रैछाकुलेको प्रतिमा निर्माण योजना

रैछाकुलेको प्रतिमा निर्माण योजना
निर्माण योजनाकारः अधिराज राई “प्रकाश”
कार्यकारी सचिव, सुप्तुलुङ मर्मत तथा निर्माण बिभाग
२२ दिसेम्बर २०१९

किराया अध्यक्षज्यु, सुप्तुलुङ मर्मत तथा निर्माण बिभागका मुल संयोजकज्यु, बिभागिय प्रमुखज्यु, परियोजनाकार, सम्योजक, उपसम्योजकज्युहरु, सम्पुर्ण भाषिक सस्थाका अध्यक्षज्युहरु, सल्लाहकारज्युहरु, कार्यसमितिका सम्पुर्ण सदस्यज्युहरु, सुप्तुलुङ सहयोगदाताहरु तथा उपस्थित महानुभावहरु ।

किराया हङककङको बिधान परिच्छेद ७ धारा ३ बमोजिम काम कर्तव्य र अधिकार सहित सुप्तुलुङ मर्मत तथा निर्माण बिभाग गठन भएको छ । जस अनुसार हामि यस बिभागको तर्फबाट आर्थिक, नैतिक भौतिक सबैले सकेसम्म सिरमा सुम्निमा पारुहाङ राखेर सक्ने जति जिम्मेवारिहरु पुरा गर्नेछौ ।

आजको यस अति महत्वपुर्ण भेलामा पाल्नु भएका महानुभावहरु सामु हाम्रो आगामी कार्यक्रमहरुको बारेमा जानकारी गराउदै, साथ सहयोग र सहकार्य अनि दिशा निर्देशको अपेक्षा गर्दछु ।

यस बिभागले केके गर्ने भन्ने बारेमा पहिलानै निर्देशिका पास भै सकेकोछ । जुन हाम्रो kiratrai.org दस्तावेजमा सङकलित छ । निर्माणका योजनाहरु मध्ये ऐतिहासिक निर्माणहरुलाई हाम्रो कार्यकालमा सकेजति पुरा गर्ने योजना रहेको छ । योजनाहरु यस्ता छन ।

१.     सुम्निमा-पारुहाङको मुर्ती निर्माण
२.     वाबुक भयको प्रवेशद्वार निर्माण गर्ने
३.     रैछाकुलेको प्रतिमा निर्माण गर्ने
४.     तयामा-खियामाको प्रतिमा निर्माण गर्ने
५.     यलम्बरको ताम्रचित्र निर्माण गर्ने

यि माथिको योजना अनुसार हाम्रो बिभागले पहिलो चरणमा निम्न कामहरु गर्नेछन ।

१.     सम्निमा-पारुहाङको मुर्ती निर्माण – सुम्निमा पारुहाङको वास्तवमा आधिकारिक चित्र रेखानै नकोरिएको र जति बिभिन्न ठाउमा पाईन्छ ती ब्याक्ति वा सस्थाहरुले आफु अनुकुल चलाउने गरेको हुनाले यस सम्बन्धमा हाम्रो किरात राई प्रज्ञा प्रतिष्ठान मार्फत किराया केन्द्रसंगको साथ सहयोगमा आधिकारिकता रेखा चित्र सार्वजनिक गर्ने । साथै किरात राईहरु मुर्ती पुजक हैनन, सुम्निमा पारुहाङ भनि सकेपछि पुज्ने अवस्था पनि सृजना हुने हुदा त्यो बारेमा आधिकारिक धारणा प्रस्तुत गर्दै यि सृष्टि कर्ताको मुर्ति वा प्रतिमा बनाउन हुन्छ वा हुदैन भनेर सारा राई सस्था राई समुदायमा वहसको लागि लाने ।

२.     वाबुक भयको प्रवेशद्वार निर्माण गर्ने – लागत निकालेर यो पहिलो चरणमा निर्माण गर्ने ।

३.     रैछाकुलेको प्रतिमा निर्माण गर्ने – पुर्णकदको धातुको बनाउने, जसको उचाई ६ फिट बराबरको हुनेछ, मुर्तीकार रोजन राईलाई बनाउन लगाएर उनै समेतलाई झिकायर उपयुक्त ठानिएको स्थानमा चुलाघरमा स्थापना गर्ने । यो पहिलो चरणमा निर्माण गर्ने ।

४.     तयामा-खियामाको प्रतिमा निर्माण गर्ने – यो प्रतिमा दुई वटा हुने भयकोले पहिलो चरणमा गर्न समय, आर्थिक आदिको भार पर्ने भयकोले दोस्रो रचणमा गर्ने ।

५.     यलम्बरको ताम्रचित्र निर्माण गर्ने – केहि बिज्ञहरुसंगसल्लाह लिदा ताम्रपत्रकै आकारको रिपिब आर्ट राख्दा राम्रो हुन्छ । नेपालमा ३ फिटसम्मको बनाउन सकिन्छ। लागद रु १ देखि ३ लाख सम्म पर्न आउने पनि जानकारि भएकोछ । रिलिब आर्ट (अलिअलि चित्रको भाग माथि उठेको हुन्छ) । यो एलम्वर हलको भित्तामा दोस्रो चरणमा स्थापना गरिने छ ।

यसको लागि पहिलोचरणको काम पुरा गर्नु रकम कम्तिमा पनि १ लाख ४१ हजार लाख बराबरको आवश्यकता पर्न जानेछ । जसको स्रोत सम्पुर्ण किरात राईहरु, किरायाका भाषिक सस्थाहरु, किरात राईहरु प्रति सहकार्य साथ सहयोग गर्नेहरुबाट स्वच्छिक चन्दा संकलन गरिने र आयमुलक कार्यहरु गर्दै जाने ।

पहिलो चरणको काम आगामी उभौलीको अवसरमा पुरा गर्ने गरि लागि पर्ने सोहि अवसरमा नै सहयोग गर्ने सम्पुर्ण दाताहरुको पुर्ण बिबरण सहित नामावली एलम्बर हलमा उपलब्ध गराउने र सहयोगीहरुलाई मायाको चिनो साथै सम्मानको साथ धन्यवाद दिने ।

उक्त कार्यक्रम चुला पुजाकै दिन गर्ने र प्रमुख अथितिमा प्रदेस नं १ का मुख्यमन्त्री माननिय शेरधन राई ज्युको हातबाट गराउनलाई पहल गर्ने । 

आज उपस्थित र किरायामा आवद्द र आस्थावानहरु हामी सम्पुर्ण लागि परेमा सहजरुपमा यस ऐतिहासिक कार्य सम्पन्न गर्न सकिनेमा ढुक्क रहेको पनि जानकारि गराउदछौ । 

रैछाकुलेको प्रतिमा निर्माण अनुमानित खर्चहरु

१.     रैछाकुले प्रतिमा ६ फुटको ११० केजी धातुको- ५७००० (धुवानी समेतको अनुमानित)
२.     एक हप्ता बस्दा प्रतिमा स्थापनाको लागि खटे बापद -७०००
३.     खानबस्न खर्च ७०००
४.     अन्य खर्च १००००
५.     रैछाकुले राखने स्तम्भको लागि अन्य खर्च,शिलालेख सहित ४००००
६.     भैपरि आउने खर्च २००००
जम्मा हङकङ डलर १४१,०००.००

प्रस्तोता – अधिराज राई “प्रकाश”