कार्य प्रतिवेदन २०१०

कार्य प्रतिवेदन २०१०,
छैठौं अधिवेशन,
किरात राई यायोक्खा हङकङ,
१४ मार्च २०१०

श्रीमान अध्यक्षज्यु, सल्लाहकारज्युहरु, भुतपुर्व अध्यक्षज्युहरु, आजीवन सदस्यज्युहरु तथा उपस्थित सम्पुर्ण किरात राई दाजुभाई तथा दिदीबहिनीहरु ।

किरात राई यायोक्खा हङकङ, किरात राईहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्वन गर्दै किरात राईहरुको पहिचानलाई विश्वमा जिवन्त बनाई राख्न स्थापना भएको संस्था हो यसै अनुरुप ९ मार्च २००८ को पाँचौ अधिवेशनले चयन गरेको श्री नरहाङ राईज्युको अध्यक्षतामा बनेको कार्य समितीले कार्य ब्यास्तता तथा बिविध आरोह अवरोहको बावजुत पनि किरात राईहरुको एकता, किरात राईहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको सम्बर्द्वन, अन्य सामाजीक संघ संस्था संग सुमुधुर सम्बन्ध बनाउदै किरात राईहरुलाई सारो गाह्रो परिआएको बखत सहयोग तथा सर सल्लाह प्रदान गर्दै आइरहेको जानकारी गराउदछु ।

किरात राई यायोक्खा हङकङले यस २ बर्षको अवधीमा सोचेजस्तो कार्य गर्न नसकेको तथ्य समेत स्वीकार्दै यस्तो हुनमा पाँचौ अधिवेशनमा घोषणा पत्र जारी नगरीनु, अधिवेशनले मेन्डेट नदिनु तथा कार्य समितीको स्पष्ट अवधारणा नहुनुले हो भनि हामीले समिक्षा गरेकाछौ । यस अधिवेशनमा घोषणा पत्र जारी होस, कार्य समितीलाई स्पष्ट मेन्डेट प्रदान होस र कार्य समितीलाई यायोक्खाको उदेश्य स्पष्ट थाहा होस भन्ने यसै प्रतिवेदन मार्फत सुझाव चढाउदछु । यधपी कार्य नगरेको भन्दा धेरै कार्यहरु गरेका छन, सोचेजस्तो कार्य मात्र गर्न नसकेको हो । किरात राई यायोक्खा हङकङको बिधानको धारा ५ मा स्पष्ट उदेश्यहरु लेखिएकोछ । ति उदेश्यहरु प्राप्त गर्न के कस्ता कार्यहरु गरे उपधारा क्रमसंगै बिश्लेषण गरि प्रतिवेदनमा पेश गरेकोछु । प्रतिवेदन पेश गर्नु अगावै किरात राई यायोक्खा हङकङको बिधानको धारा ५ मा उल्लेख भएको उदेश्यहरुको उपधारा उल्लेख गर्न चाहान्छु । यसमा लेखिएको छ,

(क) हङकङमा रहेका सम्पुर्ण किरात राईहरुको बीच एक आपसमा एकता कायम गर्ने ।
(ख) किरात राईहरुबिच आपतविपत आईपरेमा आवश्यक सहयोग आदान प्रदान गर्ने ।
(ग) किरात राईहरुको भाषा, धर्म, लिपि, कला र संस्कृती संरक्षण तथा सम्बर्द्वन गर्न लागि पर्ने ।
(घ) हङकङमा रहेका विभिन्न जात जाति, धर्म र सम्प्रदायका मानिसहरु संग सम्बन्ध कायम गर्दै उनीहरु विच किरात राईहरुको पहिचानलाई जिवन्त बनाउदै सामाजीक एकता एवं ऐकबद्दताको निम्ती पहल गर्ने ।
(ङ) हङकङमा क्रियाशील विभिन्न सामाजिक संघ संस्थाहरु विच मैत्रीपुर्ण सम्बन्ध कायम गर्ने ।
(च) किरात राईहरुलाई शैक्षिक योग्यता विकाश गर्न, सामाजिक सेवामा सम्लग्न हुन, ब्यवसायिक दक्षता हासिल गर्न उत्प्रेरित एवं मार्ग निर्देशित गर्दै अझ सभ्य एवं सुसंस्कृत बनाउन पहल गर्ने ।

