Category Archives: यायोक्खा हङकङ

किरायाको इतिहास लोकार्पण ।

२९ जनवरी २०२३, हङकङ । किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले लेखक नरजित राईकृत पुस्तक “किरात राई यायोक्खा हङकङ, विगतदेखि वर्तमानसम्म सन (सन १९९८–२०२१)” लोकार्पण गरेको छ । जोर्डनस्थित ब्लु ओसन रेष्टुरेन्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानका कुलपति शशीमदन राईको अध्यक्षता र किराया हङकङका अध्यक्ष चन्द्रका (माया) राईको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । बिशेष अथिति डा. मिलन राईको प्राज्ञिक मन्तव्यक्रमसँगै अतिथि राम ली थुलुङ राई, हेजेन राई, देबेन्द्र खेरेस, रमण गुरुङ आदि व्यक्तित्वहरुले आफ्नो भनाई राखेका थिए ।

अतिथिगणमा किरायाका प्रमुख सल्लाहकार हरिचन्द्र राई, संरक्षक हेजेन राई, चाम्लिङ खाम्बातिमका अध्यक्ष कल्पना राई, साम्पाङ जुम्लेखाका अध्यक्ष तेजकुमार राई, वान्तवाखीमका अध्यक्ष दुर्गाकान्त राई, पुमा तुप्खाबाङखालाका अध्यक्ष पेङगुईन पुमा राई आदि मंचमा आमन्त्रित थिए । आतिथ्यता प्रदान गर्नेमध्ये कवि देवेन्द्र खेरेस (प्रतिभा प्रतिष्ठान) बेलायतका महासचिव हुन् भने रमण गुरुङ (हङकङ साहित्यिक शृङ्खला) का संयोजक हुन् । उक्त लोकार्पण कार्यक्रममा लेखक नरजित राईको  शीरमा फेटा गुथाई  कदर–पत्र (ताम्रपत्र) सहित पुस्तकलेखन पारिश्रमिक ५ हजार डलर पनि प्रदान गरिएको थियो । यसक्रममै डा. मिलन राईको प्राज्ञिक सफलताप्रति स–गर्व शीरमा फेटा गुथाई सम्मान गरिएको थियो । यसैबीच लेखक नरजित राईले किराया पुस्तकालय निर्माणार्थ नगद ३ हजार डलर प्रदान गरेका थिए । नेपालका सुपरिचित प्राज्ञिक कवि तथा लेखक भुपाल राईको शब्द, प्राज्ञिक संगीतकर्मी जितेन राईको संगीतमा निर्माण किराती गीत -मट्टीको कसम तीन चुला धाम हरबखत दाहिना भई रहुन् सुम्निमा पारुहाङ) बजाएर लोकार्पण कार्यक्रमको उदघाटन गरिएको थियो ।

सो कार्यक्रममा किराया प्रज्ञा प्रतिष्ठानका उपकुलपति किन्दर राईले स्वागत मन्तव्य राखेका थिए । पुस्तक बारे आयोजक प्रतिष्ठानका सचिव वसन्त (बिपिन) राईले बोलेका थिए भने कार्यक्रम संचालन सहसचिव बज्रकुमार राईले गरेका थिए । कार्यक्रमको मध्यतिर गजलकार शिव वान्तवाले गजलवाचन  गरेका थिए । मोडल तथा नृत्यकार रेश्मा साम्पाङले कार्यक्रमको सुरुमा र अन्तिमा लोकनृत्य प्रस्तुत गरेकी थिइन । कार्यक्रमको अन्त्यमा गजलकार शिव वान्तवा, नृत्यकार रेश्मा साम्पाङ र कार्यक्रमका संचारकर्मी फोटोकार विज्ञान राईलाई लाइसी दिएको थियो । यस पुस्तकको कभर आर्ट हङकङका चिरपरिचित चित्रकार तथा किराया प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिपेन्द्र राईले कोरेका हुन् ।

गाई जौबारीमा, फेरिपन भेटौं है एस्तै चौतारीमा ।

११औ अधिबेशन

२८ जुन २०२१ हङकङ । नरजित राई ।

किरात राई यायोक्खा हङकङको ११औ अधिबेशन जुन २७ तारीख आइतबार आफ्नै भवन  सुप्तुलुङ खिम , शान्तिन स्थित किलिङ चुनमा सप्पन्न भएको छ।

