किराँत काल

किराँत काल

नेपाल एउटा अत्यन्त प्राचीन देश हो । जसमाथी अतीतमा कैयौं राजबँगहरुल ेशासन गरका थिए । ती मध्य किराँत काल सबैभन्दा लामो शासनकाल रहेकोले यसको निकै महत्व रहेको छ । यो शासनकाल पुर्ब ऐतीहासीकालबाट सुरु भइ ऐतीहासिक कालसम्म रहेको थियो । प्राचिन हिन्दु धर्म ग्रन्थहरुमा नेपाललाई किराँत देश भनि उल्लेख गरिएको पाइन्छ ।

कराँतहरु मंगोलियन मुलका आदिबासीहरु थिए । तीनिहरु बलियो र छोटो कदका निल्केका गालाका हड्डीहरु थेप्चो नाक । सानो काला आँखाहरु पाताला जुँगदाह्री भएका मानिसहरु थिए । तिनीहरु सुरो र आँटिला लड्काहरु धनुबिआमा अती पोख्त निपुण थिए । किराँतहरुका आगमन भन्दा अगाडी उपत्यकामा राजा भुवनसिंहलाई किराँत बंसी प्रथमा राजा यलम्बरले परास्त गरेर किरातबैशस् शासनको जग बसाले । यो किराँत शासन लगभग १२२५ सम्म रहयो। उपत्यकामा आफ्नो आधिपात्य आइसकेपछि किरातहरुले मातातीर्थलाई आफ्नो राजधानी बनाए । यलम्बरको पालामा किराँत राज्य पुर्बमा टिष्टा र पश्चिममा त्रिशुली सम्म फैएिको थियो । एउटा किंबदन्ती अनुसार राजा यलम्बर कौरब र पाण्डब बिच भएको महभारतको युद्ध हेर्न गएका थिए । उनी यती बहादुर शत्तिसालि थिए की कतै उनले कौरब हरुका पक्ष पो लिने हो की भन्ने शंका गरि भगवान कृष्णले युद्ध सुरु हुनुभन्दा अगाडी नै उनको शिरोच्छेदन गरि बध गरेका थिए । आज किराँतहरु उनलाई इश्वरिय राजाकोरुपमा श्रद्धा गर्ने गर्दछन् ।
बिलियम कर्कपेट्रिकले आफ्नो बंशवालिमा किराँत शासनकाल इशापुर्ब ९०० बर्षदेखि इशापुर्ब ३०० बर्षसम्म रहेको उल्लेख गरेको छ । यो लामा शासनकालमा जम्मा २९ किराँत राजाहरुले शासन चढाएका थिए । ती २९ राजाहरु यस प्रकार थिए ।

१. यलम्बर २.पबि ३.स्कन्धर ४.बलम्बा ५.छिती ६. हुम्ती ७.जितेदास्ती ८.गालिन्जा ९.पुश्का १०.सुर्यमा ११.पापा १२.बुन्का १३.स्वानन्दा १४.स्थुन्को१५.जिँघरी १६.नाने १७. लुका १८.थोर १९.थोको २०. बर्मा २१. गुजा २२. पुष्कर २३. केशु २४. साजा २५. सान्सा २६. गुनाम २७. रिवम्भु २८. पटुका २९. गस्ती

किराँत बंशका सातौ राजा जितेदास्तीको पालामा भगवान् गौतम बुद्ध आफ्नो कैंयौ शिष्यहरुसँग उपत्यका भ्रमणमा आएका थिए । उनले स्वयम्भू , स्यसरि आदी पबित्र स्थानहरुमा भ्रमण गरे तथता आफ्नो धार्मिक प्रबचनहरु दिएका थिए । उपत्यकाको रिाँतहरुले उनीद्धारा प्रतीपादीत मत मानेनन् । तर भगवान् बुद्ध उनका शिष्यहरुको स्वागत गरेका थिए । कतै यस्तो पनि भनिएको छ की राजा जिते,दास्ती महाभारतको युद्धमा पाण्डबहरुलाइै सहयोग गरेका थिए । तर यो ऐतीहासीक क्रममा नमिल्ने प्रसंग हो । किनकि अर्को जनश्रुती अनुसार महाभारतको युद्ध राजा यलम्बरको पालामका भएको थियो । इशापुर्ब लगभग २५० सालमा जब चौंधौं किराँत राजा स्थुनको शासन चल्दैथियो । भारतका सम्राट अशोक महान् नेपालमा आएका थिए । सम्राट अशोकले आफ्ना शिलालेखहरु चट्टानहरु एउटा प्रस्तर स्तम्भमा कुँद्न लगाएका थिए । अशोक स्तम्भको नामाले उत्त स्तम् भ आजसम्म पनि छदैछ । डा. फुहरले डिसेम्बर सन् १९८५ मा उत्त स्तम्भ पत्ता नलगाएसम्म बिखलाई यसबारे कनै जानकारी थिएन । नेपाल सरकारले लुम्बीनि क्षेत्रलाई धार्मिक पर्यटन थलोकोरुपमा संरक्षण बिकास गर्ने उद्देश्यले एउटा गुरुयोजना तयार पारेको छ ।