आदरणीय उपस्थित महानुभावहरु,

उपरोक्त उदेश्यहरु प्राप्त गर्न के कस्ता कार्यहरु गरे वा गर्न सकेनन् बुदागतरुपमा प्रस्तु गरेकोछु ।

(क)   हङकङमा रहेका सम्पुर्ण किरात राईहरुको बीच एक आपसमा एकता कायम गर्ने सम्बन्धमा किरात राई यायोक्खा हङकङले राईहरुको एकताको प्रतिक साकेला सिलीलाई उधौली र उभौलीको अवसर पारेर बर्षमा २ चोटी सम्पन्न गर्दै आएकोछ । यस कार्य समितीले बिगत २ बर्षमा ४ वटा साकेला सिली सम्पन्न गरी तमाम हङकङवासी राई दाजुभाई तथा दिदीबहिनीहरुलाई एकै ठाउमा भेला गराई सिली नाच्ने, भलाकुसारी गर्ने तथा दुख सुखका खबर एक आपसमा आदान प्रदान गर्ने समय मिलाई दिएकोछ । यस उधौली र उभौलीमा राईमात्र नभई गैरराई तथा गैर नेपालीहरुको समेत संगलग्नता देखीएकोछ । यसले राईहरुलाई एकता कायम गर्ने तथा एकताको सन्देश बाहीर गएको महसुस गरेका छन । किरात राई यायोक्खा हङकङले निम्न कार्यक्रम गरेको प्रतिवेदन पेश गर्दछु ।

२५ मे २००८ साकेला उभौली ताइमोसन कन्ट्रि पार्कमा सम्पन्न ।
१४ डिसेम्वर २००८ साकेला उधौली तथा सिली प्रतियोगिता ताइमोसन कन्ट्रि पार्कमा सम्पन्न ।
१० मे २००९ साकेला उभौली ताइमोसन कन्ट्रि पार्कमा सम्पन्न ।
१३ डिसेम्वर २००९ साकेला उधौली ताइमोसन कन्ट्रि पार्कमा सम्पन्न ।

(ख)   किरात राईहरुबिच आपतविपत आईपरेमा आवश्यक सहयोग आदान प्रदान गर्ने सम्बन्धमा

किरात राई यायोक्खा हङकङले राईहरुलाई मात्र सहयोग नगरी गैरराई तथा गैर नेपालीहरुलाई समेत आपतविपत आईपरेको अवस्थामा सहयोग प्रदान गरेकोछ । किरात राई यायोक्खा हङकङले निम्न ब्यक्ती तथा संघ संस्थाहरुलाई बिगत २ बर्ष भित्रमा सहयोग गरेको प्रतिवेदन पेश गर्दछु ।

१ किराया नेपालबाट प्राप्त पत्रनुसार मुटु रोगी तारा राईलाई आर्थीक सहयोग प्रदान ।
२ किराया नेपाल भुपु केन्द्रिय सदस्य श्याम राईलाई मृगौला उपचार सहयोग प्रदान ।
३ अरब देशमा मृत्यु दण्ड सजाय पाएकी नेपाली चेली डोल्मा शेर्पालाई आर्थीक सहयोग ।
४ नेपालमा आएको दैवीक प्रकोप कोशी बाढी पिडित जनतालाई आर्थीक सहयोग प्रदान ।
५ चाइनाको सिचुवान प्रान्तमा गएको भुकम्प पिडीत जनतालाई आर्थीक सहयोग प्रदान ।
६ जनजाती महासंघको कार्यक्रमलाई ऐकबद्दता जनाउदै किरात राई चाम्लिङ खाम्बातिम सहित संयुक्त आर्थीक सहयोग प्रदान ।
७ मानव तस्कर द्वारा ठगिएका नेपाली शरनार्थीहरुलाई नेपाल पठाउन आर्थीक सहयोग ।

(ग)   किरात राईहरुको भाषा, धर्म, लिपि, कला र संस्कृती संरक्षण तथा सम्बर्द्वन गर्न लागि पर्ने उदेश्य सम्बन्धमा