किराया हङकङको अध्यक्ष हरिचन्द्र राईको अध्यक्षतामा सप्पन्न अधिबेशनमा  नेपाली आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष किसन राई प्रमुख अतिथि र विशिष्ट अतिथिहरुमा किराया केन्द्रीय कार्यसमिति नेपालका सदस्य दिलिप राई,  सुनुवार  समाज  हङकङका प्रतिनिधि  नरेश सुनुवार, याक्खा छुम्मा हङकङका अध्यक्ष पुर्ण याक्खा हुनुहुन्थ्यो। विशेष अतिथिमा तामाङ घेदुङ हङकङका अध्यक्ष  रमेश मोक्तान , तमु टहो हुइम्ल हङकङका अध्यक्ष  बिजय कुमार गुरुङ हुनुहुन्थ्यो

यसैगरी  भाषिक  संस्थाका अध्यक्षहरु  चाम्लिङ खाम्बातिमका कल्पना राई, साम्पाङ जुम्लेखाका तेजकुमार राई, पुमा तुप्खाका पेङ पुमा राई, थुलुङ सामाका रामली राई, बान्तावा खिमका दुर्गाकान्त राई,कोयु /कोयी किमका प्रकाश राइ, बाहिङ मुलुखिमका लोखराज राइ,किरायाका प्रमुख सल्लाहकार रजिन राई, संरक्षक हेजेन राई, किरात राई प्रज्ञा  प्रतिष्ठानका कुलपति शशि मदन राई तथा किरायाका सल्लाहकारहरु अतिथि रहेका थिए।

प्रमुख अतिथि किसन राईले दियोमा बत्ती बालेर  उदघाट्न गरिएको उक्त समाहरोमा संस्थाका उपाध्यक्ष चन्दृका चन्द्रका राईले स्वागत मन्तब्य दिनु भएको थियो। यस बीच  सुप्तुलुङ निर्माण बिभागका मुल संयोजक धिराज कुमार राई सचिव अधिराज राईलाइ फेटा गुथाइ सम्मान पनि गरिएको थियो।

सो समाहरोमा वक्ताहरुले बोल्ने क्रममा “किराया हङकङको नयाँ बन्ने कार्य समितिलाई अग्रिम बधाई  तथा शुभकामना दिएका थिए” । कार्यक्रमलाई दुई सत्रमा बिभाजन गरिएको थियो। पहिलो सत्रको कार्यक्रमलाई  सचिव  गजेन्द्र बहादुर राईले सन्चालन गरेका थिए। खुल्ला सत्रको कार्यक्रमको अध्यक्षता गरि रहनु भएका किराया हङकङका अध्यक्ष हरिचन्द्र राईले खुल्ला सत्रलाइ समापन गर्नु भएको थियो।

दोस्रो सत्रको कार्यक्रम सन्चालनका लागि तीन सदस्यीय निर्वाचन मण्डलको गठन गरिएको थियो  जसमा हेजेन राई, किसन राई र बसन्त कुमारी राई रहेको थिए। सो निर्वाचन मण्डलको  अध्यक्षता हेजेन राईले गरेका थिए भने  कार्यक्रम किसन राईले सन्चालन गरेका थिए।

किराया हङकङका सचिव गजेन्द्र राईले किरायाले ३ बर्षमा गरेका गतिविधि,कामकारबाही, क्रियाकलाप बारेको सांगठानिक प्रतिबेदन  र संस्थाका कोषाध्यक्ष  गंगा राम राईले संस्थाको आर्थिक प्रतिबेदन हलमा प्रस्तुत गरेका थिए ।जस अनुसार  हङकङ डलर १,८३,९५७ संस्थामा बचत रहेको जानकारी गराएका थिए।

