किराती चाड साक्खेवा: परिचयात्मक अध्ययन

किराती चाड साक्खेवा: परिचयात्मक अध्ययन

पृष्टभूमि ः संसारका सबैदेशमा मानिसहरु चाडबाड मनाउछन् । आ– आफ्नो जाती, धर्म रितीरिवाज र परम्परा अनुरुप मनाइने सबैका चाडपर्वहरुको गरिमा र महत्व पनि आ–आफ्नै खालका हुन्छन् । सामाजिक विकासको क्रममा मानव जातिले भोगेका विशिष्ट घटनाहरुको पुनराबृति र स्मरण गर्दै रहनेक्रमा विकशीत चाडपर्वहरु महत्व केवल मनोरञ्जन प्राप्तीमा मात्र नरहेर त्यो सम्प्रदायको गौरबमय इतिहासलाई जोगाउदै उनीहरुको सामुहिक हितको निम्ति सधै मिलेर एकतावद्धरुपमा अघि बढ्ने शत्तिरुपी प्रेरणा प्राप्त गर्न समेत रहेको हुन्छ । देवता वा सुर भनिइएकाहरु हिन्दु –आर्यहरुले दानव,असुर वा राक्षस भनिइएका गैह्र हिन्दु वा अनार्य आदिवासी जातिहरु मथि विजयगरी अधिकार जमाएका घटनामा आधारित हिन्दु पर्व दशै वा विजय दशमी, इसाई, वा क्रिश्चियन धर्मका प्रतिपादक यशुक्रिष्टको जन्मदिनको उपलक्ष्यमा मनाईने इसाई पर्व क्रिसमास, इश्लाम धर्मगुरु पैगम्वर मुहम्मदको जन्मदिनको जन्मदिनको उपलक्ष्यमा मानिने मुसलमानी ( इशलाम ) पर्व इद, गौतमबुद्ध जन्मेका दिनको सम्झनामा मनाइने वौद्ध पर्व बुद्धजयन्ति, नयावर्ष थालनीको खुसियालीमा मानिने तिब्वतीपर्व ल्होसार, माईतीको दिर्घायुको निम्ति नेपालका चेलिबेटिबाट गरिने माईती पूजा पर्व भाइटिका (तिहार ), होलिकाको आत्मदानको स्मिृतिमा ( विशेष नेपालको तराइक्षेत्र र भारतमा) मनाईने हिन्दु पर्व होली (फागु ) एकवर्ष अघि मरेका आफन्तका सम्झनामा सम्पदान गरिने नेवारी पवै गाईजात्रा, तराई क्षेत्रमा अर्को प्रचलित पर्व छठ आदि नेपाल भित्र र बाहिरका विविद्य सास्कृतिक सम्प्रदायहरु विच मनाईने विशेष चाडपर्वहरु हुन् । यसबाहेक परापुर्व कालदेखि नेपालको सामाजिक, सास्कृतिक तथा धार्मिक क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान राख्ने खम्बू राई किरातीहरु हरेक सालको उभौंली वा वालीनाली लगाउने बेला साक्खेवा र पाकेका नयाँ वालीहरु खाने बेला चा–छौवा न्वागी जस्ता आफ्नै परम्परागत चाडहरु विशेषरुपमा मनाउने गर्दछन् ।
त्यसर्थ साक्खेवा नेपालका आदिवासी खम्बु राई किरातीहरुको एउटा महान चाड हो । यसले किरातीमात्रलाई चिनाउनको साथै उनीहरुको प्राचिन इतिहासलाई जोगाएर नेपालको सास्कृतिक गरिमालाई बढाउन समेत ठूलो सहयोग पु¥याएको छ । त्यसर्थ संसारकै अन्यभागहरुमा नभएका नेपालका आदिवासी यी खम्बु राई किरातीहरुका सास्कृति सम्पदाको संरक्षण उनिहरुको