२६ अक्टुबर २०१४ – युनलङ चुलाघरमा मनाईएको देउसे भैलो कार्यक्रमका केही झलकहरु
२६ अक्टुबर २०१४ – युनलङ चुलाघरमा मनाईएको देउसे भैलो कार्यक्रमका केही झलकहरु
18 May 2014, हङकङबासी किरात राईहरुले ताइमोशान डाँडामा भव्यताकासाथ उभौली साकेला मनाइयो। यसै अवसरमा किरात राई यायोक्खा हङकङको मुखपत्र “यलम्बर”को पनि लोकार्पण गारियो। यही मुखपत्र प्रकाशनको निम्ति योगदान गरेबापत सम्पादक किन्दर राई र प्रकाशन विभाग प्रमुख बज्र कुमार थुलुङ राई लाई यायोक्खाले शीरमा फेटा गुथाएर सम्मान गर्यो।
१८ मे, २०१४ आइतबारका दिन हङकङको ताइमोसान डाडा स्थित यलम्बर पार्कमा किरात राई यायोक्खा हङकङको आयोजनामा किरातहरुको महान चाड साकेला (उभौली) भव्यताका साथ सम्पन्न । उक्त अवसरमा बि.बि.क्यू.का साथै विविध किरात परिकार खादै साकेला शिली नाच्नुका साथै कि.रा.या. हङकङको मुख पत्र यलम्बर तथा महेन्द्र राईको वान्तावा राई भाषामा रहेको गीती एल्वम साकेला मुन्दुम–२०७१ को विमोचन समेत गरिएको थियो ।
५ अप्रिल २०१४, किरात राई यायोक्खा, हङकङले युनलङस्थित आफ्नो चुलाघरमा बुझबुझारत, विदाई तथा पदास्थापन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको विदाई कार्यक्रमानुसार पुर्व पदाधिकारीहरु निकिशा राई, लोकराज राई, कमल राई, रविचन्द्र राई र लिला राईलाई संस्थागत योगदानको कदर गर्दै प्रशंशा-पत्र प्रदान गरेर विदाई गरिएको थियो भने पदास्थापनतर्फ बर्तमान कार्य समितिका पाँचजना सल्लाहकार हेजेन राई, रामली राई, किसन राई, प्रताप राई र वसन्तकुमारी राईलाई सल्लाहकार नियुक्त गरियो।
नवनियुक्त पदाधिकारीहरु मध्ये पुरुषको शीरमा फेटा र महिलाको शीरमा मजेत्रो (सल), गुथेर स्वागत, सम्मान गर्नुकासाथै पदास्थापन प्रमाण-पत्र पनि प्रदान गरिएको थियो। सो संस्थाले पितृपूजक प्रमुख कुबिमी (धामी) श्रेष्ट बहादुर राई र सहायक कुबिमी (धामी) नारायण प्रसाद राईलाई नियुक्त गरेकोछ। उहाँहरुलाई पनि सोही अनुसार पदास्थापन प्रमाण-पत्र प्रदान र शीरमा फेटा गुथेर सम्मन गरिएको थियो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समितिका सल्लाहकार तथा सामुहिक चुलाघर खरीद तथा व्यवस्थापन विभागका मूल संयोजक हेजेन राईले लिपी,भषा,धर्म-संस्कार, संस्कृति,योगदान,इतिहास आदि दोस्रो पुस्ताबाट लोप हुँदै जाने खतरापति इंगित गर्दै कार्य समितिले उनीहरुका निम्ति विशेष आकर्षक,ज्ञानवर्धक र दिर्घकालिन योजना र कार्यक्रमहरु ल्याएर कार्यान्वयन गर्नु पर्ने सुझाव दिनु भयो।
आफ्नो भनाईलाई जोड्दै यी सकारात्मक र सत्य कुराहरुमा सम्पुर्ण किरात राईको आचरण र व्यवहार एकमत, एकरुप र एकबद्ध हुनुपर्छ-उहाँले भन्नु भयो। संस्थाका अध्यक्ष शशीमदन राईले किरात राईहरुको संस्कार,संस्कृतिको संस्थागत र व्यक्तिगत तबरले जगेर्ना गर्ने कार्यमा आफू सदैव प्रयत्नशील रहने प्रतिबद्धता जनाउँदै अफ्नो नेतृत्वको तात्कालिन कार्य समितिमा समितिकै पदाधिकारीको प्रमुखतामा १५ वटा विभाग गठन गरेर कार्य विभाजन गरेको जानकारी पनि दिनु भयो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष राईले आफ्नो नेतृत्वको समितिलाई सबैको साथ/सहयोग र हौसला रहने विश्वासकासाथ उपस्थित सबैमा धन्यवाद दिंदै कार्यक्रमको समापन गर्नु भएको थियो।