भाषा तर्फ:

किरात राई यायोक्खा बिभिन्न भाषी राईहरुको संस्था भएकोले हरेक भाषी राईहरुलाई समावेश गराई उनीहरुको भाषा संरक्षण गर्ने उदेश्य अनुसार तथा राई भाषीक संस्थाहरु किरात राई यायोक्खा हङकङको भातृ संगठनको रुपमा गोल्बन्द भैरहेको  अवस्थामा उनीहरुलाई नै भाषा संरक्षण गर्न प्रोत्साहन गर्ने योजना अनुसार किरात राई यायोक्खा हङकङले किरात राई चाम्लिङ खाम्बातिमको आयोजनामा तथा किरात राई यायोक्खा हङकङको प्रमुख अतिथिमा भाषा कक्षा उदघाटन गरी किराया हङकङको संरक्षकत्वमा किरात राई यायोक्खाको कार्यलयमा चाम्लिङ भाषा कक्षा तालिम सम्पन्न गरिएकोछ ।

धर्म तर्फ:

किरात राईहरु बिभिन्न धर्ममा प्रवेश गरेकाछन । किरात राई यायोक्खा हङकङले सवै धर्मलाई सम्मान गर्दछ । तर धर्म संरक्षण तथा सम्बर्द्वन गर्ने सम्बन्धमा किरात राई यायोक्खा हङकङको बिधानमा उल्लेखित धर्मको स्पष्ट ब्याख्या नभएकोले कुन धर्मको संरक्षण तथा सम्बर्द्वन गर्नुपर्ने हो स्पष्ट परिभाषीत नभएकोले विवाद रहेको प्रतिवेदन पेश गर्दछु । कार्य समिती भित्रै विविध धर्मलम्वीहरु भएकोले कुनैपनी धर्ममा पदिय स्थानमा बसेको ब्यक्ती किरात राई यायोक्खा हङकङको कार्य समितीमा बस्न पाइने कि नपाइने भन्ने सवालमा १ जुन २००८ को चौथो नियमीत बैठकले अन्य धर्ममा पदिय स्थानमा बसेको ब्यक्तीले सो पदबाट राजीनामा दिएमा मात्र किरात राई यायोक्खा हङकङको कार्य समितीमा बस्न पाइने निर्णय गर्दै भविश्यमा भने ब्यक्तिगत स्वतन्त्रता प्रदान गरिने निर्णय गरिएको प्रतिवेदन पेश गर्दछु ।

लिपि तर्फ:

किरात राई यायोक्खा हङकङको लिपी सम्बन्धि स्पष्टता नभएकोले अथवा किरात लिपीनै राईहरुको समेत लिपी थियो वा किरात लिपी राईहरुको लिपी थिएन भन्ने स्पष्टता नभएकोले यस सम्बन्धि कुनै कार्य गर्न नसकेको प्रतिवेदन पेश गर्दछु ।

कला तर्फ :

किरात राईहरु प्राचिन काल देखी हरेक कलामा पोख्त थिए । किरात राईहरुले प्राचिन कालमा सिर्जेका वस्तुहरु जस्तै ढोल, झ्याम्टा, गजा, सिलोमी, पोमी, डोको, डालो, कोक्रो, थुम्से, बटुको, डवका, थाल, छपनी, दाबीलो, डाडु, पन्यु, हाडी, कराइ, ढुङ्रो, दुनेरो, घइला, कठुवा, सुराही, गुन्द्रि, पिरा, पिर्का, धनुकाड, हसिया, कचिया, खुकुरी गरी ३० वटा भन्दा ज्यादा सामाग्रीहरु आदिवासी जनजाती महोत्सवमा २ पटक सम्म प्रदर्शनी गरिएको थियो । उक्त वस्तुहरु गैर राई तथा विदेशीहरुले समेत चासो लिइ हेरेका थिए ।

संस्कृती तर्फ :

