नन्द कोयी र भाउजुलाई चुलादर्शन

सन 2019 सेप्टेम्बर 15 तारीखको दिनमा सामुहिक चुलाघर सुप्तुलुङ खिम(सुप्तुलु किम) स्थित नेपालबाट परिवारिक भेटघाटमा हङ्कङ आउनु भएका आदरणीय दाजु नन्द ब० कोयी र भाउजुलाई किरात राई सोदेल कोयी/कोयु किम हङ्कङ्का तर्फबाट चुलादर्शन गराउने अवसर मिलेको थियो।उक्त कार्यक्रममा हाम्रा जुवाई तथा किराया हङ्कङ्का निवर्तमान अध्यक्ष तथा किराया हङ्कङ्का सल्लाहकार राजिन राई ज्युले सामुहिक चुलाघर खरिद गर्नुको उदेस्य र आवस्यकता साथै सामुहिक चुला सम्बन्धि बिस्तृत रुपमा अवगत गराउनु भएको थियो।अन्त्यमा आफ्नो मन्तव्य राख्नुहुदै हाम्रा अतिथि दाजुले बिदेशमा रहेर पनि आफ्नो संस्कार र संस्कृतिलाई जीवन्त राख्दै निरन्तरता दिईरहेकोमा सम्पुर्ण प्राकृतिक र पित्री पुजक हङ्कङ्बासी किरात राई हरुलाई धन्यवाद व्यक्त गर्नुभयो।

उक्त दिनमा किरात राई साम्पाङ जुम्लेखा हङ्कङको आयोजनामा सामुहिक चुलाघरस्थित न्वागी पितृपुजा कार्यक्रम किराया हङकङका अध्यक्ष हरि राई ज्युको प्रमुख अतिथिमा सम्पुर्ण भाषिक संस्था हरुको सहभागितामा धुमधामले मनाईएको थियो साथै त्यसकार्यक्रममा पनि आदरणीय हाम्रा दाजु र भाउजुलाई आयोजक संस्थाबाट अतिथिको आशन ग्रहण गराउनु भएको थियो।आफ्नो ब्यस्त समयको प्रवाह नगरीकन हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरिदिनु भएर चुला दर्शन कार्यक्रममा सहभागी भइदिनु भएकोमा आदरणीय दाजु भाउजू प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दछौं।

जय सोदेल कोयी/कोयु किम हङ्कङ।

साउने संक्राती २०१९

२१ जुलाई २०१९ हङकङ,

किरात राई यायोक्खा हङकङले साउने संक्रातीको उपलक्ष्यमा सुप्तुलुङखिममा बाल प्रतियोगिता तथा पुर्खा सम्मान कार्यक्रम आयोजना गरेको थियो । बाल प्रतियोगितामा ७ बर्ष देखि १४ बर्षसम्मका १३ जना बालबालिकाहरुलाई सहभागी गराएका थिए । प्रतियोगितामा यलम्बर राजाको पेन्सिल चित्र बनाउनु पर्ने थियो । प्रमुख जज चित्रकार दिपेन्द्र राई रहेको थिए भने जुरीमा भाषिक संस्थाका अध्यक्षहरु रहेका थिए ।

अन्त्यमा किराया हङकङका अध्यक्ष हरिचन्द्र राईज्युको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरि प्रतियोगीहरुलाई प्रथम, दोस्रो, तेस्रो र सान्तवना प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । साथै प्रमुख जज चित्रकार श्री दिपेन्द्र राईज्युलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम संचालन सचिव गजेन्द्र राई तथा बाल, महिला, प्रौढ तथा अतिथि बिभागका बिभाग प्रमुख पविता पुमा राई द्वयबाट संचालन गरेका थिए ।

  1. सन्दिप्त कोयी राई – प्रथम
  2. साई सिमल बान्तावा राई – दितिया
  3. निमचुङ बान्तावा राई – तृतिय
  4. यान यान कोयी राई
  5. लिकन चाम्लिङ राई
  6. जुनिला चाम्लिङ राई
  7. लिमा चाम्लिङ राई
  8. सिधान्त चाम्लिङ राई
  9. पमन चाम्लिङ राई
  10. प्रकृति चाम्लिङ राई
  11. मिकाक पुमा राई
  12. रेनिशा साम्पाङ राई
  13. नायुमा कुलुङ राई

कार्यक्रमको अन्त्यमा साउने संक्रातीको भोज भत्तेर खाई बेलुकी घाम डुबे पछि किराया हङकङका कुबीमी श्री मैत्र कुमार राई बिभाग संयोजक श्री हित बहादुर कोयी राईज्युले राँके बालि लुतो मैला सबै जावस । घरमा सुख शान्ति आवस भनि प्रार्थना गर्दै राँकेलाई बाटो कटाएका थिए ।

