनुवान प्रतियोगिता आदि ल्याईने छ।

6. सेप्टेम्बर (भाद्र/असोज) – न्वागी/ तयमा खियमा दिवस

यस महिना हरितालिका तिजको सेरोफेरो कुनै दिन पारेर तयमा खियमा दिवस मनाईने छ। यस महिना सोह्रश्राद्ध आरम्भ भएपछि न्वगी पुजा गरिने छ। तयमा खियमा दिवस चाम्लिङ खाम्बातिमले र न्वगी पुजा साम्पाङ जुम्लेखाले आयोजना गर्ने भनि १४ अक्टुबर २०१८ को सामुहिक बैठकले निर्णय गरेको छ। यसलाई सबै भाषिक संस्थाहरुले मान्यता प्रदान गरेको छ।

7. अक्टुबर (असोज/कार्तिक) – सांगितिक साँझआर्थिक कार्यक्रम

यस महिना दशैंको सेरोफेरो सांगितिक साँझ, डकुमेन्ट्रि प्रदर्शनी वा अन्य कुनै आर्थिक संकलनहुने वा अक्षयकोष निर्माण गर्ने कार्यक्रमहरु ल्याईने छ।

8. नोभेम्बर (कार्तिक/ मंसिर) – देउसेभैलो

देउसेभैलो कार्यक्रम भाईटिकाकोसेरोफेरो आईतबार आयोजना गरिने छ। भाषिक संस्थाहरुले छुट्टा छुट्टै मनाई रहेको देउसेभैलो चाडलाई ११ जुन २०१७ मा भाषिक संस्थाहरुसंग संयुक्त बैठक बसि अब उप्रान्त संयुक्त रुपमा एकै दिन एकै ठाँउ मनाउने निर्णय भएको छ।

9. डिसेम्बर (मंसिर/पौष) – चुलापुजा, उधौली, स्मारिका प्रकाशन

यो महिना देखि बाली नाली बाली पाकि थन्क्याउने समय सुरुवात भएकोले सम्पुर्ण मानव जगतको बाली नालीको सह रहोस, धनिमानि होस भनि चुलापुजा गर्दै पित्रीहरुसंग बल माग्दै साकेला उधौली मनाईन्छ। यस महिना भेटघाट, शुभकामना आदान प्रदान गरिने छ।

10. जनवरी (पौष/माघ) – किरात राई सांस्कृतिक मेला

माघ १ गते, माघे संक्रान्ति चाड मनाईन्छ। यस दिन नव यलेदुङ हो। यसै महिना किरात राई स्थापना दिवस पनि हो। माघे संक्रान्ति, यलेदुङ, स्थापना दिवस एकै महिना परेको हुनाले ३ वटै कार्यक्रम गर्न “किरात राई सांस्कृतिक मेला ” भनि कार्यक्रम आयोजना गरिने छ।

11. फेब्रुअरी (माघ/फाल्गुन) – अन्तरक्रिया/सेमिनार

प्रजातन्त्र दिवसको अवसर पारेर यस दिनको सेरोफेरोमा किरात राईहरुको बौदिक बिकाश हुने, ब्यक्तित्व बिकाश हुने बिभिन्न विधा सम्बन्धि अन्तरक्रिया /सेमिनार/वर्कशप कार्यक्रमहरु गरिने छ।

12. मार्च (फागुन/चैत्र) – साधारणसभा/अधिवेशन

फागुपुर्णेको सेरोफेरो यस महिना साधारण सभा वा अधिवेशन गरिने छ। बार्षिक साधारणसभामा नियमावलीहरु संसोधन गरिने छ भने अधिवेशनमा बिधान संसोधन तथा समिति परिवर्तन गरिने छ।

परिच्छेद २

बार्षिक क्यालेण्डर:

Date Program
Apr (चैत्र/बैसाख) पदस्थापन/ प्रशिक्षण
May (बैसाख/जेष्ठ) चुलापुजा, उभौली, स्मारिका प्रकाशन
Jun (जेष्ठ/अषाढ) भाषा/ साहित्य/ तालिम
Jul (अषाढ/श्रावन) साउने संक्रान्ति (बाल, महिला तथा प्रौढ कार्यक्रम)
Aug (श्रावन/भाद्र) खेलकुद प्रतियोगिता
Sep (भाद्र/असोज) न्वागी/ तयमा खियमा दिवस
Oct (असोज/कार्तिक) सांगितिक साँझ/ आर्थिक कार्यक्रम
Nov (कार्तिक/ मंसिर) देउसेभैलो
Dec (मंसिर/पौष) चुलापुजा, उधौली
Jan (पौष/माघ) येले सम्वत-माघे संक्रान्ति (किरात राई सांस्कृतिक मेला)
Feb (माघ/फागुन) अन्तरक्रिया/सेमिनार
Mar (फागुन/चैत्र) साधारणसभा/अधिवेशन

Source: https://ramropatro.com/

परिच्छेद ३

१. कार्यक्रममा निमन्त्रणा:

किराया हङकङले गर्ने विभिन्न सर्वजानिक कार्यक्रमहरुमा निम्न संघ संस्थाहरुलाई अतिथि निमन्त्रणा गरिनेछ ।

  1. प्रमुख अतिथिः
    • अध्यक्ष किराया केन्द्रिय समिति नेपाल वा आदिबासी जनजाति महासंघ हङकङ
  2. विशिष्ट अतिथिहरु:
    • किराया नेपाल केन्द्रिय समितिका बहालवाला पदाधिकारीहरु र हङकङका नेपाली प्रतिनिधिमुलक संघ संस्थाहरु
      1. नेपाली महासंघ हङकङ
      2. गैर आवासिय नेपाली संघ हङकङ
      3. नेपाल च्याम्बर अफ कर्मश हङकङ
  3. बिशेष अतिथिहरु:
    • किरात संस्थाहरु
      1. किरात याक्थुम चुम्लुङ हङकङ
      2. किरात सुनुवार सेवा समाज हङकङ
      3. किरात याक्खा छुम्मा हङकङ
  4. अतिथिहरु:
    • आदिवासी जनजाती महासंघ हङकङका सदस्य संस्थाहरु
    • किरात राई अध्यक्ष भएका संघसंस्थाहरु

२. आशन बर्गियताक्रम :

किराया हङकङले गर्ने विभिन्न सर्वजानिक कार्यक्रमहरुमा संघ संस्थाको आशन वर्गियताक्रम निम्न अनुसार रहने छ।

  1. Chairman: किराया अध्यक्ष
  2. Chief Guest : अध्यक्ष किराया नेपाल वा आदिबासी जनजाति महासंघ हङकङ
  3. Specific Guest: विशिष्ट अतिथि संस्थाहरु (नेपाल प्रतिनिधि संस्थाहरु)
    1. नेपाली महासंघ हङकङ
    2. गैर आवासिय नेपाली संघ हङकङ
    3. नेपाल च्याम्बर अफ कर्मश हङकङ
  4. Special Guest: बिशेष अतिथि संस्थाहरु (किरात संस्थाहरु)
    1. किरात याक्थुम चुम्लुङ हङकङ
    2. किरात सुनुवार सेवा समाज हङकङ
    3. किरात याक्खा छुम्मा हङकङ
    4. Specific Personalities: विशिष्ट ब्याक्तित्वहरु
      1. प्रमुख संरक्षक
      2. प्रमुख सल्लाहकार
      3. कुलपति
      4. प्रमुख कुबीमी
      5. कुबीमीहरु
      6. शिलीमोपा
      7. शिलीमोमा
  5. Special Personalities: बिशेष ब्यक्तित्वहरु
    1. संरक्षकहरु
    2. सल्लाहकारहरु
    3. भाषिक अध्यक्षहरु
      1. किरात राई चाम्लिङ खाम्बातिम हङकङ
      2. दुमि किरात राई फन्सिकिम
      3. किरात साम्पाङ राई जुम्लेखा
      4. किरात राई बान्तावा खिम
      5. किरात राई पुमा तुप्खाबाङखाला
      6. किरात थुलुङ सामा
      7. किरात सोदेल कोयु/कोयी कि
      8. किरात बाहिङ मुलुखिम
    4. किरात राई अध्यक्ष भएका संघसंस्थाहरु ।
  6. General Guest: आदिवासी जनजाती महासंघ हङकङका सदस्य संस्थाहरु
    1. तमु ट्योहुल हङकङ
    2. मगर समाज हङकङ
    3. तामाङ घेदुङ हङकङ
    4. शेर्पा समाज हङकङ
    5. नेवार समाज हङकङ
    6. थकाली समाज हङकङ
    7. दुरा समाज हङकङ
  7. Media:
    1. बगैचा संचार हङकङ
    2. नेपाल खबर डट कम हङकङ
    3. साप्ताहिक ईकान्तिपुर डटकम हङकङ
    4. ज्याप फोटो स्टुडियो, हङकङ