किराया हङकङको परिमार्जन सहितको बिधान १९९८ लाई संशोधनका लागि बिधान मस्यौदा समितिका तर्फबाट शशि मदन राईले बिधानलाइ प्रस्तुत गरेका थिए । हलमा बिधान तथा नियामवली बारेको छलफलमा निक्कै रस्सा कस्सि भएको थियो। समयभावको कारणले संस्थाका केही नियामवलीहरुलाइ आउदो वार्षिक  भेलामा छलफल गर्ने गरि बिधान पारित गरिएको थियो।

किराया हङकङको नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष पदमा बाहेक अन्य पदहरुमा पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका थिए। अध्यक्ष पदका प्रत्यासिहरुमा चन्द्रका (माया)  थुलुङ राई र पिताम्बर चाम्लिङ राई रहेका थिए। वहाँहरु बीच प्रजातान्त्रिक तवरले मतदान हुँदा चन्द्रका (माया) थुलुङ राइ राई बिजय हुनु भएको  थियो।

चन्द्रका (माया) थुलुङ राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको थियो।  नामावली यस निम्न बमोजिम छ्न।

(१) अध्यक्ष –चन्द्रका (माया)  थुलुङ
(२) प्रमुख उपाध्यक्ष – गजेन्द्र बान्तावा राई
(३) महासचिव –गंगा राम साम्पाङ राई
(४) सचिव – राजेन्द्र चाम्लिङ राई
(५) सहसचिव – शिव कुमार राई
(६) कोषाध्यक्ष  – मणि राज साम्पाङ राई
(७)सह कोषाध्यक्ष  – दिनेश कुमार थुलुङ राई 

सदस्यहरु

(८) पबित्र चाम्लिङ राई
(९) पबित्र बान्तावा राई
(१०) राम चन्द्र कोयु राई
(११) बबिता साम्पाङ राई
(१२) बिष्णु कुमार बायुङ राई
(१३) भिम प्रसाद थुलुङ राई

स्मरण रहोस किरात राई यायोक्खा, हङकङको स्थापना २८ जनवरि १९९८ मा भएको थियो र यस पटक किरात राई यायोक्खा हङकङले पहिलो चोटि अध्यक्ष पदमा महिलालाई चयन गर्न सफल भएकोछ।

नरजित राइको ” नसकिने बाटो ” कृतिको लोकार्पण हङकङमा सम्पन्न

यहि १८ अप्रिल २०२१ का दिन किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले आयोजना गरेको बृहत कार्यक्रममा लेखक,साहित्यकार तथा समाजसेवी श्री नरजित राइको चौथो कृति ” नसकिने बाटो”को लोकार्पण  बगैचा पार्टी प्यालेस रेस्टुरेन्ट जोर्डनमा सम्पन्न  भएको छ।

किरात राई प्रज्ञा प्रतिष्ठान हङकङको कुलपति श्री शशि मदन राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात राई यायोक्खा, हङकङका अध्यक्ष हरिस चन्द्र  राई प्रमुख अतिथी र नेपाली साहित्य परिषद हङकङका अध्यक्ष किसन राई बिशेष अतिथी हुनु हुनु हुन्थो।  किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका सचिब किन्दर कुमार राइले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा भाषिक सस्थाका अध्यक्ष  तथा प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित हुनु भएका थिए।

किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका प्राज्ञ बिपिन (वसन्त)राइले सो कार्यक्रममा स्वागत  मन्तव्य  व्यक्त  गर्नु भएको  थियो।

सभाका अध्यक्ष ,प्रमुख अथिती,बिशेष अतिथी  र कृतिकारले सामुहिक रूपमा कृतिको लोकार्पण गर्नु भएको थियो। कृतिकार नरजित राइलाइ किरात राई चाम्लिङ खाम्बातिम हङकङको तर्फबाट शिरमा फेटा गुथाइ सम्मान गरिएको थियो ।  कृतिकार  किरात राई चाम्लिङ खाम्बातिम हङकङको  सस्थापक अध्यक्ष पनि हुनुहुन्छ्। साथै  उपस्थित महानुभावबाट पनि  कृतिकारलाइ  गलामा खादा लगाइ दिई सम्मान गरेका थिए।