साकेला उभौली २०१९

१९ मे २०१९, हङकङ – किरातहरुको महान चाड साकेला उभौलीको अवसरमा किरात राई यायोक्खा हङकङले चुला पूजा र प्रकृती पूजा गर्दै धुमधामका साथ शिली नाँचेर साकेला उभौली मनायो ।

१८ मेका दिन यायोक्खाको सुप्तुलुङखिममा चुला पूजा गरी शुरु भएको साकेला उभौली १९ मे आइतबारका ताईमोशन डाँडाँमा विशाल जनसहभागिताका साथ औपचारिक कार्यक्रम तथा साकेला शिली नृत्य प्रदर्शन गर्दै सम्पन्न भयो ।

यायोक्खाका अध्यक्ष हरिचन्द्र राईको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाती महासंघका महासचिव कृष्णराज लावती रहेका थिए । त्यस्तै गरी अन्य अतिथिहरुमा हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, एन.आर.एन.ए. हङकङकी अध्यक्ष टिका गुरुङ, याक्खा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवान लगायत यायोक्खाका सल्लाहकार एवं भाषिक संस्थाका अध्यक्षहरु रहेका थिए ।

यायोक्खाका उपाध्यक्ष चन्द्रका राई (माया थुलुङ) को स्वगत मन्तब्य संगै शुरु भएको औपचारिक कार्यक्रमलाई यायोक्खाका सहायक कुबिमीद्धय नारायण प्रसाद राई र मैत्र कुमार राईद्धारा साकेला थानमा प्रकृतीको पूजा गरेर उद्धघाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कृष्णराज लावती, यायोक्खाका अध्यक्ष हरिचन्द्र राई लगायत अन्य अतिथिहरुद्धारा साकेला उभौलीको अवसरमा शुभकामना मन्तब्य राखिएको थियो ।

कार्यक्रममा यायोक्खाको मुखपत्र “यलम्बर” अंक २० समेत सार्वजनिक गरिएको थियो । मुखपत्रको बारेमा प्रकाशन मुल संयोजक तथा किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपती श्री शशि मदन राईज्युले प्रकाश पार्नु भएको थियो ।

यायोक्खाका सचिव गजेन्द्र राईद्धारा संचालन गरिएको औपचारिक कार्यक्रम समापन भए संगै शुरु भएको साकेला शिली नृत्य प्रदर्शनले उपस्थित सबै दर्शक दिर्घहरुको मन खिचेको थियो । शिली मपा रविचन्द्र राई र शिली ममा रेनुका राईको नेतृत्वमा किराती भेषभूषामा सजिएका युवायुवती देखि बुढापाकाहरु समेत ढोल, झ्याम्टा बजाउँदै विभिन्न शिली टिपेर नाचिरहँदा उपस्थित अन्य जातजातिका नेपाली तथा स्थानिय चाइनिजहरु समेत बीचबीचमा घुसेर नाच्नुका साथै फोटो तथा भिडियो लिनमा व्यस्त देखिन्थे ।

प्रकृती तथा पित्री पूजक किरातहरुको महान चाड उधौली र उभौलीको अवसरमा स्थापनाकाल देखि नै यायोक्खा हङकङले चुला पूजा तथा साकेला सिली नाँचेर वर्षको दुई पटक मनाउँदै आएको छ ।

बान्तावा खिम येलेदुङ ५०७९

३ फेब्रवरी २०१९,

मंकिहिलमा किरात बान्तावा खिम हङकङले किराती नयां बर्ष ५०७९ को उपलक्ष्यमा बृहद बान्तावा भेला आयोजना गरि हर्षोल्लाकासाथ शुभकामना आदन प्रदान कार्यक्रम सानदारकासाथ सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष दुर्गाकान्त राईको अध्यक्षता तथा किरात राई यायोक्खा हङकङका उपाध्यक्ष चन्द्रका राईको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष पवित्रा राई, किरात राई साम्पाङ जुम्लखाका अध्यक्ष तेज कुमार राई, किरात राई पुमातुप्खा बंखलाका अध्यक्ष पेङगुईन राई, किरात राई थुलुङ सामाका अध्यक्ष रामली थुलुङ राई, किरात राई कोयु किमका प्रतिनिधि नरेन्द्र राई, किरात राई बाहिङ मुलखिमका अध्यक्ष लेखराज राई, किरात राई चाम्लिङ ङामेचिमेका अध्यक्ष कल्पना राई, लगायत संस्थाका सल्लाहकारहरू तिलक वालाहाङ राई, झण्ड कुमार राई, लिला राई र माया राई अतिथिका रूपमा मन्चमा आसिन थिए ।