किरात राई यायोक्खा हङकङले राईहरुको संस्कृती साकेला सिली उधौली र उभौलीको अवसर पारेर ४ चोटि सम्पन्न गरि सकेको माथीनै उल्लेख गरी सकेको छ । त्यो भन्दा बाहेक यस पल्ट २५ डिसेम्वर २००९ का दिन छुट्टै स्थानमा साकेला शिली प्रतियोगिताको आयोजना गरियो । सदाको स्थान ताइमोसन कन्ट्रि पार्क डाडालाई छाडी यस पल्ट काउलुन पार्क शहरको माझमा सम्पन्न गरियो । काउलुन पार्कमा सम्पन्न गर्दा गैर राई, चिनीया तथा विदेशीहरुको संगलग्नता बढी रहेको पाइयो जस्ले किरात राई संस्कृतीको प्रचार प्रसार राम्रो  रहेको प्रतिवेदन पेश गर्दछु ।

संस्कार तर्फ :

किरात राईहरुको संस्कार चुल्हा पुजालाई साकेला उधौली र उभौलीको अवसरमा सामुहिक चुल्हामा पुजा अर्चना गरिदै आएको जानकारी गराउदछु । चुल्हा पुजा संस्कारमा पनि बलीभोग दिइ पुजा गर्ने चलन र बलीभोग रहित पुजा गरिने चलनमा दुव्बिधा रहेको जानकारी गराउन चाहान्छु । यसै दुव्बिधालाइ हटाउन किरात राई यायोक्खा हङकङको २८ डिसम्वर २००८ मा बसेको आठऔ बैठकले दुवै पक्षलाई समेट्न सामान्य अण्डाले उपरान्त पुजा अर्चना गरिने निर्णय गरिएको थियो तर भुपु किराया अध्यक्ष श्री हेजेन राईज्युको संयोजकत्वमा हङकङवासी ४५ जना राईहरुले संयुक्त हस्ताक्षरीय निवेदनमा परापुर्वकाल देखी परम्परागत रुपमा मानि आएको भोग दिइ पुजा गर्ने चलन कायम रहोस भनी निवेदन दिएकाले २२ फेब्रुअरी २००९ मा बसेको नवौ बैठकले आठऔ बैठकको निर्णयलाई बदर गर्दै बलीभोग दिने वा नदिने स्वेच्छाले पुजा अर्चना गर्ने निर्णय गरेको प्रतिवेदन पेश गर्दछु ।

(घ)   हङकङमा रहेका विभिन्न जात जाति, धर्म र सम्प्रदायका मानिसहरु संग सम्बन्ध कायम गर्दै उनीहरु विच किरात राईहरुको पहिचानलाई जिवन्त बनाउदै सामाजीक एकता एवं ऐकबद्दताको निम्ती पहल गर्ने सम्बन्धमा किरात राई यायोक्खा हङकङ सदा लागी परेको अवगत गराउन चाहान्छु । यसै सिलसिलामा दिल बहादुर हत्या काण्डको २९ मार्च २००९ को विरोध जुलुस देखी अदालतको प्रत्येक सुनुवाईमा किरात राई यायोक्खाको तर्फ बाट स्वयम अध्यक्ष महोदय हरेक चोटि उपस्थिती रहेको छ । यती मात्र नभइ हङकङमा रहेका विभिन्न जातीय संस्थाहरु तथा धार्मीक संस्थाहरुको कार्यक्रमहरुमा किरात राई यायोक्खाको उपस्थिती हुने र हाम्रो कार्यक्रममा समेत वहाहरुको उपस्थिती रहने यस प्रतिवेदनमा उल्लेख गर्न चाहान्छु ।

(ङ)   हङकङमा क्रियाशील विभिन्न सामाजिक संघ संस्थाहरु विच मैत्रीपुर्ण सम्बन्ध कायम गर्ने सम्बन्धमा किरात राई यायोक्खा हङकङ सदा सर्वदा लागी रहेछ । किरात राई यायोक्खा हङकङले किरात याक्थुङ चुम्लुङ हङकङको कार्यक्रममा निमण्त्रणा भएअनुसार साकेला शिली लगेर प्रस्तुत गरेकोछ । किरात याक्थुङ चुम्लुङ हङकङले पनि हाम्रो निमन्त्रणामा च्याब्रुङ प्रस्तुत गरेकोछ । भुपु सैनिक संघ हङकङको निमण्त्रणामा किरात राई यायोक्खा हङकङले बिबिक्यु तथा स्वयम सेवकहरु उपलब्ध गराएकोछ । किरात राई यायोक्खा हङकङको खोटाङ सेवा समाज, भोजपुर सेवा समाज, तापलेजुङ समाज, धरान हङकङ मंच, संखुवासभा मंच, पान्थर मंच, नेपालीज युथ क्लब, हङकङ नेपाली फाउण्डेसन, फियोना तथा अन्य थुप्रै सामाजिक संघ संस्थाहरु संग मैत्रीपुर्ण सम्बन्ध रहेकोछ । किरात राई यायोक्खा हङकङ आदिवासी जनजाती महासंघ र नेपाली महासंघको सदस्य संस्था रहेको प्रतिवेदन पेश गर्दछु ।