सास्कुतिक पहिचानको निम्ति नभई सिङगै देशको गरिमा र इतिहासलाई बचाई राख्नको. लागि समेत अपरिहार्य रहेको छ । तर नेपाल एकिकरण पश्चान शासक वर्गहरु बाट अवलम्वन गरिएको अति हिनदुबादी गलत नितिको कारण हिन्दु वाहेक अन्य सास्कृतिक सम्प्रदायरुपी फूलहरुले यहाँ फूल्ने फक्रने समान अवसर पाउन सकेनन् । एकजाति– एकदेश, एकभाषा–एक धर्मको हिन्दुअधिनायकवादी सास्कृतिक अतिक्रमण चलाई गैह्र हिन्दु वा आदिवासी जनजातिहरुको हित र चाहना विपरित जवरजस्त हिन्दु धर्म सस्कारहरुका साथै खस भाषा लाद्ने हिन्दुकरण(जष्लमगष्कबतष्यल ) को विनाशकारी अभियान चलाइयो । जसको परिमाण स्वारुप नेपालका मौलिक संस्कृतिका धनि कतिपय आदिवासी तथा जनजातिहरुले आफ्नो सास्कृतिक अस्तित्व गुमाउन पुगे भने कतिलाई संकटपूर्ण स्थितिमा ल्याइपु¥याएका छन् । प्रजातन्त्रको पुनः स्थापना पछिको वर्तमान स्थितिमा पनि शासकवर्गहरुले आफ्नो परम्परागत हिन्दु अधिनायकवादी रवैयालाई त्याग्न नसक्नु, शासकहरुको हिन्दुकरण अभियानलाई मातगर्दो क्रिस्चियन करणको बढदो चाप, युगौलामो शोषण उत्पिडनको कारण सृजित आदिवासी जनजातिहरु ीवचको अशिक्षा, गरिवी, वेरोजगारी, सामाजिक अचेतना, कुपोषण रोग,सामाजिक विभेदीकरण, भू–विस्थापन, परम्परागत शीप र प्रविधीहरुको विनाश, वैज्ञानिक शिक्षाको नाममा युवावर्ग विच आफ्ना सामाजिक मूल्यमान्यता र परम्पराहरु प्रति बढ्दो वितृष्णभाव, आधुनिकिकरणको खोल सँगै बढ्दो पश्चिमेली संस्कृतिको अन्धानुकरण, आदिवासी बुद्धिजिवी तथा राजनेताहरुको वेश्याप्रवृती र नैराश्यता, गैर आदिवासी वुद्धिजिवी, मानवअधिकारवादी तथा सामाजिक कार्यकर्ताहरुको पूर्वग्रहिता आदि अनेक समस्याहरुको कारण नेपालको मौलिक संस्कृतिक सम्पदाको धनि आदिवासी तथा जनजाति मध्यका खम्बु राई किरातीहरुको भाषा धर्म तथा संस्कारहरु जस्ता सांस्कृतिक सम्पदाहरु समेत दिन प्रतिदिन संकटपूर्ण स्थितिमा पुग्न लागेका छन् । यसता अमूल्य राष्ट्रिय सम्पदाहरुको संरक्षणको व्यावस्था तत्काल गरिनु जरुरी छ, अन्यथा प्राचिन संस्कृतिका धनी यी आदिवासी खम्बुराईहरुको संस्कृतिक पहिचानको विनास सँगै नेपालको राष्ट्रिय गरिमा समेत निश्चितरुपमा समाप्त हुन जानेछ । यहि वस्तुगत स्थितिलाई ध्यानमा राखि यी आदिवासी खम्बु राई किरातीहरुको महान चाड साक्खेवा बारे सामान्य जानकारी गराउदै यसको रक्षार्थ आवाश्यक चेतनाको अभिबृद्धि गर्दै यस महानकार्यमा सम्पूर्ण आदिवासी तथा गैह्र आदिवासी, स्वाभिमानी, बुद्धिजिवी,समाजसेवी राजनितिक कार्यकर्ता , मानवअधिकारवादी, विद्यार्थी, स्वातन्त्रता, समानता, सामाजिक न्याय र प्रजातन्त्रका सच्चा पुजारीहरुको साझेदारिताको लागि यो किराती चाड साक्खेवा ः परिचयात्मक अध्ययनको पुन ः प्रकाशनलाई आवश्यक र औचित्यपूर्ण ठहर गरि यस किरातीपर्व साक्खेवा २०५५ को सौगात स्वरुप तपाईहरुमा समर्पण गरेका छौं । अध्ययन मनन पश्चात जस्तो नेपालको राष्ट्रिय सांस्कृतिक सम्पदायको संरक्षणमा आफूलाई समेत समाहित गरि युगप्रदत्त आफ्नो दायित्व वहन गर्ने महानधर्मको पालना सबैबाट हुनेनै छ ।
साक्खेवाको परिचय ः

साक्खेवा नेपालको आदिवासी खम्बु (राई) किरातीहरुको एउटा महान चाड हो । यसलाई माझकिरात क्षेत्र अर्थात भोजपुर,ओखलढुङा,खोटाङ, उदयपुर, सोलुखुम्बु आदि जिल्लाहरुमा परम्परागतरुपमा वसोवास गर्दै आएका खम्बु (राई) किरातीहरु र सुनुवारहरु समेतले आ–आफ्ना र क्षेत्रहरुमा साक्खेवा, साकेन्वा (वान्तवा ) साकाला, साकेला, फागु ( चाम्लिङ ) साक्ले, तोष( थुलुङ) तोषी, भूमेपुजा ( कुलुङ ) र चण्डी ( अपभ्रमसति ) आदि विविध नामहरुले चिन्ने गर्दछन् । यसको उत्पति बारे विभिन्न खम्बु किराती समाजहरुमा विविध खाले आख्यान र किंवदन्तिहरु प्रचलित छन् तापनि हालसम्म यसबारे कुनै ठोस र व्यवस्थित अध्ययनको काम नभएकोले साक्खेवाको उत्पति कहिले र कसरी भयो भन्ने यकिन छैन । जेहोस प्राय सबैखाले खम्बु (राई ) किराती समाजहरु विच समानरुपमा रहेको यसको धार्मिक–सांस्कृतिक महत्व र साक्खेवा लाक ( नाच ) का विविद्य सिल्ली – मबलअष्लन उबततभचलक) हरुले साकेवाको थालनी किरात सभ्यताको झुल्को सँगै भएको तथ्यलाई पुष्टि गर्दछ । हिन्दु, बौद्ध, जैन, मुश्लिम,(इस्लाम ) क्रिस्चियन आदि अन्य धर्मालम्वी सम्प्रदायहरु भन्दा भिन्नै आश्था र परम्पराको धनि खम्बु राई किरातीहरु पारुहाङ र सुम्निमालाई पहिलो सृष्टि कर्ता मान्दछन् र आफ्ना अमूल्य जीवनदाता मातापिताका साथै स्वास्छपूर्ण तथा सम्मानित जीवन भोगी स्वाभाविक मृत्युवरण गरेका सम्पूर्ण पितापूर्खाहरुका अमर आत्माहरुलाई साम्खामाङ वा कुलदेवताका रुपमा आफ्ना घर अगेनाका चुल्हा सुप्तुलुङ हरुमा स्थापना गरि पुज्ने गर्दछन् । किरातीहरु मान्छेको हरेक सुख दु ःखमा पैतृक आत्महरुका साथै धरती, आकास, घाम,पानी, वृक्ष,नाग आदि जस्ता प्रकृति शक्तिहरुको समेत ठूलो हातरहेको हुन्छ भन्ने कुरामा विश्वास गर्नेहुदाँ त्यसता प्राकृतिक शक्तिहरुलाई साक्खेवामाङ वा प्रकृतिक देवताकोरुपमा पुजा गर्ने गर्दछन् । कृर्षिमा आधारित जिवन विताउने खम्बु