
२९ जनवरी २०२३, हङकङ । किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले लेखक नरजित राईकृत पुस्तक “किरात राई यायोक्खा हङकङ, विगतदेखि वर्तमानसम्म सन (सन १९९८–२०२१)” लोकार्पण गरेको छ । जोर्डनस्थित ब्लु ओसन रेष्टुरेन्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानका कुलपति शशीमदन राईको अध्यक्षता र किराया हङकङका अध्यक्ष चन्द्रका (माया) राईको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । बिशेष अथिति डा. मिलन राईको प्राज्ञिक मन्तव्यक्रमसँगै अतिथि राम ली थुलुङ राई, हेजेन राई, देबेन्द्र खेरेस, रमण गुरुङ आदि व्यक्तित्वहरुले आफ्नो भनाई राखेका थिए ।
अतिथिगणमा किरायाका प्रमुख सल्लाहकार हरिचन्द्र राई, संरक्षक हेजेन राई, चाम्लिङ खाम्बातिमका अध्यक्ष कल्पना राई, साम्पाङ जुम्लेखाका अध्यक्ष तेजकुमार राई, वान्तवाखीमका अध्यक्ष दुर्गाकान्त राई, पुमा तुप्खाबाङखालाका अध्यक्ष पेङगुईन पुमा राई आदि मंचमा आमन्त्रित थिए । आतिथ्यता प्रदान गर्नेमध्ये कवि देवेन्द्र खेरेस (प्रतिभा प्रतिष्ठान) बेलायतका महासचिव हुन् भने रमण गुरुङ (हङकङ साहित्यिक शृङ्खला) का संयोजक हुन् । उक्त लोकार्पण कार्यक्रममा लेखक नरजित राईको शीरमा फेटा गुथाई कदर–पत्र (ताम्रपत्र) सहित पुस्तकलेखन पारिश्रमिक ५ हजार डलर पनि प्रदान गरिएको थियो । यसक्रममै डा. मिलन राईको प्राज्ञिक सफलताप्रति स–गर्व शीरमा फेटा गुथाई सम्मान गरिएको थियो । यसैबीच लेखक नरजित राईले किराया पुस्तकालय निर्माणार्थ नगद ३ हजार डलर प्रदान गरेका थिए । नेपालका सुपरिचित प्राज्ञिक कवि तथा लेखक भुपाल राईको शब्द, प्राज्ञिक संगीतकर्मी जितेन राईको संगीतमा निर्माण किराती गीत -मट्टीको कसम तीन चुला धाम हरबखत दाहिना भई रहुन् सुम्निमा पारुहाङ) बजाएर लोकार्पण कार्यक्रमको उदघाटन गरिएको थियो ।
सो कार्यक्रममा किराया प्रज्ञा प्रतिष्ठानका उपकुलपति किन्दर राईले स्वागत मन्तव्य राखेका थिए । पुस्तक बारे आयोजक प्रतिष्ठानका सचिव वसन्त (बिपिन) राईले बोलेका थिए भने कार्यक्रम संचालन सहसचिव बज्रकुमार राईले गरेका थिए । कार्यक्रमको मध्यतिर गजलकार शिव वान्तवाले गजलवाचन गरेका थिए । मोडल तथा नृत्यकार रेश्मा साम्पाङले कार्यक्रमको सुरुमा र अन्तिमा लोकनृत्य प्रस्तुत गरेकी थिइन । कार्यक्रमको अन्त्यमा गजलकार शिव वान्तवा, नृत्यकार रेश्मा साम्पाङ र कार्यक्रमका संचारकर्मी फोटोकार विज्ञान राईलाई लाइसी दिएको थियो । यस पुस्तकको कभर आर्ट हङकङका चिरपरिचित चित्रकार तथा किराया प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिपेन्द्र राईले कोरेका हुन् ।
गाई जौबारीमा, फेरिपन भेटौं है एस्तै चौतारीमा ।