(च)   किरात राईहरुलाई शैक्षिक योग्यता विकाश गर्न, सामाजिक सेवामा सम्लग्न हुन, ब्यवसायिक दक्षता हासिल गर्न उत्प्रेरित एवं मार्ग निर्देशित गर्दै अझ सभ्य एवं सुसंस्कृत बनाउन पहल गर्ने सम्बन्धमा शैक्षिक योग्यता विकाश गर्न र ब्यवसायिक दक्षता हासिल गर्न उत्प्रेरित गर्ने कार्यक्रमहरु ल्याउन नसकेता पनि किरात राई यायोक्खा हङकङ स्वयम सामाजिक संस्था भएकोले यसै मार्फत किरात राईहरुलाई सामाजिक सेवामा सम्लग्न हुन टेवा पुगेको प्रतिवेदन पेश गर्दछु । किरात राई यायोक्खा हङकङको विभिन्न कार्यक्रमहरु संयोजन गर्न किरात राईहरुलाई नै प्रदान गरिने भएकोले उत्तरदायीत्व तथा दायित्वबोध गर्दै सामाजीक सेवामा सम्लग्न हुने अवसर प्राप्त भएको प्रतिवेदन पेश गर्दछु ।

अन्य गतिविधिहरु

किरात राई यायोक्खा हङकङले आफ्नो उदेश्यहरु प्राप्त गर्न उपरोक्त कार्यहरु मात्र नगरी निम्न विविध गतिविधिहरु गरेको प्रतिवेदन पेश गर्दछु ।

आर्थीक कार्यक्रम :

किरात राई यायोक्खा हङकङको अर्थीक संकलन गर्न तथा नेपालीहरुको संस्कारलाई निरन्तरता प्रदान गर्न २६ अक्टुवर २००८ मा र १८ अक्टुवर २००९ देउसी भैलो कार्यक्रमको आयोजना सम्पन्न गरियो ।

सम्मान तथा प्रसंसा :

किरात राई यायोक्खा हङकङले किरात राईहरुलाई बिभिन्न बिधा हासिल गरेकोमा सम्मान तथा प्रसंसा गर्दै आएकोछ । यसै शिलसिलामा सघन तुवालो उपन्यासकार श्री राम कृष्ण बान्तावाज्यु तथा भरोत्तलन खेलाडी गोल्ड मेडलीस्ट श्री नर बहादुर राईज्युलाई १७ मार्च २००९ का दिन एक जलपान समारोह विच सम्मान पत्र प्रदान गरेकोछ ।

किरात राई यायोक्खा हङकङका निवर्तमान कार्य समितिलाई किरात राई यायोक्खा हङकङका बर्तमान कार्य समितीले स-सम्मान बिदाई तथा प्रसंसा पत्र वितरण कार्यक्रम २६ मे २००८ का दिन यनलुङमा सम्पन्न गरेकोछ । यसबाट निवर्तमान कार्य समिति र बर्तमान कार्य समिती बिच सुमुधुर सम्बन्ध स्थापित रहदै आएको प्रतिवेदन पेश गर्दछु ।

