हाम्रो बारेमा
किरात राई यायोक्खा हङकङ बारेमा
हङकङमा स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेका किरात राईहरुलाई एकै सूत्रमा गोलबन्द गर्दै किरात राईहरुको इतिहास, भाषा, लिपि, कला, साहित्य, धर्म, संस्कार र संस्कृतिको खोज, आन्वेषण, संरक्षण र संवद्र्धन गर्न, यी जातिलाई सामाजिक सरोकारका विविध क्षेत्रहरुमा अघि बढ्नको निम्ति उत्प्रेरित एवं मार्ग निर्देश गर्न, हङकङमा रहेका विभिन्न जात, जातीय समूह, सामाजिक संघसंस्था तथा अन्य निकायहरुसंग सम्पर्क र सम्बन्ध बढाउदै उनीहरुबीचमा किरात राईहरुको पहिचानलाई सजीव बनाई राख्न, हङकङमा रहेका किरात राईहरुको पहलमा किरात राई यायोक्खा हङकङ स्थापना भएको हो ।
किरात राई यायोक्खा हङकङ, सन २८ जनवरी १९९८ साल तदअनुसार २०५४ माघ १५ गते हङकङको सामाजिक कानुन (च्याप्टर १५१) अन्तर्गत स्थापना भएको संस्था हो । पछि यो संस्था ९ अगष्ट २०११ सालमा हङकङको कम्पनी कानुन (च्याप्टर ३२) अन्तर्गत पुन: दर्ता भै १९ मार्च २०१२ साल देखि हङकङको आन्तरिक कर कानुन (च्याप्टर ११२ को धारा ८८) अन्तर्गत च्यारिटेबल संस्थाको मान्यता प्राप्तगरि किरात राईहरुको साझा संस्थाको रुपमा स्थापित भएको छ ।
२८ जनवरी २००५ (२०६१ माघ १५ ) गते युनलङ स्थित भाडाको घरमा तत्कालिन अध्यक्ष श्री हेजेन राईज्युको अध्यक्षतामा नेपालको हात्तिबनबाट माटो (जहाँ किरातहरुको सामूहिक चूला स्थापना गरिएको थियो) र किरातेश्वर मन्दिरबाट फुल अक्षता ल्याई चूला स्थापना गरिएको थियो ।
किराया हङकङले २०१६ जनवरी २० तदअनुसार २०७२ माघ ६ गते २५,५३,००० (पच्चिसलाख त्रिपन्न हजार) एक मुष्ठ हङकङ डलर तिरी २५०० स्क्वयार फिट जग्गामा रहेको १ तले घर संस्थाको स्वमित्वमा खरिद गरेको थियो । यो घरको नाम नवौं अधिवेशनले सुप्तुलुङखिम राखेको छ । सुप्तुलुङखिम युनलङ निउ टेरीटोरी स्थित शान्तिन डिस्ट्रिक्टको किलुनचुङ भन्ने प्राकृतिक सुन्दरताले भरिएको अति रमणिय स्थलमा अवस्थित छ । यस क्षेत्रमा दोस्रो विश्व युद्धमा शहदात प्राप्त हाम्रो बीर गोर्खा लाहुरेहरुको चिहान समेत हङकङ सरकारले सेमिट्रिज गरेर राखेको छ ।
सम्बद्ध साझेदारहरू
हाम्रा साझेदारहरू








हामीलाई सम्पर्क गर्नुहोस्
सम्पर्कमा रहनुहोस्
आज हामीलाई सम्पर्क गर्नुहोस् हाम्रो असाधारण सेवा अनुभव गर्न र पत्ता लगाउनुहोस् कि हामी कसरी तपाइँको लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्न सक्छौं। हामी तपाईंको समयको कदर गर्छौं र धितो प्रक्रियामा तपाईंको मनको शान्ति सुनिश्चित गर्न समयमै र अन्तरदृष्टिपूर्ण प्रतिक्रियाहरू प्रदान गर्ने प्रयास गर्छौं।
सम्पर्क:
+९७७-९८५१०२९३५१
इमेल:
info@thulunghk.com
प्रधान कार्यालय:
हङकङ