सम्राट अशोक आफ्नो तीर्थाटनको क्रममा काठमाण्डु उपत्यका पनि आएका थिए । उनको छोरी राजकुमारी चारुमती पनि साथै आएकी थिइन् । उपत्यकामा उनले चार दिशमा चारवटा स्तुपहरु र पाटनको मध्यभागमा एउटा स्तुप निर्माण गर्न लगाएका थिए । यी स्तुपहरुले सम्राट अशोकले उपत्यका भ्रमण गरको ऐतीहासीक तथ्यलाई पुष्टि गर्दछ । अर्को ऐतीेहासी क तथ्य चाहिं उनले एक जना स्थानिय युबक देउपाल नामक रामकुकमरसँग आफ्नो छोरलि चारुमतीको बिबाह गरिदिनु हो । राजकुमार देउपाल र चारुमती पशुपती क्षेत्रको नजिकै रहेको चाबहिलमा निबास गर्थे । कालन्तरमा चारुमतीले आफ्नो पतीको निधनपछि उनको स्मृतीमा देवापतन भन्ने शहर बसाएकी थिइन् । पतीकी मृत्युपछि भिक्षुणी भएकी चारुमतीले भगवान् बुद्धको उपदेशहरु अभ्यास एबं मनन गर्न एउटा बिहार निर्माण गर्न लगाएकी थिइन् ।

यसप्रकार किराँतहरुको उदार शासनकालमा बौद्ध धर्म नेपाल भित्रेको थियो । ठीक त्यही समयमा बौद्ध धर्म जस्तै भारतमा महाबीर जैनद्धारा प्रतीपादीत अर्को जैन् धर्मको प्रचार भइरहेको थियो । यस सिलसिलमा लगभगद इशापुर्ब ३०० मा महाबिर जैनको एकजना शिष्य भद्रबाह नेपाल आएका थिए । त्यसबेला सत्रौं किराँत राजा जिंग्रीको शासनकाल थियो । तर बौद्ध धर्म जस्तै जैन धर्म नेपालमा लोकप्रिय हुन सकेन ।

त्यसपछि अठ्ठाइसौं किराँत राजा पटुकाको शासनकालमा सोमबासी राजाहरुलmे पश्चिम तर्फबाट कैंयौंपछक उनको राज्यमा आक्रमण गरे । यद्यपी राजा पटुकाले सफलतापुर्बक ती आक्रमणहरुलाई निष्फल तुल्याइदिएपनि उनि गोकर्णघाडी शंखमुलमा सर्न बाहध्य भए । त्यहाँ उनले पटुका नामले एउटा भब्य दरबार निर्माण गर्न लगाए । तर त्यहाँ हिजोआज पटुकाकाो कुनै अश्तीत्व छैन । त्यहँमात्रै पुरानो भन्नाबिशेषको ढिस्को देख्न सकिन्छ । पटुकाल शंखमुललाई एउटा शहर बनाए । किराँत कालमा अन्तीम राजा गस्ती थिए । उनी उउटा कमजोर सिद्ध भए । उनलाई सोमबासी राजा निमेषले हराएपछि शत्तिशाली किराँत शासनकालको अन्त्य भयो र जसले लगभग १२२५ बषसम्म लामो शासन गरेको थियो । पराजयपछि किराँतहरु पुर्बी नेपालको पहाडी इलाकाहरु तर्फ लागे र स–साना रजैटाहरुमा बिभाजित भएर बसोबास गर्न थाले । उनीहरुका बसोकास गर्ने क्षेत्रहरुमा तीन प्रदेशमा बाँडिएको थियो । वल्लो किराँत प्रदेश काठमाण्डे उपत्यका देखि पुर्ब, माझ किरँत पल्लो किराँत–काठमाण्डौं उपत्यकादेखि सुदुरपुर्ब आज पनि यी तीनै क्षेत्रमा किराँत जातीहरुको बाहुल्यता रहेको छ ।