३. उपस्थिति खाता

किरात राई यायोक्खा हङकङले गरेका बिविध कार्यक्रमहरुमा उपस्थिति खाता राखिनेछ। उपस्थितिखातामा नाम र फोन नम्बर राखिनेछ। नाम र फोन नम्बरलाई किरात राईहरुको सामूहिक संजाल (किरात राई यायोक्खा हङकङमा) अधावधिक गरिनेछ । खाताको अधावधिक सचिवले गर्नेछ ।

संक्षिप्त कार्य बिभाजन

विभाग संक्षिप्त कार्य बिभाजन
संगठन बिस्तार तथा समन्वय विभाग कार्यक्रमको योजना, अनुगमन, कार्यन्वन गर्नु ।
सुप्तुलुङखिम निर्माण तथा मर्मत विभाग साउण्ड, लाईटिङ, वाटर, टेबल, कुर्सि, टेन्ट ब्यावस्थापन
खेलकुद, संगीत तथा साहित्य विभाग स्वंयमसेवक ब्यावस्थापन, फोटो ग्राफि, न्युज रिर्पोटिङ
कार्यलय संचालन तथा प्रचार विभाग सुचना, पत्रचार, निमन्त्रणा, प्रचार प्रसार, वेभ पब्लिकेशन, ब्याज, प्रमाणपत्र छपाई
मौलिक संकलन तथा सजावट विभाग सरसजावट, उद्घाटन गित, गितिक्यासेट, उपस्थिति खाता संचालन
सम्पति तथा कोष–अभिवृद्धि विभाग खरिद/बिक्री, आर्थिक संकलन, कोष ब्यावस्थापन
सुम्निमा भान्सा तथा खानपान विभाग खानपान तयारी, भान्से ब्यावस्थापन, किचन सरसफाई
सिक्रिमा बितरण तथा सेवा विभाग खानपान सजावट, बितरण, , खानपान स्थल सरसफाई
बाल, महिला, प्रौढ तथा अतिथि विभाग फेटा, गम्छा, खादा ब्यावस्थापन तथा अतिथि स्वगत
किरात धर्म संरक्षण तथा संस्कार विभाग थान थपना, पुजा पार्थना, उद्घाटन सामाग्री ब्यावस्थापन
शिली संकलन तथा संस्कृति विभाग भेसभुषा, गरहगहना, गाजाबाजा तथा कलाकार ब्यावस्थापन
सफाई तथा फोहर ब्यावस्थापन विभाग कार्यक्रम स्थल सरसफाई, फोहरमैला ब्यावस्थापन
पारुहाङ ढुवानी तथा ओसारपसार विभाग सर-सामाग्री ढुवानी, भण्डार, भिआईपी ओसार पसार
यातायात तथा ब्यावसाय, रोजगार  विभाग यातायात सेवा ब्यावस्थापन, ब्यावसाय तथा रोजगार
आपतकालिन सहयोग तथा सुरक्षा विभाग सहयोग, सुरक्षा, प्राथमिक उपचार, नियन्त्रण

(समाप्त)