देउसी भैलो कार्यक्रम

१६ नोभेम्बर २०१२, दुमी किरात राई फन्सिकीम हङकङले जोर्डन स्थित मगर संघको कार्यलयमा का दिन देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । त्यस कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष कमल राईले गरेको थियो भने प्रमुख अतिथीमा किरात राई यायोक्खाको अध्यक्ष शशिमदन राई रहेको थियो । अन्य अतिथीहरुमा किरात सुनुवार समाजका अध्यक्ष नरेस सुनुवार, किरात राई चाम्लिङ खाम्बातिम्का उपाध्यक्ष पिताम्बर राई, चेस सोसाइटिका अध्यक्ष मोति चाम्लिङ रहेका थिए ।

दिप ज्वलन गरि शशिमदन राईले कार्यक्रमको उत्घाटन गरेको थिय । संस्थाका सचिव सुर्यमान दुमी राईले सञ्चालन गरेका सो कार्यक्रमको स्वागत भाषण सदस्य इन्द्र सीं राईले गरेको थियो । कार्यक्रमको अवधिभर रमाइलो गीत संगीतले उपस्थित महानुभावहरुलाई मनोरञ्जन दिएका थिए । कलाकारहरुमा कमल राई, बिमला राई, चन्द्र दुमी राई, नन्द राई, सविना राई रहेका थिए ।

चौथो वार्षिक भेटघाट कार्यक्रम

११ नोभेम्बर २०१२, किरात राई साम्पाङ जुम्लेखाले चौथो वार्षिक भेटघाट कार्यक्रम मंकिहिलमा मनाएका थिए । त्यस कार्यक्रमको अध्यक्षता जुम्लेखाका अध्यक्ष हरि साम्पाङ राईले गरेको थियो भने प्रमुख अतिथीमा किरात राई यायोक्खाका अध्यक्ष शशिमदन राई र विषेश अतिथीमा कुपिमी (धामी) श्रेष्ठ प्रशाद राई रहेको थियो । र अन्य अतिथीहरुमा किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष नरजित राई, किरात राई बान्तावा यायौक्लाका अध्यक्ष तिलक (मौहन राई), किरात राई पुमा तुप्खाबाँखलाका संयोजक सुबास राई थिए ।

औपचारिक कार्यक्रमको सञ्चालन संस्थाको सचिव नारायण प्रशाद राईले गरेको थियो भने स्वागत भाषण उपाध्यक्ष तेज बहादुर राईले गरेको थियो । श्रेष्ठ बहादुर राईले कार्यक्रमको उत्घाटन दियोमा बतिबालेर गरेका थियो ।उपस्थित विषेश अतिथी लगायत सम्पूर्ण अतिथीहरुले चौथो वाषिर्क कार्यक्रमको उपलक्ष्यमा शुभकामना दिएका थिए विषेश ।

jumlekha1

त्यस वाषिर्क भेलामा साना साना नानीहरुलाई आफ्नो भाषामा सम्बन्धी हाजिरी जवाफ कार्यक्रम राखिएको थियो । त्यस कार्यक्रममामा पहिलो हुनेमा तिर्सना साम्पाङ राई दास्रो हुनेमा ज्योति साम्पाङ राई तेस्रो हुनेमा सन्तोस साम्पाङ राईलाई नगद रकम प्रदान गरिएको थियो सो प्रतियोगितामा १५ जना नानिहरु सहभागी भएका थिए । अध्यक्षले कार्यक्रम समापन गरे लगतै तिहारको उपलक्ष्यमा देउसी भैलो खेलेर सबैले मनोरञ्जन गरेका थिए । देउसी भैलो कार्यक्रमको उत्घाटन श्रेष्ठ बहादुर राईले गरे पनि भट्याउनेमा युक कृष्ण राई थिए ।

भेटघाट तथा देउसी भैलो कार्यक्रम

४ नोभेम्बर २०१२,  किरात राई चाम्लिङ खाम्बघतम् हङकङले वार्षनि मनाउँदै आएको भेटघाट तथा देउसी भैलो कार्यक्रम यौ वर्ष जोर्डन स्थित सायपत्री डटकमको हलमा भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नरजीत राईले गरेको थियो भने प्रमुख अतिथीमा किरात राई यायोक्खाको अध्यक्ष शशिमदन राई रहेको थियो ।

