पदसङ्गति भनेको वाक्य संयोजन (सिन्ट्याक्टिक लिङ्गेज) हो । वाक्यमा प्रयोग गरिएका पद्(शब्द)हरूबीचको आपसी मेललाई पदसङ्गति भनिन्छ । वाक्यमा नाम, सर्वनाम, विशेषण र क्रियापदबीचमा लिङ्ग, वचन, पुरुष तथा आदरको सङ्गति भएन भने त्यसमा व्याकरणिक अशुद्धि देखिन्छ र त्यस वाक्यले स्पष्ट अर्थ दिँदैन । जस्तैः
1. लिङ्गः स्त्रिलिङ, पुलिङ्ग
छोरी हिड्यो । (लिङ्ग सङ्गति नभएको)
छोरी हिँडी । (लिङ्ग पदसङ्गति भएको)
2. वचनः एकवचन, वहुवचन
तिमीहरू हाँस्छ । (वचन सङ्गति नभएको)
तिमीहरू हास्छौ । (वचन पदसङ्गति भएको)
3. पुरुषः प्रथम पुरुष, द्धितिय पुरुष, त्रितिय पुरुष
म रोए । (पुरुषको सङ्गति नभएको)
म रोएँ । (पुरुष पदसङ्गति भएको)
4. आदरः अनादरर्थी, सामान्य आदरार्थी, आदरार्थी, उच्चआदरार्थी
बुबा रोयो । (आदर सङ्गति नभएको)
बुवा रुनुभयो । (आदर पदसङ्गति भएको)
5. कालः भुतकाल, वर्तमानकाल, भविश्यकाल
हिजो मैले भात खान्छु । (काल सङ्गति नभएको)
हिजो मैले भात खाँए । (काल सङ्गति भएको)
कर्ता र क्रियामा सङ्गति
कर्ता जुन लिङ्ग, वचन, पुरुष र आदारमा रहन्छ तदनुरूपकै ढाचाँमा क्रियापद रहनु कर्ता र क्रिया बीचको सङ्गति हो ।
1. लिङ्गका आधारमा सङ्गतिः स्त्रिलिङ, पुलिङ्ग
साम्पाङ भाषामा स्त्रिलिङ्ग र पुलिङ्ग हुँदैन । (च्याप्टर ३ हेर्नुहोला ।)
छोरी जान्छे । (स्त्री लिङ्ग)
छोरो जान्छ । (पुलिङ्ग)
2. वचनका आधारमा सङ्गतिः एकवचन, वहुवचन
नेपाली भाषामा २ वचन मात्र हुन्छ । एकवचन र वहुवचन । तर साम्पाङ भाषामा एकवचन, दुईवचन र वहुवचन ३ वटा हुन्छ । (च्याप्टर ४ हेर्नुहोला ।)
म लेख्छु । ( एकबचन)
हामी लेख्छौँ । (बहुवचन)
3. आदरका आधारमा सङ्गतिः अनादरर्थी, सामान्य आदरार्थी, आदरार्थी, उच्चआदरार्थी
नेपाली भाषामा ४ प्रकारको आदार संगति पाईन्छ भने साम्पाङ भाषामा २ प्रकारको मात्र आदार संगति पाईन्छ । (च्पाप्टर ५ मा हेर्नुहोला ।)
तँ लेख् । (अनादरर्थी)
तिमी लेख । (सामान्य आदरार्थी)
तपाइँ लेख्नुहोस् । (आदरार्थी)
हजुर लेखिसिन्छ । (उच्च आदरार्थी)
4. पुरुषका आधारमा सङ्गतिः प्रथम पुरुष, द्धितिय पुरुष, त्रितिय पुरुष
साम्पाङ भाषामा ३ वटै पुरुष संगति पाईन्छ । (च्याप्टर ५ हेर्नुहोला)