किरात राई भाषाको उत्पत्ति तथा विकास

किरात राई भाषाको उत्पत्ति तथा विकास

“दश राई, दश भाषा, एउटै भान्सा” भन्ने उखान टुक्का नेपाली समाजमा परापूर्वकालदेखि प्रचलनमा छ । यसबाट के प्रमाणित हुन्छ भने राईहरु बहुभाषी भए तापनि सामाजिक मूल्य र मान्यताको आधारमा भेदभाव रहित एक समान छन् । समाज विकासको क्रममा किरात राई जातिहरु वर्तमान अवस्थामा आइपुगी, विद्यमान राईभाषीहरुको वैज्ञानिक अध्ययन गर्दा जम्मा २६ वटा भाषाहरु अझै बाचिरहेको पाइएको छ । यी राई भाषाहरुको सास्थागत रुपमा सर्भेक्षण भ्रमण सम्पन्न पछि, मूल्यांकन गर्दा सबैको अवस्था एकै रुपमा पाइएन । भौगोलिक बनावट, वक्ताहरुको संख्या, अन्य जातिहरूसँगको प्रस्पिर्धा साथै शिक्षाको कमी, आदिले भाषाहरुलाई प्रत्यक्ष असर पारेको पाईएको छ ।
किरात राई यायोक्खा, भाषा तथा साहित्य परिषदले २०५६ चैत महिनादेखि करीब पाँच हप्ते राई भाषिक सर्भेक्षण भ्रमण सम्पन्न गरेको थियो उक्त सर्भेक्षण भ्रमण, किरात राईहरुको मौलिक स्थलहरु पर्ने जिल्लाहरुमा गरिएको थियो । उक्त भ्रमण पश्चात्, भ्रमण अवधिमा विभिन्न भाषी राईहरुको गाउँहरुबाट संकलन गरिएको भाषिक सर्भेक्षण भ्रमण फाराम, स्वदेश सयशब्द फाराम, जिल्ला सदरमुकाममा गरिएका भाषिक अन्तरक्रिया कार्यक्रम साथै भाषिक भ्रमण टोलीका सबै सदस्यहरुको प्रत्यक्ष अनुभवलाई समेटेर एक बृहत भाषिक सर्वेक्षण प्रतिवेदनको आधारमा केही समीक्षात्मक टिप्पणी गरिएको छ ।
उदयपुरको बलम्तामा बाहेक सबै राईभाषाहरु सुनकोशीदेखि पूर्वी पहाडका कुना कन्दरा तिर बोल्ने गरिएको पाइयो । विशेषगरी दुधकोशीको तटवर्ती इलाकाहरु राई भाषाको मौलिक उद्गम थलोकै रुपमा पाइयो । प्रायः सबै राई भाषाहरुको फैलावट करीब दुई शताब्दीभन्दा अघि ती स्थलहरुबाट पूर्वतिर लागेको अनुमान गरिएको छ । राई भाषाहरु पश्चिमबाट पूर्वतर्फ लाग्दा कुनभाषाको कुनसँग कति सम्बन्ध रहृयो र त्यसको विकास भयो कि विनाश (लोप) भयो भन्ने अवधारणा तलको साधारण चित्रबाट थाहा हुन आउँछ ।
दुई शक्तिशाली भाषाहरुको बीचमा रहेका अल्यसंख्यकले बोल्ने भाषाहरु, आकर्षण र विकर्षणको चपेटामा परी लोप हुनसक्ने अनुमान यस चित्रकाट गर्न सकिन्छ । जे होस् उल्लेखित चित्रले, राई भाषाहरुको उलपत्ति थलोलाई जानाउँछ र जति पनि अन्य स्थानहरुमा रहनुभएका विभिन्न भाषी राईहरु हुनुहुन्छ, उहाँहरुको मूलथलो त्यहीँ हो । जस्तो इलाम, पाँचथर तथा ताप्लेजुङतिर बोलिने राई भाषाहरु तिनै थलोबाट गएका हुन् । ती स्थानहरूको स्थलगत भम्रण पछि, तयहाँको राईभाषा सबै राई भाषीहरुले बोल्ने भएको हुँदा मिश्रित भएको पाइएको छ । किरात राई भाषाहरुको वर्तमान अवस्था कस्तो रहेको छ भन्ने कुरा बुझ्नको लाविथ भाषिक सर्भेक्षणताका प्रायः सबै राई भाषाहरुको स्वादेश सयशब्द फारामभरी तथ्यांक संकलन गरिएको थियो । उक्त सय शब्द संकलित फारामको प्रारम्भिक परिणाम निम्न तालिकामा दिइएको छ । यस तालिका अनुसार कुन ठाउँमा कुन राई भाषा बोलिने गरिन्छ अनि उक्त राई भाषा स्वादेश सयशब्द मध्ये कति शब्द पाइयो, आदि सजिलैसंग बुझ्न सकिन्छ ।

किरात राई भाषिक सर्वेक्षण भम्रण प्रतिवेदनबाट उपरोक्त कुराहहरू यहाँ उद्धृत गरिएको छ । भाषिक समस्या राता–राता समाधान हुन सक्दैन । यसको लागि भायााविद्हरूले धेरै परिश्रक गर्नुपर्ने हुन्छ, साथै आफ्नो भाषालाई जोगाउन आफैं पनि सचेत हुनुपर्छ । राई भाषाहरुको संरक्षण, सम्बद्र्धन तथा विकासको लागि दर्घिकालीन कार्य योजनाहरू तर्जुमा गदैृ, अथक मेहनत गर्नुपर्ने खाँचो छ । यस भाषाको लागि विगतमा पनि केही स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले शोधकार्य गर्ने नि प्रयास गरेका थिए । ती प्रयासहरु आफ्नो लागि पर्याप्त नभएपनि बाटो देखाउने काम चाहिँ भएको मान्नुपर्छ । अहिलेको अति प्रतिस्पर्धाको युगमा, भाषा बचाउन शब्दकोश, व्याकरण र पाठ्यपुस्तक तयार परिएन भने ढिलो चाँडो यी राष्ट्रकै अमूल्य भाषिक सम्पत्तिलाई गुमावउनु पर्नेछ ।


जेहोस्, किरात रार्य यायोक्आ, भाषा तथा साहित्य परिषदले अल्पकालीन तथा दीर्घकालीन कोरा कार्यक्रमहरू लिएर भएपनि कछुवाको चालमा अघि बढिरहेको छ । एउटा खुशीको कुरो त्रि.वि.वि., नेपाल तथा एशियाली अध्ययन केन्द मार्फत् भाषाविद् डा. नोवल किशोर राई तथा डा. मोरिन ली, किरात राई भाषा अनुसन्धान गर्ने योजन लिई अनुसन्धानमा जुटिसक्नु भएको छ । उहाँहरुबाट हाम्रो भाषिक समस्या अवशय पनि मुखरित हुनेछ भन्ने विश्वास लिइएको छ ।