कृतिकार नरजित राई ज्युले कृति प्रकाशानार्थ सहयोग गर्नुहुने सहयोगकर्ताहरु ज्ञान बहादुर राई, शशी मदन राई, शेर बहादुर पयाङो,पिताम्बर राई, प्रबिण किशोर राई, धिराज कुमार राई,  टन्कमाया राई,जगत अम्बु गुरुङ, बज्र कुमार राइलाई टोपी र खादा लगाइ दिई सम्मान गर्नु भएको थियो।

कृति नसकिने बाटोको समिक्षा  साहित्यकार तथा पत्रकार  बज्र कुमार राइले गर्नु भएको थियो। ” नरजित राइले कृतिलाइ सरल र सहज भाषामा पस्क्नु भएको र समग्रमा सबै शिर्षकहरु पाठकहरुका लागि  पठनिय नै रहेका कुरा व्यक्त गर्नु भएको थियो।

नेपाली साहित्य परिषद हङकङका अध्यक्ष किसन राईले  कृतिकारलाइ बधाई दिएका थिए ।प्रमुख अतिथी हरिचन्द्र राइले ” लेखक समाजसेवी  नरजित राइले आफ्नो कृति मात्र होइन किरात राई यायोक्खा हङकङको इतिहास (१९९८-२०२१) पनि लेखी सक्नु भएको  र अब तत्कालै प्रकाशन गरिने जानाकारी सहित प्रगतिको कामना गर्नु भयो।

कृतिकार नरजित राइले “लेख्नु आफ्नो सौख भएको  र बाचुन्जेल लेखी नै रहने भाव व्यक्त गर्दै पाठकहरुले आफ्नो कृतिलाइ पढेर रमाइ दिनु भए आफू सफल भएको ठान्द्छु” भन्नू भयो।

किरात राई प्रज्ञा प्रतिष्ठान  हङकङका कुलपति शशी मदन राई ज्युले कार्यक्रमलाइ समापन गर्नु भएको थियो। स्मरण रहोस् यस भन्दा अघि लेखकका कृतिहरु आकाश खोज्दै जादा, समुद्र माथिको शहर, र मनोबिम्ब प्रकाशित भइ सकेका छन।

Source: https://www.hongkongkhabar.com/

प्रथम यलम्बर धनु-वान प्रतियोगिता २०१९

२९ डिसेम्वर २०१९ आईतबार, किरात राई यायोक्खा हङकङको आयोजनामा, र किरात याक्खा छुम्मा हङकङ, सुनुवार सेवा समाज हङकङ, किरात याक्थुम चुम्लुङ हङकङको सह-आयोजनामा तथा थुलुङ (राई) सामा हङकङको संयोजकत्वमा “प्रथम यलम्बर धनु-वान प्रतियोगिता २०१९”  कार्यक्रम सम्पन्न भएकोछ ।

प्रतियोगितामा प्रणय चन्द्र राई प्रथम भएका छन् । वोङ ताई शिनस्थित लायन रक आर्चरी क्लबमा भएको प्रतियोगितामा प्रणयले कुल १६६ अंक जोड्दै प्रथम स्थान हातपार्न सफल भएका हुन् । सोही प्रतियोगितामा कृष्ण राज राई रदिपेन राई क्रमश दोस्रो र तेस्रो भए। उनीहरुले समान १५४–१५४ अंक जोडेका थिए।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः हङकङ दुईहजार, पन्ध्रसय र एकहजार हङकङ डलर नगद पुरस्कार प्रदान गरिएको छ । आर्चरी प्रतियोगितामा ३१ पुरुष र ४ महिला गरि कुल ३५ जनाले सहभागिता जनाएका थिए ।

यस खेलको माध्यमबाट चार किरातहरु राई, लिम्बू, सुनुवार र याख्खाहरु बिच आपसी सद्भाव बढ्ने तथा हङकङको खुल्ला समाजमा बिस्थापित हुँदै गएको किरातहरुको सस्कृती र परम्परा आधुनिक पुस्ताहरुमा हस्तान्तरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