किरात राई यायोक्खा हङकङले आफ्नो कार्य समितीमा रहेको पदाधिकारीले ब्यक्तिगत समस्याको कारण यायोक्खामा काम गर्न नसक्ने अवस्था भएमा वहाको कार्य हेरी स-सम्मान बिदाई गर्ने परम्परा अनुसार यस संस्थाका सह-कोषाध्यक्ष श्री प्रेम रोज राईज्युलाई ७ जुन २००८ का दिन प्रसंसा पत्र सहित बिदाई कार्यक्रम आयोजना गरियो । श्री प्रेम रोज राईज्युले २५ मे २००८ को साकेला उभौलीमा संयोजकको भुमिका निर्वाह गरी सफलता पुर्वक कार्यक्रम सम्पन्न गरेका थिए ।

वेभसाइड तथा प्रकाशन :

किरात राई यायोक्खा हङकङले आफ्नो गतिबिधीहरु जनमानस सम्म पुरयाउन www.kiratrai.org संचालन गरीरहेको तथा यायोक्खा हङकङको मुखपत्र यलम्वर बार्षीक रुपमा उभौलीको अवसर पारेर अंक १० र ११ प्रकाशन गरिसकेको अवगत गराउदछु ।

सांस्कृतिक सामाग्री खरिद :

किरात राई यायोक्खा हङकङको सदस्य श्रीमती लिला राईज्युको संयोजकत्वमा सांस्कृतीक समुहलाई २८ अक्टुवर २००९ मा चादीको सुनको जलप लगाइएको ८ जोड मारवाडी खरिद गरियो । उक्त गहनाको सम्पुर्ण लागत मुल्य संयोजक श्रीमती लिला राईज्युले अनुदान सहयोग गर्नुभएकोमा हार्दीक धन्यबाद ज्ञापन गरिएको प्रतिवेदनमा उल्लेख गर्न चाहान्छु ।

साकेला प्रशिक्षण :

किरात राई यायोक्खा हङकङले २६ अप्रिल २००८ बाट यस संस्थाका सदस्य तथा सांस्कृती विभाग प्रमुख श्री मणी कुमार राईज्युको संयोजकत्वमा आइ.के.टि.एम. कलेजका बिध्यार्थीहरुलाई साकेला प्रशिक्षण गराएका थिए । प्रशिक्षित बिध्यार्थीहरुले उक्त साकेला सिली २५ मे २००८ को साकेला उभौली कार्यक्रममा प्रस्तुत गरेका थिए ।

साकेला ब्यबस्थापन :

किरात राई यायोक्खा हङकङको २६ जुन २००९ मा बसेको १३औ बैठकले साकेला शिलीलाई खोज तथा अनुसान्धान गर्दै ब्याबस्थित गर्न हरेक भाषिक संगठन बाट १ जना सदस्य रहने गरी श्री नरजीत राईज्युको संयोजकत्वमा “साकेला अनुसान्धान तथा प्रशिक्षण भाग १” समिती गठन गरेकोछ । यस समितीले साकेला सिलीलाई बिभिन्न भागमा बर्गीकरण गरी त्यस मध्येबाट २४ वटा सिली छनौट गरेकाछन । जुन सिली १३ डिसेम्वर २००९ को साकेला उधौलीमा प्रस्तुत गरि सकेकाछन भने अव उपरान्त यस समितीले ति छनौट भएका शिलीहरुलाई भिज्युवलाइज गरी किरात राई यायोक्खा हङकङको मातहातमा संरक्षण गरेर राख्ने उदेश्य लिएको प्रतिवेदन पेश गर्दछु ।

केन्द्रिय भवन सहयोग :

किरात राई यायोक्खा हङकङको २६ जुन २००९ मा बसेको १३औ बैठकले किरात राई यायोक्खा नेपालको केन्द्रिय भवन खरिद गर्न सहयोग गर्नुपर्ने बिगतका कार्य समितिको प्रतिबद्दता अनुसार श्री प्रेम कुमार राईज्युको संयोजकत्वमा केन्द्रिय भवन सहयोग समिती गठन गरिएकोछ । संयोजक श्री प्रेम कुमार राईज्यु यसमा लागीपरेको अवगत गराउदै यस कार्य समितीले समयमा सहयोग प्रदान गर्न नसकेकोमा दुख ब्यक्त गर्दै आउदो कार्य समितिले निरन्तरता प्रदान गरोस भन्ने प्रतिवेदनमा उल्लेख गर्न चाहान्छु ।

यलम्वर नाईट तेस्रो :