राई किरातीहरु हरेका बाली लगाउने उभौली र बाली थन्काउने उधौली को बेला यिनै पैतृक र प्राकृतिक शक्तिहरुलाई राम्रो कृषि उपज प्राकृतिक वातावरणिय सन्तुलन तथा मानविय सुख समुद्धिको निम्ति पुज्ने गर्दछन् । यसरी उभौंली मा बैशाखेपुर्णे देखी औसी सम्म र उधौंलीमा मंसिरे पुर्णे देखी औसीसम्म आफ्ना कुल पुजारी नाक्छौङ वा वोङवाहरुको साहयतामा मूल साक्खेवानाक्छौङहरुद्धारा आ– आफ्नो गाउँका स्थानहरुमा स्थापित साक्खेवामाङ वा साकालाटाङ हरुमा गई अदुवा, अक्षता, चोखो जाँड रक्सीका सोलेवा, माछा,मृग तथा गाई गोरुका मासु र कुखुरा सुगुँरका भोग बली चढाई गरिने प्रकृति र पैतृक शक्तिहरुको पुजा आराधाना गर्ने पर्वनै साक्खेवा हो । “ उभौलीमा वर्षा लाग्यो बाली नाली लगाउने बेला भयो, वातवरण सन्तुलित पारी मानव सुख समृद्धिमा सघाउ पुराउनु भनि, र उधौलीमा हाम्रा बाली नालीहरु राम्रा भए, धन्य छौ भनि धन्यवाद ज्ञापनको (तजबलप नष्खष्लन) रुपमा लिईने यस पर्वमा सबै देश प्रदेश गएका दाजुभाइ, पराई घर गएका चेली, छिमेकी इष्टमित्रहरु समेत भेला भई ढोलझ्याम्टाहरु बजाई विशाल बृत्ताकाररुपमा नाच्ने, गाउने र भोजभतेरहरुको बन्दोबस्त गरी असिम आनन्द लिने काम गरिन्छ ।“ यसरी साक्खेवा किरातीहरुको राष्ट्रिय पहिचान गराउने नेपालको एउटा प्राचिन ऐतिहासिक सांस्कृतिक सम्पदा हो ।

साकेवाको महत्व क्ष्लउयचतबलअभ
किराती समाजमा साकेवाको बहुपक्षिप महत्व रहेको छ जसलाई निम्न वुदाँको आधारमा केलाउन सकिन्छ । जस्तै ः
१) ऐतिहासिक ज्ष्कचयचष्अब िस् साकेवाको पुजनविधी र नाच्ने शैली वा शिलीहरुले नेपालमा किराती जातिको प्राचिनता वा ऐतिहासिक गरिमाको उदवोधन गर्दछ । यसमा नाचिने नाकी, चाप्चा, भेत्पा, वापा, झ्याक्वा, सुम्दी, चासुम, पारु, सिकी आदि सिलीले घुमन्ते युगपछि सिकारी र पशुपालन र कृषि युगहरु पार गर्दै मान्छेले आएको छ भन्ने कुराको सहज अभिव्यक्ति प्रदान गर्दछ ।
२) सामाजिक क्यअष्ब िस् साकेवामा विवाहित चेलिवेटी, देश परदेश गएका दाजुभाइका साथै गाँउ छिमेकका इष्टमित्रहरुको विचमा भेटघाट र सामुहिक मानिसहरु एउटा वृत्तकारकार हर्ष र उमंग साथ नाच्ने परम्पराले उनीहरु वितका पुराना द्धेष र ईष्र्याहरुको अन्त्यभई आपसी मैत्री र सदभावपूर्ण सम्वन्धलाई बढाई सामाजिक एकतालाई बढवा दिन्छ । यतिमात्र होइनन् कतिपय युवायुवतीहरु विच प्रेमको शुभारम्भ समेत गराई दुई भिन्न परिवारहरु विच नयाँ सम्बन्धको अभिबृद्धि पनि गराउदछ ।