… http://kiratrai.org/archery/ …

पितृपुजा २०१९ सम्पन्न

१५ सेप्टेम्वर २०१९, किरात साम्पाङ राई जुम्लेखा हङकङको आयोजनामा सुप्तुलुङखिममा सामूहिक पितृपुजा (न्वगी) सम्पन्न भयो । किराया हङकङको कुबिमिद्वय श्री नारायण प्रसाद राईज्यु र मैत्र कुमार राईज्युले सामूहिक पितृहरुलाई न्वगी प्रदान गरे पश्चात ब्यक्तिगत वंशावली ल्याएर पितृपुजा गर्न आउनुहुनेहरुलाई न्वगी प्रदान गर्नु भएको थियो । ब्यक्तिगत वंशावली ल्याएर न्वगी दिन आउनुहुनेहरुमा किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका कुलपती श्री शशि मदन राई, किरात साम्पाङ राई जुम्लेखाका अध्यक्ष श्री तेज कुमार राई, किरात राई बान्तावा खिम हङकङका अध्यक्ष श्री दुर्गाकान्त राई तथा साम्पाङ सदस्य श्री कर्णबीर राई हुनुहुन्थ्यो ।

किराया हङकङको सामूहिक चुलामा ब्यक्तिगत पितृहरुलाई न्वगी दिने कार्य यो चौथो कार्यक्रम हो । किरात साम्पाङ राई जुम्लेखा हङकङले सन २०१६ साल देखि शुरु गरेको यो पितृपुजालाई किराया हङकङ र सबै भाषिक संस्थाहरुले २०१८ सालमा सामूहिक बैठक बसि मान्यता प्रदान गर्दै ईच्छा हुने सबै राईहरुले यसै दिन सामूहिक न्वगी फुकाउदै नया अन्नबाली चलाउने सम्पुर्ण हङबासि किरात राईहरु दाजुभाई दिदिबहिनिहरुलाई अनुरोध गरेको छ  र किराया हङकङले निकालेको बार्षिक क्यालेण्डर अनुसार यस कार्यक्रमलाई निरन्तरता गरि रहन किरात राई साम्पाङ जुम्लेखालाई जिम्मेवारी प्रदान गरेको छ ।

न्वगी

न्वगी कार्यक्रमलाई दुइभागमा बिभाजन गरेको थियो । कार्यक्रम गर्नु अगावै किरात साम्पाङ राई जुम्लेखाको अध्यक्ष श्री तेज कुमार साम्पाङ राईज्युको अध्यक्षतामा एक औपचारिक कार्यक्रम आयोजना गरेका थिए । औपचारिक कार्यक्रममा प्रमुख अतिथि किराया अध्यक्ष श्री हरिचन्द्र राई, अतिथिहरुमा किराया संरक्षक श्री हेजेन राई, किराया सल्लाहकारहरु क्रमशः श्री रजिन राई, श्री बसन्त कुमारी राई, श्री धिराज कुमार राई, प्रज्ञा प्रतिष्ठानका कुलपती श्री शशि मदन राई, भाषिक संस्थाका अध्यक्षहरु क्रमशः श्री पवित्रा चाम्लिङ, श्री पेङ पुमा, श्री दुर्गाकान्त बान्तावा, श्री रामली थुलुङ, श्री हित बहादुर कोयी, नेपालबाट पाल्नु भएका अतिथिद्वय श्रीमान श्रीमती नन्द ब० कोयी तथा मौलिक किरात धर्म, संस्कारमा आस्था राख्ने किरात राई दाजुभाई दिदिबहिनिहरुको उपस्थित रहेको थियो ।

औपचारिक कार्यक्रम

औपचारिक कार्यक्रमको शुरुवातमा किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका कुलपती श्री शशि मदन राईज्युले (१) पितृपुजा र किरातहरु बारेमा, (२) चुला र मुन्धुम बारेमा, (३) ब्यक्तिगत चुला र सामूहिक चुला बारेमा, (४) ब्यक्तिगत पितृकक्ष र सामूहिक पितृकक्ष बारेमा मुन्धुम र परिस्थितिजन्य सामूहिक धारणा तथा (५) ब्यक्तिगत पितृपुजा र सामूहिक पितृपुजा गर्ने मुन्धुमी विधी र प्रतिस्थापन विधीबारेमा प्रस्टाएका थिए । तत्पश्चात किराया हङकङको कुबिमिद्वय श्री नारायण प्रसाद राईज्यु र मैत्र कुमार राईज्युलाई फेटा गुथाई शिर उठाए पश्चात भाषिक संस्थाका अध्यक्षहरु, किराया सल्लाहकारहरु, किराया संरक्षकहरुलाई कुलपतीले बोलेका परिस्थितिजन्य सामूहिक धारणा र गर्ने प्रतिस्थापन विधीविधानहरु बारेमा बिचार राखेका थिए ।