संस्थका सचिव पवित्रा राईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष पिताम्बर राईले स्वागत भाषण गरैको थियो । आशन ग्रहण गर्नै अन्य अतिथीहरुमा किरात साम्पाङ राई जुम्लेखाका अध्यक्ष हरी चन्द्र राई, किरात राई बान्तावा यायोक्लाका अध्यक्ष तिलक-मोहन) राई, किरात पुमा राई तुप्खाबाँखलाका संयौजक सुबास राई, किरात राई चाम्लिङ खाम्बातिमका सल्लाहकारहरुमा किन्दर राई, रजिन राई, जजिन राई, कमल राई, युक कृष्ण राईलाई पनि आशन ग्रशण गरिएको थियो ।

कार्यक्रमको उत्घाटन प्रमुख अतिथी शशिमदन राईले पानसमा बतिबालेर गरेको थियो । भेटघाट तथा देउसी भैलोका अवसरमा शुभकामना दिनेहरुमा हरि चन्द्र राई, तिलक राई, सुबास राई, र प्रमुख अतिथी शशिमदन राई रहेको थियो । औपचारीक कार्यक्रमको समापन अध्यक्ष नरजित राईले गरे लगतै देउसी भैलो शुरु भएका थियो त्यस देउसी भैलो कार्यक्रममा सल्लाहकार युक कृष्ण राईले भट्यार शुरु गरेका थिए ।

chamling

किरात राई पुमा तुप्खावाङखला हङकङ गठन

सन २०११ सालमा किरात राई पुमा तुप्खाबाङखाला हङकङको स्थापना गर्न नेपाल केन्द्रिय समितिले श्री सुवास राईज्युलाई संयोजक नियुक्त गर्नु भएको थियो । तत्पश्चात १५ अक्टोबर २०१२ मा श्री सुवास राईज्युकै संयोजकत्वमा किरात राई पुमा तुप्खावाङखला हङकङ गठन भएको थियो । कार्यसमितिमा निम्न पदाधिकारीहरु चयन भएको थियो ।

  1. अध्यक्ष : सुवास पुमा राई
  2. सचिब : बिनोद पुमा राई
  3. कोषाध्यक्ष : पेङगुईन पुमा राई
  4. सदस्यहरु : बचन पुमा राई
  5. सदस्यहरु : बिमान पुमा राइ
  6. सदस्यहरु : बिश्व पुमा राई
  7. सदस्यहरु : काजि पुमा राई
  8. सदस्यहरु : गणेश पुमा राई
  9. सदस्यहरु : श्रीमति गंगा पुमा राई

सल्लाहकारहरु :

  1. गणेश कुमार पुमा राइ

किरात राई बान्तवा यायोक्ला खिम हङकङ गठन

८ अप्रिल २०१२ मा किरात राई बान्तवा यायोक्ला खिम हङकङ गठन भएको थियो । कार्यसमितिमा निम्न पदाधिकारीहरु चयन भएको थियो ।

  1. अध्यक्ष : तिलक बालाहाङ राइ
  2. उपाध्यक्ष : दुर्गा कान्ता बान्तवा राई
  3. सचिब : बिक्रम बान्तवा राई
  4. कोषाध्यक्ष : श्रीमति सबिता बान्तवा राई
  5. सदस्यहरु : गजेन्द्र बान्तवा राई
  6. सदस्यहरु :प्रलाद बान्तवा राई
  7. सदस्यहरु : सरोज बान्तवा राई

सम्मान तथा भैटघाट कार्यक्रम

६ मार्च २०१२, किरात राई बान्तावा यायौक्ला हङकङले नेपालबाट आउनु भएको कलाकारहरुलाई सम्मान तथा भैटघाट कार्यक्रमको आयोजना जोर्डन स्थित दोहोरी क्लवमा गरेकाे थियो ।सो कार्यक्रमको अध्यक्षता यायोक्लाको अध्यक्ष तिलक राईले गरेका थिए भने प्रमुख अतिथीमा किरात राई यायोक्खाका अध्यक्ष शशिमदन राई रहेका थिए ।
यायोक्लका सहसचिव गजेन्द्र राईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दुर्गाकान्त राईले स्वागत भाषण गरेका थिए । र अन्य अतिथीहरुमा गणेश रसिक राई, आभामुकारुङ राई, भिषन मुकारुङ राई, श्याम साम्सौहाङ राई, नरहाङ राई रहेका थिए । भोजपुर समाजको कार्यक्रममा नेपालबाट आउनु भएका कलाकारहरुलाई संस्थाका अध्यक्ष तिलक राई र प्रमुख अतिथी शशिमदन राईले खादा ओढाई सम्मानप-पत्र र कदरपत्र प्रदान गरिएका थिए । छोटो मन्तव्य गणेश राई ‘रसिक’र प्रमुख अतिथी शशिमदन राईले दिएका थिए भने अध्यक्ष तिलक राईलै आफ्नो भनाइ राख्दै कार्यक्रम समापन गरेका थिए ।

bantawa