३) आर्थिक भ्अयलयmष्भ साकेवा पर्वले हरेक वाली लगाउने र थन्काउने समय छुट्टाई कृषकहरुलाई बढि भन्दा बढि अन्न तथा कपडाहरु उत्पादन गर्ने प्रेरणा प्रदान गर्दछ । यसमा नाचिने चासुम र सिकी शिल्लीहरुले त नयाँ पिढीका युवायुवतीहरुलाई खेति गर्ने प्रविधी र कपडा बुन्ने शीपहरु प्रति समेत प्रेरित र आकर्षित गर्दछ ।
४) मनोरञ्जन र साँस्कृतिक आदन प्रदान ः साकेवाले आफन्तहरु विच आपसि भेटघाटको साथै नयाँ पुराना पिडीहरुलाई आफ्ना सास्कृतिक मूल्य र मान्यताहरु रीति रिवाजहरुको लेनदेन पनि गराउछ र नृत्य र गायनद्धारा उनीहरुलाई मनोरञ्जन पनि दिलाउछ ।
५) धार्मिक च्भष्निष्यगकस् हरेक साकेवा पर्वमा किरातीहरु नाच्न गाउनका साथै आफ्ना कुल पित्रहरुको पुजा अर्चना गरेर आफलन्तहरुलाई मिठो मसिनो खाना खान दिएर आफ्ना आध्यात्मीक कर्तव्य पनि पुरा गदैछन् ।
६) शारीरिक एजष्कष्अबस् िप्राय पूर्णे देखि औंसी सम्मै निरन्तर नाचिने साकेवा सिलीवाट सहभागीहरुको हात खुट्टाका मांसपेशीहरुको कसरत पुग्नका साथै कुल देवतालाई वलि चढाएका पशुपंक्षीका मासु प्रशस्त खान पाउने हुदा उनीहरुको पौष्टिक कमिको आपुर्ति हुन जाने हुंदा उनीहरुमा शारीरिक र मानसिक विकासमा सघाउ पु¥याउदछ । यसरी बहुपक्षीय महत्व रहेको नभई यसले किराती जातिको राष्ट्रिय पहिचान गराउनुको साथै नेपालको राष्ट्रिय गरिमालाई समेत बढाउने काम गरेको छ ।
पुजन विधी ः किराती आफ्नै होमे धामी, कुलपुजारी नाकछोङ, नछोङ वा वाङपा माङपाहरुद्धारा साकेवा पुजा सम्पन्न गर्दछन् । ( वाहुन, पुरोहित, बौद्ध लामा वा इशाई पादरीहरु लगाउदैनन् ) साकेवाको पुजनविद्यीलाई मोटामोटी रुपमा तीन चरणमा वाड्न सकिन्छ । जस्तै ः
क) हुत्लुङ वा हुइलुङ यो साकेवाको पारम्भीक चरण हो । यसमा हरेक कुलपुजारीहरु आ–आफ्नो गाँउ क्षेत्र भित्रका प्रत्येक खम्बू राई का घरमा ढोले, झ्याम्टे र शिली माङपा, शिली माङमाहरु सहित गई चुला पुज्ने काम गर्दछन् । जसलाई हुत्लुङ (हुइलुङ) पुज्ने भनिन्छ ।
ख) साक्खेवा पुजा ः सबै कुलपुजारी नाक्छोङहरुले हुत्लुङ पुजी सकेपछि निश्चित तोकिएको दिन साक्खेवा नाक्छोङ मूल पुजारी ले अन्य कुल पुजारी समेतको सहयोग र संलग्नताको मुख्य साक्खेवाको थलोमा गई साक्खेवाको पुजा गरि सम्पूर्ण गाउँ, घर तथा मात्रको सुख संवृद्धिको निम्ति माग गर्दछ ।
