परिच्छेद १
किरात राईहरुको श्रीमति गर्भवती भएको अवस्थामा चूलामा पूजागरी गर्भमा रहेको बच्चाको सुभेफापेको लागी कामना गर्ने संस्कार छ । यसरी चूलामा पूजा गरेमा पितापुर्खाहरु खुसि भै गर्भमा रहेको बच्चा सर्लककै राम्रोसंग जन्म हुन्छ भन्ने बिश्वास गरिन्छ ।
गर्भ बसेको बेला गर्न नहुने कार्यहरु
- श्रीमानले काटमार गर्न हुँदैन।
- श्रीमान शिकार खेल्न जान हुँदैन।
- श्रीमान मलामी जान हुँदैन।
- मलामी गईहालेमा ढुङगा बोक्न, खाल्डो खन्न, माटो दिनु हुदैन।
गर्भपूजाका आवश्यक सामाग्रीहरु
- नाङलो, काँसेथाल, अलिकति चामल र अदुवा
- दुबो, तितेपाती, केराकोपात, कोदो र मर्चा मिसाएको पानी
- दियोबत्ति, जोडी कलश र फुलपाती
- एउटा कुखुराको भाले (ऐछिक)
गर्भपूजा प्रार्थना
हे प्रकिति पुजक सुम्निमा पारुहाङ, हे चुलापुजक पितापुर्खाहरु हो । तपाँईहरुले …(श्रीमान/श्रीमतीको नाम भन्ने)… को गर्भमा मानव सृष्टी गरि दिनु भएको छ। आजदेखी तपाँईको सृष्टीलाई नागनगेनी सिमेभुमेले साथ दिईरहोस । आमालाई शरिरमा रोगकष्ट लागेमा नदिले बगाई लैजावोस । आँखीडाही वायुवतासले उडाएर लगिरहोस । तपाँईहरुले सदैव साथ दिई रहनुहोस है । जय सुम्निमा पारुहाङ ।
परिच्छेद २
हङकङमा गर्भ संस्कार
हङकङमा सुप्तुङखिमको सामूहिक चूलामा गर्भ संस्कार गर्ने चलन रहेको छ। कसैलाई गर्भ संस्कार गर्न परे किरात राई यायोक्खा हङकङमा गर्भ संस्कारको फारम भरि बुझाउनु पर्नेछ। उपयुक्त समय हेरी किराया हङकङका “धर्म संस्कार संरक्षण विभाग” ले गर्भ संस्कार गरिदिने छ।
गर्भपूजाका विधी
- आवश्यक सामाग्रीहरु चूलामा राख्ने
- आफन्तहरुको आशन
- गर्भ संस्कारबारे जानकारी
- गर्भपूजा प्रार्थना
- धामी वा जेष्ठ ब्याक्तिबाट मुन्धु बाचन
- खानपान
- धामी वा जेष्ठ ब्यक्तिको शिर उठाउनी
- समापन