किरात राई यायोक्खा हङकङले ३१ डिसम्वर २००९ का दिन उपाध्यक्ष श्री किसन राईज्युको संयोजकत्वमा किरात येले सम्वत ५०७० को उपलक्ष्यमा यलम्वर नाईट तेस्रो सम्पन्न गरेकोछ । यलम्वर नाईट तेस्रो सम्पन्न गर्न नेपालबाट कलाकारहरु नबिन राई ,  बिष्णु चेम्जोङ र श्रेया सोताङलाई आमन्त्रण गरिएको थियो । स्थानिय भाषीक कलाकारहरुलाई समेत समेटिएको कार्यक्रमले तथा किरात याक्थुङ चुम्लुङ हङकङको जातिय नृत्य च्याब्रुङ प्रदर्शनीले किरात येले सम्वत र किरात एकताको राम्रै सन्देश दिएको समिक्षा गरिएको प्रतिवेदन पेश गर्दछु । आमन्त्रीत कलाकारहरुलाई १३ फेब्रुअरी २०१० मा चुनवानमा एक रात्रीभोजको आयोजना गरि बिदाई सम्पन्न गरिएको थियो ।

भाषिक छलफल :

किरात राई यायोक्खा हङकङले २३ फेब्रुअरी २०१० का दिन आठपरिया राई भाषामा विधावरिधी प्राप्त गर्नु भएका प्रा.डा. श्री टंक प्रसाद न्यौपाने ज्यु र प्रा.डा. श्री गोविन्द प्रसाद भट्टराई ज्युसंग राई भाषा सम्बन्धि छलफल गरियो । प्रा.डा. द्वयले भाषा जोगाउन लिपीको आवश्यकता नपर्ने तथा राई भाषा मर्नमा अन्तर जातिय विवाहको कारणले हो भन्नु भयो । भाषा जोगाउन बायो लिङगुवल वा ट्रि लिङगुवल शिक्षा प्रणाली लागु गर्नु पर्दछ भन्नु भयो ।

श्रद्धान्जली :

किरात राई यायोक्खा हङकङले राईहरुको असामयिक निधनमा श्रद्धान्जली अर्पण गर्दै आएको जानकारी गराउन चाहान्छु । यस कार्य समितीको अध्यक्ष श्री नरहाङ राईज्युको पुज्यनिय पिता श्री नहकुल राईको, सहसचिव श्री मोती चाम्लिङको ममतामयी आमा श्रीमती तप कुमारी राईको, श्री मैत्र कुमार राईज्युको जिवन साथी अर्धाङगिनी श्रीमती मिना राई तथा श्री रोशन राईको पुज्यनिय पिता श्री बिर बहादुर राईको असामयिक निधनमा हार्दीक श्रद्धान्जली अर्पण गरेको प्रतिवेदन पेश गर्दछु ।

आदरणीय उपस्थित महानुभावहरु,

किरात राई यायोक्खा हङकङले सदा सर्वदा विधानलाई शिरमा राखी आफ्नो बुद्दि र विवेकले भ्याए सम्म उदेश्य प्राप्त गर्न लागी परेको अवगत गराउदछु । कथंकदाचित प्रतिवेदन लेखनमा भुलचुक भै अनर्थ जनाएमा सच्याई बुझीदिन अनुरोध गर्दछु ।

भावी कार्यक्रम सुझावको लागी प्रतिवेदनमा निम्न कुराहरु उल्लेख गर्न चाहान्छु ।

१ हरेक भाषिक राईहरुको जन्मदेखी मृत्यु सम्मको संस्कार बारेमा खोज अनुसन्धान गरियोस ।
२  किरात लिपी लिम्बुहरुको मात्र लिपी थियो वा सम्पुर्ण किरातीहरुको लिपी थियो खोज अनुसन्धान गरियोस ।
३  किरात राई यायोक्खा हङकङको भवन खरिद सम्बन्धमा पहल गरियोस ।

सुम्निमा र पारुहाङले सम्पुर्ण किरात राईहरुको भलो गरुन ।

जय किरात राई यायोक्खा ।

सचिव
शशि मदन राई
१४ मार्च २०१०
छैठौ अधिवेशन