किराँतकालीन सभ्यता तथ संस्कृती

किराँतहरुका दीर्घकालिन शासनले उनीहरु सबल तथा अत्यन्त सुब्यस्थित जाती भएको कुरा दर्शिन्छ । उनिहरुका समाज प्रशासनिक पद्धती र अर्थब्यवस्था अत्यन्त सुब्यवस्थित थिए । पदिबाट आएका उनीहरुका उत्तरधिकारी लिच्छबीहरुले पनि तीनीहरुकोबाट पाएका धरोहरलाई समुचित महत्व दिएका थिए । किराँतहरुले आफ्नो प्रभाब उपत्यका भित्र मात्रै होइन अपितु बाहिर पुर्बी देशमा पनि जमाएका थिए । अहिले पनि धेरै ठाउँहरु डाँडा तथा नदीहरुका नाउँ किराँत भाषामा नै रहेको पाइन्छ ।
किराँतहरुका स्वत्नत्र र उन्मुत्त समाज थियो । त्यहाँ लैङ्गीक भेदभाब थिएन ।सर्बसाधरणका लागी न्यायीक सेवा सुलभ बनाउन ठाउँ–ठाउँमा न्यायलय र अदालतहरु स्थापना गरिएका थिए तथा अपराधहरु नियन्त्रण गर्न समुचित ऐन कानुनहरु निर्माण गरेका थिए । ब्यापार बाणिज्य क्षेत्रमा पनि किराँतकालमा महत्वपुर्ण योगदान थियो । त्यसबेला भारत ,तीब्बत र चिन सँग नेपालको ब्यापारीक सम्बन्ध थियो । नेपालबाट मुख्य गरि उन , उनी बस्तुहरु काठपात तथा जडिबुटीहरु आयात हुन्थ्यो । चाणक्यले आफ्नो प्रसिद्ध ग्रन्थ कौटल्य अर्थशास्त्रमा बिहारमा(त्यसबेला मगध) नेपाली कम्बलको ठुलो बजार भएको तथ्य उल्लेख गरेका छन् । त्यसताका कृषीपेशमा भन्दा ब्यापारमा बढी आर्थीक सम्पन्नता भएकोले मानिसहरु ब्यपारमा बढी आकर्षित भएका हुन्थे । यसले गर्दा बिभिन्न जातीका मुलका मानिसहरु आफ्ना छुट्ट्र संस्कृती र रीतिरिवाज लिएर नेपालमा बसोबास गर्न आए । कालन्तरमा ती सबै मुख्य राष्ट्र धारमा सामहित भइ एउटा राष्ट्रको अभिन्न अंगकोरुपमा परिणत भए जसले गर्दा एउटा राष्ट्र भावानाको जन्म बिकार गर्न सहयोग पुग्यो ।

धर्मका् दृष्टिकोणले किराँत धर्म मुलतः प्रकृती पूजक थिए । उनिहरु घामजुन ,नदी,बृक्ष ,पशुपंक्षी र ढुंगा समेतको पुजा गर्थे । उनीहरुका आदी–देवता देबि पारुहाङ र सुम्नीमा थिए । हिन्दु धर्म भारतीय मुलका गोर्खाली शासकहरुका बिजयपछि मात्रै किराँतहरुमाथि थोपिएको थियो । किराँतहरु अन्य धर्म प्रथी उदार सहिष्णु थिए । यसै कारण किराँत शासनकालमा नेपालमा बौद्द धर्म फस्टाएको थियो । बाद्द धर्मले त्यसबेला एउटा नयाँ चासो र धारण जन्माएको थियो ।

किरँतहरुले नयाँ–नयाँ शहर बजारहरु बसाएका थिए । शंखमुल , मालातीर्थ थानकोट , खोप्से ,भादगाउँ र सँगा जनसंख्या भएका समृद्ध शहर थिए । यस कारण निश्चितरुपले भन्न सकिन्छ –किराँतकालले भाबि नेपालको सर्बोतोमुखि बिकास तगथा उन्नतीको मार्ग प्रशस्त गरिदिएको छ ।

                 समाप्त, शुभम्