ग) सेउली लगाउने वा नाच डुलाउने ः साक्खेवाको अन्तिम चरणमा सेउली गाड्ने वा नाच डुलाउने काम हुन्छ । साक्खेवा थानको पुजा सम्पन्न भएपछि हरके नाक्छोङहरुले साक्खेवाको “सह“ वोकेर सेउली आफ्नो धनुषवाण गाड्दै आ–आफ्ना क्षेत्रका घर घरमा गई नचाउने काम गर्दछन् । जसलाई माङ हुल्ने भनिन्छ । नाचिसकेपछि नाचका सहभागी रमितेहरु सबैलाई जाँड रक्सीका घ्याम्पाहरु राखी साक्खेवा सिद्धि गराइन्छ । सबै गाउ वा घरहरुमा नाच्ने काम समाप्त भएपछि अष्टमी वा औंसी भित्रमा नाक्छोङहरुले आ–आफ्नो घरमा गई नाचको विधिवत समापन गर्दछन् यसलाई सेउली सेलाउने भनिन्छ ।
साक्खेवा शिल्ली साक्खेवा शिल्ली आदिवासी किराती जातिको महान चाड साक्खेवा को अवसरमा आफ्ना पैतृक र प्राकृतिक शक्तिहरुलाई खुशी पारी आफ्नो सुख समृद्धिको निम्ति ढोल झ्याम्टाको तालमा विशाल बृत्तकाररुपमा नाचिने परम्परगत धार्मिक नृत्य हो । यसमा इच्छुक सबै युवा प्रौढ, महिला ,पुरुष, आफन्त, पराई मिली सवैले सामुहिक रुपमा नृत्य गरिन्छ । यसले गर्दा सहभागीहरु विच आपसी प्रेम, भातृत्व र स्नेह बढ्न जान्छ । मानव सभ्यताको प्राचिन इतिहासलाई जीवन्त राख्ने साक्खेवा शिल्लीलाई तीन भागमा बाड्न सकिन्छ । जस्तै ः
१ ) पशुपंक्षी अनुकरण शिल्ली ँयध िबलम बलष्mब िक्ष्mष्तबतष्यलस् साकेवा चाप्चा, भेप्पा, नाकी, वापा शिली,झ्याक्वा, मक्वा, नरोवा आदि शिल्लीहरुमा सूर्य, बाघ, भालु,कुखुरा, कालिज,क¥याङ कुरुङ आदि पशु पंक्षीहरुको अनुकरणात्मक अभिनय गरेर चरम आनन्द लिइन्छ । जसले सभ्यताको विकासक्रममा किरातीहरुले नाच्ने कला ती पशुहरुबाटै सिकीके थिए पुष्टी पार्दछ ।
२) कृषिगतिविधिमा आधारित शिलीहरु म्बलअष्लन उबततभचल दबकभम यल बनचभअयलयmष्भ बअतष्खष्तष्भक स् यस अन्तर्गतका चासुम, खावा, खोक्ली आदि शिल्लीहरु शिकार खेल्ने भस्मेफडानी, विउ छर्ने। रोप्ने गोड्ने, काट्ने, थन्काउने, कुट्ने, पिध्ने आदि कृषिसँग सम्बन्धित अभिनयहरु गरिन्छन् । यसले शिकारी युग हुदैं कृषि युगको थालनी किरातीहरु बट पुष्टि गर्दछ ।
३) खानपान तथा मनोरञ्जनात्मक शिल्ली म्बलअष्लन, ाययम उचभउबचष्लन बलम च्भअचभबतष्यलब िम्बलअष्लन उबततभचलक स् यस अन्तर्गत सुम्दी शिली, पारु शिली , तयामा –खियामा शिल्ली , शिका शिल्ली, चास्कोक शिल्ली आदि शिलीहरुले कुट्ने पिध्ने, पस्किने, खाने,नहाउने, कपडा बुन्ने, लुगा लाउने, फूल टिप्ने, टिका लगाउने , केश कोर्ने वा अभिवादन गर्ने जस्ता मानविय व्यावहारको विकाश कसरी भए भन्ने कुरोको अभिव्यक्ति प्रदान गर्दै प्राचीन किराती सभ्यताको पहिचान गराउदछ ।
