Sacrament

किरातीहरुको आफ्नो मौलिक संस्कारहरु छन। संस्कार भनेको निति, नियम, विधी, विधानहरु हो। किरातीहरुले बिहान उठे देखि बेलुकी सुतिन्जेल सम्म के गर्ने?, के नगर्ने? निति नियमहरु छन। किरातीहरुले कुनै कामको थालनी गर्दा र अन्त्य गर्दा कसरी गर्ने?, कसरी नगर्ने? विधी, विधानहरु छन। किरातीहरुले मानिस जन्मनु पुर्व र मृत्यु पर्यन्त कस्तो संस्कारहरु गर्ने? वा नगर्ने? मुन्धुममा उल्लेख भएका छन।

मुन्धुम भनेको सदियौं देखि पिता पुर्खाहरुले संगाली ल्याएको जिवन र जगतको नियम हो। दर्शन हो। मुन्धुमको पालना गर्न किरातहरुको धर्म हो। मुन्धुमा मानिस जन्मनु पुर्व र मृत्यु पर्यन्त सात वटा संस्कार गर्नुपर्ने उल्लेख भएको छ।

किरात राईहरुको संस्कारहरु भाषिगत रुपमा वा खोलाखोला, थुमथुमहरुमा केहि थोरै फरक पर्दछ। सबै भाषि राईहरु (जो संगठित छन) सुप्तुलुङ खिममा आफ्नै तरिकाले संस्कारहरु गर्दछन। तर संगठित नभएका भाषिगत राईहरुलाई संस्कार गर्न अप्ठयारो स्थितिमा छन।

यस अवस्थामा संगठित नभएका भाषिक राईहरुलाई समेट्न सन २०१४ मा तत्कालिन अध्यक्ष शशि मदन राईज्युले संस्कारको विधी विधान तयार बनाई ल्याउनु भयो। किरात राई यायोक्खा हङकङले कसैको संस्कारगत कार्य गरिदिन पर्यो, उस्लाई आफ्नो संस्कार थाहा छैन भने, सोही विधी बिधानबाट हाल सम्म संस्कार गरिन्दै आएको छ। संस्कारगत कार्यहरुमा भाषिगत राईहरु र विभिन्न क्षेत्रका राईहरुसंग बसि छलफल तथा अन्तरक्रिया गर्दै मिल्ने संस्कारलाई एक ठाँउमा र नमिल्ने संस्कारलाई फलना भाषिको येस्तो र फलना क्षेत्रको यस्तो भनि अभिलेखिकरण गर्ने योजना रहेकोछ।

संस्कारहरु

  1. गर्भ संस्कार (Pregnant Sacrament )
  2. जन्म संस्कार (Birth Sacrament)
  3. न्वरान संस्कार (Naming Sacrament)
  4. भात खुलाई संस्कार (Weaning Sacrament)
  5. छेवर/ गुन्युचोला संस्कार (Clothing Sacrament)
  6. विवाह संस्कार (Marriage Sacrament)
  7. मृत्यु संस्कार (Death Sacrament)