प्रमुख अतिथि र सभापतिको बाहुलीबाट संयुक्तरूपमा दिप प्रज्वलन गरेर सुरुवात गरिएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष धिरज कुमार बान्तावा राईले आयोजकको तर्फबाट स्वागत मन्तव्य राखेका थिए । ततपस्चात कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुर्याउने बान्तावाहरूलाई सम्मान गरिएको थियो । सम्मानका क्रममा भाषा, साहित्य, संस्कार र संस्कृतिमा अतुलनीय योगदान दिए बापत निवर्तमान अध्यक्ष तिलक वालाहाङलाई फेटा गुथाएर सम्मानपत्र प्रदान गरिएको थियो भने पहिलो कार्यकालदेखि नाक्छोंको भूमिका निर्वाह गर्नुहुने नाक्छों मैत्र कुमार राईलाई फेटा गुथाएर सम्मान गरिएको थियो । त्यसैगरि खेलकुद क्षेत्रमा प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुने रजिन बान्तावा राई, बान्तावाको हरेको कार्यक्रमलाई निरन्तर सहयोग गरेबापात मिलन बान्तावा राईलाई सम्मान गरिनुको साथै गत २६ डिसेम्बर २०१८ मा भएको अन्तरभाषिक यायोक्खा ब्याडमिण्टन च्याम्पियनसिप-२ प्रतियोगितामा ‘ए’ समूह डबल्समा प्रथम बिजेता मिलन राई र शुभराज राई र मेन्स डबल ‘बि’ तर्फ दोस्रो स्थान हासिल गर्ने दिपेन राई र सान्तबीर राईलाई प्रसंशापत्र सहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रम पछि शुभकामना मन्तब्य दिने क्रम चलेको थियो । मन्तब्यको क्रममा मन्चमा आशिन अतिथिहरूले किरात बान्तावा यायोक्ला खिम हङकङले आयोजना गरेको उक्त कार्यक्रमले पहिचानलाई जगेर्ना गर्नुको साथै एक आपसमा भातृत्व र सद्भाव बढाउने छ भन्दै मुक्तकण्ठले सह्राना गर्दै शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमलाई संस्थाका सहसचिव दिपेन राई सन्चालन गरेका थिए । हङकङमा रहेका बान्तावाहरूको साझा संस्था बान्तावा राई यायोक्ला खिम हङकङले आयोजना गरेको यस कार्यक्रममा बिगतको तुलनामा बान्तावाहरूको उल्लेखनीय उपस्थिति रहेको देखिन्थो भने गैर बान्तावा लगायत अन्य जातजातिको पनि बाक्लो उपस्थिति रहेको थियो ।