सामूहिक पितृकक्ष

सबैको भनाई र बिचारमा यो कार्य अति उत्तम रहेको, किरात राईहरुको धर्म, संस्कारलाई बचाई राख्न र अन्य धर्म, संस्कारमा प्रवेश गर्नुबाट रोक्न यो उत्तम बाटो हुन सक्ने बिचारका साथ आउँदो दिनमा यसबारे अन्तरक्रिया गरि निचोड निकाली सर्वसम्मत गर्दै जाने भन्ने बिचार, राय दिएका थिए । सबैको बिचार पछि अन्त्यमा अध्यक्षज्युले कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रमको शुरुवात किराया हङकङको सचिव श्री गजेन्द्र राईज्युले शुरु गरि कार्यक्रम संचालन गर्ने जिम्मा किरात राई साम्पाङ जुम्लेखाको सचिव श्री मणि राज साम्पाङलाई जिम्मा दिएका थिए ।

चुला

कार्यक्रममा उपस्थित महानुभावहरुलाई नया चामल मिसाएको भात, नया कोदोफापरको ढिडो, सुङगुरुको भुटुवा, कुखुराको भालेको तरकारी र पेय पदार्थहरु प्रदान गरेका थिए । न्वगी कार्यक्रम बेलुकी ७ बजे समापन भएको थियो ।

ढिडो

 –जय किरात

साउने संक्राती २०१९

२१ जुलाई २०१९ हङकङ,

किरात राई यायोक्खा हङकङले साउने संक्रातीको उपलक्ष्यमा सुप्तुलुङखिममा बाल प्रतियोगिता तथा पुर्खा सम्मान कार्यक्रम आयोजना गरेको थियो । बाल प्रतियोगितामा ७ बर्ष देखि १४ बर्षसम्मका १३ जना बालबालिकाहरुलाई सहभागी गराएका थिए । प्रतियोगितामा यलम्बर राजाको पेन्सिल चित्र बनाउनु पर्ने थियो । प्रमुख जज चित्रकार दिपेन्द्र राई रहेको थिए भने जुरीमा भाषिक संस्थाका अध्यक्षहरु रहेका थिए ।

अन्त्यमा किराया हङकङका अध्यक्ष हरिचन्द्र राईज्युको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरि प्रतियोगीहरुलाई प्रथम, दोस्रो, तेस्रो र सान्तवना प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । साथै प्रमुख जज चित्रकार श्री दिपेन्द्र राईज्युलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम संचालन सचिव गजेन्द्र राई तथा बाल, महिला, प्रौढ तथा अतिथि बिभागका बिभाग प्रमुख पविता पुमा राई द्वयबाट संचालन गरेका थिए ।

  1. सन्दिप्त कोयी राई – प्रथम
  2. साई सिमल बान्तावा राई – दितिया
  3. निमचुङ बान्तावा राई – तृतिय
  4. यान यान कोयी राई
  5. लिकन चाम्लिङ राई
  6. जुनिला चाम्लिङ राई
  7. लिमा चाम्लिङ राई
  8. सिधान्त चाम्लिङ राई
  9. पमन चाम्लिङ राई
  10. प्रकृति चाम्लिङ राई
  11. मिकाक पुमा राई
  12. रेनिशा साम्पाङ राई
  13. नायुमा कुलुङ राई

कार्यक्रमको अन्त्यमा साउने संक्रातीको भोज भत्तेर खाई बेलुकी घाम डुबे पछि किराया हङकङका कुबीमी श्री मैत्र कुमार राई बिभाग संयोजक श्री हित बहादुर कोयी राईज्युले राँके बालि लुतो मैला सबै जावस । घरमा सुख शान्ति आवस भनि प्रार्थना गर्दै राँकेलाई बाटो कटाएका थिए ।