यसरी आदिवासी किराती जातिको पर्वमा नाचिने यि विविद्य खाले शिल्ली वा नाचका भाव भंगिमा शैलिहरुले प्राचिन किराती रहन सहन तथा आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक जीवनको शसक्त उद्वोधन गर्दछ तसर्थ साकेवा शिल्ली किराती जाति मात्र नभई सिंगै देशको सांस्कृतिक इतिहासको पहिचान गराउने जिवन्त सांस्कृतिक ग्रन्थ हो । तर वाह्य जातिको शोषण र उत्पिडनको कारण सामाजिक आर्थिक रुपमा पिछडीनु शासक वर्गहरुले गलत सांस्कृतिक धरोहरहरुको रुपमा रहेको साक्खेवा दिनानुदिन विनाशको स्थितीमा पुग्न लागेको छ । यसो हुनु सिंगै राष्ट्रको निम्ति राम्रो लक्षण सर्वद्धन वा विस्तारको निम्ति समय मै जागरुक भई लाग्न एस्वभिमानी बिराती बन्धु साथै प्रजानान्त्रिक सरकारको ध्यान जानु जरुरी छ त्यसका लागि निम्न सुझावहरु प््रास्तुत छन् ।
१) साक्खेवाको निश्चित अध्ययन गरी एकिकृत रुपमा अभिलेखीत गरिनु पर्दछ ।
२) अति पुराना भई नाुक स्थितिमा रहेका महत्वपूर्ण र ऐतिहासिक साक्खेवा स्थलहरुको मर्मत,
संहार तथा विस्तारको बन्दोबस्त गरिनु पर्दछ ।
३) सम्भवत भए सम्म प्रत्येक साकेवा प्रेमी किराती राई बन्धुहरुले हरेक सालको साकेवाको बेला खुशी र उमंग बोकेर आफ्नै मूलथलो माझ किरात क्षेत्रमा गई साकेवा मनाउने गर्नु पर्छ ।
४) आफ्नो धर्म संस्कृतिमारक्षर्थ प्रत्येक खम्बू राई किरात घरहरुका अनिवार्य साम्खादाव्वे – मेचुलिङ –सुप्तुलुङ ) उस्थापना गरि हरेक साक्खेवा र चाछौवाको वेला आफ्नो पैतृक आत्माहरु प्रति श्रद्धाञ्जलि पुजा सम्पादन गर्ने प्रयास गर्नु पर्दछ ।
५) आधुनिक शिक्षाको नाममा आफ्ना मौलिक सामाजिक सांस्कृतिक मूल्य र मान्यताबाट विमुख हुन लागेमा युवा पिढीमा सांस्कृतिक जागरण ल्याउन आवश्यक कदमहरु चाल्नु पर्छ ।
६) किराती सभ्यता र ईतिहासको धरोहरको रुपमा रहेको साकेवाको संरक्षणार्थ हरेक गाँउ, टोल र बस्तीहरुमा दश शिली अगुवाहरुको निर्माण गर्न विशेष तालिमहरु संचालन गर्नु पर्दछ ,
७) किराती धर्मग्रन्थ मुध्दुम्को स्रोतको रुपमा रहेमा नाकछोङहरुलाई समुचित सुविधा र सम्मान प्रदान गर्नु पर्दछ ।
८) किराती चाड पर्व साकेवा र चाछेवा (न्वागी) लाई पनि अन्य जाति तथा धार्मिक सम्प्रदायक चाडपर्वलाई झै राष्ट्रिय मान्यता प्रदान गरि सरकारी विदाको व्यावस्था गरिनु पर्दछ ।

अन्तमा हामी आदिवासी किराती जातिको महान पर्व साकेवा २०५२ को सुखद उपलक्ष्यमा सम्पस्र्ण देशविदेशीहरु प््राति सुखद शान्ति र समृद्धिको कामना गर्दै सकेवा शिली कार्यक्रममा सहभागी भई देशको अति प्राचिन संस्कृतिक सम्पदाको संरक्षणमा जुट्को निम्ति सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक आव्हान छ ।

धन्यावाद ।