सांस्कृतिक मेला सम्पन्न


२० जनवरी २०१९, हङकङ ।
किरात राई यायोक्खाको सुप्तुलुङखीम (चुलाघर) मा किरात राई सांस्कृतिक मेला २०१९ सम्पन्न भएको छ । मूलसंस्था किरात राई यायोक्खाको आयोजना तथा तत्सम्वद्ध ८ ओटा भाषिक संस्था (चाम्लिङ खाम्बातिम, वान्तवा खीम, पुमा तुप्खाबाङ्खाला, साम्पाङ जुम्लेखा, दुमी फन्सिखीम, थुलुङ सामा, सोदेल कोयीकीम, बाहिङ मुलीखीम) को संयोजनमा उक्त सांस्कृतिक मेला भएको हो ।
येलेदुङ ५०७९, संस्था (किराया)को २०औं स्थापना दिवशसाथै माघे सङ्क्रान्तिको संयुक्त अवशरमा आयोजना गरिएको सो मेलाको औपचारिक कार्यक्रममा किरायाका कार्यवाहक उपाध्यक्ष चन्द्रका (माया)राईको अध्यक्षता, आदिवासी जनजाति महासंघका महासचिव कृष्णराज लावतीको प्रमुख आतिथ्यता साथै किराया केन्द्रिय सदस्य तथा नेपाल सरकारका उपसचिव महेन्द्र कुमार राईको विशिष्ट आतिथ्यता रहेको थियो । यसैगरी यहाँस्थित आदिवासी जनजाति महासंघ आवद्ध संस्थाहरुका प्रमुख/प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको थियो भने आयोजक संस्थाका प्रमुख सल्लाहकार रजीन राई, सल्लाहकार हेजेन राई, किसन राई, वसन्ति कुमारी राई, पीताम्बर राई, आयोजक सम्बद्ध भाषिक संस्थाका प्रमुख/प्रतिनिधि, किराया प्रज्ञा प्रतिष्ठानका कुलपति शशी मदन राई, किरात राई प्रमुख रहेका विभिन्न संस्थाका प्रमुख/प्रतिनिधि तथा गोर्खा ट्रेल ब्लेजरमा आफ्नो उमेर समुह (१८-२९बर्ष)तर्फ प्रथम हुन सफल धाविका सृजना राई अतिथि रहनु भएको थियो ।
सो मेलाको औपचारिक कार्यक्रमको मंचमा आशिन अतिथिगणले शुभकामना मन्तव्य दिनु भएको थियो । यस अवशरमा किराया युवा खेलकुद,साहित्य तथा संचार विभागले सम्बन्धित क्षेत्रका व्यक्तित्वहरुलाई कदर-पत्र प्रदान गरेको थियो। तदानुसार
१.संचारतर्फ- राजभक्त(मज्जाको) राई, हेमराज राई, मातृद्वीप राई
२.साहित्यतर्फ- नरजीत राई, डिल्लीराम राई, मालिकराम राई
३.खेलकुदतर्फ- रजीन राई, हेमराज राई, मगेन्द्र राई, चित्र थुलुङ राई, लोकराज राई, तिर्ना राई
किराया अन्तरभाषिक ब्याडमिन्टन प्रतियोगिताका विजेताहरु-
मिलन राई, शुभराज राई, गणेश पुमा राई, विनोद पुमा राई, किरण राई, मनीषा राई, शान्तवीर राई, दिपेन राई, संचिव राई, कृष्णा राईलाई कदर-पत्र प्रदान गरिएको थियो।
यसैगरी बालाबालिका,महिला,प्रौढ तथा स्वागत विभागद्वारा ७० बर्षभन्दामाथिका आप्पा-आमाहरुलाई सम्मान गरिएको थियो भने किराया पुस्तकालय अभियानलाई पुस्तक प्रदान गर्ने महानुभावहरुलाई स-धन्यवाद प्रमाण-पत्र दिइएको थियो। कार्यक्रममा किराया संस्थापक सचिव राम ली राई,कोषाध्यक्ष नरजीत राई र सदस्य हरि बुङ्लावा राईलाई सम्मान गरिएको थियो।
पहिलो चरणको कार्यक्रम आयोजक संस्थाका सचिव गजेन्द्र राईले संचालन गरी दोस्रो चरणको कार्यक्रमकालागि सुप्तुलुङ मर्मत तथा निर्माण विभागका कार्यकारी सचिव अधिराज राई (प्रकाश)लाई मंच हस्तान्तरण गरिएको थियो। दोस्रो चरणको कार्यक्रममा उक्त विभागका मूलसंयोजक धिराज कुमार साम्पाङ राईले सुप्तुलुङखीम खरीदका सहयोगदाताहरुलाई प्रमाण-पत्र प्रदान गर्दै सोही दिन हङकङ डलर १ लाखभन्दामाथि सहयोग रकम उठेको विवरण प्रस्तुत गर्नु भएको थियो।यसकासाथै सहयोग रकम थप बोलकबोल गर्नेहरुको नामावली पनि प्रस्तुत गर्नु भएको थियो।सहयोगी सबैप्रति किराया तथा सम्बन्धित विभागले कृतज्ञता व्यक्त गरेको थियो।
औपचारिक कार्यक्रम पश्चात केन्द्रिय सदस्य महेन्द्र कुमार राई र धाविका सृजना राईलाई चुला दर्शन गराइएको थियो ।
उक्त सास्कृतिक मेलामा विभिन्न भाषिक संस्थाहरुले मौलिक खानपानको स्टल राखेका थिए । किराया सांस्कृतिक विभागले किरात राईजन्य मौलिक भेषभूषा तथा गरगहना, सरसजावट विभागले मौलिक हातहतियार र किराया प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनीको स्टल राखेका थिए।नेपालमा चर्चित रहेको चिण्डो फेशनले पनि किरातजन्य भेषभुषा तथा गरगहनाको स्टल राखेको थियो। किरायाको आफ्नै सुप्तुलुङखीम(चुलाघर)को प्राङगणमा प्रथम पटक आयोजना गरिएको सो सांस्कृतिक मेलामा जनमानसको निक्कै बाक्लो उपस्थित थियो ।
-बज्रकुमार राईबाट।




विशेष परिवारिक भेटघाट

11 जनवरी 2019,
किरात राई सोदेल कोयी/कोयु किम हङ्कङको पहलमा” विशेष परिवारिक भेटघाट तथा परिचयत्मक कार्यक्रम”छोटो समय (short noticed )मा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा हाम्रा अतिथिहरु Australia बाट हङ्कङ Visit मा रहनुभएका बहिनी वर्षा कोयी, जुवाई maj Bhala Dumee Rai, भान्जी Bona Rai, बहिनी शान्ती कोयी, जुवाई किशोर थुलुङ राई र भान्जाहरु संग सुख दुख साटासाट गरियो ।

हित बहादुर राईको फेसबुकबाट